Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Sunday, April 3, 2011

कपिलबस्तु दिबस अभियानको प्रथम बिस्व कार्य समितिका हालसम्मका निर्णयहरु

Posted by Ram Kumar Shrestha on October 6, 2010
अहिलेसम्म भएका गतिबिधिका आधारमा पहिला तयार गरिएको निर्णयमा केही परिमार्जन गरिएको छ । यस्मा केही थपघट गर्नु पर्ने जस्तो लागेमा र कहीं गल्ती भेटिएमा अथवा छुटफुट भएको पाइएमा सुझाब पाउँ । प्राप्त सुझाबका आधारमा परिमार्जन गरी आगामी हप्ता यस्लाई ब्लगमा राखिदिनेछु ता कि कसैलाई आबस्यक पर्दा त्यहींबाट हेर्न सकियोस । यस्को लागि ब्लगमा KDM Document पेजमा राख्नेछु । यस अभियानका महत्वपूर्ण आधिकारिक सामग्रीहरु यस पेजमा राखिनेछ । बिधान नबन्दासम्मको अवस्थामा यसैलाई अभियानको बिधानको रुपमा मानिनेछ ।
कपिलबस्तु दिबस अभियानको प्रथम बिस्व कार्य समितिका हालसम्मका निर्णयहरु
कसैको मूल्य र मान्यता बढी भएपछि उस्लाई अनेक तवरबाट आफू अनुकूल उपयोग गर्ने स्वाभाबिक मानबीय प्रब्रिति जहाँ पनि हुन्छ र पनि त्यस्को पनि आफ्नै किसिमको सीमा हुन्छ । सबै किसिमका जाती, धर्म र समुदायमा सर्ब स्वीकार्य महामानव गौतम बुद्ध संपूर्ण विस्व नागरिकको साझा संपत्ति भएको कुरा निर्बिबाद हो र अर्को बिबाद रहित तथ्य के पनि हो भने बुद्ध जन्मदाको समयमा नेपाल तथा भारत भन्ने देशहरु नभए तापनि बुद्ध जन्मेको स्थान भने अहिलेको नेपालको लुम्बिनीमा पर्दछ भन्ने कुरा प्रमाणित भैसकेको छ र युनेस्कोले लुम्बिनिलाई बिस्व संपदा सूचिमा समाबेश पनि गरेको छ । बुद्ध बिस्वकै साझा संपत्ति भएको कारण आस्थाका आधारमा कसैले मेरो अथवा हाम्रो भन्छ/न भने त्यस्मा कसैले प्रश्न उठाइराख्नु पर्ने देखिन्न, तर उनको महानता र प्रसिद्धीका कारण क्षेत्रका आधारमा नाजायज तवरले गलत ढंगले आफ्नो भनी प्रमाणित गर्ने दुस्प्रयास गर्दै नाजायज फायदा लिनका लागि बिस्व जनमतलाई दिग्भ्रमित तुल्याउन गरिने कार्यमा भने मौन बस्नुले अरु थप नाजायज दुस्प्रयासलाई प्रोत्साहित गर्दछ । भारतले बर्षौंदेखि बुद्ध भारतमा जन्मेको भन्दै बिस्वलाई दिग्भ्रमित तुल्याउँदै आइरहेकोमा नक्कली लुम्बिनी नै समेत निर्माण गर्न करोडौं रुपयाँ समेत खर्च गरिसकेको र सन २०१२ सम्ममा आफ्नो योजना संपन्न गर्ने किसिमले युद्धस्तरमा काम गरिरहेको छ । नेपालको राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक अवस्थाका आफ्नै किसिमका कारण यस्ता गतिबिधिका बिरुद्ध कुनै आवाज नउठेको सन्दर्भमा भारतीय पक्ष र दिग्भ्रमित पश्चिमी बिद्वानहरुले छरेको भ्रमलाई चिर्नु आवश्यक थियो। राजनीतिक, आर्थिक र सामाजिक मात्र नभएर धार्मिक रुपमा समेत भारतको यस किसिमको अतिक्रमण स्वाभिमान नेपालीको लागि सह्य हुन नसक्ने भएकोले कपिलवस्तु दिवसको रुपमा लुम्बिनी र कपिलवस्तुको प्रचार प्रसार गरिनु पर्दछ दिग्भ्रमित विस्व समुदायका बीच यथार्थ बोध गराउनका खातिर भन्ने आवाज उठन थाल्यो गत बर्ष बिभिन्न देशमा छरिएर रहेका नेपाली बीच ।

अशोक स्तम्भ खडग सम्शेरले पत्ता लगाएको भए तापनि अन्तरराष्ट्रिय जगत सामू ल्याउने महत्वपूर्ण काम भने १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद Anton Führer ले गरे र यो नै गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण हो । यो महत्वपूर्ण दिनलाई ऐतिहासिक महत्व दिइनु धेरै अर्थमा महत्व राख्ने देखिएको कारण यस दिनलाई कपिलबस्तु दिबस मनाइने निर्णय गरिएको हो । नेपाललाई संसारमा चिनाउने एउटा बलियो आधार शान्तिका प्रतिमूर्ति गौतम बुद्ध हुन र उनी जन्मेको स्थान पत्ता लागेको सो दिनलाई महत्व दिइनु न्याय संगत नै देखिन्छ । गौतम बुद्ध तिलौराकोट कपिलबस्तुमा जन्मी २९ बर्षको उमेरसम्म राजकुमारको रुपमा यस ठाउँमा रहेकाले यस ठाउँको धेरै अर्थमा ठूलो महत्व रहेको छ अन्तरराष्ट्रिय स्तरमा नै । त्यसैले १९९७ मा युनेस्कोले गौतम बुद्धको जन्मभूमि लुम्बिनीलाई बिस्व संपदा सूचिमा समेत समाबेश गरेको छ । अत: उक्त दिनलाई एउटा ऐतिहासिक महत्व दिनु आबस्यक देखिएको र त्यस्तो निर्णयका कारण यस क्षेत्रको बिकास गर्न सकिएको खण्डमा नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याइ अन्तत्वगत्वा नेपालको बिकासमा नै सहयोग पुर्याउने मात्र नभएर राष्ट्रिय अन्तरराष्ट्रिय शान्ति प्रकृयामा समर्थन, ऐक्यबद्धता र टेवा समेत दिन सक्ने भएकोले १ डिसेम्बरलाई कपिलबस्तु दिबसको  रुपमा मनाउने निर्णय गरिएको हो । यसरी इतिहासमा पहिलो पटक डिसेम्बर १, २००९ मा कपिलबस्तु दिवस विस्व दिवसको रुपमा मनाउने निर्णय भयो । यो निर्णयले नेपालको बिकास र राष्ट्रियताको दृष्‍टिकोणले मात्र नभएर विस्व शान्तिको दृष्‍टिकोणले समेत ऐतिहासिक महत्व राख्न सक्छ ।
जुन कारणले गर्दा यो अभियान शुरुवात गरिनु पर्ने आवश्यकता महसूस गरियो त्यो मात्रै यस्को उद्धेस्य नभएर शान्ति, राष्ट्रियता, सत्यको प्रतिरक्षा र पर्यटन प्रबर्द्धन यो अभियानका मूलभूत उद्धेस्यहरु हुन । वुद्ध शान्तिका प्रतिक र पर्यायबाची हुन र ब्यक्तिगत खुशी र सुखीदेखि बिस्व शान्तिसम्मका लागि उनका सन्देश र बिधिहरु अत्यन्तै उपयोगी मानिन्छन । अत: उनका ती सन्देश र बिधिहरुलाई बिभिन्न माध्यम मार्फत प्रचार प्रसार गरी सुखमय जीवन र शान्तिपूर्ण वातावरण सिर्जनामा सक्दो योगदान गर्नु यस्को पहिलो उद्धेस्य हो । वुद्धको विस्वब्यापी महत्वका कारण यसबाट लालायित भएर बुद्धको नामबाट नाजायज फायदा लिन नक्कली लुम्बिनी नै निर्माण गर्ने र बिस्वका जनतालाई दिग्भ्रमित तुल्याइ वुद्धको जन्मस्थल बिभिन्न उद्धेस्यले जान चाहनेहरुलाई आफूकहाँ लैजाने अभिप्रायले जे जस्ता काम गरिरहेका छन यस्ले नेपालको राष्ट्रियतामा बिभिन्न किसिमले चुनौती दिने काम भएकोले यसबारे सत्य तथ्य जानकारीहरु सुसूचित गरी राष्ट्रियता रक्षाको लागि प्रयास गर्नु यस अभियानको अर्को उद्धेस्य हुनेछ । त्यसरी नै वुद्ध सत्यका प्रतिक भएकाले उनको नामका कारण उनको नामबाट फायदा लिनका लागि जानाजान बिस्वका जनतालाई दिग्भ्रमित तुल्याउने काम जे जसरी भइरहेको छ, सत्यको रक्षाको लागि यस किसिमका भ्रमलाई निस्तेज गरी सत्यको रक्षा गर्नु पनि यस्को उद्धेस्य हो । वुद्धको जन्मस्थल भएको कारण लुम्बिनी र कपिलबस्तु विस्वकै लागि महत्वपूर्ण पर्यटकीय स्थल जे जस्तो रुपमा हुनु पर्ने हो, त्यो आन्तरिक र वाह्य कारणहरुले गर्दा हुन नसकेको कारण यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा अरु बिकसित गर्ने वाताबरण तयार गर्न प्रयास गर्नु यस्को अर्को उद्धेस्य हुनेछ ।
उपर्युक्त उद्धेस्यहरु पुरा गर्न यस अभियानलाई निरन्तरता दिनु आबस्यक भएकोले यस अभियानलाई संस्थागत गर्नका लागि बिभिन्न देशमा रहनु भएका नेपालीहरु बीच ईमेल मार्फत शुरु गरिएको कार्यक्रममा अमेरिकाका निबासी शम्भु कट्टेलले वेलायत निबासी रामकुमार श्रेष्ठलाई बिस्व संयोजकको रुपमा प्रस्तव गर्नु भएपछि त्यस्लाई अबी शर्मा (क्यानडा), सानु घिमिरे (अस्ट्रेलिया), लक्ष्मी सिंखडा (अमेरिका), बिनय शाह (हङ्कङ), ओम गुरुङ (जापान), चन्द्र राई (क्यानडा), डा हरि कुमार श्रेष्ठ (ताइबान)ले समर्थन जनाउनु भएपछि बिस्व संयोजकको हैसियतबाट रामकुमार श्रेष्ठले अभियानको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएपछि शुरु भएको छलफलपस्चात हालसम्म भएका गतिबिधिका आधारमा गरिएका निर्णय तथा गतिबिधी समीक्षा निम्नानुसार छन :
१. कार्य समिति र संगठनात्मक स्वरुप: 
क) कार्य समिति: उपर्युक्त चुनौतिहरुलाई सामना गर्दै उल्लिखित उद्धेस्यहरु प्राप्तीका लागि र अहिलेसम्म गरिदैं आएका गतिबिधिहरुलाई नियमित र अझ सशक्त किसिमले अगाडि बढाउन  संस्थागत गरिनु पर्ने महसूस गरी रामकुमार श्रेष्ठ (वेलायत)को बिस्व संयोजकत्वमा पहिला बनेको १९ सदस्यीय समितिमा पछि २ जना थपी २१ सदयीय कपिलबस्तु दिबस अभियान बिस्व कार्य समिति गठन गरिएको छ । जस अनुसार :१  रामकुमार श्रेष्ठ, बिस्व संयोजक (वेलायत)
२  अबि शर्मा, संयोजक (क्यानडा)
३  बाबुराजा महर्जन, संयोजक (न्यूजिल्याण्ड)
४  भानु पौड्याल, बिशेष संयोजक (क्यानडा)
५  बिनय शाह, संयोजक (हङकङ)
६  चन्द्र राई, संयोजक (क्यानडा)
७  डा हरिकुमार श्रेष्ठ, संयोजक (ताइबान)
८  हरि नेपाली, संयोजक (कतार)
९  लक्ष्मण देबकोटा, संयोजक (पोर्तुगल)
१० लक्ष्मण पुरी, संयोजक (नेपाल)
११ लक्ष्मी सिंखडा, संयोजक (अमेरिका)
१२ डा. मधुकृष्ण श्रेष्ठ (मधु माधुर्य) (रसिया)
१३ निलकण्ठ तिवारी (नेपाल)
१४ ओम गुरुङ, संयोजक (जापान)
१५ राज श्रेष्ठ, संयोजक (नेपाल)
१६ रामहरि श्रेष्ठ, संयोजक (वेलायत)
१७ सन्तोष न्यौपाने, संयोजक (बेल्जियम)
१८ सानु घिमिरे, संयोजक (अस्ट्रेलिया)
१९ शैलेश श्रेष्ठ, संयोजक (अमेरिका)
२० शम्भु कट्टेल, संयोजक (अमेरिका)
२१ सुजन न्यौपाने, संयोजक (अस्ट्रेलिया)
ख) बिशेष संयोजकको ब्यबस्था:
बुद्ध सबै किसिमका जाती, धर्म र समुदायमा सर्ब स्वीकार्य महामानव, दार्शनिक  भएकाले उनी संपूर्ण विस्व नागरिकको साझा संपत्ति भएका छन जस्ले ज्ञान र प्रेमको शान्तिप्रिय माध्यमबाट युगौँदेखिको हिंसावादी अन्धसंस्कृतिलाई जनमानसबाट फाली नयाँ लौकिक दृष्टिकोण स्थापना गरेका थिए र उन्का सन्देशहरु दिन प्रतिदिन झन झन सान्दर्भिक र अझ बढी महत्व पाउनु पर्ने महसूस संपूर्ण मानब मात्रले गरेका छन । बुद्धको यही बिस्वब्यापी महत्व र आदरबाट लालायितहरुले बुद्धको नामबाट नाजायज फायदा लिनका लागि बिस्वभरि नै बुद्ध भारतमा जन्मेको भन्ने किसिमले यतिसम्म दिग्भ्रमित तुल्याइसकेका छन कि अधिकांश देशका पाठ्य पुस्तकमा बुद्ध भारतमा जन्मेको भन्ने कुरा उल्लेख गर्ने बातावरण सिर्जना भैसकेको छ र भारत सरकारले आधिकारिक रुपमा यस्मा आफ्नो संलग्नता नदेखाए तापनि करोडौं रुपयाँ खर्च गरेर सन २०१२ सम्ममा पुरा गर्ने गरी नक्कली कपिलबस्तु निर्माणको अधिकांश कार्य समेत पुरा गरिसकेको छ । यिनै कारणले गर्दा गुगलमा बुद्धको जन्म स्थान भारतमा देखाउने, PBS जस्तो ठूलो कम्पनीले भिडिओहरु निर्माण गर्दा राजकुमार सिद्धार्थलाई भारतको भन्ने जस्ता गल्तीहरु गरेको पाइएकोले दिग्भ्रमित बिस्व जनताका बीच यथार्थ कुरा लैजाने जस्तो चुनौतिपूर्ण कार्य पनि यस अभियानको एउटा प्रमुख उद्धेस्य भएको कारण यस उद्धेस्य पूर्तिका लागि भानु पौड्याललाई बिशेष संयोजकको रुपमा चयन गरिएको छ । यस्को लागि रामकुमार श्रेष्ठले राख्नु भएको प्रस्ताबमा शम्भु कट्टेल र चन्द्र राईले समर्थन जनाउनु भएको थियो ।

ग) सचिबालय:

अभियानको गतिबिधिलाई सहज बनाउन आ-आफ्नो क्षेत्रको क्षेत्रीय संयोजक हुने गरी सेक्रेटरियटको ब्यबस्था गरिएको छ, जस अनुसार बाबुराजा महर्जन (अस्ट्रेलिया, न्यूजिल्याण्ड र त्यस भेगका अन्य देशहरु हेर्ने), हरी नेपाली ( मध्यपूर्बका देशहरु हेर्ने), राज श्रेष्ठ (सार्क मुलुकहरु हेर्ने), बिनय शाह र ओम गुरुङ (जापान, हङकङ, चीन तथा त्यस भेगका देशहरु हेर्ने), शैलेश श्रेष्ठ (अमेरिका र दक्षिण अमेरिका हेर्ने), चन्द्र राई (क्यानडा हेर्ने), र डा. मधुकृष्ण श्रेष्ठ (मधु माधुर्य) (यूरोप हेर्ने) । बिस्व संयोजक स्वत: सेक्रेटरियटमा रहनेछ ।
घ) संगठनात्मक स्वरुप:
बिस्व कार्य समितिका सबै सदस्यहरुसंग नियमित संपर्क गरिराख्न समस्या हुने भएकोले अपर्झट तत्काल केही निर्णय लिनका लागि सहज होस भन्नाका खातिर ९ जनाको सेक्रेटरियट {१(ग) } गठन गरिएको  छ र ती सेक्रेटरियटहरु आ-आफ्ना क्षेत्रका क्षेत्रीय संयोजक हुनेछन । यसरी सेक्रेटरियटमा रहनेले आफू क्षेत्रीय संयोजक भै आफ्नो क्षेत्रको सबै देशको प्रतिनिधित्व हुने गरी क्षेत्रीय समिति गठन गर्नेछ । त्यसरी नै देशको प्रतिनिधित्व गर्नेले आफू राष्ट्रिय संयोजक बनी आफू रहेको देशको बिभिन्न ठाउँका प्रतिनिधि लिएर राष्ट्रिय समिति गठन गर्नेछ । आबस्यक्ता महसूस गरिएको खण्डमा त्यसरी नै प्रत्येक देशमा स्थानीय समितिहरु गठन गरिनेछन । यसरी यस अभियानको संगठनात्मक संरचना  अनुरुप बिस्व कार्य समितिको मातहतमा क्षेत्रीय कार्य समिति, क्षेत्रीय कार्य समितिको मातहतमा राष्ट्रिय कार्य समिति, राष्ट्रिय कार्य समितिको मातहतमा स्थानीय समिति हुनेछन । यही अनुसार पदाधिकारीहरु Global Committee Member (GCM बिकासस) , (Regional Committee Member (RCM क्षकासस), National Committee Member (NCM, Country Name राकासस, सम्बन्धित देशको नाम उल्लेख सहित उदाहरणको लागि (NCM, USA), (NCM, UK), (NCM, Qatar) , Local Committee Member (LCM स्थाकासस) को रुपमा मानिने छ ।
२. सदस्यता: 
यस अभियानको मर्म अनुसार बिस्व शान्ति र नेपालको रस्ट्रियताप्रति चिन्तनशील नेपाली तथा बिदेशी यस अभियानको कुनै पनि तहको पदाधिकारीको रुपमा रहन सक्ने छ ।
३. सल्लाहकार समिति:क) सल्लाहकार मण्डल: 
समस्याको स्वरुपको कारण सबै ठूला पार्टीहरुलाई समदूरीमा राख्ने र अभियानलाई उर्जा दायक हुन सक्ने अन्य देशका लब्ध प्रतिष्ठित नागरिकहरूलाई समेत सहभागी गराउने किसिमले सल्लाहकार मण्डल बनाइएको छ र हालसम्म आठ  जना भएको यस समितिलाई उपयुक्त ब्यक्तिहरु पाइएको खण्डमा बिस्तार गरिनेछ । यसरी नै कपिलबस्तुबाट प्रतिनिधित्व गर्ने सभासदहरु र लुम्बिनी बिकास कोषका प्रमुखलाई पदेन सल्लहकारको रुपमा राखिनेछ । हालका सल्लाहकार मण्डलका सदस्यहरु (बर्णानुक्रमानुसार):
१ Agni Frank Eickermann (पाँच महादेशहरुमा आफ्ना करीब १२०० फेङ सुइका कन्सल्ट्याण्टहरु र सयौं धार्मिक शिक्षकहरुको संजाल फैल्याउन सक्षम केही पुस्तकहरु थुप्रै भाषामा अनुदित भैसकेका ११ पुस्तकका लेखक तथा सबै महादेशका ५० देशहरुमा १०० लाइट सेण्टरका संस्थापक अमेरिकी)
२ आनी छोइङ्ग डोल्मा (ख्यातिप्राप्त अन्तरराष्ट्रिय ब्यक्तित्वका धनी गायिका)
३ डा आरजु राणा देउवा (नेकाका तर्फबाट संबिधन सभाका सदस्य)
४ महामहिम दीपक कुमार खडका (कन्सुल जनरल, न्यू साउथ वेल्स, अस्ट्रेलिया)
५ Ms Domo Geshe Rinpoche (White Conch Dharma Center का आध्यात्मिक निर्देशिका  अमेरिकाकी)
६ प्रा डा कबिताराम श्रेष्ठ
७ महामहिम डा ऋषि अधिकारी (राजदूत, मलेशिया)
८  राजेन्द्र श्रेष्ठ (पूर्व मन्त्री तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य)
४. लोगो परिवर्तन:
यस अभियानको लागि तयार गरिएको लोगोमा नेपाल भन्ने शब्द नभएको र यस अभियानको एउटा उद्धेस्य बिस्वको अधिकांश दिग्भ्रमित जनतामा भएको भ्रम निस्तेज पार्नु पनि भएकोले यो लोगो सो उद्धेस्य प्राप्तीका लागि पनि सहायक सिद्ध होस भन्नाका खातिर पहिलाको लोगोमा भएको Kapilvastu Day को ठाउँमा Kapilvastu Day Movement र Global Day को ठाउँमा Nepal राख्ने निर्णय गरिएको छ ।
५. पुस्तक प्रकाशन:
यस अभियानका सल्लाहकार समितिका सदस्य डा कबिताराम श्रेष्ठद्धारा बुद्धको जीबनिमा आधारित उपन्यास “महाभिनिष्क्रमणका अस्वीकृत पाइला” यस अभियान मार्फत प्रकाशित गर्ने निर्णय गरियो । (उक्त पुस्तक बिमोचन गरी बजारमा उपलब्ध भैसकेको छ )
६. बुद्धको बिस्वब्यापी महत्वका कारण सिर्जित दिग्भ्रमित बिस्वमा सही जानकारी सुसूचित गर्ने:
यस उद्देस्य प्राप्तीका लागि दुई किसिमले कार्य गरिनु पर्ने हुन्छ: पहिलो, नेपाल सरकारले नक्कली लुम्बिनी जस्ता बिषयमा सीधै भारत सरकारसंग कुरा गर्ने र बिभिन्न देशमा भएका पाठ्य पुस्तकमा भएका बुद्धको जन्मस्थानका बारेमा भएको भ्रम निबारणका लागि कुटनीतिक नियोगहरु मार्फत सम्बन्धित देशका सम्बन्धित निकायसंग कुराकानी गर्ने हो भने बिस्व जनमनसमा ब्याप्त भ्रम निबारण कार्य धेरै सहज किसिमले सम्पन्न हुन सक्ने भएकोले नेपाल सरकारलाई यस्को लागि दबाब दिने र दोस्रो, नेपाल सरकारमा पूर्ण रुपले भर नपरी आफ्नो क्षमताले भ्याएसम्म यस समस्या समाधानको लागि आँफै आफ्नै किसिमले कार्य तत्परता दर्शाउने ।
७. नेपाल सरकार समक्ष ज्ञापन पत्र बुझाईने:बिस्वमा बुद्धको जन्मस्थानका बिषयमा जे जसरी भ्रमा सिर्जना गराइएको छ यस्लाई यो समस्या लामो समयसम्म रहने देखिन्न यदि नेपाल सरकारले यस्लाई गंभीरता पूर्वक लिने हो र यथोचित प्राथमिकताका साथ कदम चाल्ने नै हो भने । मुख्य रुपमा यी समस्याको समाधनका लागि नक्कली लुम्बिनी जस्ता बिषयमा सीधै भारत सरकारसंग कुरा गर्ने र बिभिन्न देशमा भएका पाठ्य पुस्तकमा भएका बुद्धको जन्मस्थानका बारेमा भएको भ्रम निबारणका लागि कुटनीतिक नियोगहरु मार्फत सम्बन्धित देशका सम्बन्धित निकायसंग कुराकानी गर्ने हो भने यी समस्या र यी समस्याको प्रिस्ठभूमिमा रहेर देखा परेका र पर्ने अन्य समस्याहरु स्वत: कमजोर भएर जानेछन । जाकारीया जस्ता प्रब्रितिहरुले टाउको उठाउने हिम्मत गर्न सक्ने छैनन र उठाइहाले पनि कुहिराको काग हुनेछन । नेपाल पर्यटन बर्ष २०११ मा लुम्बिनी र बुद्धलाई नेपालसंग जोडेर प्रचार प्रसारमा जोड दिइनु पर्छ ता कि दिग्भ्रमित बिस्व जनमतमा भएको भ्रम निवारणमा सहयोग पुगोस । संसदले हालसालै सर्वसम्मतिले एक संकल्प प्रस्ताव पारित गर्दै तीन बर्षभित्र लुम्बीनी क्षेत्रलाई ‘अन्तराष्ट्रिय शान्ति शहर’ को रुपमा विकास गर्न र अधुरो रहेको लुम्बिनी विकास गुरुयोजनालाई पनि तीन बर्षको समय भित्र पुरा गरिसक्न सरकारलाई दिएको निर्देशनलाई यथासक्य समयमा नै पुरा गर्नु पर्दछ जुन कार्य ब्याप्त भ्रम निवारणमा सहायक सिद्ध हुन सक्छ । यी संपूर्ण कुराको लागि यस अभियानले यथाशीघ्र हस्ताक्षर संकलन गरी नेपाल सरकारलाई दिने छ दबाब स्वरुप । (यस्को लागि हस्ताक्षर संकलन गर्ने र प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनेकाम भैसकेको छ )

८. अहिलेसम्म भएका गतिबिधिको समिक्षा: 
कपिलबस्तु दिवस अभियानले जाकारीयाको दुस्प्रयासका बिरुद्ध जन चेतना जगाउने र जन परिचालन गर्ने, PBS को बुद्धसम्बन्धी गलत जानकारीको बिरोधमा कार्यक्रम गर्ने, बुद्धको जन्मस्थलबारे गुगलको गलत जानकारीलाई सच्याउने काम गर्ने, भारतले तयार गरेको नक्कली लुम्बिनीको क्लिप जन समुदाय बीच लैजाने, कपिलबस्तु दिवस ब्लगमा भएका अंग्रेजी सामग्रीहरुलाई बिभिन्न भाषामा समेत पढन मिल्ने बनाउनेरामदेबको बुद्धबारे भारतको गलत प्रचार भनाइलाई उपयोग गर्नेwww.nepstime.com ले Buddha Born in Nepal – Let’s Join Kapilvastu Day आफ्नो हेडरमा नै लेखेको सामग्रीलाई आधार बनाएर अन्य पत्रिका र ब्लगलाई पनि त्यसो गर्न उत्प्रेरित गर्ने जस्ता थुप्रै कामहरु आफ्नो क्षमताले भ्याएसम्म गर्दै आएको छ । प्रो डा कबिताराम श्रेष्ठद्धारा लिखित बुद्धको जीवनीमा आधारित अनुसन्धनमूलक उपन्यास  “महाभिनिष्क्रमणका अस्वीकृत पाइला” छपाउने कार्य भैरहेको छ । त्यसरी नै यस्ले यस अभियान, बुद्ध, बुद्धिज्म, कपिलबस्तु जस्ता बिषयमा जानकारी मूलक हुने कपिलवस्तु दिवस भिडिओ बनाएको छ करीब १४ मिनेटको भने कपिलबस्तु दिवस अभियान क्लिप पनि बनाएको छ ।  यस किसिमका कार्यलाई अभियानको उद्धेस्य प्राप्तीका लागि भबिस्यमा अझ सशक्त पारिनेछ । र यस किसिमका कार्यलाई अभियानको उद्धेस्य प्राप्तीका लागि भबिस्यमा अझ सशक्त पारिनेछ ।
९. निर्णयहरु नै मार्ग निर्देशक: 
बिधान नबन्दासम्मको अवस्थामा यही निर्णयलाई अभियानको मार्ग निर्देशकको रुपमा मानिनेछ ।
१०. २५५४ औं बुद्ध जयन्ती:
बिभिन्न देशमा आफ्नै किसिमले अथबा आ-आफ्नो ठाउँमा स्थापित अन्य संस्थाहरुसंग मिलेर मइ २७ का दिन २५५४ औं बुद्ध जयन्ती मनाउने निर्णय सफलत भएको ठहर गर्‍यो ।

११. आर्थिक जिम्मेवारी:
यस अभियानको केन्द्रमा हिसाब किताब दुरुस्त राख्नका लागि सानु घिमिरे र लक्ष्मी सिंखडाले संयुक्त रुपमा जिम्मेवारी बहन गर्नु हुनेछ ।
१२. साधारण सभा: 
प्रत्येक तहको साधारण सभा २-२ बर्षमा गरी साधारण सभाले नयाँ कार्य समितिको चयन गर्ने छ ।

१३. ब्लग प्रभाबकारी बनाउने:
कपिलबस्तु दिवस अभियानको ब्लग हालसम्म रामकुमार श्रेष्ठले मात्र हेर्दै आइरहेकोमा कामको चाप कम गरी ब्लगलाई अरु प्रभाबकारी बनाउन विश्वा कार्य समितिका अन्य पदाधिकारीहरुलाई पनि संलग्न गराइने छ ।
१४. बुद्धबारे गलत जानकारी तथ्यांक संकलन बर्ष:
एक बर्ष बुद्धको जन्म स्थानबारे गलत जानकारी प्रदान गर्ने पुस्तक, पाठ्य पुस्तक, वेब साइट आदिको तथ्यांक संकलन गरी पुस्तकालय, स्कूल तथा सरकारी निकायहरु जस्ता श्रोत केन्द्रहरुमा बुद्धको जीवनी र जन्मस्थानका बारेमा तयार गरिएको हाम्रो पुस्तिका दिएर गलत जानकारी सहितका त्यस्ता सामग्रीहरु हटाउन तथा सच्याउन आग्रह गर्दै हाम्रा पुस्तिकाहरु राख्न लगाउने अभियान शुरु गर्ने निर्णय गरियो

१५.
 धन्यवाद ज्ञापन:
नक्कली कपिलबस्तु बनाएको समाचारको आधारमा कपिलबस्तु दिवस बिस्व दिवसको रुपमा मनाउने प्रसंग उठेपछि कुन दिनलाई उक्त दिवसको रुपमा मनाउने भन्ने छलफल भएको बेलामा सन्चारकर्मी श्री राजेन्द्र शाक्यज्यूले उपयुक्त कारण सहित उपयुक्त दिनको सल्लाह दिनु भएको र अभियानको लागि बनाइएको लोगोमा दिग्भ्रमितहरुका बीच भ्रम निबारणको लागि लोगोमा नेपाल शब्द कहीं न कहीं हुनुपर्छ भनी शुरुदेखि नै जोड दिनु हुने फ्रान्स निबासी श्री हरिहर अर्यालज्यूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ । त्यसरी नै अभियानको लोगो डिजाइन गर्ने सन्जिब श्रेष्ठ, गत बर्षाको कार्यक्रममा उल्लेख्य सहयोग गर्नु हुने क्यानडाबाट अबी शर्मा, भानु पौड्याल, प्रमोद ढकाल, सञ्जय रेग्मी, चन्द्र राई, सुबाश दुतरज, गोबिन्द शिवाकोटी, नित्यानन्द खनाल, राजेन्द्र न्यौपाने, सन्जय रेग्मी (Vancouver), झलक पौडेल (Brampton), दुर्गा अधिकारी(Toronto), माधव खनाल (Mississauga), उमेश फुयाल (Vancouver),  and एलिस पौडेल (Burnaby) अमेरिकाबाट शम्भु कट्टेल, शैलेश श्रेष्ठ, , होमराज आचार्य अस्ट्रेलियाबाट सानु घिमिरे, साबित्रा काफ्ले, सुजन न्यौपाने, महामहिम राजदूत योगेन्द्र ढकाल, महामहिम कन्सुलर जनरल दीपक खडका, बेल्जियमबाट दामोदर प्रसाद आचार्य, सन्तोष न्यौपाने, नेपालबाट राज श्रेष्ठ, लक्ष्मण पुरी, उप सचिब मातृका मरासिनी, बेलायतबाट डा कबिताराम श्रेष्ठ, रामकुमार श्रेष्ठ, ताइबानबाट हरि कुमार श्रेष्ठ, चीनबाट महामहिमा राजदूत टंक कार्की र कन्सुलर निर्मल , मलेशियाबाट महामहिम राजदूत डा ऋषि अधिकारी, यूएइबाट बसन्त मोहन अधिकारी, दामोदर पौड्याल (ह्यानोबर जर्मनी), मधुसुदन रिमाल (म्युनिख जर्मनी) सबैलाई हार्दिक धन्यबाद ! त्यसरी नै संचारको क्षेत्रमा दैनिकी, मूलबाटो, हेचकेनेपाल, नेपाली समाचार, कुवेत नेपाल, नमस्ते यूरोप, नेपाल अरब, एबिसि, अन लाइन खबर, नेपाली इजरायल, प्रबासी नेपाली, गोर्खा अनलाइन, बगैचा, कपिलबस्तु, हिमाली स्वरहरु, डिसी नेपाल, प्रवासी नेपाली, नेपाल मदर सबैप्रति अभियान हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।  त्यसै गरी ताइवानका कपिल अधिकारी र डा प्रशान्तध्वज अधिकारी पनि कपिलबस्तु दिवस कार्यक्रममा सहयोग गरे बापत धन्यबादका पात्र हुनुहुन्छ ।
१६. क्षेत्रीय एबं राष्ट्रिय समिति गठनका आधार:
माथि उल्लेख गरिएको १ (घ) को अतिरिक्त यी समितिहरु गठन गर्दा बिस्व कार्य समितिकै ढाँचामा ठाडो नभएर तेर्सो संगठनात्मक स्वरुप अनुरुप समिति गठन गरिनेछ र गठन गर्दा सदस्य संख्या भने नयाँ अभियानको सन्जाल बढाउनु पर्ने अवस्था भएको कारण क्षेत्र, जाती, लिंग जस्ता कुराहरुलाई समेत ध्यान दिएर आपसी छलफलको आधारमा तय गरिनेछ । आर्थिक जिम्मेवारीको लागि बिस्व कार्य समितिमा जस्तै कुनै सदस्यलाई जिम्मा दिइनेछ ।
१७. भाबी कार्यक्रम:आबस्यक्ता महसूस गरिएको खण्डमा कुनै पनि बेला यस अभियानको उद्धेस्य प्राप्तीको लागि सहयोगी हुने किसिमले आबस्यक्तानुसारको तात्कालिन र दीर्घ कालीन कार्यहरु आफूले अथवा अन्य संस्थाहरुसंग मिलेर गर्नेछ ।

No comments: