Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Thursday, September 5, 2013

गायक प्रमोद खरेल लुम्बिनी-कपिलवस्तु दिवस अभियानका नयाँ सांस्कृतिक दूत

Posted by Ram Kumar Shrestha on August 19, 2013
Pramod Kharel Ambassador1
१७ अगस्ट, २०१३ साइप्रस हल मेलबर्न । आज यहाँ आयोजित प्रमोद खरेल संगितिक सांझ कार्यक्रममा चर्चित युवा गायक प्रमोद खरेललाई लुम्बिनी-कपिलवस्तु दिवस अभियानको नयाँ सांस्कृतिक दूतको रुपमा नियुक्त गरिएको छ । सांस्कृतिक दूतको प्रमाण-पत्र हस्तान्तरण गर्दै लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले नेपालीको पहिचान र गौरब कायम गर्दै सत्यको प्रतिरक्षाका खातिर अभियान जुन उद्धेस्यका लागि संघर्षरत छ त्यस्को लागि हरेक ब्यक्तिले आ-आफ्नो क्षमता, स्तर, रुची अनुसार योगदान दिन सक्ने भएकोले चर्चित युवा गायक प्रमोद खरेललाई अभियानको सांस्कृतिक दूत बनाएपछि उहाँले बिभिन्न देशमा आफ्नो सांगितिक यात्राको क्रममा अभियानको उद्धेस्य प्राप्ती कार्यलाई थप जिम्मेवारीको रुपमा लिनु हुने कुरामा अभियान बिस्वस्त रहेको बताउनु भयो ।

Pramod Kharel Ambassador2
नेपाली सन्चारका निर्देशक प्रमोद के सोनीले कार्यक्रममा बोल्दै नेपाली संचार जगतमा २५५७ औं बुद्ध जयन्तीको पावन अबसर पारेर लुम्बिनी-कपिलवस्तु दिवस अभियानको उद्धेस्य प्राप्तीमा ऐक्यबद्धता जनाउँदै अस्ट्रेलियाकै पहिलो २४/७ रेडियो नेपाली संचारले नेपाली संचार जगतमा २४ घण्टे बुद्ध र लुम्बिनी बिषयमा मात्रै केन्द्रित भएर आयोजना गरेको कार्यक्रम सफलतापूर्बक सम्पन्न गरेर नयाँ रेकर्ड कायम गर्ने ऐतिहासिक काम गर्न पाएकोमा गौरबानुभूति भएको बताउनु भयो ।
अस्ट्रेलिया आउनु केही दिन अगाडि सामान्य दुर्घटनाका कारण प्लास्टर गरिएको फ्राक्चर हात लिएर स्टेजमा आएका गायक प्रमोदलाई कार्यक्रममा फ्यानहरुको लगातार अनुरोधको कारण स्टेज छोड्न गार्हो परेको थियो । सिड्नीको कार्यक्रमपछि मेलबर्न आएका गायक प्रमोद तस्मानियामा कार्यक्रम गरी मंगलबार नेपाल फर्कनेछन ।
उक्त सांगितिक साँझमा स्थानीय कलाकारहरु रामजी पौड्याल, सिद्धार्थ राई,  सौगात आसिक र सिडनीका कलाकार इस्वर पोखरेलले साथ दिनु भएको थियो ।
स्मरण रहोस अभियानले यस अघि प्रेम राजा महत, मनोज गजुरेल, जीवन शर्मा र बद्री पंगेनीलाई पनि सांस्कृतिक दूतको रुपमा नियुक्त गरिसकेको छ ।
वुद्ध र लुम्बिनीलाई मात्रै समेटेर लगातार चौबिस घण्टे कार्यक्रम गरेर नेपाली संचार जगतमा नयाँ रेकर्ड कायम गर्ने अस्ट्रेलियाबाट सन्चालित पहिलो नेपाली २४/७ रेडियो नेपाली संचारले उक्त कार्यक्रम आयोजना गरेको थियो । मेलबर्नमा चौथो लुम्बिनी-कपिलवस्तु दिवस मनाउने क्रममा नेपाली संचारको बिमोचन गरिएको थियो ।

No comments: