Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Sunday, April 3, 2011

चिनियाँ टोलीद्वारा लुम्बिनी भ्रमण

Posted by Ram Kumar Shrestha on September 14, 2010
नयाँ पत्रिका बुटवल, २८ भदौ
नेपाल भ्रमणमा रहेका चिनियाँ उच्च नेताहरूको टोली सोमबार बुद्ध जन्मस्थल लुम्बिनी आई अवलोकन भ्रमण गरेको छ ।
टोलीलाई सोमबार बिहान भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा प्रमुख जिल्ला अधिकारी तारानाथ गौतम, रूपन्देही प्रहरी प्रमुख शेरबहादुर बस्नेत, नेपाल-चीन मैत्री समाजका अध्यक्ष नारायण सापकोटालगायतले स्वागत गरेका थिए ।
चिनियाँ कम्युनिस्ट पार्टी सचिवालय सदस्य हे योङको नेतृत्वमा नेपाल भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय टोलीले शान्तिका अग्रदूत गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा मायादेवी मन्दिरको अवलोकन, लुम्बिनीको पुरातात्त्विक र ऐतिहासिक तथा धार्मिक महत्त्वबारेमा जानकारी लिनुका साथै लुम्बिनी क्षेत्रको विकासका लागि तयार भएको लुम्बिनी गुरुयोजनाबारेमा समेत जानकारी लिएको थियो ।
टोलीले लुम्बिनीको विकासमा चीनले गरेको सहयोग र विकास निर्माणका कामको जानकारी पनि लियो ।
मुख्य तीन दलको निमन्त्रणामा नेपाल आएको चिनियाँ उच्च टोलीले राष्ट्रपति, प्रधानमन्त्री र अन्य दलका नेताहरूसँग भेटी गतिरोध अन्त्यको प्रयास, संविधान लेखन प्रक्रिया, शान्तिप्रक्रिया र आपसी सहयोगलगायत विषयमा छलफल गरिसकेको छ । चिनियाँ कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हे याङको नेतृत्वमा चिनियाँ टोली शनिबार नेपाल आइपुगेको हो ।

No comments: