

रमेश “आशिक ” पौडेल , बर्सेलोना- स्पेन: नेपाल र हामी नेपालीहरुको गौरव तथा “एसियाको प्रकाश”को रुपमा परिचित गौतम बुद्धको जन्मस्थल लुम्विनी, कपिलवस्तु नेपालमा रहेको तथ्य विश्वको लागि नौलो विषय होइन् । यो युनेस्कोको बिस्व संपदा सूचिमा (लिंकमा जान
यहाँ क्लिक गर्नुहोस) समेत स्पष्ट
लिपिबद्ध छ । केही वर्ष यता भारतले नेपालको सिमा नजिकै रहेको पिपरहवामा नमुना कपिलवस्तु निर्माण गरी गौतम बुद्धको जन्मस्थल कपिलवस्तुलाई बिस्वका जनता बीच दिग्भ्रमित गर्ने काम गरेकोले विश्वभर गौतम बुद्धको जन्मस्थल लुम्विनी, कपिलवस्तु नेपालमा रहेको तथ्यलाई थप उजागर गर्ने


उद्देश्यले १ डिसेम्वर, २००९ देखि विश्वव्यापी रुपमा कपिलवस्तु दिवस अभियान शुरु भएको हो । यस अभियानको बिस्व कार्य समितिले पूर्णता पाएपछि हाल विश्वभर यस अभियानको क्षेत्रिय तथा राष्ट्रिय समितिहरुको गठन कार्य अगाडि बढिरहेको सन्दर्भमा मिति २०६७ कार्तिक ०७ तदनुसार २४ अक्टोबर २०१० का दिन स्पेनमा भएको एक भेलाले इस्वर शर्माको राष्ट्रिय संयोजकत्वमा उपयुक्त ब्यक्तिहरु पाइएको खण्डमा पछि थप्न सकिने गरी हाल ११ सदस्यीय कपिलवस्तु दिवस अभियान स्पेन राष्ट्रिय कार्य समिति गठन गरिएको छ । कार्य समितिका अन्य संयोजकहरुमाहरुमा (स्मरण रहोस अभियानले संगठनात्मक संरचना ठाडो नभएर तेर्सो संरचनालाई अंगीकार गरेकोले हरेक तहमा एक जना मूल संयोजक र अन्यलाई संयोजकको रुपमा राख्ने नीति लिएको छ) रमेश “आशिक” पौडेल, छिरिंग गुरुङ, ओमर गुरुङ, बलराम वाग्ले, बिष्णु रिजाल, गंगा शर्मा, बिनोद ढकाल, बबिन शर्मा, वान्ग्जु शेर्पा र रबि श्रेष्ठ हुनुहुन्छ । त्यसरी नै भेलाले स्पेनमा रहेका सबै संघ संस्थाहरुका प्रतिनिधिहरुहरुलाई सल्लाहकारको जिम्मेवारी दिने नीति अख्तियार गरे अनुसार सात जनाको सल्लाहकार समिति पनि गठन गरेको छ जस अनुसार सो समितिमा रामलाल कंडेल, अनिल गुरुङ, पुष्प तिमिल्सिना, एकराज गिरि, बुद्ध मिलन थापा, जगत पाल सिलवाल र रिन्चेन शेर्पा हुनुहुन्छ ।
उक्त भेलाले छिमेकी देश भारतले नेपालको ऐतिहासिक पहिचान, राष्ट्रिय स्वाभिमानप्रति धावा वोलि रहेको तथा विश्व शान्तिका अग्रदुत भगवान गौतम वुद्ध, जो झुठ हिंसा र असत्यका कट्टर विरोधी हुन, समेतको घोर अपमान गरिरहेको प्रसंगप्रति निकै सम्वेदनशील एंव स्तब्ध हुँदै यस किसिमका नाजायज गतिबिधिहरुलाई निस्तेज पार्ने प्रतिबद्धता जाहेर गरेको छ । आजको युगमा कटु सत्यमाथि भएको खुल्ला एवं नाङ्गो हस्तक्षेप सहन गर्न वाध्य हामी नेपाली वास्तविकतालाई वुझी सत्य पक्षलाई साथ दिन सरकार तथा जिम्मेवार निकायप्रति आग्रह समेत गरेको छ उक्त भेलाले । साथै उक्त भेलाले १ डिसेम्बरमा कपिलबस्तु दिवस मनाउने निर्णय पनि गरेको छ । यस अभियानका विश्व समितिका तदर्थ सल्लाहाकार तथा बरिस्ठ साहित्यकार प्रा. डा. कविताराम श्रेष्ठको समुपस्थितिमा उक्त भेला भएको थियो । सोही कार्यक्रममा उहाँद्धारा नै लिखित “महाभिनिष्क्रमणका अस्वीकृत पाइला” नामक बुद्धको जीवनीमा आधारित अनुसन्धानात्मक उपन्यासको बिमोचन समेत गरिएको थियो ।
कपिलबस्तु दिवस अभियान बिस्व कार्य समितिलाई पूर्णता दिइएपस्चात अभियानको क्षेत्रीय र राष्ट्रिय समिति गठन गरी संगठन बिस्तार गर्ने अभियानको योजना अनुरुप स्पेन राष्ट्रिय समिति गठन गर्ने पहिलो देश हुन पुगेको छ ।
No comments:
Post a Comment