Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Wednesday, April 13, 2011

कपिलवस्तु दिवस अभियान नेपाल समितिको प्रेस विज्ञप्ति

Posted by rajshrestha2002 on December 1, 2010
भगवान गौतम बुद्धको जन्मस्थलबारे अन्तर्राष्ट्रिय जगतमा छरिएको भ्रमलाई चिर्दै यथार्थ जानकारी प्रदान गर्न बुद्धिष्टहरुको पवित्र तीर्थस्थल कपिलवस्तुको संरक्षण संवद्र्धन तथा अन्तराष्ट्रिय क्षेत्रमा कपिलवस्तु लुम्बिनी क्षेत्रको प्रवद्र्धन गर्न सघाउ पुर् याई नेपालको पर्यटन विकासमा टेवा पुर् याउने हेतुले संसारभर छरिएर रहेका नेपालीहरुको पहलमा गत वर्ष देखि डिसेम्बर १ का दिन कपिलवस्तु विश्व दिवस मनाउन आरम्भ गरिएको छ ।
सम्राट अशोकद्वारा पहिचान गरी बुद्ध धर्म तथा यस स्थलको प्रचारप्रसारमा सहयोग पुर् याएको इतिहास भएपनि आधुनिक विश्वलाई यस स्थलको उत्खनन गरी अन्तर्राष्ट्रिय पहिचान दिलाउन भुमिका खेलेका जर्मन आर्कोलोजिष्ट एन्टन फुहररले लुम्बिनी कपिलवस्तुलाई पहिचान दिएको दिन सन् १८९६ डिसेम्बर १ लाई चीरस्मरणीय बनाउन र कपिलवस्तुको अन्तर्राष्ट्रिय महत्व स्थापित गर्न यो दिवस मनाउन थालिएको जानकारी गराउन चाहन्छौं ।
विशेषतः सूचना प्रविधिको यस युगमा तीब्र संचारमाध्यमहरुको दुरुपयोग गर्दै बुद्ध जन्मस्थलबारे भ्रम सिर्जना गर्ने नक्कली लुम्बिनीको प्रवद्र्धन गर्ने त्यस क्षेत्रमा उत्खनन गरिएका पुरातात्विक सामानहरुको चोरी निकासी गर्ने उत्खननमा बाधा पुर् याउने उक्त क्षेत्र विकासमा अन्तर्राष्ट्रिय कुटनीति प्रयोग गरी अवरोध खडा गर्ने भारत तर्फ प्याकेजका रुपमा लुम्बिनी भ्रमण गराउने तर लुम्बिनी नेपालमा भएको जानकारी लुकाई भ्रम खडा गर्ने तथा उक्त भ्रमणबाट नेपाल सरकारलाई कुनै आर्थिक लाभ नहुने सीमा क्षेत्रको असुरक्षा एवं भारतीय पक्षबाट लुम्बिनी डुबानमा पार्ने नियतले बनाइएको खुर्दलोटन बाँध जस्ता कि्रयाकलाप र भारतको उत्तरप्रदेश सरकारको गुरुयोजनामा सम्पन्न हुन लागेको नक्कली लुम्बिनी निर्माण जस्ता गतिविधिका कारण स्वाभिमानी नेपालीहरुको आस्था विश्वास र पहिचानमा धावा बोलेको महसुस भएकाले जनस्तरबाट नै यसको प्रतिवाद गर्दै अन्तर्राष्टिय क्षेत्रमा यसको पहिचान स्थापना र प्रवद्र्धनको निम्ति यो दिवस लुम्बिनी क्षेत्रको प्रवद्र्धन हुने विभिन्न गतिविधि गरी विश्वभर मनाइन थालेको हो ।
भारत लगायत विभिन्न पश्चिमी मुलुकहरुमा समेत पाठ्यक्रममा बुद्धको जन्मस्थल भारत भएको उल्लेख भएको र संसारमा अरबौं बौद्ध धर्मावलम्बी हुँदा समेत यथार्थ जानकारी नहुँदा दिग्भ्रमित भई बुद्धिष्टहरुको पवित्र तिर्थस्थल ओझेलमा परी अत्यन्त न्यून सख्यामा मात्र तिर्थालु तथा पर्यटकको आगमन नेपालका लागि दुःखद अवस्था हो । राज्यस्तरबाट लुम्बिनी विकासमा देखाइएको उदासिनता आवश्यक पूर्वाधार निर्माणमा ढिलासुस्ती एवं प्रवद्र्धनमा देखाएको उपेक्षाले सम्पूर्ण नेपालीहरुलाई आवाज बुलन्दका निम्ति बाध्य पारिएको छ । तसर्थ राष्ट्रको पहिचानलाई नै आपुनो पहिचान ठानी यस प्रकारका कि्रयाकलापको प्रतिवाद गर्न एवं आपुनो पहिचानको स्तम्भलाई अन्र्तराििष्ट्रय जगतमा स्थापित गरी समग्र मुलुकलाई गौरवलायक एवं समृद्ध बनाउन सम्पूर्ण देशप्रेमी नेपालीहरुलाई यो दिवस भव्यताका साथ मनाउन अनुरोध गर्दछौं । साथै यस अभियानलाई सार्थक बनाउन भूमिका खेल्न समपूर्ण मिडियाहरुमा समेत सादर अनुरोध गर्दछौं  ।
कपिलवस्तु दिवस अभियान नेपाल समितिको तर्पुबाट लुम्बिनी र कपिलवस्तु क्षेत्रको सुरक्षा सम्बन्धी विशेष व्यवस्था गर्न सरकारसँग माग
भगवान् बुद्धको जन्मस्थल लुम्बिनी र कपिलवस्तुलाई विश्व सामु परिचित गराउने उद्देश्यका साथ सुरु भएको कपिलवस्तु दिवस विश्व अभियानले डिसेम्बर १ २०११ देखि दोस्रो वर्षमा प्रवेश गर्दैछ । यसै सन्दर्भमा लुम्बिनी र कपिलवस्तु क्षेत्रका पुरातात्विक र ऐतिहासिक धरोहरहरुको सुरक्षा र संरक्षणको गम्भिर चासो व्यक्त गर्दै कपिलवस्तु दिवस अभियान नेपाल समिति निम्नलिखित मागहरु यथाशीघ्र पुरा गर्न नेपाल सरकारसँग जोडदार माग राख्दछ ।
१। नेपाल पर्यटन वर्ष २०११ को सन्दर्भमा लुम्बिनीलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा मात्रै प्रचारप्रसार नगरी विश्वभर छरिएर रहेका बौद्ध धर्मावलम्बीहरुको पवित्र तीर्थस्थलको रुपमा समेत लुम्बिनी र कपिलवस्तुको प्रचारप्रसार गरिनु पर्दछ । चीन जापान म्यान्मार थाइल्यान्ड उत्तर र दक्षिण कोरिया र श्रीलंका जस्ता बौद्ध धर्मावलम्बीहरु अत्यधिक रहेका देशहरुमा भगवान् बुद्धको जन्मस्थल लुम्बिनी र कपिलवस्तुलाई बौद्धहरुकै पवित्र तीर्थस्थलको रुपमा नेपाल सरकारले प्रचारप्रसारलाई तीव्र बनाउनु पर्दछ । ती देशहरुबाट पर्यटकहरुलाई विशेष सहुलियत दिई अत्यधिक संख्यामा बौद्ध धर्मावलम्बीहरुलाई लुम्बिनी र कपिलवस्तुको भ्रमणका लागि आकर्षित गर्नु पर्दछ ।
२। लुम्बिनी र कपिलवस्तु क्षेत्रका ऐतिहासिक र पुरातात्विक महत्वका स्थानहरुको सुरक्षा र संरक्षणको विशेष व्यवस्था गर्नुपर्दछ । मायादेवी मन्दिरमा रहेको दानपात्र पटक पटक चोरी हुँदा समेत प्रहरी प्रशासनबाट कुनै कारवाही नहुँदा यस्ता गम्भीर प्रकृतिका अपराध बारम्बार दोहरिइ अपराधीहरुको मनोबल बढेको देखिन्छ । यसबाट बुद्धजन्मस्थलको पहिचान चिन्ह मार्कर स्टोनको सुरक्षामा समेत ढुक्क हुन नसक्ने अवस्था सिर्जना भएको छ भलै यसलाई बुलेटप्रुफ सिसाभित्र राखिएको किन नहोस् । त्यसैले लुम्बिनी र कपिलवस्तु क्षेत्रको ऐतिहासिक र पुरातात्विक स्थलहरुको सुरक्षा र संरक्षण पर्यटक र तीर्थयात्रीहरुको सुरक्षाका साथसाथै अपराध कार्यमा संलग्न अपराधीहरुलाई कडा कारवाही गर्न नेपाल सरकारसँग विशेष सुरक्षाको माग गर्दछ ।

३। लुम्बिनी र कपिलवस्तु क्षेत्रको भौतिक पूर्वाधार पर्यटन मैत्री र सन्तोषजनक नभएको हुँदा पर्यटक तथा तीर्थयात्रीहरुले सास्ती खेप्नुपरिरहेको छ । त्यसैले यस क्षेत्रमा विश्वस्तरको पर्यटन सुविधा उपलब्ध गराउन आवश्यक भौतिक तथा पर्यटकीय पूर्वाधारको निर्माण अविलम्ब सुरु गर्नुपर्दछ ।
४। लुम्बिनी र कपिलवस्तुक्षेत्रको सर्वाङ्गिण विकास गर्न गठित लुम्बिनी विकास कोषमा राजनीतिक नियुक्तिले गर्दा यस क्षेत्रको विकासमा प्रभावशाली भूमिका खेल्न नसकेको प्रत्यक्ष देखिन्छ । कोषमा पदाधिकारी नियुक्त गर्दा राजनीतिक स्वार्थबाट प्रेरित नभएका विशुद्ध अध्ययन र अनुसन्धानमा लागेका आस्थावान व्यक्ति नियुक्त गर्नुपर्दछ ।
५। भगवान् बुद्धको जन्मस्थलको रुपमा लुम्बिनीको महत्वपूर्ण स्थान भएजस्तै भगवान्ले २९ वर्षसम्म व्यतित गर्नुभएको कपिलवस्तुको महत्व पनि कम छैन । तर कपिलवस्तु क्षेत्र विकास पूर्वाधार चेतना शिक्षा आदि क्षेत्रमा पिछडिएको कारण लुम्बिनी भ्रमण पछि कपिलवस्तुको भ्रमणमा जाने पर्यटक तथा तीर्थयात्रीहरु त्यहाँको दुरावस्था देखेर दुखित हुने गरेकाछन् । कपिलवस्तु लुम्बिनीको पहिचान सँगै गाँसिएको हुँदा यहाँको पछौटेपनबाट अन्तरराष्ट्रिय जगतमा समेत नराम्रो सन्देश जान्छ । तसर्थ कपिलवस्तु र लुम्बिनीलाई एकीकृत विकास योजना अन्तर्गत संरक्षण र सम्वद्र्धन गरिनु पर्छ ।
६।नेपालको तिलौराकोट नै प्राचीन कपिलवस्तु हो भन्नेमा शंका छैन । तैपनि भारतको उत्तरप्रदेशको पिपरहवालाई प्राचीन कपिलवस्तु हो भन्दै त्यहाँ निर्माण कार्य भइरहेको छ । भारतीयहरुले दावी गरेको पिपरहवा वरपर बौद्ध साहित्यमा वर्णन गरिएका प्राचीन कपिलवस्तु वरपर हुनुपर्ने पुरातात्विक स्थलहरु कुनैको पनि अस्तित्व छैनन् । यसको ठीक विपरित तिलौराकोटमा ती स्थलहरुको किटानकासाथ पहिचान गरिएको छ । तिलौराकोट नै प्राचीन कपिलवस्तु हो भन्ने तथ्यलाई अझ सशक्त बनाउन नेपाल सरकारले छिट्टै अनुसन्धानविद् पुरातत्वविद् इतिहासकार तथा वैज्ञानिकहरुको टोली गठन गरी उत्खनन र अनुसन्धान कार्य अगाडि बढाइयोस् । उत्खननबाट प्राप्त पुरातात्विक वस्तुहरुको सुरक्षा गर्न विशेष सुरक्षा समेत अपनाइयोस ताकि ती अमूल्य वस्तुहरु सिमाना पारी चोरी निकासी हुन नपाओस् ।
राज श्रेष्ठ सार्क संयोजक
लक्ष्मण पुरी नेपाल संयोजक
कपिलवस्तु दिवस अभियान नेपाल समिित

No comments: