Posted by Ram Kumar Shrestha on January 9, 2011
सो निर्णयपस्चात निर्णयबारे प्रतिकृया दिंदै गायिका डोल्माले भनिन्: “मलाई खुशी लागेको छ, मेरो तर्फबाट सक्ने जति सहयो गर्नेछु” ।
फुलको आँखामा फुलै संसार…….लगायतका चर्चित गीतहरु गाएकी डोल्मा अन्तरराष्ट्रिय रुपमा पनि बिभिन्न कार्यक्रमहरुमा सहभागी हुने गर्छिन् । उनले त्यस्ता कार्यक्रमहरु मार्फत मुलुकको बारेमा प्रचार प्रसार पनि गर्दै आएकी छन् । कपिलबस्तु दिवस अभियानले पनि नेपाल पर्यटन बर्ष २०११ लाई क्षमताले भ्याएसम्म प्रचार प्रसार गर्ने नीति लिएको छ र यस्को बिस्व कार्य समितिले पूर्णता पाएपस्चात बिस्वब्यापी सन्जाल बिस्तार गर्ने नीति अनुरुप कपिलबस्तु दिवस अभियानको सातौं राष्ट्रिय समितिको रुपमा गठित डेनमार्कले यही जनबरी ७ मा कोपेनहेगनमा नेपाली दूताबाससंग मिलेर कार्यक्रम पनि गरेको थियो । अत: अभियानकी सल्लाहकार आनी यसरी नेपाल पर्यटन बर्ष -२०११ का सदभावना राजदूत चयन हुनु भएकोमा हार्दिक बधाइ ज्ञापन गर्दै उद्धेस्य प्राप्तीको लागि अभियान हार्दिक शुभेच्छा प्रकट गर्दछ ।
No comments:
Post a Comment