Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Tuesday, April 26, 2011

पेरिसमा कपिलबस्तु दिवस अभियानको राष्ट्रिय समिति गठनबारे छलफल

Posted by Ram Kumar Shrestha on October 27, 2010
कपिलबस्तु दिवस अभियानका सल्लाहकार प्रो डा कबिताराम श्रेष्ठ स्पेनमा अभियानको राष्ट्रिय समिति गठन र उहाँद्धारा नै लिखित “महाभिनिष्क्रमणका अस्वीकृत पाइला” नामक बुद्धको जीवनीमा आधारित अनुसन्धानात्मक उपन्यासको बिमोचन गरी यही २५ तारिख पेरिस पुग्नु भएको अबसरमा राजेन्द्र कार्की, अनुराधा पौडेल र ददिराज सापकोटाको सहयोगमा पेरिसस्थित नेपाली दूताबासको कन्सुलरको प्रमुख आतिथ्य र एनआरएनका अध्यक्षको बिशेष उपस्थितिमा बुद्धिजिबी, पत्रकारहरु र सर्ब साधारणको भेला भएको थियो जस्मा कपिलबस्तु दिवस अभियान र यस्को फ्रान्सको राष्ट्रिय समिति गठनबारे छलफल गरिएको थियो । सोही अबसरमा “महाभिनिष्क्रमणका अस्वीकृत पाइला” नामक बुद्धको जीवनीमा आधारित अनुसन्धानात्मक उपन्यासको बिमोचन समेत गरिएको थियो । प्रो डा कबिताराम श्रेष्ठ आज बिहान बेल्जियम पुगिसक्नु भएको छ जहाँ कपिलबस्तु दिवस अभियानको बेल्जियम राष्ट्रिय समिति गठन गर्ने र उहाँद्धारा लिखित “महाभिनिष्क्रमणका अस्वीकृत पाइला” उपन्यासको बिमोचन गरिने कार्यक्रम छ ।
Some more photos:









No comments: