Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com
Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts

Thursday, September 5, 2013

गायक प्रमोद खरेल लुम्बिनी-कपिलवस्तु दिवस अभियानका नयाँ सांस्कृतिक दूत

Posted by Ram Kumar Shrestha on August 19, 2013
Pramod Kharel Ambassador1
१७ अगस्ट, २०१३ साइप्रस हल मेलबर्न । आज यहाँ आयोजित प्रमोद खरेल संगितिक सांझ कार्यक्रममा चर्चित युवा गायक प्रमोद खरेललाई लुम्बिनी-कपिलवस्तु दिवस अभियानको नयाँ सांस्कृतिक दूतको रुपमा नियुक्त गरिएको छ । सांस्कृतिक दूतको प्रमाण-पत्र हस्तान्तरण गर्दै लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले नेपालीको पहिचान र गौरब कायम गर्दै सत्यको प्रतिरक्षाका खातिर अभियान जुन उद्धेस्यका लागि संघर्षरत छ त्यस्को लागि हरेक ब्यक्तिले आ-आफ्नो क्षमता, स्तर, रुची अनुसार योगदान दिन सक्ने भएकोले चर्चित युवा गायक प्रमोद खरेललाई अभियानको सांस्कृतिक दूत बनाएपछि उहाँले बिभिन्न देशमा आफ्नो सांगितिक यात्राको क्रममा अभियानको उद्धेस्य प्राप्ती कार्यलाई थप जिम्मेवारीको रुपमा लिनु हुने कुरामा अभियान बिस्वस्त रहेको बताउनु भयो ।

Sunday, May 5, 2013

लुम्बिनी-कपिलवस्तु दिवस अभियानमा थप दुई सांस्कृतिक दूत


Posted by Ram Kumar Shrestha on May 6, 2013
 
 
 
 
 
 
Rate This

Speech before to give Ambassador Certificate
४ मइ, २०१३ साइप्रस हल मेलबर्न । नेपाली जनप्रगतिशील मन्च अस्ट्रेलियाद्धारा आयोजित सांस्कृतिक कार्यक्रममा एनेकपा माओबादीका पोलिटब्युरो सदस्य एबं बिदेश बिभाग प्रमुख राम कार्कीले बिभिन्न कारणबश अस्ट्रेलिया आएर अस्ट्रेलियालाई कर्मभूमि बनाए तापनि आफ्नो आमाको तुलनामा अरुको आमा जतिसुकै सम्पन्न र सुन्दरी भए पनि आफ्नो आमा भनेको आफ्नै आमा हुने र वास्तबिक माया आफ्नै आमासंग नै हुने भएकोले जन्मभूमि नेपाल आमाप्रतिको आफ्नो दायित्वबोध बिर्सन नहुने बताउनु भयो ।
Mass dance
सोही कार्यक्रममा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका तर्फबाट जन-गायक जीवन शर्मा र बद्री पंगेनीलाई अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले प्रमाण-पत्र दिंदै जनादेशका सांगितिक दूतद्धयलाई अभियानको सांस्कृतिक दूतको रुपमा नियुक्त गरिएको घोषणा गर्नु भएको थियो । अभियानले यस अघि बरिस्ठ हास्य कलाकार मनोज गजुरेललाई वेलायतको एक सांस्कृतिक कार्यक्रममा अभियानका बिस्व कार्य समितिका सल्लाहकार प्रो डा कबिताराम श्रेष्ठले र नेपालको तर्फबाट संयुक्तराज्य अमेरिकाको दुई राज्यहरु मेरिल्याण्ड र पेन्सिलभानियाका लागि अबैतनिक महाबाणिज्य दूत रहनु भएका लोक गायक प्रेमराजा महतलाई नेपालमा तेस्रो लुम्बिनी-कपिलवस्तु दिवस मनाउने क्रममा कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एबं वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक पुष्पकमल दाहाल प्रचन्डले अभियानको सांस्कृतिक दूत नियुक्त गरिएको प्रमाण-पत्र प्रदान गर्नु भएको थियो ।

Tuesday, April 2, 2013

सिडनीको डार्लिङ हार्बरमा मनाइने २५५७ औं बुद्ध जयन्तिमा नेपाली सहभागी हुने


Ayushama sapkota
आगामी २५५७ औं बुद्ध जयन्ति सिडनीको डार्लिङ हार्बरमा भब्यताका साथ मनाउने तयारीको रुपमा दक्षिणी गोलार्द्धकै सबैभन्दा ठूलो बुद्ध मन्दिर मानिने सिडनीको “नान टी यान टेम्पल” मा बिभिन्न सत्र देशका कलाकारहरुद्धारा यही मार्च २९ र ३१ गरी दुई दिन प्रारम्भिक सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । बुद्धको जन्मभूमि नेपालको कला, संस्कृतिको परिचय दिंने अभिप्रायले उक्त सांस्कृतिक कार्यक्रममा चिनारी नेपालले नेपालका तर्फबाट सहभागिता जनाएको थियो । मार्च ३१ आइतबारका दिन आयोजित दोश्रो दिनको कार्यक्रममा चिनारी नेपालका कलाकारहरु सन्तोकी के.सी., र आयुस्मा सापकोटा र मुनलाइट आर्ट एण्ड क्रियटिभ सेण्टरबाट अतिथि कलाकार प्रतिमा लिम्बूबाट बिभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएका थिए । उक्त प्रारम्भिक कार्यक्रममा जनाइएको सहभागितापस्चात नेपालका तर्फबाट सिडनीको डार्लिङ हार्बरमा मनाइने आगामी २५५७ औं बुद्ध जयन्तिमा चिनारी नेपाल बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ नेपाललाई बुद्धभूमिको रुपमा चिनाउन सहभागी हुने भएको छ ।
Santoki KC

Saturday, February 23, 2013

अस्ट्रेलियाको जिलोङमा नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा चिनाइयो


Posted by Ram Kumar Shrestha on February 24, 2013
 
 
 
 
 
 
Rate This

Parade
२३ फेब्रुअरी, २०१३ जिलोङ अस्ट्रेलिया: बहुभाषिक र बहु-सांस्कृतिक देशको रुपमा परिचित अस्ट्रेलियाको जिलोङमा अस्ट्रेलियाकै एक किसिमले सबैभन्दा ठूलो महोत्सबको रुपमा मानिने पाको फेस्टाले मूल आयोजक डाभर्सिटाटसंग आबद्ध भएका ४५ जातीय संस्था र अन्य करीब ६० संगठनहरुको सहभागितामा एक लाखभन्दा बढी सहभागीहरुलाई आ-आफ्नो सांस्कृतिक चाल-चलन, रिति-रिवाज, खान-पान आदिको निरन्तरता र प्रचार प्रसारलाई प्रोत्साहन गर्दै नाच-गान, कार्यशाला गोस्ठी, प्रदर्शन जस्ता बिबिध कार्यक्रम सहित आफ्नो ३१ औं बार्षिकी भब्यताका साथ मनाएको छ । पाको फेस्टा अस्ट्रेलियाको भिक्टोरिया राज्यको प्रमुख बहु-सांस्कृतिक महोत्सबको रुपमा लिने गरिन्छ र गत तीन बर्षदेखि यो कार्यक्रममा सहभागीहरुको संख्या एक लाखभन्दा बढी हुने गरेको छ भने यस महोत्सबले उक्त एक दिनमा नै करीब पच्चीस लाख अस्ट्रेलियन डलरको योगदान स्थानीय बजारमा दिने अनुमान गरिएको छ ।
 Parade2

Saturday, February 9, 2013

बुद्ध नेपालमै जन्मिएका हुन् – भारतीय विद्वान


-कमल रायमाझी
Buddha born in Nepal
१६ माघ, भैरहवा । गौतम बुद्ध भारतमा नभै नेपालमै जन्मिएको प्रस्टोक्ति एक भारतीय एक विदुषी प्राध्यापकले दिनुभएको छ ।
रुपन्देहीस्थित भैरहवा बहुमुखी क्यामपसद्वारा आयोजित कार्यक्रममा भारतीय प्राध्यापक डा अन्जु शर्मा उपाध्यायले भन्नुभयो, “सस्तो लोकपि्रयताका लागि कसैकसैले बुद्ध भारतमा जन्मिएको बताएको होलान् तर मेरो अनुभव, अनुसन्धान र खोजले कहिल्यै बुद्ध भारतमा जन्मिएको प्रमाण पाएको छैन” । उहाँले प्राज्ञिक तवरले पुराना गल्तीलाई सच्चाउन सम्बन्धित निकायलाई झक्झकाउने बताउनुभयो ।
केही समयअघि लुम्बिनीमा आयोजित नेपाल-भारत टुरिजम मार्ट नामक कार्यक्रममा भारतीय पक्षबाट वितरित एक पुस्तिका ‘दि पाथ’ मा बुद्धका बुबा शुद्धोदनको दरबार रहेको तिलौराकोट क्षेत्र भारतको उत्तर प्रदेशमा पर्दछ भनी उल्लेख गरिएको थियो । यस कार्यक्रममा संस्कृति मन्त्री पोस्टबहादुर बोगटी र नेपालका लागि भारतीय राजदूत जयन्तप्रसादलगायत नेपाल र भारतका पर्यटन व्यवसायीको उल्लेख्य सहभागिता थियो ।
उक्त कार्यक्रममा भारतीय पक्षले बाँडेको पुस्तिकाबारे जिज्ञासा राख्दा प्राध्यापक शर्माले भारतको सरकारी धारणा त्यस्तो नभएको बताउँदै सस्तो लोकपि्रयताका लागि कसैले त्यस्तो गर्न सक्छ भन्नुभयो । बुद्ध नेपालमै जन्मिएको बरु भ्रमणको क्रममा भारतको सारनाथमा गएको प्रशस्त ऐतिहासिक प्रमाण भएको उहाँको भनाइ थियो ।

Thursday, January 31, 2013

मनपरि गर्ने भारतीय विद्यालयबारे सरकारले छानबिन गर्ने


-प्रकाश सिलवाल
Indian school
१७ माघ, काठमाडौँ । नेपालमा भारतीय सम्बन्धनबाट सञ्चालित कतिपय विद्यालयले भारतीय राष्ट्रियतामा आधारित पाठ्यपुस्तक पढाइरहेको भन्ने गुनासो आएपछि शिक्षा मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको छ ।

नेपालको विद्यमान कानुनी व्यवस्थाअनुसार विद्यालय तहसम्म कुनै पनि विदेशी शिक्षण संस्थाको सम्बन्धनबाट विद्यालय सञ्चालन गर्न मिल्दैन । ललितपुरस्थित डिएभी सुशील केडिया विश्व भारती उमाविले कक्षा ६ को ‘इन्टि्रगेटेड सोसल स्टडी’ विषयमा भारतको राष्ट्रियगान जन गण मन, राष्ट्रिय जनावर बाघ, लुम्बिनी भारतमा पर्ने र गौतम बुद्ध भारतमा जन्मेको जस्तो आपत्तिजनक पाठ्यपुस्तक पढाइरहेकोे भनी अखिल नेपाल शिक्षक सङ्गठनले आन्दोलन प्रारम्भ गरेपछि सो विषय नेपाल र भारतबीचको उपल्लो तहमा पुगेको छ ।

भारतीय दूतावासले हालै शिक्षा मन्त्रालयमा पत्राचार गरी भारतीय शैक्षिक बोर्डअन्तर्गत चार विद्यालयको विधिवत् मान्यताका लागि आवश्यक समन्वय गर्न आग्रह गरेको मन्त्रालयका सहप्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो । उहाँले सो विषयको किनारा लगाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भएको बुझिएको छ ।

Saturday, January 26, 2013

सौरवले ईयूमा चिनाए गौतम बुद्ध र सगरमाथालाई


Saurabh
बेल्जियम - विश्व साईकलयात्री सौर दाहालले बेल्जियम स्थित यूरोपियन यूनियनका प्रतिनिधिसँग भेट गरेका छन् । उनले यूनियनका एसिया विभाग निर्देशक मारिआ कास्तिलो फेर्नान्डेज र उपनिर्देशक रिन्से तिरिङ्क सँग भेट गरि "सगरमाथा नेपालमा पर्छ, गौतम बुद्ध नेपालमा जन्मिएका हुन" भन्ने जानकारी गराउँदै सगरमाथाको फोटो र बुद्धनेपालमा जन्मिएको लुम्बिनीको पोस्टर उपहार स्वरुप प्रदान गरे ।
 Saurabh2

भेटको क्रममा उनीहरुले दाहालको अभियानको प्रशंसा गर्दै वातावरण संरक्षणको लागि ईयुले नेपालको सुदुर पश्चिममा हालै दश मिलियन लागतको ईयू नविकरणीय उर्जाको परियोजना सम्पन्न गरेको समेत जानकारी गराए । नेपाली दूतावास बेल्जियमले भेटको यो अवसर मिलाईदिएको थियो ।


दूतावासका दिप्तिय सचिव लक्ष्मण खनाल सँगै दाहाल ईयू कार्यलय पुगेका थिए । उनले यस भन्दा अगाडी उनले जेनेभास्थित राष्ट्रसंघको कार्यालयको साथै यूरोपियन देशहरु अष्ट्रिया, स्विजरल्याण्ड, जर्मन, फ्रान्स र लक्जेम्वरका विभिन्न निकायका उच्च व्यक्तिसँग भेट गरि बुद्ध बारे प्रचार गरेका थिए । उनले प्रचार अभियानमा थुप्रै स्थानीयहरुलाई पनि भेटेका छन् 

Sunday, December 23, 2012

Indian International Film Festival Misinforming Buddha Birthplace


Buddha
In an Indian International Film Festival in Florida, Tampa Bay, USA from Feb 15-17, 2013 the organizer is going to show 36 minutes video documentary about the Buddha Birth Place claiming that Buddha was born in Orrisa, India. Buddha is synonym to truthfulness. Sometimes artists, sometimes writers and even sometimes diplomats are raising unnecessary issues threatening neighbors’ sovereignty. In the 21st century we must be civilized and not like in Stone Age. We must respect others’ identity. Even to protect truthfulness we must raise our voice to stop that film show.
Unlike ·  ·  · Share · Edit

Indian International Film Festival Misinforming Buddha Birthplace


Buddha
In an Indian International Film Festival in Florida, Tampa Bay, USA from Feb 15-17, 2013 the organizer is going to show 36 minutes video documentary about the Buddha Birth Place claiming that Buddha was born in Orrisa, India. Buddha is synonym to truthfulness. Sometimes artists, sometimes writers and even sometimes diplomats are raising unnecessary issues threatening neighbors’ sovereignty. In the 21st century we must be civilized and not like in Stone Age. We must respect others’ identity. Even to protect truthfulness we must raise our voice to stop that film show.
Unlike ·  ·  · Share · Edit

Indian International Film Festival Misinforming Buddha Birthplace


Buddha
In an Indian International Film Festival in Florida, Tampa Bay, USA from Feb 15-17, 2013 the organizer is going to show 36 minutes video documentary about the Buddha Birth Place claiming that Buddha was born in Orrisa, India. Buddha is synonym to truthfulness. Sometimes artists, sometimes writers and even sometimes diplomats are raising unnecessary issues threatening neighbors’ sovereignty. In the 21st century we must be civilized and not like in Stone Age. We must respect others’ identity. Even to protect truthfulness we must raise our voice to stop that film show.
Unlike ·  ·  · Share · Edit

Buddha
In an Indian International Film Festival in Florida, Tampa Bay, USA from Feb 15-17, 2013 the organizer is going to show 36 minutes video documentary about the Buddha Birth Place claiming that Buddha was born in Orrisa, India. Buddha is synonym to truthfulness. Sometimes artists, sometimes writers and even sometimes diplomats are raising unnecessary issues threatening neighbors’ sovereignty. In the 21st century we must be civilized and not like in Stone Age. We must respect others’ identity. Even to protect truthfulness we must raise our voice to stop that film show.
Unlike ·  ·  · Share · Edit

Saturday, December 22, 2012

हरि श्रेष्ठको आहवान बिश्वशन्ति -२०१२


Hari Hongkong

२० डिसेम्बर २०१२, हङकङ : जेम्स म्युजिकग्रुप हङकङ समुहको आयोजनामा हङकङ स्थित प्रदिद्द बौद्ध गुम्बा "बिग बुद्ध" स्थित खुल्ला प्राङगणमा बिश्वशन्ति पूजाको साथमा संगित कार्यक्रम सम्पन्न गरेको छ । बुद्ध नेपालमा जन्मेका हुन् भन्ने ब्यानरको अगाडी उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा लुम्बिनि भ्रमण बर्ष २०१२को पनि ब्यापक प्रचार प्रचार गरिएको थियो । गुम्बाहरूका गुरुहरूबाट संयुक्तरूपमा बिश्वशान्ति बौद्ध पूजाको साथमा प्रसाद तथा बिबिध संगित कार्यक्रमहरू सहित सम्पन्न भएको हो ।

कार्यक्रमको दोस्रो चरणमा आयोजित साँस्कृतिक कार्यक्रमको लागि हङकङका कलाकारहरूको बेजोड प्रस्तुति तथा संगितटोली जेम्स म्युजिकग्रुप हङकङ समुहको अध्यक्ष हङकङमा रहेर नेपाली कला र संस्कृतिको जगेर्ना गर्दै आएका वरिष्ठ तवला बादक हरि श्रेष्ठले आफ्नो संगितटोली जेम्स म्युजिकग्रुप हङकङ समूहले तवलाको फ्यूजन संगित श्रोता समक्ष प्रस्तुत गरेका थिए । हरि श्रेष्ठको दोस्रो प्रस्तुती नेवारी समुदायमा प्रचिलित ‘धिमा’नेवारी बाजाको संगित उपस्थित दर्शकबृन्दमाझ पस्केका थिए । प्रख्यात गायक गणेश पराजुलीले‘बुद्ध भजन प्रस्तुत गरेका थिए ।

Friday, December 21, 2012

लुम्बिनी-कपिलवस्तु दिवस अभियानको पन्ध्रौं राष्ट्रिय समिति स्विटजरल्याण्डमा


logoमूलत: भारतले नक्कली लुम्बिनी र नक्कली कपिलवस्तु निर्माण कार्य करीब असी प्रतिशत सम्पन्न गर्दा समेत नेपालका तर्फबाट भने सोswitzerland_country_map बिषयमा कुनै पनि क्षेत्र र तहबाट आवाज नउठाइएको कारण जे जस्तो रुपमा भए पनि जनस्तरबाट आवाज उठाइनु पर्छ भन्ने मान्यता अनुरुप शुरु भएको कपिलवस्तु दिवस अभियानले स्पेन, बेल्जियम, वेलायत, क्यानडा, न्यूजिल्याण्ड, ताईवान, डेनमार्क, नेपाल र अस्ट्रेलिया गरी नौ देशमा राष्ट्रिय समिति र नेपालमा पत्रकार, पर्यटन ब्यबसायीका छुट्टा छुट्टै र लुम्बिनी क्षेत्रमा स्थानीय समितिहरु गठन गर्दै आफ्ना आवाजहरुलाई बिभिन्न रुपमा विस्वब्यापी बनाउँदै आएको छ ।

अभियानले आफ्नो तेश्रो बार्षिकी मनाउने क्रममा लुम्बिनी क्षेत्रको बिकासमा देखा परेका बिभिन्न सकारात्मक गतिबिधि र संकेतहरुले गर्दा अभियानको नाममा लुम्बिनी शब्द कुनै न कुनै किसिमले जोडनका लागि आएका धेरै शुभ चिन्तकहरुको सुझाबलाई ध्यानमा राखेर अभियानको बिस्व कार्य समितिको निर्णयानुसार अभियानको नाम “लुम्बिनी-कपिलवस्तु दिवस अभियान” मा परिवर्तन गरिएको जानकारी १ डिसेम्बर २०११ मा नेपालमा मन्त्रीहरु, पूर्व मन्त्रीहरु, सांसदहरु र थुप्रै राष्ट्रिय स्तरका ब्यक्तिहरुको उपस्थितिमा पूर्व प्रधानमंत्री एबं वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक पुष्प कमल दाहाल प्रचन्डको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले वेलायतबाटै दिनु भएको मन्तब्य मार्फत आधिकारिक घोषणा गरिएको थियो । नामका कारण यो अभियान कपिलवस्तुकै सीमाभित्रै मात्र सीमित थिएन र कपिलवस्तुलाई पनि ब्यापक रुपमा प्रचार प्रसार गरेर बुद्धले आफ्नो जीवनको २९ बर्ष ब्यतित गर्नु भएको महत्वपूर्ण ठाउँलाई पनि यूनेस्कोको विस्व संपदा सूचिमा पार्न भूमिका निर्बाह गर्न सकिन्थ्यो कि भन्ने पनि अभियानको चाहना हो । यसरी नाम परिवर्तन गरिएपस्चात मलेशिया, कम्बोडिया, भियतनाम, जर्मन र इजरायलमा राष्ट्रिय समिति र जर्मनीको म्युन्स्टर र अस्ट्रेलियाको भिक्टोरियामा क्षेत्रीय समितिहरु गठनहरु गठन गर्दै अभियानको विस्वब्यापी सन्जाल अगाडि बढाइरहेकोमा अभियानको आफ्नो पन्ध्रौं राष्ट्रिय समिति अभियानको चौथो बार्षिकीकै अबसरमा स्वीटजरल्याण्डमा गठन गरिएको छ ।

Wednesday, December 19, 2012

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा बुद्ध जन्मस्थलबारे जानकारी राखिने


TIA
१५ अक्टोबर, काठमाण्डौं: लुम्बिनी-कपिलवस्तु दिवस अभियानका गतिबिधिमा अत्यन्तै सकृय रुपमा लागिरहनु भएका बिजय कुमार ढकाल यही १५ अक्टोबर आईतवारका दिन त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल गै महाप्रबन्धक रतिश चन्द्र लाल सुमनलाई भेटनु भयो । भेटको क्रममा वुद्ध जन्मस्थल बिषय बिभिन्न कारणहरुले गर्दा बिस्वब्यापी समस्या बनिसकेको कारण बर्षेनी बुद्ध जन्मस्थल जान चाहने हजारौं बिस्व पर्यटक गलत ठाउँमा पुग्ने वा पुर्याइने काम भएकोले अभियानले बिस्वब्यापी रुपमा गतिबिधि सन्चालन गरिरहेको जानकारी गराउँदै नेपाल बाहिर मात्रै नभएर नेपाल भित्र पनि यो बिषयमा गर्नु पर्ने धेरै कुराहरु भएको र बिभिन्न ठाउँमा गरिने सानो कामको परिणाम ठूलो हुन सक्ने बताउँदै बर्षेनी लाखौं पर्यटक नेपाल प्रबेश गर्ने प्रबेश द्धारको रुपमा रहेको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा बुद्ध जन्मस्थल बिषयमा जानकारी राख्न सकिएको खण्डमा यस्ले पनि बुद्ध जन्मस्थल बिषयमा सिर्जित समस्या समाधानमा आफ्नै किसिमको भूमिका निर्बाह गर्न सक्ने जानकारी गराउनु भयो ।          

Monday, March 26, 2012

राष्ट्र बैँकको सकारात्मक पहल : सय रुपैयाँको नोटमा बुद्ध चिनाउने


Posted by Ram Kumar Shrestha on March 26, 2012
१३ चैत, काठमाण्डौ । भारतले गौतम बुद्ध आफ्नो देशमा जन्मिएको हल्ला गर्न कपिलबस्तु जस्तै भूमि निर्माण गरिहेको बेला बुद्धको जन्मस्थल लुम्बिनीको प्रचार गर्न तम्सिएको नेपाल राष्ट्र वैंकले अब नेपाली एक सय रुपैयाँको नोटमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी र अशोक स्तम्भ राख्ने भएको छ ।
गौतम बुद्ध नेपालकै हुन् भन्ने गतिलो प्रचार गर्न खोजेको राष्ट्रबैँकले अब सय रुपैयाँको नोटमा लेख्नेछ – लुम्बिनीः द बर्थ प्लेस अफ लर्ड बुद्ध ।’
गौतम बुद्ध नेपालमै जन्मिएका हुन भनेर प्रचार गर्न तम्मिएको नेपाल राष्ट्र वैंकले अब छाप्ने नोटमा यस्ता तस्वीर राख्न प्रस्ताव तयार पारि अर्थ मन्त्रालय पठाएको छ । अर्थले सो प्रस्तावलाई मन्त्रिपरिषद्मा लगेर स्वीकृति दिएपछि नोट छाप्ने काम सुरु हुने छ । लुम्बिनीका तस्वीर अंकित नोट बजारमा आउन ६ महिना लाग्ने छ ।
‘रुपैयाँ एक सय तुरुन्त पाइने छ’ भन्ने वाक्यको तल र गर्भनरको हस्ताक्षरको ठिक माथि हाल खाली रहेको स्थानमा अंग्रेजीमा लुम्बिनीः द बर्थ प्लेस अफ लर्ड बुद्ध ‘ लेख्न प्रस्ताव गरिएको राष्ट्र वैंक स्रोतले जनाएको छ । हाल तारादेवीको मूर्ति रहेको स्थानामा मायादेवीको मूर्ति र मन्दिर रहेको ठाउँमा अशोक स्तम्भ राख्न लागिएको छ ।
तर नोटमा गौतम बुद्धको तस्वीर भने राखिने छैन् । गौतम बुद्धको तस्वीर बिभिन्न आकारप्रकारका भएको र त्यसमा एकरुपता नभएकाले तस्वीर राख्न समस्या भएको बताइएको छ । अबदेखि कागजी नोटमा बिक्रम सम्बत र ईस्वी सम्वतमा निष्काशन मितिसमेत राखिने भएको छ ।

Saturday, March 24, 2012

भारतबाट ठुलो रकममा किनिए कुलचन्द्र गौतम


Posted by Ram Kumar Shrestha on March 24, 2012
काठमाडौं, चैत्र ९ कुल चन्द्र गौतम९ चैत,काठमाडौ। सयुक्त राष्ट्रसंघमा आफ्नो पहुँच देखाएर राष्ट्रसंघका महासचिव वान कि मुनको भ्रमण रोकाउन सफल कुलचन्द्र गौतमको बारेमा नयाँ कुरा खूलासा हँदै आएका छन् ।
उनले राष्ट्रसंघको मुख्यालय न्युयोर्क पुगेरै महासचिव वान कि मुनको लुम्बिनी भ्रमण रोकाएका बताइएको छ।वानले आगामी वैशाखको १६ मा लुम्बिनीमा हुने सम्मेलनमा आउने जनाउ दिएपछि सरकारले गत शुक्रबार औपचारिक पत्र पठाएको थियो र सरकारले पत्र पठाएकै दिन काठमाडौंबाट अमेरिका उडेका गौतमले न्युयोर्कमा पनि आफ्नो पुरानो हैसियत दुरुपयोग गरेर वानको भ्रमण रोकाए लगतै उनका बारेमा खोज तलाश बढेको थियो।
लुम्बिनी विकासको जस प्रचण्डलाई जान्छ भन्ने बहानामा गौतमको र उनको केही सहयोगी टोलीले वानको भ्रमणविरोधी अभियान चलाएको भनेर आफै प्रोपोगण्डा गर्दै आइरहेका छन्। तर एउटा विश्वस्त स्रोतले भने यसको कारण अर्कै रहेको दावी गरेको छ।
उक्त स्रोतका अनुसार बुद्धको जन्मस्थल लाई भारतले आफ्नो देशमा पर्छ भनेर प्रचार गर्दै आइरहेको छ। राष्ट्रसंघकै महासचिव लु्म्विनी आएपछि बुद्धको जन्मस्थल नेपालनै हो भनेर विश्वभर सन्देश जाने र भारतको प्रचार ओझेलमा पर्ने निश्चित थियो। यसबाट कसैलाई फाइदा थियो भने त्यो नेपाल र कसैलाई घाटा थियो भने त्यो भारतलाई हुने थियो। यस्तो अवस्थमा कुलचन्द्र गौतमलाई भारतले ठुलो रकम र केही अन्य केही प्रलोभनमा पारेको स्रोतले दावी गरेको छ।
कुलचन्द्र गौतम सयुक्त राष्ट्रसंघको उप महासचिव भइसकेकाले उनको त्यहाँ केहि न केहि पुहँच छ भन्ने आधारमा भारतले उनलाई प्रयोग गर्ने चाहेको पनि दावी गरिएको छ। प्रचण्डसंग दुश्मनी भएकै आधारमा रातारात अमेरिका उडेर उनले भ्रमण रोकाए भन्ने कुरामा दम नभएको राजनैतिक विश्लेषकहरु पनि बताउँछन।

Friday, March 23, 2012

लुम्बिनीमा राष्ट्रसंघीय चासो


Posted by Ram Kumar Shrestha on March 23, 2012
By टीकाराम राई
संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनको प्रस्तावित नेपाल भ्रमण रोकिएपछि विभिन्न प्रश्नहरू उठेका छन् । बृहत्तर राष्ट्रिय लुम्बिनी विकास निर्देशकसमितिले फागुन ३० गते महासचिव बान गौतमबुद्धको जन्मस्थल लुम्बिनी अवलोकन गर्न आउने बताएपछि यसबारे बहस चर्किएको थियो । एकथरीले पूर्वविद्रोही माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व गरेको निर्देशक समितिको निम्तोमा बानले लुम्बिनी भ्रमण गर्न नहुने तर्क गरेका थिए । अर्काथरीले बानले लुम्बिनी अवलोकन गर्दा लुम्बिनीको मात्र होइन, राष्ट्रलाई नै फाइदा हुने तर्क गरेका थिए । बानको भ्रमणका पक्षमा जनमत निर्माण भइरहेको अवस्थामा उनको भ्रमण स्थगित भएको छ । यसबाट लुम्बिनीको हित चाहनेहरू दुःखी भएका छन् ।
विश्वको जनसंख्या करिब ७ अर्बमध्ये करिब १.५ अर्ब इसाईहरूको छ । इसाई धर्मका संस्थापक जिसस क्राइस्टले ज्ञान प्राप्त गरेको स्थान भेटिकन सिटीलाई उनीहरू तीर्थस्थल मान्छन् र जीवनमा एकपल्ट त्यहाँं पुग्न मरिहत्ते गर्छन् । विश्वमा १.६ अर्ब जनसंख्या भएका मुस्लिमहरू साउदीको मक्कालाई पवित्र तीर्थस्थल मान्छन्, जहाँ इस्लाम धर्मका संस्थापक मोहम्मदको जन्म २६ अपि्रल ५७० मा भएको थियो । इसाईहरूको भेटिकन सिटी र मुस्लिमहरूको मक्का-मदिनाजस्तै ५० करोड बौद्ध धर्मावलम्बीहरूका लागि लुम्बिनी तीर्थस्थल हो, जहाँ बौद्धधर्मका संस्थापक बुद्धको जन्म ईसापूर्व ६२३ मा भएको थियो । त्यसैगरी ९० करोड हिन्दुहरूको एउटा प्रमुख तीर्थस्थल पशुपतिनाथ हो । यी माथिका तथ्यहरूबाट स्पष्ट हुन्छ, विश्वका कुल जनसंख्यामध्ये १ अर्ब ४० करोड जनसंख्या हिन्दु र बौद्धमार्गीहरूको छ । उनीहरूको तीर्थस्थल नेपालमा पर्छ । तर माल पाएर पनि चाल नपाउने हामी नेपालीले प्रचुर सम्भावना भएका यी दुई सम्पदास्थलको उपयोग गर्नसकेका छैनौं ।

Monday, March 19, 2012

कान्तिपुर संपादकीय: बान भ्रमणको महत्त्व


Posted by Ram Kumar Shrestha on March 19, 2012
[ठूला मेडियाहरुको एक किसिमले नक्कली लुम्बिनीको सम्बन्धमा आबस्यक्तभन्दा बढी मौनताको बिषयमा बेला बखत सुनिने गरेको टिप्पणी र असन्तुस्टी अस्वाभाबिक होइन, तर चैत्र ५ को कान्तिपुरको सम्पादकीय अत्यन्तै प्रसंशनीय छ यो दृष्‍टिकोणले र यहाँ जानकारीको लागि पुन: प्रकाशित गरिएको छ ।]
संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनलाई सरकारले नेपाल भ्रमणको औपचारिक निम्तो पठाएको छ । बानको भ्रमण राष्ट्रसंघको नेपालसँग बृहत्तर सम्बन्ध विस्तारसँग सम्बन्धित छ र त्यही उद्देश्यअनुरूप उनी आउन लागेका हुन् । गौतम बुद्धको जन्मथलो लुम्बिनी जाने योजना उनको भ्रमणको एउटा पाटो मात्र हो । नेपालमा राष्ट्रसंघको मुख्य चासो जारी शान्ति प्रक्रियालाई लिएर रहिआएको छ, जसको जग बसाउनमा उसको महत्त्वपूर्ण संलग्नता थियो । द्वन्द्वरत माओवादी र संसदीय पार्टीहरूबीच १२ बुँदेबाट शान्ति-समझदारी भएपछि त्यसको अनुगमन र लडाकुहरूको व्यवस्थापनका निम्ति राष्ट्रसंघले राजनीतिक मिसन -अनमिन) नै पठाएको थियो । अनमिनको बहिर्गमनपछि पनि नेपाली शान्ति प्रक्रिया राष्ट्रसंघीय ँराडार’ बाहिर नरहेको हामीले बिर्सनु हुन्न । शान्ति प्रक्रिया समापनको अन्तिम चरणमा पुगेको यसबेला हुन लागेको बानको भ्रमण यस अर्थमा महत्त्वपूर्ण छ । उनको भ्रमणले शान्ति प्रक्रिया टुंग्याउन पूर्वविद्रोही माओवादीमाथि निणर्ायक दबाब सिर्जना गर्नेछ ।
महासचिव बानको भ्रमणको अर्को पाटो लुम्बिनीको विकास हो । आफैं पनि बौद्धमार्गी भएकाले हुन सक्छ, बुद्धको जन्मथलोको विकासमा उनको अभिरुचि देखिन्छ । यसअघि नेपाल आउँदा उनी लुम्बिनी जान पाएका थिएनन्, यसपालि आफैं जाने आशयको पत्र पठाएपछि सरकारले अग्रसरता देखाएको हो । नेपालमा पर्यटन आकर्षण/विस्तारका दुइटा सम्भावनामध्ये सगरमाथा हिमाल एउटा हो भने लुम्बिनी अर्को । हिमालय आरोहण र त्यस क्षेत्रको पदयात्राले खासगरी पश्चिमा मुलुकका पर्यटकहरूलाई तान्छ भने लुम्बिनी चीन, दक्षिण एसियाली मुलुकलगायत विश्वभरका बौद्धमार्गीहरूको आकर्षणको केन्द्र हो । तर त्यसलाई हामीले जुन रूपमा विकसित गर्नुपर्ने हो, न त्यो हुन सकेको छ न त अपेक्षित अन्तर्राष्ट्रिय प्रचार गर्न सकिएको छ ।
सँगैमा छिमेकी भारतले गौतम बुद्ध र बौद्ध धर्मको ँसर्वाधिकार’ लिने गरी विश्वव्यापी अभियान चलाइरहेको र त्यसै सन्दर्भमा बुद्ध भारतीय भूमिमा जन्मेको प्रचारसमेत हुने गरेको पृष्ठभूमिमा नेपालले आफैंसँग रहेको बुद्धको जन्मथलोसमेत राम्रोसँग चिनाउन सकेको छैन । यस्तो अवस्थामा राष्ट्रसंघीय सहयोग वा संलग्नता बढाएर लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक/शान्ति केन्द्र बनाउन सक्ने हो भने त्यसले नेपालको महत्त्व बढाउने, पूर्वाधार विकास गर्ने र आर्थिक गतिविधि तीव्र पार्ने सम्भावना छ । यसका निम्ति राष्ट्रसंघका महासचिव बानको आगमन महत्त्वपूर्ण अवसर बन्न सक्छ । यसअघि सन् ६० को दशकमा राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्त आएपछि लुम्बिनी विकासको गुरुयोजना बनेको थियो, जो हालसम्म पूरा भएको छैन । त्यसलाई पूर्णता दिंदै यसको अन्तर्राष्ट्रिय महत्त्व स्थापित गर्ने अवसर हो अहिले ।

Wednesday, March 14, 2012

कोरिया सरकारले बुद्ध सम्बन्धी भ्रम सच्याउने

Posted by Ram Kumar Shrestha on January 30, 2012
By देवेन्द्र सम्बाहाम्फे
सोल , माघ १६ – दक्षिण कोरियाली सरकारले आफ्नो शैक्षिक पाठ्यपुस्तकमा विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल सम्बन्धी भ्रमलाई २०१३ बाट सच्याउने भएको छ ।
कोरियाली परराष्ट्र मन्त्रालयका एक अधिकारीले सोलस्थित नेपाली राजदूतावासलाई सोमबार भ्रम सच्याउने जानकारी गराए । ‘सन् २०१२ का लागि  पाठ्य पुस्तक मुद्रण भइसकेकाले आउँदो संस्करणबाट सुधार गरिने जानकारी प्राप्त भएको छ,’ ती अधिकारीको भनाइ उद्यृत गर्दै कार्यवाहक नेपाली  राजदूत राजाराम बर्तौलाले ईकान्तिपुरसित भने ।
कोरियाको पाठ्य पुस्तकमा बुद्धको जन्मस्थानबारे उल्लेख गरिएको छ । ती मध्ये एउटा पाठ्यपुस्तकमा बुद्धको जन्मस्थल भारत भनि उल्लेख छ भने अर्को पाठ्यपुस्तकमा  बुद्धको जन्म  देखाइएको नक्सामा भारत देखाइएको छ । भ्रम सच्याउन कोरियाली सरकारले गरेको निर्णयप्रति दूतावासले स्वागत गरेको छ ।
गत अक्टोबर २४ को कान्तिपुर दैनिकमा ‘बुद्धबारे भ्रम’ सम्बन्धी समाचार पढेपछि गत डिसेम्बर १९मा कोरियाका लागि तत्कालीन नेपाली राजदूत कमलप्रसाद कोइरालाले यहाँका राष्ट्रपति ली म्यङ बाकलाई बुद्ध सम्बन्धी भ्रमहरु पाठ्यपुस्तकहरुमा सच्याई दिन आग्रह गर्दै चार पृष्ठ लामो पत्र लेखेका थिए ।
बुद्धबारे भ्रमलाई सच्याईदिन राष्ट्रपति ली म्यङ बाकलाई लेखिएको पत्रबारे डिसेम्बर २७ मा कोरियाली पत्रकार पार्क सी सोले कोरिया टाइम्सको अनलाइन संसकरणमा ‘सोल मुभ्स टु कन्र्फम बुद्धज बर्थ प्लेस’ शीर्षकमा लामो समाचार लेख्दै यसबारे कोरियन सरकार गम्भीर भएको उल्लेख गरेका थिए भने केहि दिन अघिमात्र कोरियाली पत्रकारहरको प्रश्नको जवाफ दिदै काबा राजदूत बर्तौलाले भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनी नै भएको बताउँदै लुम्बीनी भ्रमण बर्ष २०१२ को अवसरमा भ्रमण गर्न अनुरोध गरेका थिए ।