Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Wednesday, April 13, 2011

नक्कली कपिलवस्तु देखाएर फर्काइए पर्यटक

Posted by Ram Kumar Shrestha on December 2, 2010
अलिगढवा (भारत), १७ पुस : बुद्धभूमि अवलोकनका लागि नेपाल हिँडेका थाई पर्यटकलाई भारतमा नक्कली कपिलवस्तु देखाएर फर्काइएको छ । भारतीय नागरिकले बिहीबार ४० पर्यटकलाई रोकेर नक्कली बुद्धभूमिको दर्शन गराए ।
थाइल्यान्डका स्ट्याच्ड माइवार्डको नेतृत्वमा आएका दुई बस पर्यटक बिहीबार दिउँसो अलिगढमा रोकिएका थिए । भारतको आन्द्राप्रदेशका टुरिस्ट गाइड अम्मे चौबेले बुद्धभूमि यहीँ हो भन्दै नेपाल-भारत सीमामा खटिएका भारतीय एसएसबी फोर्सको सहयोगमा नक्कली कपिलवस्तु देखाएर त्यहीँबाट फर्काइदिए । भारतीय नागरिकले उनीहरूलाई नेपाल आउन नदिई आफूद्वारा निर्मित नक्कली बुद्धभूमिमा दुई घन्टा घुमाएका थिए ।
थाई पर्यटकको टोली तिलौराकोट, कुदान, अशोकस्तम्भलगायतका बुद्धस्थल अवलोकनका लागि दुईवटा भारतीय मिनीबसमा भारतीय मार्ग भएर आउँदै थिए । थाइल्यान्डबाट भ्रमणका लागि आएका नागरिक भारतीय मिनीबसबाट नेपालको कपिलवस्तुमा रहेका बुद्धसँग सम्बन्धित तीर्थस्थलको अवलोकनका लागि आएका थिए । उनीहरू बिहीबार कपिलवस्तुमा रहेका कुदान, गोटिहवाको अशोकस्तम्भ, सगरहवा तथा तौलिहवाको तौैलेश्वर मन्दिर अवलोकन गरी शुक्रबार बिहान लुम्बिनी जाने कार्यक्रम तय भएको थियो ।

शनिबार बुद्ध मावलीस्थल रूपन्देहीको देवदह अवलोकन गरी प्युठानको स्वर्गद्वारीसम्म जाने योजना बनाइएको थाइल्यान्ड पर्यटकले बताए । सुरक्षार्थ खटिएका अलिगढवाका राकेश भारतीले बुद्धसँग सम्बन्धित सबै पर्यटकीय क्षेत्र नेपालमा नभएको दाबी मात्र गरेनन् उल्टै नेपालले नक्कल गरेको आरोपसमेत लगाए । आगामी तीन वर्षभित्र नेपालमा भएकाभन्दा आकर्षकस्थल बनाउने तयारी भारत सरकारले गरेको उनको भनाइ थियो । यसका लागि दसवर्षे नीति ल्याएको भए पनि करिब पाँच किलोमिटरको क्षेत्रमा भारतले ८० प्रतिशतभन्दा बढी काम सम्पन्न गरिसकेको छ । भारतको अलिगढ राज्यमा पर्ने सो क्षेत्र कपिलवस्तु सदरमुकाम तौलिहवाबाट नौ किलोमिटर पूर्व पकडी भन्ने ठाउँबाट १५ किलोमिटर दूरीमा रहेको छ । नक्कली कपिलवस्तुलाई तिलौराकोटको रूप दिन अहिले भरपुर प्रयास भइरहेको गरेको छ ।
नेपालसित जोडिएको सीमा-नाका अलिगढमा भारतले करिब पाँच किलोमिटरको क्षेत्रलाई कपिलवस्तु नामकरण गरेको छ । सो ठाउँमा सन् २००१ मा भारतीय पुरातत्व विभागले बुद्धसँग सम्बन्धित सबै पर्यटकीय क्षेत्र भारतमा नै पर्छ भनी बोर्ड लगाएको थियो । उत्खनन्का क्रममा गौतमबुद्धको वास्तविक मावली गाउँ देवदह, जन्मस्थान लुम्बिनी, मावली गाउँ तिलौराकोट तथा क्रीडास्थल कपिलवस्तुका साथै राजा सुद्धोधनका पालाका माटाका भाँडालगायतका अधिकांश वस्तुसमेत भारतले नक्कल गर्दै उतारेको छ । नक्कली कपिलवस्तुमा २९, ३० र ३१ डिसेम्बरका दिन बुद्धजयन्ती भन्दै बुद्ध महोत्सव सफल पार्न समिति बनाइएको छ ।
भारतले बनाएको नक्कली कपिलवस्तुबारे प्रतिक्रिया माग्दा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शम्भु घिमिरेले भारतमा आफू नगएको बताए । प्रहरी उपरीक्षक शरद चन्दले केन्द्रबाट नै समस्या समाधान गर्नुपर्ने धारणा राखे ।

No comments: