Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Sunday, April 3, 2011

बुद्ध नेपालमा जन्मेको हो

Posted by Ram Kumar Shrestha on October 27, 2010
mulabato.com By किन्दर राई
‘Buddha was born in Nepal ‘ अर्थात बुद्ध नेपालमा जन्मेको हो । हालै हाम्रो अनलाइन मेडिया मूलबाटो डटकम (www.mulbato.com) बुद्ध नेपालमा जन्मेको हो (Buddha was born in Nepal) भन्ने भावका साथ एउटा टिर्सट बजारमा ल्याएको छ । यसैको सर्न्दर्भमा केहि प्रसंग कोट्याउने प्रयत्न गरेको छु ।
(रामदेवले भन्न चाहि बुद्द नेपालमा जन्मेको हो अनि आफ्नो दर्शनमा किताबमा चाहि भारत भन्ने यो कस्तो जाईजात्राहो-भिडिओ हेर्नुस)
एसियाको तारा भनेर चिनीएका गौतम बुद्ध संसारभरिका करोडौ मानव जातिकालागी भगवान हुन । आफुलाई कहिल्यै भगवान वा ठुलो मान्छे नभने पनि सम्पूर्ण मानव जातिका लागि मात्र नभएर सम्पूर्ण प्राणि जातिको सुख र सान्तिकालागि राजगद्धी त्यागेर शिर्द्धार्थ गौतमबाट भगवान गौतम बुद्ध भएपछि ऊ संसारभरिका मानव जातिकालागि साझा ब्याक्ती हुन् । ऊ कहाँ जन्मेका हुन् र कुन देशका हुन सामान्य कुरा हो । उनकोलागि कुनै जाति वा देशको परिधीहरु लागु हुदैन् र हुनु हुदैन ।
टिसट सार्वजनिक गर्नेक्रममा,पत्रकार संघ हंगकंगका अध्यक्ष किसन राई
यति हुँदाहुदै पनि बुद्धको जन्मेको प्राचिन स्थान हालको नेपालमा हुनुले नेपाललाई चिनाउने एउटा प्रशंग यही बुद्धको जन्मस्थल पनि एक रहेको छ । नेपालमा रहँदा बुद्ध नेपालको कपिलबस्तुमा जन्मेको कुराले महत्वको कुनै आभास त्यती हुदैन जति बिदेशमा रहँदा हुन्छ । संबृद्धिको उपल्लो खुट्किलो तिर लम्की रहेको मुलुकहरुमा सामान्यतया तल्लो तहको कामदारको रुपमा रहेर देशलाई संझदा यही एउटा बुद्धको देस भएको प्रशंगले पनि बिदेशीहरुको माझ अलि राहतको महसुस हुनु स्वभाविक हो ।
तर जब उहि बुद्धिष्ट धर्मालम्बिहरुको बाहुल्य भएको देशमा कसैले अन्जानबस वा आधिकारिक पक्षले नै बुद्धको जन्म स्थान भारत हो भनिदिदाँ भने बर्षौ देखी बुद्धलाई आफ्नो घरमा जन्मेको भगवान रुपी छोरालाई एक्कासी खोसे जस्तो लाग्दो रहेछ । हो यस्तै भयो हंगकंगमा शिक्षण पेसामा लागी परेका एकराज र्राईलाई जब उहाँले थाहा पाउँनु भयो कि हंगकंगको पाठ्य पुस्तकमा बुद्ध जन्मेको देश भारत हो । त्यसैगरि अधिराज र्राईले हंगकंगको बिद्यालयमा अध्यायन गरि रहेको आफ्नो छोराले सामान्य अध्यायन (General Studies)अन्तरगतको कुनै पाठमा बुद्ध जन्मेको देश भारत हो भनेर पढिरहेको देख्दा छोराले ठट्टा गरेर वा भुलवस त्यसरी पढि रहेछ भन्ठाने । तर जब वास्तवीकता थाहा भयो आखाँको सोझि नाक भने झै आफ्नै छिमेकी देशसँग सम्बन्धित यस्तो अन्तराष्ट्रिय स्तरको ब्याक्तीको जन्मदेशको बारेमा सरकारी तवरमा नै गरिएको यस्तो गल्ति प्रति अचम्म माने । हालै सांघाइ वर्ल्ड एक्स्पो घुम्न जाँदा गाइडले बुद्धको मुर्ति नजिक पुगेर देखाउँदा एभरेष्ट साप्ताहिक हंगकंगका सम्पादक तथा प्रकाशक किसन र्राईले उक्त गाइडलाई बुद्ध कुन देसमा जन्मेको हो थाहा छ भनेर मौकामा चौका हान्दै प्रश्न गर्दा उक्त गाइडबाट जवाफ पाए ” सायद भारत वा थाइल्याण्डमा होला” । कुनैपनि देशको अशिक्षित वा अर्धशिक्षीत ब्याक्तीहरुले बुद्धको जन्मस्थान बारे अन्जान हुनु वा केहि गलत अनुमान हून स्वाभाविक हुन जान्छ तर जब कुनै देशको पाठ्य पुस्तकमा नै बुद्धको जन्मस्थान इण्डिया हो भनेर गलत पढाइ हुन्छ भने त्यस देशबाट उत्पादित शिक्षीत ब्याक्तीहरुले पनि बुद्धको जन्मस्थान इण्डिया हो भनेर बुझ्ने छन् ।

हंगकंगमा यसरी सरकारी तवरमा नै बिद्यालयमा बुद्धको जन्म भारतमा भएको पाठ्यक्रम राखेको थाहा पाएपछि यसलाई सच्याएर बुद्धको जन्म नेपालमा भएको उल्लेख गर्नु पर्ने भन्ने एक अभियान चलाउनु भएको थियो एकराज र्राईले । यो अभियान प्रति हंगकंग सरकारको प्रतिक्रिया के कस्तो रहेकोछ र पाठ्य पुस्तकमा यसलाई सच्याईको छ की छैन, यसलाई बुझ्न नपाउदै हाल भारतले पनि नक्कली लुम्बीनी बनाएर बुद्धको जन्म भारतमा भएको कुरा प्रमाणित गर्ने दुश्साहस गरि रहेको छ । नेपाल प्रति हेपाहा प्रबृती देखाएको छ । यसले हामीलाई नेपालको पहिचान दिने अमर ब्याक्ति बुद्धको जन्मको वास्तविकता प्रति आम जनमानसमा परेको वा पर्न सक्ने भ्रमलाई चिर्न मात्र होइन नेपाल प्रति भारतको हेपाहा प्रबृतीको पनि सामना गर्नु परेकोछ ।
यसै मेसोमा हाम्रो मूलबाटो डटकममा अधिराज राई “ प्रकाश ” ले पनि बुद्ध नेपालमा जन्मेको कुरा उल्लेख गरेर बुद्धको नक्सांकित भेष्टमा तयार गर्ने प्रस्ताव ल्याएपछि नैपालको नक्साका साथ बुद्धको फोटो राखेर बुद्ध नेपालमा जन्मेको हो भन्ने कुरा उल्लेख गरेर दुइ प्रकारको टिर्सट तयार गरि बितरण गरि रहेकोछ । हाम्रो सानो टिमले गर्न सक्ने कार्य हाललाई यही हो । यसलाई सफल पार्नमा तपाइ हामी सबैको हात रहनेछ । अपेक्षा गरेका छौ ।
आम जनमानसमा यस अभियान वा कार्यकौ राम्रो प्रतिक्रिया आएकोछ । युके,अमेरिका लगायतका देशहरुमा पनि यसको माग भइ रहेकोछ । छ्योलिंग दोर्जे बुद्धिष्ट सेन्टर हंगकंगका पासांग सेर्पा यसलाई अन्य तरिकाहरुबाट पनि बुद्ध नैपालमा जन्मेको कुरा प्रचार गर्नु पर्ने बताउनु हुन्छ ।
नक्कलि कपिलबस्तुसम्बन्धी क्लिप हेर्नुस:
किन्दर राई
संयोजक, मूलबाटो डटकम
सबै संबेदनशील क्लिपहरु हेर्न यहाँ क्लिक गर्नु होस ।
बुद्धको जन्मस्थलबारेका क्लिपहरु:

No comments: