Posted by Ram Kumar Shrestha on November 11, 2010
कपिलबस्तु दिवस अभियानका बिस्व संयोजक इ. रामकुमार श्रेष्ठको बिशेष उपस्थितिमा सुरेन्द्र श्रेष्ठ (वेलायत)को राष्ट्रिय संयोजकत्वमा गठित १५ सदस्यीय समितिका अन्य संयोजकहरुमा (स्मरण रहोस अभियानले संगठनात्मक संरचना ठाडो नभएर तेर्सो संरचनालाई अंगीकार गरेकोले हरेक तहमा एक जना मूल संयोजक र अन्यलाई संयोजकको रुपमा राख्ने नीति लिएको छ) वेलायतबाट इ. तुलसी फुयाँल, डा राजुबाबु श्रेष्ठ, बिकल आचार्य, सुश्री सोफिया थापा, श्रीमती नरमाया गुरुङ थापा, बिपिन गुरुङ, सुश्री रमी श्रेष्ठ, होम परिबाग र मनिष कुमार श्रेष्ठ हुनुहुन्छ भने वेल्सबाट महेश देवकोटा, इ. रोशन भट्टराई र गोपाल तमाङ; स्कटल्याण्डबाट सुश्री सन्जु श्रेष्ठ र उ. आयरल्याण्ड प्रदीप के सी हुनुहुन्छ र यस्लाई अभियानको लागि उपयुक्त ब्यक्ति पाइएको खण्डमा भबिस्यमा बिस्तार गरिनेछ ।
अभियानलाई ब्यापक रुप दिन र यस्का गतिबिधिहरुलाई सहज बनाउनका लागि पछि बिस्तार गर्ने किसिमले हालमा यूकेमा भएका ठूला संस्थाहरु र तीन ठूला राजनीतिक पार्टीका भातृ संगठनका प्रमुखहरु गरी हालमा आठ जनालाई पदेन सल्लाहकारको रुपमा राखिने निर्णय गरिएको छ । सल्लाहकारमा राखिने संस्थाहरु: एनआरएनए यूके, बिसिसी युके, पासा पुच्च, तमुधीं, यति र तीन ठूला राजनीतिक पार्टी एनेकपा माओबादी, नेपाली कांग्रेस र एनेकपा एमालेका भातृ संगठनका प्रमुखहरु छन ।
आगामी डिसेम्बर १ मा दोस्रो कपिलबस्तु दिवस मनाउने तयारी बिभिन्न देशमा आ-आफ्नै किसिमले भैरहेको सन्दर्भमा वेलायतमा भने वेलायतका लागि नेपाली राजदूत महामहिम डा सुरेश चन्द्र चालिसेज्यूको प्रमुख आतिथ्यमा आगामी नोभेम्बर २७ शनिबारका दिन so asia Slough मा प्रा.डा. कविताराम श्रेष्ठद्वारा लिखित “महाभिनिष्क्रमणका अस्वीकृत पाइला” नामक बुद्धको जीवनीमा आधारित अनुसन्धानात्मक उपन्यासको महामहिम राजदूतबाट बिमोचन गरिने, अभियानको इ-स्मारिका महामहिम राजदूतद्धारा रिलिज गराइने तथा अभियानको पुस्तिका दूताबासको भिसा शाखामा भिसा तथा अन्य प्रायोजनको लागि आउने बिदेशीको जानकारीको लागि राखिदिनको लागि हस्तान्तरण गरिने लगायतका कार्यक्रम सहित मनाउने निर्णय गरेको छ र उक्त दिन sa asia Slough, 277 High Street , Slough Berkshire, SL1 1BN मा बिहान ११ बजे कार्यक्रममा उपस्थितिको लागि सबैमा नब गठित कपिलबस्तु दिवस अभियान यूके राष्ट्रिय समिति हार्दिक अनुरोध गर्दछ ।
No comments:
Post a Comment