Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Sunday, April 3, 2011

कपिलबस्तु दिवस: वेलायत कार्यक्रमको सूचना

Posted by Ram Kumar Shrestha on November 20, 2010
नेपाललाई बिस्व सामू चिनाउने महत्वपूर्ण आधारहरु हुन सगरमाथा र बुद्ध । तर भारत सरकारले उत्तर प्रदेश राज्यको पिपरहवामा नेपालको कपिलवस्तु सीमा नजिकै नक्कली कपिलवस्तु निर्माण कार्यलाई तीब्र गतिमा अगाडि बढाइरहेको छ सन २०१२ मा संपन्न गर्ने किसिमले । भारतीय पुरातत्वविदहरुको सहयोगमा कपिलवस्तु भन्सार नाका चाकरचौडादेखि तीन किलोमिटर दक्षिणमा प्राचीन कला तथा संस्कृतिको नक्कल गरी नक्कली कपिलवस्तुको बिस्तारलाई भारतले जारी राखेको छ । सो स्थानमा केही वर्ष यता भारतले गौतमबुद्धको जन्मस्थल भनेर प्रचार गर्दै अन्तराष्ट्रिय विमानस्थललगायतका पूर्वाधार निर्माण गरिरहेको छ । नक्कली कपिलवस्तुलाई भारतले दिग्भ्रमित पार्न कृत्रिम नदीको रुपमा नहरसमेत निर्माण गरेको छ । यसरी भारतले नक्कली लुम्बिनी बनाउने कार्य करीब अन्तिम अवस्थामा पुगिसक्ता पनि कतैबाट पनि औपचारिक र संगठित रुपमा बिस्वका दिग्भ्रमित जनता बीच दिग्भ्रमलाई निस्तेज गरी सत्यका पर्यायबाची बुद्धमाथि नै असत्यको खेती गरिने कार्यलाई निरुत्साहित गरिनु पर्ने नैतिक र मानबीय कार्य नगरिएको कारण शुरु भएको कपिलबस्तु दिवस अभियानले करीब १ बर्षको अबधिमा प्रत्यक्ष अप्रत्यक्ष किसिमले धेरै उपलब्धि हासिल गरिसकेको छ । आगामी डिसेम्बर १ मा दोस्रो कपिलबस्तु दिवस मनाउने तयारी बिभिन्न देशमा आ-आफ्नै किसिमले भैरहेको सन्दर्भमा वेलायतमा भने महामहिम राजदूतको प्रमुख आतिथ्यमा आगामी नोभेम्बर २७ शनिबारका दिन so asia Slough मा प्रा.डा. कविताराम श्रेष्ठद्वारा लिखित “महाभिनिष्क्रमणका अस्वीकृत पाइला” नामक बुद्धको जीवनीमा आधारित अनुसन्धानात्मक उपन्यासको महामहिम राजदूतबाट बिमोचन गरिने, अभियानको इ-स्मारिका महामहिम राजदूतद्धारा रिलिज गराइने तथा अभियानको पुस्तिका दूताबासको भिसा शाखामा भिसा तथा अन्य प्रायोजनको लागि आउने बिदेशीको जानकारीको लागि राखिदिनको लागि हस्तान्तरण गरिने लगायतका कार्यक्रम सहित मनाउने किसिमले कार्य भैरहेको छ । उक्त कार्यक्रममा उपस्थित हुनको लागि सबैमा हार्दिक अनुरोध गरिन्छ ।
समय: उपस्थिति समय बिहान ११ देखि १२ बजे र कार्यक्रम शुरु हुने समय १२ बजे
स्थान : sa asia Slough
277 High Street
Slough
Berkshire
SL1 1BN
Kapilvastu Day Movement UK National Committee

No comments: