Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Sunday, April 3, 2011

कपिलवस्तु दिवस अभियानको बेल्जियम समिति गठन

Posted by Ram Kumar Shrestha on October 28, 2010
सन्तोष न्यौपाने दामोदर प्रसाद आचार्य, बेल्जियम: नेपालको गौरव तथा “एसियाको प्रकाश”को रुपमा परिचित गौतम बुद्धको जन्मस्थल लुम्विनी, कपिलवस्तु नेपालमा रहेको तथ्य विश्वको लागि नौलो विषय होइन् । यो युनेस्कोको विश्व संपदा सूचिमा (लिंकमा जान यहाँ क्लिक गर्नुहोस) समेत स्पष्ट लिपिबद्ध छ ।
यद्यपि केहिवर्ष यता भारतले नेपालको सिमा नजिकै रहेको पिपरहवामा नमुना कपिलवस्तु निर्माण गरी गौतम बुद्धको जन्मस्थल कपिलवस्तुलाई नै विवादको विषय समेत बनाएका कारण विश्वभर गौतम बुद्धको जन्मस्थल लुम्विनी, कपिलवस्तु नेपालमा रहेको तथ्यलाई थप उजागर गर्ने उद्देश्यले १ डिसेम्वर, २००९ देखि विश्वव्यापी रुपमा कपिलवस्तु दिवस अभियान शुरु भएको छ । यसको विश्व कार्य समिति गठन कार्य पुरा भैसकेको कारण  हाल अभियानको विश्वभर क्षेत्रिय तथा राष्ट्रिय समितिहरुको गठन कार्य अगाडि बढिरहेको सन्दर्भमा बुधवार, २७ अक्टोवर, २०१० का दिन बेल्जियमको लुभेनस्थित बेसक्याम्प रेष्टुरेन्टको सभाकक्षमा कपिलवस्तु दिवस अभियान विश्व समिति अन्तर्गत बेल्जियम राष्ट्रिय समिति गठन भएको  छ । अभियानको सल्लाहकार समेत रहनु भएको वरिष्ठ साहित्यकार तथा प्राध्यापक डा. कविताराम श्रेष्ठको प्रमुख आतिथ्यमा भएको सभाले अर्को व्यवस्था नहुन्जेल सम्मका लागि विश्व समितिमा प्रधिनिधित्व गरिरहेका सन्तोष न्यौपानेको सयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेको छ । उक्त समितिका संयोजकहरुमा (स्मरण रहोस अभियानले संगठनात्मक संरचना ठाडो नभएर तेर्सो संरचनालाई अंगीकार गरेकोले हरेक तहमा एक जना मूल संयोजक र अन्यलाई संयोजकको रुपमा राख्ने नीति लिएको छ) निता पुन, महेश थापा, अनन्त गुरुङ्ग, बिमल गिरी,  बिष्णु सापकोटा, केजिन राई, डिल्लीराम भण्डारी, गमबहादुर गुरुङ्गं, अनुजा प्रधान, ओम शर्मा, सोतागं तामाङ्ग, अर्जुन अधिकारी र रजनी प्रधान रहनुभएको छ । त्यस्तै गरि सल्लाहाकारहरुमा अर्जुनकुमार श्रेष्ठ, रबिन्द्रमान श्रेष्ठ, दामोदरप्रसाद आचार्य, कर्मा लामा र राधाकृष्ण अधिकारी रहनु भएको छ । कार्यक्रममा नेपाली दूतावासको तर्फबाट प्रथम सचिव रीता धितालले अतिथिको आसन ग्रहण गर्नुभएको थियो । साथमा वरिष्ठ साहित्यकार तथा प्राध्यापक डा. कविताराम श्रेष्ठले लेख्नुभएको बुद्धको जीवनीमा आधारित पुस्तक “महाभिनिष्क्रमणका अस्विकृत पाइला”को लोकार्पण पनि भएको थियो ।

कपिलबस्तु दिवस अभियानको बिस्व समितिले पूर्णता पाएपस्चात यस्को संगठन बिस्तार गर्ने क्रममा अभियानको राष्ट्रिय समिति गठन गर्ने बेल्जियम दोस्रो देश हुन पुगेको छ । तदनुसार २४ अक्टोबर  २०१० का दिन स्पेनमा अभियानको राष्ट्रिय समिति गठन गरी कपिलबस्तु दिवस अभियानको राष्ट्रिय समिति गठन गर्ने पहिलो देश हुन पुगेको थियो ।
Published links:
Ramkshrestha

No comments: