Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Wednesday, February 29, 2012

लुम्बिनी-कपिलवस्तु दिवस अभियान टोलीको लुम्बिनी क्षेत्र भ्रमण परिणामहरु


Posted by Ram Kumar Shrestha on February 29, 2012
Posting the banner in Gate no 6 of Lumbini garden
Update on 1st of March, 2012
फाल्गुण १८ काठमाण्डौको गोकर्ण स्थित स्वर्ण शिक्षा इंगलिस स्कुल, गोकर्णेश्वर मा.वि., युथ भिजन सेकेण्डरी स्कुल सहयोगी उच्च मा.वि.मा खाजाको रकमबाट जनही १ रु को चन्दा संकलन कार्यक्रम सम्पन्न गरिएको छ। लुम्बिनीबाट शुरु गरिएको यस अभियानलाई राजधानीका अन्य विद्यालयमा समेत निरन्तरता दिइनेछ।
लुम्बिनी-कपिलवस्तु दिवस अभियानले करीब २ महिना अघिदेखि पत्रकार, शिक्षक, बिद्यार्थी, पर्यटन ब्यबसायी सहितको ३७ जनाको टोली लिएर आफ्नै खर्चमा बिभिन्न किसिमका कार्यक्रम गरी सरकारको लुम्बिनी भ्रमण वर्ष २०१२ लाई सघाउन लुम्बिनी कपिलवस्तु देवदह र राम ग्राम गएर प्रवद्धर्न कार्य गर्न जुटेको थियो । छोटो समयमा धेरै कार्यक्रम गर्ने अभिप्रायले टोलीलाई आबस्यक पर्ने गाडिको माग पर्यटन मन्त्रालय समक्ष राख्यो । त्यताबाट लुम्बिनी विकास कोषले सजिलो गाडि देला भन्ने संकेत भयो । तर त्यताबाट पनि गाडि उपलव्ध नहुने कुरा मन्त्रिबाटै ज्ञात भयो । यो अभियान लुम्बिनी भ्रमण वर्ष १२ लाई सघाउने हेतुसाथ आयोजना भएको थियो । यस सहयात्रामा सरकार साथ रहन सक्दैन भने पनि अभियान आफ्नै हिसाबमा सरकारलाई छाडेर अघि बढ्नेछ भनेर वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशकका संयोजक एबं पूर्व प्रधानमन्त्री प्रचन्डको प्रमुख आतिथ्यमा भएको तेस्रो लुम्बिनी-कपिलवस्तु दिवसको उद्घाटन सभामा डिसेम्बर १ को दिन नेपाल पर्यटन बोर्डको हलमा घोषणा गरिए अनुरुप साधनको कमीको कारण तयार भएर रहेका ३७ जनाबाट १५ जनाको टोली लिएर तीन दिनको कार्यक्रम बनाएर त्यसतर्फ लाग्यो । छोटो समयमा धेरै काम गर्न टोली ३ समूहमा विभाजित गरियो । समूह १ मा अभियानका नेपाल संयोजक लक्ष्मण पुरीको साथमा पत्रकार र पर्यटन सम्बद्ध ब्यक्तिहरु निलेश अधिकारी (पर्यटन दूत), प्रकाश पाठक, रुपक आचार्य, मीना पाण्डे, राजेश तिमिल्सिना र अरु २ जना हुनुहुन्थो । यो समूहको प्रमूख उद्देश्य थियो पत्रकार सम्मेलन र डकुमेन्ट्रीको लागि छायांकन । समूह २ मा अभियानका शिक्षक दुत श्री कुमार श्रेष्ठ र अभियानका तीन विद्यार्थीहरु दुतहरु किशोर कुइंकेल (स्काउट विद्यार्थी दूत), अल्फा श्रेष्ठ (पर्यावरण विद्यार्थी दूत) र कलेज स्टुडेन्ट अम्बेसडर सविता भट्ट हुनुहुन्थ्यो । प्रमूख उद्देश्य थियो स्थानीय स्कूल, स्काउट, तथा पर्यावरणसम्बद्ध सहकार्य गर्न व्यवस्थापन गर्ने । समूह ३ मा अभियानका बिस्व सल्लाहकार डा कबिताराम श्रेष्ठ, सारक सल्लाहकार केदार शाक्य र नेपाल सल्लाहकार गुह्यरत्न शाक्य हुनुहुन्थ्यो । प्रमूख उद्देश्य थियो पत्रकार सम्मेलन तथा संगठन विस्तार ।

Saturday, February 25, 2012

LUMBINI REBORN, NEPAL REBORN, BUDDHA REBORN


Posted by Ram Kumar Shrestha on February 25, 2012
[Lumbini-Kapilvastu Day Movement does not endorse the opinions of the author.]
NEPAL: THE NEW RAINBOW NATION?
By Gabriel Lafitte
Among Tibetans and their supporters worldwide, Nepal evokes dread. The news out of Nepal is invariably bad. The 20,000 Tibetan refugees in settlements are prisoners, unable to move freely, unable to obtain certification of their refugee status, unable to find employment or get an education, stigmatized and excluded. They may not publicly vote, protest or even hold religious celebrations of the birthdays of their most revered lamas.
China’s power over Nepal extends to equipping and financing the armed forces to patrol the border with Tibet, to apprehend Tibetans using the only route of escape. China’s ability to get the Nepali army to do its security work is aided by the willingness of Nepali politicians to be seduced by the largesse of China’s aid program, no strings attached, no accountability auditing of where the money went. From the outside, it seems that Nepal, riven by revolution, is agreed on only one thing, right across the spectrum, from Maoists to royalists: no-one likes the Tibetans.

लुम्बिनी-कपिलवस्तु दिवस अभियानको पहलमा सरकारलाई विद्याथीहरुबाट खाजा रकमबाट जनही १ रु चन्दा अभियान


Posted by Ram Kumar Shrestha on February 24, 2012
नेपाल सरकारको लुम्बिनी भ्रमण वर्ष २०१२ लाई सघाउन लुम्बिनी, कपिलवस्तु, देवदह र राम ग्राम गएर प्रवर्द्धन कार्य गर्न लुम्बिनी-कपिलवस्तु दिवस अभियान १५ जनाको टोली लिएर फागुन ११ गते त्यसतर्फ प्रस्थान गर्‍यो । भ्रमण दलमा अभियानका केन्द्रिय सल्लाहकार डा कबिताराम श्रेष्ठ, गोरखापत्रका पूर्व संपादक एबं संस्कृत विस्व बिद्यालयका पूर्व रजिस्टार र अभियानका सार्क सल्लाहकार केदार शाक्य, अभियानका नेपाल सल्लाहकार गुह्यरत्न शाक्य, अभियानका पर्यटन, स्कूल स्काउट, कलेज विद्यार्थी, ग्रीन र शिक्षक राजदूतहरु क्रमश: निलेश अधिकारी, किशोर कुइंकेल, सबिता भट्ट, अल्फा श्रेष्ठ र श्रीकुमार श्रेष्ठ, अभियानका बिस्व कार्य समितिका नेपाल संयोजक लक्ष्मण पुरी, पत्रकारहरु सुमन श्रेष्ठ, सुमन केसी, मीना पाण्डे  आदि हुनुहुन्छ । थोरै समयमा धेरै कार्यक्रमहरु गर्न पन्ध्र जनाको टोलीलाई तीन समूहमा बिभाजन गरी तीन दिनसम्म लुम्बिनी वर्ष ०१२ लाई सघाउ पुर्याउन बिभिन्न किसिमले कार्य गर्दैछन । यो कार्यक्रम लुम्बिनी-कपिलवस्तु दिवस अभियानको विश्व समितिका लागि नेपाल राष्ट्रिय समिति, जिल्ला समिति र स्थानीय  समितिले संयुक्त रुपमा अयोजना गरे

Thursday, February 23, 2012

Vote for “NEPAL”


Posted by Ram Kumar Shrestha on February 23, 2012
This is the time to show your love for your country..!!
Vote for “NEPAL”..
click the link and vote to Nepal….http://www.pothiq.com/country/info/nepal Nepal leading
Popular Country – Nepal
Please vote for Nepal. Help rank this country higher in Popular Country ranking.

Wednesday, February 22, 2012

लुम्बिनी-कपिलवस्तु दिवस अभियानको पर्यटन प्रबर्द्धन समूह र संचार समूह गठन


Posted by Ram Kumar Shrestha on February 22, 2012
भारतले झन्डै असी प्रतिशत नक्कली लुम्बिनी र कपिलवस्तु बनाउने काम सकाएर २०१२ सम्ममा पुरा गर्ने किसिमले जोडतोडका साथ काम हुँदा पनि सक्कली लुम्बिनी र कपिलवस्तु भएको देशको तर्फबाट भने झन्डै सर्ब पक्षीय मौनता दर्शाएको कारण बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुले जे जति सकिन्छ त्यो रुपमा अन्तरराष्ट्रिय कार्यक्रम गर्ने अभिप्रायले डिसेम्बर १, २००९ लाई “कपिलवस्तु दिवस विस्व दिवस” को रुपमा बिभिन्न देशमा बिभिन्न कार्यक्रम सहित मनाएका थिए । त्यस्लाई निरन्तरता दिने अभिप्रायले मै ११, २०१० मा वेलायत निबासी रामकुमार श्रेष्ठको विस्व संयोजकत्वमा १९ सदस्यीय कपिलवस्तु दिवस अभियान  विस्व कार्य समिति गठन गरी सेप्टेम्बर १६, २०१० मा दुई जना थपी बिस्व कार्य समितिलाई २१ सदस्यीय बनाएर पूर्णता दिइएको थियो । तीन ठूला पार्टीहरुको समेत प्रतिनिधित्व गराएर बिभिन्न क्षेत्रका प्रतिष्ठित ब्यक्तिहरु र दुई जना बिदेशीहरुलाई समेत समाबेश गरी सल्लाहकार मण्डल पनि बनाइएको छ । यसै बीच दुई बरिस्ठ कलाकार महामहिम प्रेम राजा महत र मनोज गजुरेललाई सांस्कृतिक दूतको रुपमा नियुक्त गरिएको छ ।
अभियानको नाम कपिलवस्तु दिवस रहेकै बेलामा स्पेन, बेल्जियम, यूके, क्यानडा, न्यूजिल्याण्ड, डेनमार्क, ताईवान, नेपाल र अस्ट्रेलिया गरी नौ देशमा राष्ट्रिय समिति गठन गरिएको छ । १ डिसेम्बर २०११ का दिनदेखि अभियानको नाम लुम्बिनी-कपिलवस्तु दिवस अभियानमा परिवर्तन गरेपछि मलेशिया, भियतनाम, कम्बोडिया, र जर्मनमा राष्ट्रिय समिति गठन गरी अभियानको राष्ट्रिय समिति गठन गर्ने मुलुकको संख्या तेर्ह पुगेको छ ।
त्यसरी नै अभियानको गतिबिधिलाई अझ सशक्त रुपमा अगाडि बढाउन लुम्बिनी पर्यटन प्रबर्द्धन समूह (Lumbini Tourism Promotion Forum) र संचार समूह (Media Forum of the Campaign) गठन गरिएको छ । 
अभियानको लुम्बिनी पर्यटन प्रबर्द्धन समूह रुपक राज आचार्यको मूल संयोजकत्वमा गठन गरिएको छ । यस्का संयोजकहरुमा सुमन कुमार सिग्देल, हरिबोल सत्याल, सुशिल केसी, केशब मणि पाठक, राजन पोखरेल, सुमन श्रेष्ठ, मीना पाण्डे र निलेश अधिकारी हुनुहुन्छ । त्यसरी नै ऐक्यबद्धताका महाप्रबन्धक निलकण्ठ तिवारीको मूल संयोजकत्वमा संचार समूह गठन गरिएको छ । यस्का संयोजकहरुमा नेपाल १ टिभिका क्रन्दन चापागाईं, माउण्टेन टिभिका गणेश पाण्डे, मूल प्रबाहका बलराम थापा, उज्यालो एफएमकी मीना पाण्डे (एफएम संयोजक), शिवराज गौतम ( अन्तरराष्ट्रिय संचार संयोजक), बासु सत्याल (एभेन्यूज), नेपाल टिभिका सरोज ओझा, एबिसी टिभिका निर्मल अर्याल, हिमालयन टाइम्सका सुरेन्द्र सुबेदी, नेपाल प्रिस्ठभूमिका देबेन्द्र खापुङ, नयाँ पत्रिकाका सुमन सिग्देल, लाइट अफ एशियाका म्रिगेन्द्र बिक्रम थापा र नमस्ते एफ एमका सुमन श्रेष्ठ हुनुहुन्छ ।

Tuesday, February 21, 2012

लुम्बिनी-कपिलवस्तु दिवस अभियानको थप तीन देशमा राष्ट्रिय समिति गठन


Posted by Ram Kumar Shrestha on February 21, 2012
सीमित स्वार्थका कारण बुद्धको बिस्वब्यापी महत्वबाट लालायितहरुले बुद्ध जन्मस्थलबारे सिर्जना गरेका दिग्भ्रमहरुलाई निस्तेज पार्ने अभिप्रायले शुरु गरिएको कपिलवस्तु दिवस अभियान पछिल्लो समयमा लुम्बिनी क्षेत्रको बिकासमा देखा परेका बिभिन्न सकारात्मक संकेतहरुले गर्दा अभियानको नाममा लुम्बिनी शब्द कुनै न कुनै किसिमले जोडनका लागि आएका धेरै शुभ चिन्तकहरुको सुझाबलाई ध्यानमा राखेर अभियानको बिस्व कार्य समितिले अभियानको नाम लुम्बिनी-कपिलवस्तु दिवस अभियान राख्ने गरी गरिएको निर्णयलाई तेश्रो कपिलवस्तु दिवस मनाउने क्रममा यही डिसेम्बर १ तारिख २०११ का दिन वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशकका संयोजक एबं पूर्व प्रधानमन्त्रीको प्रमुख आतिथ्य र मन्त्रीहरु, पूर्व मन्त्रीहरु, सांसदहरु एबं राष्ट्रिय स्तरका थुप्रै ब्यक्तिहरुको उपस्थितिमा भएको नेपालमा आयोजना गरिएको कार्यक्रममा अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले इण्टरनेटको माध्यमबाट वेलायतबाट मन्तब्य दिने क्रममा आधिकारिक रुपमा अभियानको नाम परिवर्तन गरिएको घोषणा गर्नु भएको थियो । यसरी सो दिनदेखि सो अभियानको तेश्रो वार्षिकोत्सब लुम्बिनी- कपिलवस्तु दिवसको रुपमा मनाइन थालिएको छ ।
अभियानको नाम यसरी परिवर्तन गरेपस्चात अभियानको संगठन बिस्तार गर्ने क्रममा राष्ट्रिय समिति गठन गर्नेमा मलेशिया पहिलो मुलुक बन्न पुगेको थियो भने अभियानको राष्ट्रिय समिति गठन गर्नेमा भने दशौं । अभियानको संगठन बिस्तार गर्ने क्रममा बिगत केही दिनभित्रमा कम्बोडिया, जर्मनी र भियतनाम गरी थप तीन देशमा राष्ट्रिय समितिहरु गठन भएका छन ।
कम्बोडियामा खडानन्द पोखरेलको राष्ट्रिय संयोजकत्वमा लुम्बिनी-कपिलवस्तु दिवस अभियान कम्बोडिया राष्ट्रिय समिति गठन गरिएको छ । सो समितिका संयोजकहरुमा लाल सिंह खडका, दीप पौड्याल, राजा कुमार, महेश भण्डारी, शिव पराजुली, गमन सिंह गुरुङ र गोपाल खडका हुनुहुन्छ

Monday, February 13, 2012

अभियानको नयाँ स्लोगान


Posted by Ram Kumar Shrestha on February 13, 2012
लुम्बिनी-कपिलवस्तु दिवस अभियानले “बुद्ध नेपालमा जन्मेका हुन्” लाई आफ्नो नाराको रुपमा प्रयोग गर्दै आइरहेकोमा फेसबुक, ईमेल मार्फत “बुद्ध नेपालमा जन्मेका हुन्” र “बुद्धको देश नेपालमा यहाँलाई स्वागत छ” (“Welcome to Nepal, the Birth place of Buddha”) मध्ये कुनलाई उपयुक्त ठान्नु हुन्छ भनी गरिएको सर्बेक्षणमा २१२ जनाले सहभागिता जनाउनु भएको र सहभागी सबैले दोश्रोल्लोलाई छान्नु भएको थियो । अभियानको विस्व कार्य समितिले समेत यसैलाई अनुमोदन गर्ने निर्णय गरेकोले लुम्बिनी-कपिलवस्तु दिवस अभियानले “बुद्धको देश नेपालमा यहाँलाई स्वागत छ” (“Welcome to Nepal, the Birth place of Buddha”) लाई आफ्नो आधिकारिक स्लोगानको रुपमा प्रयोग गर्ने जानकारी गराउन चाहन्छौं

Wednesday, February 8, 2012

Buddhism in the West


Posted by Ram Kumar Shrestha on February 8, 2012
By Kishore Sherchand (ksherchand@yahoo.com)
The religion of the future will be a cosmic religion. It should transcend personal God and avoid dogma and theology. Covering both the natural and the spiritual, it should be based on a religious sense arising from the experience of all things natural and spiritual as a meaningful unity. Buddhism answers this description. If there is any religion that could cope with modern scientific needs it would be Buddhism. ~Albert Einstein

Many in Nepal, my country of birth, have basic understanding of Buddhism.  I came to the US in 1979 and then again in 2006. I have tried to study how Buddhism is practiced in the US. I found people practicing Buddhism with great enthusiasm as compared to my fellow Nepalese back home. I have been more than a little disappointed with this observation in the past. Also, I put some sort of uncomfortable questions when we don’t dare to adore some of Buddha’s teachings.  The major reason for this subdued approach toward Buddhism has been the action of erstwhile rulers of Nepal, who tried to effectively banish Buddhism by expelling everyone who practiced Buddhism; and who threatened Buddhist monks and nuns with the choice of disrobing or leave the country.
Buddha’s ideas were based on his observation of human behavior starting with his experience when he ventured outside his palace and saw an old man, a sick man, and a dead man. Buddha taught that any human being can attain Buddhahood provided he or she follows the Eightfold Paths which are included in the Four Noble Truths. His teachings of the Four Noble Truths which included the Eight Fold Path are:
1.     There is suffering in the world.
2.     Suffering occurs because of too great an attachment to one’s desires.
3.     By eliminating the cause-attachment-you can eliminate suffering.
4.     There is a method to eliminating the cause, called the Eightfold Path, a guide to “right” behavior and thoughts. The Eightfold Path is a moral compass leading to a life of wisdom (right views, right intent), virtue (right speech, conduct, livelihood), and mental discipline (effort, mindfulness, concentration).

Saturday, February 4, 2012

कोरियामा मनोज गजुरेलको बिषयबस्तु भारतले गरेको बुद्धको जन्मस्थलबारे भ्रम


Posted by Ram Kumar Shrestha on February 4, 2012
 नेता राजा र राजनीतिले सिर्जना गरेका अनेक विकृतिलाई व्यंग्यको निसाना बनाउन खप्पिस लुम्बिनी-कपिलवस्तु दिवस अभियानका सांस्कृतिक दूत मनोजले यसपालि भने भारतले गरेको भगवान गौतम बुद्धको जन्मस्थलबारे भ्रमलाई विषय बनाएका थिए रामदेव बनेर ।
सोल -दक्षिण कोरिया, माघ १५ –  कोरियाली नयाँ वर्ष -सलनाल) को दिन यहाँ सर्वाधिक चिसो हुन्छ । परदेश पसेका नेपालीहरू भने भेटघाट र आत्मीयताको तातोमा रमाइरहेका छन् । जब गत शनिबार कोरियाली सञ्चारमाध्यमहरूले लुनार वर्ष मनाउन सोल क्षेत्रमा कार्यरत लाखौं कोरियालीहरू गाउँ र्फकदै छन् भनेर ट्राफिक जामसहितको समाचार प्रसारण गरिरहेका थिए, दशैताका काठमाडौं रित्तो भएजस्तै सोलमा पनि देखियो । यही मौकालाई नेपालीले भने आफ्नै देशका कला, संस्कृति र गीतसंगीतको मज्जा लिने अवसरका रूपमा सदुपयोग गरे । तुङदेमुन र यङदम्फोजस्ता क्षेत्र त मिनी नेपाल नै बने ।
आइतबार र सोमबार माइनस १२ डिग्रीको चिसो तापक्रम भए पनि तुङदेमुनमा रहेको मेट्रो रेलको ३ नं गेटमा नेपालीको भीड त्यतिकै थियो । तिनै नेपालीहरू कोरियाली नयाँ वर्ष सलनालको दुईदिने बिदामा आयोजना गरिएका सांस्कृतिक कार्यक्रमहरूमा दुःख, पीडा भुलेर नाचिरहेका थिए, हाँसिरहेका थिए ।