Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Wednesday, April 13, 2011

कपिलबस्तु दिवस: क्यानडामा सामुदायिक अन्तरकृया कार्यक्रम

Posted by Ram Kumar Shrestha on December 2, 2010
चन्द्र राइ, क्यानडा: जहाँ रहे पनि नेपाल र नेपालीको सम्मान,उत्थान र गौरबको निमित एक जुट हुने हामी स्वाभिमान र कर्तब्यपरायण नेपाली रनेपाली मुलका हुनुमा गौरब गर्छौ । यसको ताजा उदाहरण कपिलवस्तु दिवश विश्व अभियानको क्रममा नोवेम्बर २८ मा ग्रेटर टोरोन्टोको स्कारबोरोमा सम्पन्न भएको समुदायिक अन्तर्कृया कार्यक्रम हो ।
यस कार्यक्रममा सकृय सहभागी भइ कार्यक्रमलाई सफल बनाइदिनु भएकोमा आदरणिय सम्पूर्ण सहभागीहरु र बिभिन्न कठिनाईका कारण शरीरिक रुपमा उपस्थित हुन नसक्नु भए पनि टेलिफोन र ईमेल मार्फत सफलताको कामना गर्नु हुने सबैमा कपिलबस्तु दिवस अभियान क्यानडा राष्ट्रिय समिति हार्दिक धन्यवाद ज्ञापन गर्दछ । त्यसरी नै बिशेष गरेर कार्यक्रम स्थलको सहयोग गरी दिनु भएकोमा एभरेस्ट कम्युनिटी सेन्टरका अध्यक्ष श्री अनिल थापाज्यु,पदाधिकारीहरु र सम्पूर्ण कम्युनिटिप्रति अभियान आभार प्रकट गर्दछ ।
त्यसै गरी खानपीन र जलपानको स्पोन्सर गरी दिनु हुने श्रीमती सुनिता पाठक र गोविन्द सिवाकोटी, श्री कृष्ण तिम्सिना, श्री अङ्बरु शेर्पा,श्री दुर्गा अधिकारी, श्रीमती तुलसी राइ र चन्द्र राइ र श्री सुबास बिक धेरै धेरै धन्यवादका पात्र हुनुहुन्छ ।

कुनै पनि अभियानमा आर्थिक पक्षको अनिबार्यताको तर्क गर्दै नगद जम्मा गर्नु हुने श्री सन्जीब रिजाल,श्री अन्जनी कुमार भट्टराई,श्री राज कुमार राइ,श्री राजेन्द्र श्रेष्ठ, श्री महेश प्रधान, श्री गोविन्द सिंह रावत, श्री गणेश राइ,श्री झलक पौड्याल,श्री किरण पोखरेल र श्री गोविन्द सिवाकोटिप्रति अभियानको क्यानडा राष्ट्रिय समिति कृतज्ञता ज्ञापन गर्न चाहन्छ जस्ले $१४६.००(क्या डलर) भाबी कार्यको लागि जम्मा गरिदिनु भएको जानकारी गराउन चाहन्छौ ।
कार्यक्रमको गुणस्तर र उत्साहबर्धक सहभागीताले सबैलाई थप बल मिल्नुको साथै एउटा निश्चित गोरेटो निर्माण गरेको कुरामा अभियान बिस्वस्त छ ।
कार्यक्रम र बिषयमा कपिलबस्तु दिवस अभियान विश्व कार्य समितिका क्यानडा संयोजक चन्द्र राइले प्रकाश पार्दै अन्त्यमा सबलाई धन्यवाद दिनु भएको थियो भने गोविन्द सिवाकोटिले समता गर्नु भएको थियो ।
प्रमुख बक्ता डा,तुलसी धरेल,श्री महेश प्रधान,श्री गोविन्द सिंह रावत्,श्री सन्जिब रिजाल,श्री राज कुमार राइ, श्री अङ्बरु शेर्पा,श्री सुबास बिक,श्री दुर्गा अधिकारी,श्री अनुप न्यौपाने र श्री अन्जनी भट्टराइबाट बुद्ध नेपालमा जन्मेको बिषयमा केन्द्रित हुँदै,भारतमा जन्मेको हो भन्ने कुरालाई सच्याउन तथ्यको आधारमा गर्न सकिने काम,यसको ब्यापकता र निरन्तरताको बिषयमा गम्भिर बिचारहरु ब्यक्त भएका थिए । जस्तै,
-गैर्ह आवासिय नेपाली संघको क्यालेण्डरमा हरेक बर्षको डिसेम्बर १ तारिख(मुख्य प्रमाण,अशोकास्तम्भ पता लागेको दिन)लाई कपिलवस्तु दिवश ग्लोवल अभियानको रुपमा घोषणा गर्दै मनाइनु पर्छ ।
-यस सँग सम्बन्धित पोस्टर, पर्चा, लेख-रचना, फिल्म र डकुमेन्ट्री जस्ता सामाग्रीहरुको उत्पादन र बितरणमा ब्यापकता बनाईनु पर्छ ।
-सरकारी पहल र दवाबको निमित जोड दिनु पर्छ ।
-लुम्बिनिलाई अन्तरराष्ट्रिय सास्कृतिक गन्तब्यको रुपमा बिकास गर्न वा बनाईनु पर्नेमा जोड दिनु पर्छ ।
-बिभिन्न पुस्तकालय र किताबखानाहरुमा पुगी बुद्ध सम्बन्धी लेखिएका पुस्तकहरुको अध्ययन,सङ्कलन र बुद्ध भारतमा जन्मेको हो भन्ने भेट्टिएमा सच्याउन सम्बन्धित पक्ष सँग पुग्नु पर्छ ।
-शैक्षिक पाठ्य पुस्तकहरुमा बुद्ध सम्बधी गलत जानकारी भए सच्याउनको निमित शिक्षा मन्त्रालयमा पत्रचार गर्ने र प्रतिनिधि मण्डल जानु पर्छ ।
-भारतिय सरकारी निकायको केही ठाउमा बुद्ध नेपालको लुम्बिनिमा जन्मेको हो भन्ने लेखिएकोमा भारत सरकारलाई धन्यवाद दिने ।
-बुद्ध नेपालमा जन्मेको बिषय सार्क देशहरुको सभा सम्मेलनमा उठाउनु पर्छ ।
बुद्ध भारतमा जन्मेको हो भन्ने योजना र प्रचार, एक चपरी- एक चपरी खन्दै, मिच्दै लगेर एक दिन, सधियारको जग्गा आफ्नो बनाउने नियतिकै रुप हो भन्ने कुरामा सहभागीहरु एक मत देखिन्थे ।
यसमा बुझ्नै पर्ने कुरो के त?
बुद्ध भारतमा जन्मेको हो, भन्ने कुराको अधिकारिक धारणा भारत सरकारले ब्यक्त गरेको नदेखाउनु, तर राज्य स्तरबाटै खरबौ खर्च गरेर कपिलवस्तु बनाउनु र सन १८९६ मा अशोकास्तम्भ पता लागि सकेपछि कपिलेस्वरमा सक्कली शिलालेख भेट्टिएको १९२८ पछि दाबी गर्दै भारतीय ईतिहसकारहरु, स्कलरहरुले बुद्धसम्बन्धी गलत जानकारी लेखिएका पुस्तकहरु विश्व बजारमा ल्याउनुले नै आज विश्वका अधिकांशले गलत जानकारी लिएका छन । अर्को कुरो त कमजोर देशको तठस्थता, युनेस्कोले लुम्बिनिलाई विश्व सम्पदाको सूचिमा राखेको नाममा मौनता । त्यसैले आज जनस्तरबाट नै विश्वभरी छरिएर रहेका अबैतानिक अम्ब्यासडर, गैर्ह आवासिय नेपालीहरुको काँधमा कर्तब्यको भार आएको कुरामा सहभागीहरु एक मत हुँदै निरन्तर सहयोग,सहभागीता र योग्दानको अपेक्षाका साथ कार्यक्रमको समापन भयो ।

No comments: