Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Sunday, April 3, 2011

हङकङमा बुद्ध जन्मस्थानबारे प्रचार प्रसारको नयाँ तरीका

Posted by Ram Kumar Shrestha on September 12, 2010
कपिलबस्तु दिवस अभियानका हङ्कङ संयोजक बिनय शाहले हालै मात्र हङकङमा नेपालीहरूले सञ्चालन गर्नु भएको दुई वटा ट्राभल्स एजेन्सीहरूलाई उहाँहरूको बिज्ञापनमा Buddha was born in Nepal अथवा Buddha birth place Kapilvastu is in Nepal भन्ने एउटा स्लोगान जस्तो राख्न अनुरोध गर्नु भएकोमा उहाँहरूबाट सकरात्मक जबाफ प्राप्त भएको जानकारी दिनु भएको छ । यी दुई ट्राभल्सले बिज्ञापन गर्ने दैनिक पत्रिका The Standard दिनको करिब २५०,००० प्रति छापिने हुनाले यो कार्य अभियानको लागि फलदायी हुने कुरामा उहाँ विश्वस्त हुनुहुन्छ ।
हंगकंगको परिप्रेक्षमा अन्य देशमा जस्तो नेपालीहरूको मात्रै नभै स्थानिय चाईनिज र अरू देशका युवाहरूलाई पनि समाबेश गरी एउटा समूह गठन गर्ने सोंच  उहाँको छ जुन समूहले त्यहाँका गुम्बाहरूमा गएर बुद्धको जन्मस्थल बारेमा सहि जानकारी गराउनेछ ।

No comments: