Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Tuesday, April 26, 2011

ताइवानमा कपिलबस्तु दिवस अभियान राष्ट्रिय समिति गठन तथा दोस्रो कपिलबस्तु दिवस कार्यक्रम सम्पन्न

Posted by Ram Kumar Shrestha on December 15, 2010
डा. हरिकुमार श्रेष्ठ ताइपेई ताइवानः  भगवान गौतम बुद्धको जन्म कपिलबस्तु नेपालमा भए तापनि उहां विश्वव्यापी हुनुभयो । उहांको जन्मथलोको बारेमा भने भारतले निकै भ्रम फैलाउदै आएको छ । यही भ्रम निवारण गरी बुद्धको वास्तविक जन्मस्थान कपिलबस्तु नेपाललाई विश्वव्यापीरुपमा प्रचार प्रसार गरी सत्यतथ्य जानकारी दिने बौद्ध धर्माबलम्बीहरुको पवित्र तीर्थस्थल कपिलबस्तुको संरक्षण तथा सम्बद्र्धन गर्ने,  नेपालमा पर्यटन विकासमा सहयोग गर्ने जस्ता उद्देश्यले कपिलबस्तु दिवस अभियान विश्व कार्य समितिको स्थापना पनि भैसकेको छ । प्रत्येक वर्ष डिसेम्बर १ को दिन कपिलबस्तु दिवस मनाउने प्रचलनको शुभारम्भ गत बर्ष प्रथम कपिलबस्तु दिवस मनाएर भएको छ ।
यसै सिलसिलामा पोतला ताइपेई ताइवानमा मिति नोभेम्बर २८ २०१० मा १३ सदस्सीय कपिलबस्तु दिवस राष्ट्रिय कार्य समितिको गठन पनि भएको छ । हाल राष्ट्रिय कार्य समितिमा राष्ट्रिय संयोजक  डा.  हरिकुमार श्रेष्ठ ( ताइवान संयोजक कपिलबस्तु दिवस अभियान विश्व कार्य समिति) हुनुहुन्छ भने अन्य संयोजकहरुमा सोनाम शेर्पा,  कपिल अधिकारी, कसा्रङ्ग लामा, विनोद डी. सी. , मिङ्गमा शेर्पा,  फूर्बासोनाम शेर्पा,  नरेश गुरुङ्ग, राजु गुरुङ्ग, नोनो श्री देव गुरुङ्ग,  नबिन अधिकारी र डा. लेखनाथ कापुले हुनुहुन्छ । त्यस्तै गरेर सल्लाहकारमा एनआरएनए ताइवानका अध्यक्षलाई पदेन सल्लाहकारमा राखिने ब्यवस्था गरिएअनुसार हाल श्री बीरेन्द्रबहादुर ताम्राकार हुनुहुन्छ । त्यस्तैगरेर विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने गरी इच्छुक तथा महत्वपूर्ण ब्यक्तिहरुबाट थप सल्लाहकार तथा संयोजक सदस्य चयन गरिनेछ ।
संस्था स्थापना भएकै दिन सो संस्थालले दोस्रो कपिलबस्तु दिवस डिसेम्बर ५ २०१० का दिन मनाउने निर्णय गरे अनुसार पोष्टर पम्प्लेट वितरण र नेपाली फूटबल टीमबीच फुटबल खेल प्रतियोगिता सफलतापूर्वक गरेर सम्पन्न भएको छ । यस कार्यक्रमको उद्देश्यमा खास गरेर ताइवानबासीहरुलाई बुद्धको जन्मस्थान कपिलबस्तु लुम्बिनी नेपाल हो भन्नेबारेमा जानकारी दिनु, बुद्धको जन्मस्थानमा पर्यटन प्रबद्र्धनमा सहयोग पुर्याउनु तथा बुद्धको शान्ति सन्देश प्रचार प्रसार गर्नु हो । यसको अलाबा ताइवानबासी सम्पूर्ण नेपालीहरुबाट आफू बसेको वा कार्यरत क्षेत्रमा प्रचारप्रसार अभियानलाई तीब्र पार्नु रहेको थियो । पम्प्लेट प्रचार प्रसारमा खासगरेर विभिन्न स्थानका बौद्ध मन्दिरहरु, रेष्टुरेन्टहरु र व्यक्ति वा समूहमा पनि गरिएको थियो । यो कार्यको लागि सोनाम शेर्पाको महत्वपूर्ण भूमिका रह्यो ।  फूटबल प्रतियोगिता उत्साहबर्धक र मनोरन्जनात्मक किसिमले हिमालयन टीम रातो र नीलो टीमका बीच सान्सियाको फुटबल मैदानमा भएको थियो । उक्त खेलमा रातो टीमले नीलो टीमलाई ४ का बिरुद्ध ५ गोलले पराजित गरी प्रथम स्थान हासिल गर्‍यो । उक्त कार्यक्रममा लगभग ६० जना नेपालीहरुको जमघट थियो । फुटबल कार्यक्रमपछि समापन र पुरस्कारस्वरुप प्रमाणपत्र वितरण गरिएको थियो ।

यस समापन कार्यको शुरुवातसंगै डा.  हरिकुमार श्रेष्ठबाट कपिलबस्तु दिवस अभियानबारे छोंटो जानकारी दिनु भएको थियो । उहांले संस्थाको जन्म बुद्धको जन्मस्थान कपिलबस्तुको बारेमा दिगभ्रमित विश्वजनमानसमा सत्यतत्थ्य जानकारी दिन सकिन्छ कि भनि विभिन्न देशहरुमा बसेका नेपालीहरुबीच भएको कुराकानीबाट भएको र अत्यन्तै छोटो समयमा नै संस्थाले धेरै प्रशंसनीय कार्यहरु गरी राष्ट्रियताको सबालमा उल्लेखनीय छलाङ्ग मारेको बताउनु भयो । मन्तब्य दिने क्रममा डा श्रेष्ठले गुगल म्यापमा बुद्धको जन्मस्थान भारतमा देखिने गरेकोमा यस अभियानको पहलमा गत वर्षदेखि नेपाल देखाउने गरेको बताउनु भयो। यस अभियानको प्रचार प्रसारको लागि अझ सशक्तरुपमा अगाडि बढ्न सम्पूण उपस्थित महानुभावलाई अनुरोध गर्दै यसमा आबद्ध हुन पनि अनुरोध गरिएको थियो । अर्का बक्ता तथा कार्यक्रम ब्यवस्थापनमा महत्वपूर्ण सहयोग गर्नुहुने श्री कसा्रङ्ग लामाले कपिलबस्तु दिवस कसैको दबावमा नभै स्वत: स्फूर्त रुपमा राष्ट्रप्रेमीहरुबाट बुद्धको जन्मस्थलोलाई अभियानकोरुपमा विश्वसामू वास्तविकताको जानकारी दिनको लागि गठन भएको बताउँदै नेपाल सरकारको कमजोरीको फाइदा उठाउंदै भारतले गरेको दुस्प्रचारको यस अभियान जोडतोडले विश्वसामु अनुरोध गर्दछ भन्नुभयो । बुद्धको ज्ञानहरुमध्ये असत्य नबोल्नु पनि हो भने भारतले नक्कली कपिलबस्तु बनाएर असत्यलाई सत्य साबित गर्न खोज्नु बुद्धधर्मको नै अपहेलना र भारतको मिचाहा प्रबृतिकोरुपमा लिइएको छ । यसको अलावा उहांले फुटबल टीमको स्थापना र प्रगतिको बारेमा पनि छोंटो जनाकारी दिनुभएको थियो ।
रेफ्री पदमबहादुर थापा, लाइन्समेनहरु र खेलाडिहरुलाई सधन्यवाद प्रमाणपत्र वितरण कार्य संस्थाका संयोजक सदस्यहरु कसा्रङ्ग लामा, कपिल अधिकारी र सोनाम शेर्पाबाट भएको थियो । यस कार्यक्रममा जम्मा ताइवान डलर १२,५००।०० बाह्र्हजार पांचसय उठेकोमा ४,५००।०० खर्च भै बांकी रकम ८,०००।०० संस्थाको कोषमा रहेको जानकारी कार्यक्रम संयोजक सोनाम शेर्पाबाट दिइएको थियो । सोनामले संस्थाको कोष व्यवस्थापनको जिम्मेबारी पनि बहन गर्नु भएको छ ।
अन्तमा कपिल अधिकारीबाट कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागीहरुलाई आफ्नो धन्यवाद ज्ञापन सहित कार्यक्रम समापन गर्नु भएको थियो । उहाँले आफ्नो अमूल्य समय दिइ कार्यक्रम सफल पारिदिनु भएकोमा खेलाडि, सहभागीहरु र आर्थिक रुपमा सहयोग पुर्याउनु हुने तथा दिउंसोको खानाको सम्पुर्ण खर्च बेहोर्ने सबै खेलाडि साथीहरु र प्रत्यक्ष वा परोक्षरुपमा सहयोग पुर्याउने अन्य सवैजनालाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो । यसैक्रममा अधिकारीबाट कपिलबस्तु दिवस अभियानले बुद्धको जन्मस्थानको प्रचार प्रसार गर्नुको साथै पर्यटन आवागमनमा पनि बृद्धि गर्न ठोस मद्दत पुग्ने बिचार राख्नुभयो । यस अभियान यहांहरु सबैको सहयोगले मात्र सफल हुने भएकोले सबैलाई संस्थामा आवद्ध भै राष्ट्रिय हितमा सकेको योगदान पुर्याउन पनि अनुरोध गरिएको थियो ।

No comments: