Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Wednesday, April 20, 2011

पत्रकार सन्तोष न्यौपाने सम्मानित

नेपाली ब्याबसायी संघ बेल्जियमले पत्रकार सन्तोष न्यौपानेलाई सम्मान गरेको छ । आफनो तेस्रो अधिवेशनको अवसर पारेर  संघले पत्रकार न्यौपानेलाईसम्मान गरेको हो । बेल्जियममा बसेर नेपाली भाषा कक्षा संचालन गरेर नेपाली बालबालिकाहरुको लागि भाषा सिकाइ भाषा संरक्षण र नेपाली समुदायमा सामाजिक क्रियाकलापमा विषेश योगदान दिएको भन्दै उनलाई सम्मान गरेको हो । पत्रकार न्यौपाने उज्यालो ९० नेटवर्क र न्युज २४ का बेल्जियमस्थित संवाददाता हुन भने कपिलबस्तु दिवस अभियान बिस्व कार्य समिति तथा कपिलबस्तु दिवस अभियान बेल्जियम समितिमा रहेर कार्य गर्दै आउनु हुने सर्जक पनि हुनुहुन्छ । पत्रकार न्यौपानेसंगै नेपाली भाषा संरक्षणमा सहयोग गरेबापत सोफिया महर्जन र सच्चा कार्कीलाई पनि सम्मान गरेको छ । 

No comments: