Posted by Ram Kumar Shrestha on November 14, 2010
Nepalisrael
बुद्ध धर्मंप्रति आफूलाई अर्पण गर्न एकपल्ट ठूलो लामा गुरुको शरणमा परेर आफुले बचन बद्धता जाहेर गर्नु पर्ने, जुनसुकै अवस्थामा रहे पनि ॐ मनी पद्मे हु ऋ उच्चारण गर्नु पर्ने जस्ता कुराहरुबाट शुरु गरिएको प्रबचन, अत्यन्त शान्त, सरल, र समधुर ढंगमा करीब ३ घटासम्म सहभागीहरुलाई मंत्र मुग्ध गराइएको थियो भने कार्यक्रमको अन्तिम चरणमा सातओटा आसनको ध्यान/ मेडीटेसन गराइएको थियो ! उक्त कार्यक्रममा सहभागी हरुले आफ्नो मनमा लागेको कुराहरुलाई सोधेर तृष्णा मेटायेका थिए ! सो कार्यक्रममा बिपस्वी तथा आदिबासी जनजाति मंच. अस्ट्रेलियाका सभापति श्री गणेश तमांगले पनि आफ्नो भनाई राख्नु भएको थियो ! कार्यक्रममा बुद्ध दर्शन समितिका जनसंपर्क अधिकारी श्री सुदीप गौचनले सबैलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो भने प्रबिधिमा मोहन राइले सहयोग गर्नु भएको थियो ! आगामी दिनहरुमा पनी प्रबचन लाइ नियमित गर्ने समितिले सोच बनाएको छ ! कार्यक्रमबाट बिदा हुन अगाड़ी खेन्पोबाट सुंग्दी (जन्तर) मिन्दुप (पबित्र दाना) सहित आशीर्बाद दिनु भेएको थियो ! क्रयाक्रमको संचालन बुद्ध दर्शन समितिका संयोजक नीमा ग्याल्जे शेर्पा गोपर्माले गर्नु भएको थियो !
No comments:
Post a Comment