Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Monday, June 21, 2010

'चीनमा बुद्धको जन्मथलोबारे यथार्थ प्रष्ट्याइने'

ekantipur
निर्मल श्रेष्ठ
चीन, गोञ्जाउ, अषाढ ७ - गैरआवासीय नेपाली संघ चीनको दोस्रो बार्षीक कार्यक्रम नौ बुदे घोषणापत्रका साथ आइतबार सम्पन्न भएको छ । चीनको दक्षिणी व्यापारिक सहर गोञ्जाउमा आयोजित उक्त समारोहमा चीनमा बुद्धको जन्मथलोबारे यथार्थ प्रष्ट्याउन आवश्यक कार्य गर्ने, गोञ्जाउमा यथाशीघ्र नेपाली वाणिज्यदूतावास खोल्न आग्रह गर्ने, हङकङ र मकाउ एनआरएनबीच कार्यगत एकता विकसित गर्ने लगायतका छन् ।
घोषणपत्रमा नेपाल पर्यटन वर्ष २०११ लाई सफल बनाउन यथाशक्य पहल गर्ने, निर्धारित समयमा संविधान जारी गर्न दबाब दिने पनि उल्लेख छ । लु जिङलुस्थित विशाल पाचतारे होटल एसिया इन्टरनेशनलमा आयोजित भव्य समारोहमा संघले कल्याणकारी कोषको समेत स्थापना गरेको छ । चीनको गोञ्जाउ नेपाली व्यावसायीहरुको सबैभन्दा बढी बसोबास रहेको स्थल हो ।

Love, Spirituality and Four Noble Truths

Huffington Post

By Susan Pivar[1]

I have been a student of Buddhism since 1995, and the study and practice of dharma inform my actions, friendships and creative focus. When you become a Buddhist, part of the commitment is to take off the training wheels and do your best to put the dharma into play in all situations. It's no longer theoretical. It is your life. It's a fun, scary, and noble challenge.
When the Buddha became enlightened, the first thing he handed out was the four noble truths and upon becoming a Buddhist, they are your benchmarks.
  1. Life is suffering. (Doesn't mean "life sucks," by the way. More like, "life changes.")
  2. Suffering is caused by attachment. (Wanting things to be other than they are.)
  3. It is possible to stop suffering. (Phew.)
  4. There is an eight-fold path to liberate yourself from suffering, which includes such things as Right Speech, Right Action and so on.

Sunday, June 20, 2010

बुद्धस्थललाई विवादित तुल्याउने षडयन्त्र

By भिक्षु कोण्डन्य
सम्राट अशोकले राख्न लगाएको अशोक स्तम्भमा उत्कीर्ण ‘हिद बुधे जाते सक्यमुनी’ति (यहाँ शाक्यमुनि बुद्धको जन्म भएको हो) ‘हिद भगवं जाते’ति लुंमिनि गामे’ (यहाँ भगवान् बुद्ध जन्मनुभएको लुम्बिनी ग्राममा) ब्राह्मी लिपिको अभिलेख प्रमाणको शिलास्तम्भ इ.सं. १८९६ मा प्राप्तिलाई बीसौं शताब्दीको सबैभन्दा ठूलो पुरातात्विक अभिलेख मानिन्छ। यसरी नै चीनिया यात्री फाहियानको ‘लुनमिन’ होस्, ह्वेनसांगको ‘ल-फ-नि’ होस्, अशोक स्तम्भमै पुनः उत्कीर्ण ‘रिपुमल्लस्य चिरं जयतु’ नै होस् यसबाट बुद्धको जन्मभूमि लुम्बिनी नै हो भन्ने अविवादित तथ्यलाई विश्वसामू स्पष्ट पारेको छ। 

Saturday, June 19, 2010

NEPAL’S LUMBINI: WHERE THE BUDDHA WAS BORN

लुम्बिनी कपिलवस्तुबारेको वास्तविकता

By  दीपकुमार उपाध्याय
-सन् १९६७ मा तत्कालीन संयुक्त राष्ट्र संघका महासचिव युथान्तको लुम्बिनी भ्रमण ।
-सन् १९७० मा संयुक्त राष्ट्रसंघमा अन्तर्राष्ट्रिय लुम्बिनी समितिको गठन जसमा १५ बौद्धिष्ट राष्ट्रहरु सदस्य रहेको ।
- विश्व प्रसिद्ध जापानी वास्तुविद् प्रो। केन्जो। टाङ्गे हाल दिवंगत लुम्बिनी गुरुयोजना तयार गर्न नियुक्त ।
- सन् १९७८ मा प्रो। केन्जो। टाङ्गेद्वारा निर्मित गुरुयोजना नेपाल सरकार तथा संयुक्त राष्ट्रसंघबाट स्वीकृत ।
- गुरुयोजनाअनुसार १८३ माइल कोरजोन क्षेत्रको जमिन अधिग्रहण गरी लुम्बिनी विकास समितिले काम अगाडि बढाएको ।
- सन् १९८५ मा लुम्बिनी विकास कोष ऐन संसद्बाट पारित भई जन्मस्थल लुम्बिनीमा तलका स्थलहरु समेत समावेश भएको ।
१. तिलौराकोटः राजा शुद्धोधनको राजदरबार जहाँ राजकुमार सिद्धार्थले राज पाठ त्याग्नुअघि २९ वर्ष व्यतित गरेका थिए । थोरै मात्र उत्खनन् भएको ।
२. गोटिहवा : कक्रुच्छन्द बुद्धको जन्मस्थल प्रमाणित गर्ने आशोकस्तंभ रहेको ठाऊँ ।

श्रोत र शक्तिको आडमा सिङ्गो विश्वलाई नै अन्धो वनाउने भारतको प्रयास

एन आइ न्यूज डेनमार्क विष्णु पौडेल
शान्तिका अग्रदुत भगवान गौतम वुद्धको २५५४ औ जन्मजयन्तीको अवसर पारेर कपिलवस्तु दिवस अभियान समिति डेनमार्कले ३० भन्दा
बढी  सहभागीको उपस्थितिमा आज डेनमार्कको कोपनहेगनमा भेला सपन्न ग-यो ।

भेलाले खासगरी शान्तिका अग्रदुत भगवान गौतम वुद्धको जन्मस्थल र तात्कालीन राजधानीको विषयमा छिमेकी राष्ट्र भारतले गर्दै आएको भ्रामक प्रचारको निन्दा ग-यो । छिमेकी राष्ट्र भारतले नेपालको सामाजिक, आर्थिक, राजनितिक एवं भौगोलिक क्षेत्रमा पटक पटक धावा बोल्दै आइरहेको छ । यी दुवै राज्यबीच सामाजिक तथा सांस्कृतिक सवालमा प्रसस्त मेल खाने भएकाले पनि कतिपय सवालहरुलाई नजरअन्दाज गरिएको कमजोरीको लाभ भारत राज्यले सदैव उठाउदै आएको छ । तर विश्व इतिहासले प्रमाणित गरेको तथा विश्व सम्पदा सूचीमा सूचिकृत कटुसत्यमाथि नीजि स्वार्थका लागि अन्तरराष्ट्रिय कानुन विरीत गरीएको दण्डनीय कार्यको घोर भत्र्सना गर्दै अन्तरराष्ट्रिय जगतलाई ध्यानाकर्षण गर्नु नै भेलाको मुल उद्देश्य रहेको थियो ।

Kapilvastu Day Movement Poster

संयुक्त राष्ट्र संघको कार्यालयमा अन्तरराष्ट्रिय भेसक दिवस (बुद्द जयन्ती)

न्यूयोर्क, मे २१ २०१०, अन्तरराष्ट्रिय भेसक दिवस (बुद्द जयन्ती) मे २१ तरीकका दिन न्यू योर्कको संयुक्त राष्ट्र संघको कार्यालयमा फिलिपिन्सको संयोजक्त्वमा भब्य रुपमा सम्पन्न भएको छ। उक्त कार्यक्रमको सुरुवत बिभिन्न देशका लामा गुरुहरुद्वारा सामुहिक रुप बुद्ध प्रथना र सबै राष्ट्रका राजदुतहरुद्वरा बुद्द भगवानको प्रतिमुर्तिमा केन्डल प्रज्वलन गरी सुरु गरेका थिए । शेर्पा किदुग अमेरिका र नेपालको प्रतिनिधित्व गर्दै लामा गुरुद्वय ङवाङ योन्देन शेर्पा र दोर्जी फुर्ब शेर्पाले उक्त सामुहिक प्रथानामा समेल हुनु भएको थियो।

सन्दर्भः बुद्ध जयन्ती

हतियारको उन्माद, प्रकृति विनाश एवं त्यसबाट उत्पन्न प्रकोप साथै भौतिक विकासको होडमा संवेदनाशुन्य बन्दै गईरहेको हाम्रो विश्व एवं मुलुक यतिखेर विश्व शान्तिका अग्रदुत भगवान बुद्धको २५५४ औं बुद्धजयन्ती अर्थात बुद्ध पूर्णिमा पुनः मनाउन गईरहेको छ । विगतमा झैं औपचारिक कार्यक्रम गरी बुद्ध र शान्तिका नाममा केही वक्तव्य केही भाषणबाजी र केही सभा समारोहका बीच यो जयन्ती पनि पूरा हुनेछ । मानिस हरदम दुःखबाट मुक्त सुखी जीवन चाहन्छ । तर थुप्रै प्रयासपछि पनि मानिस निराशाहरुबीच नै जीवनलीला समाप्त गर्दछ । त्यसैले वैराग उत्पन्न भएर होला शायद तत्कालिन कपिलवस्तु राज्य हालको कपिलवस्तु जिल्ला का राजकुमार सिद्दार्थले राजकाज छाडी लामो साधना पछि बुद्धत्व प्राप्त गरेका । र सम्पूर्ण मानिसलाई शान्ति र अिहंसाको मार्गमा जान ज्ञान प्रदान गरेको । आज त्यहि महत्वपूर्ण दिनलाई हामीले सम्झिरहेका छौं । शान्ति र अहिंसाको माध्यमबाट नै मानिस सम्यक समाज निर्माण गर्न सक्दछ र मानवीय भावनाबाट प्रेरित भई धेरै दुःखबाट मुक्त हुन सकिन्छ भन्ने सन्देश भगवान बुद्धले दिनुभएको छ । तर त्यसको ठिक विपरित अहिलेको मानव समाज विभिन्न स्वार्थबाट प्रेरित भएर आपुनै अस्तित्व समाप्त गर्न उद्दृत छ । शान्तिको माला जप्दै समाजलाई सदैव हिंसातर्फ प्रेरित गरिरहेको छ । तथापि हिंसा जति नै हावी भएपनि अन्ततः अहिंसा र प्रेम नै मानिसको आवश्यकता र यथार्थता हो । यसबाट नै थुप्रै वैमनस्य अत्याचार क्रमशः समाप्त हुँदैं आपसी मेलमिलाप भाइचारा र सहयोगको भावना विकास भई मानिस समृद्ध समाज मार्फत साझा हित तर्फ प्रेरित हुन्छ । तर केही व्यक्ति वर्ग गुट एवं देशको अहम्का कारण हजारौं पटक क्रान्ति र परिवर्तन गर्दा पनि मानिस अहिले सम्म सुरक्षित हुन सकेको छैन । तसर्थ पनि बुद्धले दिएको सन्देश विश्व मानव जगतका लागि सदैव सार्थक र आउने समयमा झनै महत्वपूर्ण साबित हुँदै जानेछ ।

NRN Press Release

Buddhism – Fundamental to World Peace

By: Ram Kumar Shrestha
Even after entering into the 21st century – and a century of miracles of scientific achievements – still we have a question, “Are human beings happier than before?” Materialism as well as knowledge in the form of science and technology has contributed greatly to human welfare, however; it is considered to be responsible for deterioration in World Peace as well. Every single day our world spends more than $4 billion on war. However everyday, 20,000 children die of hunger, poverty and a lack of treatment and medicines and millions of people are suffering a lack of their basic needs like food, clean water, clothes and shelter. Nuclear power was developed in the name of establishing peace and now this is threatening the whole human race. Current existing amounts of nuclear power are enough to destroy not a single earth but dozens of equivalent earths. To dispose of this nuclear waste billions of dollars are needed that amounts to just 10-15% of the total cost of producing, maintaining and managing the nuclear industry. If only a certain percentage of these funds were used for the benefit of the people worldwide, struggling to have an education, minimum health care, food and housing a lot could be done. What will happen if the nuclear power will get into terrorists’ hand? This is today’s one of the biggest concerns for world leaders. So where are we now? Irrespective of interest everybody has to read, see, watch and listen to unwanted news full of violence, crime, rape, hunger, accident, war, epidemic, disaster etc in everyday life. However, dedicated persons and organizations are still optimistic for a better and peaceful globe.

NEFIN Submitted Letter to the Ambassador of India

Date May 27, 2010
Your Excellency the Ambassador of India
Embassy of India
Lazimpath, Kathmandu
SUBJECT :  INIDAN MEDIAS CAMPAIGN TO DISPUTE  BUDHHA’S BIRTH PLACE LUMBINI NEPAL.
Your Excellency,
The India medias in recent years are vigorously and intentionally campaigning to dispute the Buddha’s original birth place Lumbini, Rupendehi District Nepal and the Nepal Federation of the Indigenous Nationalities, together with 275,00,000 Nepalese living in Nepal and abroad, all peace loving citizen of the world and all the Buddhist followers and scholars strongly condemn such unethical activities of Indian medias.
All the scholars, anthropologists, researches, intellectuals and the International religious institutions of the world including India or to be precise, NO ONE ON THIS EARTH   have never disputed the birth place of universal ambassador of the peace,  great human and the great, great and great citizen of Nepal BUDHHA, which is in fact we all know is in LUMBINI, REUPENDEHI DISTRICT OF NEPAL.  Why are the India medias continuously campaigning to dispute Buddha’s original birth place which is Lumbini, Rupendehi District of Nepal ???????????????????????????

बुद्ध नेपालमा जन्मेकाबारे भारतीय दूतावासलाई ज्ञापन

काठमाडौ, जेष्ठ १३ – भगवान् गौतमबुद्धको जन्म नेपालको लुम्बिनीमै भएको विषयमा काठमाडौंस्थित भारतीय दूतावासको ध्यानाकर्षा गराइएको छ । नेपाल आदिवासी जनजाति महासंघले बुद्धजयन्तीको अवसर पारेर बिहीबार दूतावासको ध्यानाकर्षा गराएको हो ।
तथ्यलाई भारतीय सञ्चार माध्यमहरूले गलत प्रचार गरेको भन्दै महासंघले ज्ञापनपत्रका साथ ‘बुद्ध नेपालमा जन्मिएका थिए’ भन्ने सन्देश अंकित स्टिकरसमेत बुझाएको छ । भ्रम चिर्न देशव्यापी स्टिकर अभियान थालिएको महासंघका अध्यक्ष राजकुमार लेखीले विज्ञप्तिमा जनाएका छन् ।
‘गौतमबुद्ध शान्तिका दूत हुन् भन्ने तथ्य बौद्धिक वर्ग, अनुसन्धाता, मानवशास्त्रीलगायत विश्वका हरेकलाई थाहा छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘उनै बुद्ध नेपालका महान् मानव हुन् । उनी रूपन्देही जिल्लाको लुम्बिनीमा जन्मिएको तथ्यप्रति भ्रम सिर्जना गरिनु हुन्न ।’
विज्ञप्तिमा छ, ‘यो पवित्र अवसरमा भगवान् गौतमबुद्ध नेपालमा जन्मिएका हुन् भन्नेबारे भारत सरकारको ध्यानाकर्षा गराउन चाहन्छौं ।’ महासंघले बिहीबार सा“झ नै बुद्धजयन्तीको अवसर पारेर शान्ति, संविधान र अग्रगमनको कामनासहित संविधानसभा भवनअगाडि दीप प्रज्ज्वलन गरेको छ ।

वेलायतमा २५५४ औं वुद्ध जयन्ती भब्यताका साथ संपन्न

वेलायत । बिसिसी युकेको संयोजकत्वमा मे २७ तारिखका दिन २५५४ औं वुद्ध जयन्ती मिचेट क्याम्बर्लीमा धुमधामका साथ मनाइयो । कार्यक्रममा थाइलैण्ड, जापान, श्रीलंकाका भिक्षुहरु समेत आउनु भएका थिए । कार्यक्रमको शुरुवात लामा गुरुहरुद्धारा पूजा पाठबाट शुरु गरिएको थियो र आयोजित सो कार्यक्रममा उपस्थित भक्तजनहरुले फूल प्रसाद अर्पण गरी भगवान वुद्धको पुजा गरेका थिए । कार्यक्रममा अधिकांश बक्ताहरुले आजको अशान्त बिस्व परिबेशमा बुद्धको सन्देश फैलाउन सकिएको खण्डमा यस्ले बिस्व शान्तिमा उल्लेख्य भूमिका निर्बाह गर्न सक्ने, आफैभित्र कसरी आनन्दानुभूति प्राप्त गर्न सकिने, वुद्ध जयन्तीको महत्व प्रकाश पार्ने र शान्तिका प्रतिमूर्ति बुद्धको प्रसिद्धिबाट लालायितद्धारा सत्यका पर्यायबाची बुद्धमाथि झूटको खेती गर्ने जुन काम भएको छ सत्यको रक्षाकै लागि सो भ्रम निस्तेज पारिनु पर्ने कुराहरुमा जोड दिइएको थियो ।

पेरिसमा बुद्ध जयन्ती

२५५४ औं बुद्ध जयन्तीका दिन फ्रान्सको राजधानी पेरिसमा रहेको आइफल टावर अगाडिबाट नेपालीहरुले शान्ति र्‍याली गरे। हात हातमा बुद्धका  वाणी र सन्देश अंकित प्लेकार्ड र बुद्धका  फोटाहरु लिएर र्‍याली गरियो । नेपाली दुतावास पेरिसको सहयोग र समर्थनमा नेपाली एकता समाज, फ्रान्सले यो र्‍याली आयोजना गरेको हो । विश्वभरिका पर्यटकहरुको आइफल टावर हेर्न भिड लाग्ने हुनाले यहाँबाट बुद्धका अहिंसाका सन्देशहरु एकै पटक विश्वभरि फैलाउनका लागि यो ठाउँ रोजिएको आयोजकहरुको भनाई थियो ।
फ्रान्सेली पत्रकार पियरले कर्यक्रमबारे चासो राखेपछि आयोजकका सहभागीहरुले नेपाल र फ्रान्सको सद्भावकालागि नेपालीले फ्रान्सेली झण्डा बोक्छन्, तिमीले पनि बोक नेपाली झण्डा भन्नासाथ नेपाली झण्डा बोक्न कस्सिए । बिदेशमा नेपाली झण्डाको झन मान र शान अनि पहिचान बिछट्टै हुने गर्छ ।
बुद्धका अहिंसाका सन्देश र वाणीहरु आकर्षक तरिकाले तयार पारेका थिए कार्यवाहक राजदूत जिवनप्रकाश श्रेष्ठले । कार्यक्रममा दूतावासका सबै कर्मचारी खटिएका थिए ।
पेरिसको भूमिगत रेलवे सेवाका ढोकामा बसेर एकता समाजले बुद्ध जयन्तीबारे जानकारी भएका पम्प्लेटहरु बाँडेको थियो ।

सिड्नीमा बुद्ध जयन्ती – नक्कली कपिलबस्तुको ब्यापक बिरोध

सानु घिमिरे, सिड्नी । २५५४ औं बुद्धजयन्ती सिड्नीमा भब्यताका साथ मनाइयो । गत शनिबार बुद्ध तदर्थ समिती सिड्नी आयोजनामा संपन्न भएको कार्यक्रममा गौतम बुद्धको उपदेश, प्रेम, अंहिसा, करुणा र शांतीको बारेमा ब्यापक चर्चा भयो ।
बिपस्यना ध्यानबाट शुभारम्भ गरिएको कार्यक्रममा डा. नाबांग साम्प्तेन र हिसी न्याम्न्गेलले पबित्र बुद्ध मंत्रोच्चारण गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि न्यू साउथ वेल्स, ऑस्ट्रेलियाका लागी नेपाली महाबाणिज्यदूत महामहिम दीपक खड्काले आजको अशांत समयमा बुद्धको सन्देशलाई ब्यबहारमा लागू गर्न सके मात्र शांतीको अपेक्षा गर्न सकिने बताउनु भयो । उहाँले बुद्ध  जन्मेको देशमा जन्मेको नागरिक भनेर मात्र होइन बुद्धको सन्देशहरु ब्यबहारमा उतार्ने नागरिक भएर बिश्व समुदाय माझ चिनिनका लागि सबैलाई आव्हान गर्नु भयो । साथै उहाँले भारतले दक्षिण भारतमा बनाउदै गरेको नक्कली कपिलबस्तुलाई बुद्धको नाममा भारतले गरेको ब्यापारको संज्ञा दिदै त्यसलाई रोक्नको लागि अनुरोध गर्नु भयो ।

नेपाली आवाजले कपिलबस्तु दिवस अभियान बिषयमा गरिएको कुराकानी

कपिलबस्तु दिवस बिस्व कार्य समितिका सदस्य (अस्ट्रेलिया) सुजन न्यौपानेसंग नेपाली आवाजले कपिलबस्तु दिवस अभियान बिषयमा गरिएको कुराकानी सुन्न यहाँ क्लिक गर्नु होस ।

मलेशियामा बुद्ध जयन्ती भब्य रुपमा संपन्न

क्वालालम्पुर – यहाँस्थित बौद्ध धर्मावलम्बीहरुको संस्थाको आयोजनामा २५५४ औं बुद्ध जयन्ती भव्य रुपमा सम्पन्न भयो । शुक्रबार बिहान क्वालालम्पुर ब्रेकफिल्डस्थित बुद्ध मन्दिरमा एक बृहत समारोहबीच मलेसियाका प्रधान मन्त्री दातो महमद नाजीव विन तुन अबदुल राजक र श्रमिती दातीन रोशमा मनसोरको उपस्थितीमा समुदघाटित सो समारोहमा नेपाल लगायत दर्जनौं देशले सहभागिता जनाएका थिए । मलेसियाका तेस्रो प्रधानमन्त्री नाजिव तुन राजाकले एक मलेसियाको नारामा सबै बाँधिन र विभिन्न धर्म र जातिहरु एक्यवद्ध भएर अगाडि बढ्न आग्रह गर्नुभयो । सो समारोहलाई सम्बोधन गर्दै उहाँले सम्पूर्ण धर्मवालम्वी जातजाति र संघ-संस्थाको सहयोग पाएर नै यस्तो समारोहमा उपस्थिती हुन पाएको कुरामा खुशी व्याक्त गर्नुभयो । उहाँको उपस्थितीलाई प्रवेशद्धारबाट विभिन्न देशका झ्याकी र पुष्प गुच्छाले स्वागत गरिएको थियो ।

Interview with Ujyalo 90 Network FM Radio about KDM

To listen to the interview with Ujyalo 90 Network FM Radio about Kapilvastu Day Movement click here

भेनक्युवरमा बुद्ध जयन्ती सम्पन्न

नेपाली कल्चरल सोसाइटी अफ ब्रिटिस कोलम्बिया (NCSBC) को आयोजना र नेपाली कल्चरल हेरिटेज फाउण्डेशनका सचिव ऋषि बस्ताकोटीको विशेष सकृयतामा भेनक्युवरमा मे ३१ तारीखका दिन २५५४ औं बुद्ध जयन्ती मनाईयो। सोही दिन नेपाली कल्चरल हेरिटेज फाउण्डेशनले भेनक्युवरका सुकुम्वासीहरुलाई खाना खुवाने कार्यक्रम गरेको थियो। भेनक्युवरवाट प्रसारित हुने रेडियो हिमालले बुद्ध र लुम्बिनी सम्बन्धि विशेष कार्यक्रम प्रसारण गरेको थियो जुन http://radiohimal.com/content/saturday-may-29-2010-radio-himal-audio मा सुन्न सकिन्छ।

जापानमा वुद्ध जयन्ती संपन्न

जापानमा नेवा इण्टरनेशनल फोरुम जापान, NEFIN र तमुधिं जापानको आयोजनामा २५५४ औं बुद्ध जयन्ती तीन पटकसम्म मनाइयो ।  NIFJ र NEFIN ले कार्यक्रम मन्दिरमा आयोजना गरेकोले लामाहरुबाट पहिला पुजा गरिएको थियो र तत्पस्चात प्रबचनको कार्यक्रम भएको थियो ।  तमुधिं जापानले भने कार्यक्रम हलमा आयोजना गरेको थियो र उक्त कार्यक्रममा कपिलबस्तु दिवस अभियानका जापान संयोजक ओम गुरुङले  कपिल बस्तु अभियान, बुद्ध र लुम्बिनिको बारेमा तयार गरिएको १४ मिनेटको भिडिओ प्रिजेन्टेसन गर्नु भएको थियो जस्को अधिकांश सहभागीहरुले प्रसंशा गर्नु भएको थियो । कार्यक्रममा उपस्थिती उल्लेख्य थियो ।

कपिलवस्तु दिवस अभियान: किन, कसरी र कता?‏

By रामकुमार श्रेष्ठ

पृष्ठभूमि:
२००९ को सेप्टेम्बरको शुरुतिर अनलाइन खबर र नेपाली समाचार पत्रिकाहरुमा “भारतद्धारा नक्कली ‘कपिलबस्तु’ निर्माण” समाचार प्रकाशमा आएपछि बिभिन्न देशहरुमा छरिएर रहेका नेपालीहरु बीच ईमेल मार्फत पत्राचार हुने क्रम शुरु हुन थाल्यो यो बिषयलाई लिएर । कसैको मूल्य र मान्यता बढी भएपछि उस्लाई अनेक तवरबाट आफू अनुकूल उपयोग गर्ने स्वाभाबिक मानबीय प्रब्रिति जहाँ पनि हुन्छ र पनि त्यस्को पनि आफ्नै किसिमको सीमा हुन्छ । सबै किसिमका जाती, धर्म र समुदायमा सर्ब स्वीकार्य महामानव गौतम बुद्ध संपूर्ण विस्व नागरिकको साझा संपत्ति भएको कुरा निर्बिबाद हो र अर्को बिबाद रहित तथ्य के पनि हो भने बुद्ध जन्मदाको समयमा नेपाल तथा भारत भन्ने देशहरु नभए तापनि बुद्ध जन्मेको स्थान भने अहिलेको नेपालको लुम्बिनीमा पर्दछ भन्ने कुरा प्रमाणित भैसकेको छ र युनेस्कोले लुम्बिनिलाई बिस्व संपदा सूचिमा समाबेश पनि गरेको छ । बुद्ध बिस्वकै साझा संपत्ति भएको कारण आस्थाका आधारमा कसैले मेरो अथवा हाम्रो भन्छ/न भने त्यस्मा कसैले प्रश्न उठाइराख्नु पर्ने देखिन्न, तर उनको महानता र प्रसिद्धीका कारण क्षेत्रका आधारमा नाजायज तवरले गलत ढंगले आफ्नो भनी प्रमाणित गर्ने दुस्प्रयास गर्दै नाजायज फायदा लिनका लागि बिस्व जनमतलाई दिग्भ्रमित तुल्याउन गरिने कार्यमा भने मौन बस्नुले अरु थप नाजायज दुस्प्रयासलाई प्रोत्साहित गर्दछ । भारतले बर्षौंदेखि बुद्ध भारतमा जन्मेको भन्दै बिस्वलाई दिग्भ्रमित तुल्याउँदै आइरहेकोमा नक्कली लुम्बिनी नै समेत निर्माण गर्न करोडौं रुपयाँ समेत खर्च गरिसकेको र सन २०१२ सम्ममा आफ्नो योजना संपन्न गर्ने किसिमले युद्धस्तरमा काम गरिरहेको छ । नेपालको राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक अवस्थाका आफ्नै किसिमका कारण यस्ता गतिबिधिका बिरुद्ध कुनै आवाज नउठेको सन्दर्भमा भारतीय पक्ष र दिग्भ्रमित पश्चिमी बिद्वानहरुले छरेको भ्रमलाई चिर्नु आवश्यक थियो। राजनीतिक, आर्थिक र सामाजिक मात्र नभएर धार्मिक रुपमा समेत भारतको यस किसिमको अतिक्रमण स्वाभिमान नेपालीको लागि सह्य हुन सक्तैन । यसर्थ, हामी बीच कपिलवस्तु दिवसको रुपमा लुम्बिनी र कपिलवस्तुको प्रचार प्रसार गरिनु पर्दछ दिग्भ्रमित विस्व समुदायका बीच यथार्थ बोध गराउनका खातिर भन्ने सहमति बन्यो । उपयुक्त दिनको लागि छलफल गर्ने क्रममा मेल मार्फत बिभिन्न ब्यक्तिहरुसंग बुझ्ने क्रममा  रेडियोकर्मी राजेन्द्र शाक्यले १ डिसेम्बर उपयुक्त हुन सक्छ कि भन्ने सल्लाह दिनु भयो उपयुक्त कारण सहित र त्यसैलाई स्वीकारी तदनुरुप अगाडि बढने काम भयो । यसरी इतिहासमा पहिलो पटक डिसेम्बर १, २००९ मा कपिलबस्तु दिवस विस्व दिवसको रुपमा मनाउने निर्णय भयो । यो निर्णयले नेपालको बिकास र राष्ट्रियताको दृष्‍टिकोणले मात्र नभएर विस्व शान्तिको दृष्‍टिकोणले समेत ऐतिहासिक महत्व राख्न सक्छ ।

राष्ट्रिय स्वाधीनता र कपिलबस्तु दिवस अभियान

By हरि नेपाली [1]
केही समय अघि मात्र भारतको सीमावर्ती बजार कवाडीबाट खाने तेल ल्याउने विषयमा विवाद भएपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानहरुले नेपालभित्रै पसेर मोरङ्ग अमाही बरीयातीका ५५ बर्षीय बासुदेब शाहलाई घरमै गोली हानी हत्या गरेका छन् । त्यसैगरी हातहतियार र सुरक्षाकर्मी सहित नेपालमा छिरेकी भारतको उत्तर प्रदेशकी महिलामन्त्री विन्दया चौधरी नेपालको कुनै पनि निकायको अनुमति नलिइ तथा जानाकारी समेत नगराइ कपिलबस्तुको चन्द्रौटा आइपुगेपछि नेपाल प्रहरीले गिरफ्तार गरी भारतीय प्रहरीको जिम्मा लगाएको घटना अझै सेलाइ सकेको छैन भने बारम्बार हातहतियार सहित भारतीय सुरक्षाकमीहरु बलजफती नेपालको भूमिमा आउने क्रम अझै पनि जारी छ । अझ सीमा क्षेत्रमा रहने नेपाली बस्तीहरुमा भारतीयहरुबाट हुने भू-अतिक्रमण, लुटपाट र बलात्कारका घटनाहरु त झन प्रसस्त नै छैन । भारतको मेघालयमा नेपाली भाषीहरुमाथि त्यहाँका खासी समुदायहरुले चरम उत्पीडन अत्याचार मच्चाइरहदा र जिउँदै आगोमा हालेर हत्या गर्ने काम समेत भइरहँदा  पनि भारतीय सरकारले आन्तरिक मामिला भन्दै नेपाली भाषीमाथि भएको आक्रमणलाई प्रोत्साहन दिइरहेको छ । त्यसैगरी भारतले नेपालको कुनै पनि निकायसंग समन्वय नै नगरी एकतर्फी रुपमा कोशीको धार बदल्नको लागि पाइलट च्यानलको निर्माण कार्य पुरा गरेको जनाएको छ जसले गर्दा नेपालका सप्तरीका दर्जनौ बस्तीहरुमा बर्षायाममा डुबानको खतरा बढेर गएको छ । सीमामा भारतीय पक्षबाट भएका यी अतिक्रमणका श्रृखलाहरु त अनगिन्ती छन् नै अझ नेपाललाई आफ्नै देशको कुनै एक प्रान्तको रुपमा ब्यवहार गर्दै आएको साउथ ब्लक र दिल्ली सरकारले पछिल्लो समयमा संपूर्ण रुपमा राजनैतिक हस्तक्षेप गरि नेपालको भविष्य र समग्र शान्ति प्रक्रिया, राजनैतिक, सामाजिक तथा आर्थिक प्रगतिका विषयहरुलाई समेत संकटमा पारिदिएको छ । जुन कुरा बेलायती अन्र्तराष्ट्रिय विदेश मन्त्री अलान डङकनको नेपाल भ्रमणका क्रममा नेपालका लागी बेलायती राजदूतले भारतीय हस्तक्षेपको कारण नेपालको शान्ति प्रक्रियामा गतिरोध उत्पन्न भएको भनी दिएको रिपोर्टबाट पनि प्रमाणित हुन्छ नेपालमा कतिसम्म विस्तारवादी हस्तक्षेप भएको छ भन्ने कुरा । जसले गर्दा अलिकति पनि राष्ट्रप्रेम र देशप्रति जिम्मेवारी बोध हुने नेपाली नागरिकहरुले नेपाली राष्ट्रियता माथिको नाङ्गो भारतीय हस्तक्षेपको विरोध नगरीरहन कदापी सक्तैन ।

ताइवानमा पहिलोपटक २५५४औं बुद्ध जयन्ति भब्यताका साथ सम्पन्न

यसवर्ष ताइवानमा बस्ने नेपालीहरुले ‘कपिलबस्तु दिवस विश्व कार्य समिति र गैरआवासीय नेपाली संघ ताइवान’ को संयुक्त तत्वावधानमा पहिलो पटक बुद्ध जयन्ति धुमधाम मनाएका छन् ।
उक्त कार्यक्रमको लागि एनआरएनए ताइवानका साथीहरुको एक आयोजक तयारी समिति बनेको थियो । जसका संयोजकमा सोनाम शेर्पा र सदस्यहरुमा कपिल अधिकारी, कर्साङ लामा, विनोद डि.सी., देव गुरुंग, नरेश गुरुंग, नोनो फुर्बासोनाम शेर्पा, राजु गुरुंग र हरिकुमार श्रेष्ठ संलग्न थिए । यसको अलावा एनआरएनए ताइवानका कोषाध्यक्ष मिङमा शेर्पाको सहयोग पनि विशेष उल्लेखनीय रह्यो । कार्यक्रम २ चरणमा सम्पन्न भएको थियो ।

Buddhist Insights for Accepting and Respecting Our Emotions

By Dzogchen Ponlop Rinpoche [1]
You would certainly recognize your signature on a piece of paper, but do you know your own emotional signature? We all have one. It’s our predictable way of reacting to situations. Your friends probably recognize your emotional signature better than you do. When you get into a fight with your partner, for example, they can predict just how it will go. They know if you’re likely to slam a door, storm out of the house, or call your mother. They know if you’ll be processing the argument for days or immediately shut down and clam up. How do they know so much? They know because they’ve seen it all before. Our behavior may seem spontaneous to us, but to those who know us, we’re not too surprising.
Why don’t we pay more attention to understanding our own patterns? We may have a solid financial plan worked out that will buy us a house and pay for our kids’ college and our retirement, but we don’t give much thought to getting the most benefit out of one of the most precious resources for happiness — our emotions. Often, we just leave it to chance.

Two Buddhist Truths for the Class of 2010

By Barun Soni
I was excited to be able to address Lafayette College’s Class of 2010 on the topic of “Awakening the Buddha Within.” This very well might be the first time in Lafayette’s history that the Baccalaureate Sermon was rendered from a Buddhist perspective, so I was thankful for this unique opportunity.
The Baccalaureate Sermon has a long and proud tradition at Lafayette College. On June 16th, 1895, the Reverend Dr. John Balcom Shaw of the West End Presbyterian Church in New York delivered the Baccalaureate Sermon to graduating students there.
He asked the students, “Would you plan for yourselves a great career? Is it your desire to begin a noble life-work?” In order to do this, he advised the graduating students to: “Know Thyself!”

चीनमा भेटियो शाक्यमुनि बुद्धको हड्डी

ekantipur
ध्रुव पौडेल
चीन, अषाढ ४ –  चिनियाँ पुरातत्वविद् र बौद्धधर्म गुरुले शाक्यमुनि बुद्धको तालुको हड्डीको उत्खनन गरेका छन् ।
राजधानी बेइजिङबाट झण्डै एक हजार ५ सय किलोमिटर दक्षिणमा पर्ने च्याङ्सु प्रान्तको सदरमुकाम नानचिङमा अवस्थित छिस्या मन्दिरबाट उक्त हड्डी उत्खनन गरिएको चिनियाँ सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।
चाँदीको कफिन-प्रतिकृतिभित्र रहेको सुनको

भर्ती केन्द्र नबनोस्

ekantipur
माधव ढुंगाना
चार वर्षका निम्ति लुम्बिनी विकास कोषको सदस्यसचिव पदमा राजनीतिक नियुक्ति पाएका राजेन्द्र थापाले चार महिनामै सर्वोच्च अदालतको ढोका ढक्ढक्याउनुपर्‍यो । कारण हो, सरकारको फेरबदल भएपछि नयाँ आएका संस्कृतिमन्त्रीले उक्त पदमा आफ्नो नजिकको व्यक्तिलाई राख्न खोज्नु । कोषका उपाध्यक्ष कर्मा साङ्वो पनि सर्वोच्च अदालतकै शरण लिन बाध्य भए ।
थापा र साङ्वो मात्रै होइन, सरकार परिवर्तन हुनासाथ कोषको महत्त्वपूर्ण पदमा रहेका पदाधिकारी हटाई मन्त्रीले आफ्ना नजिकको कार्यकर्ता राख्ने परिपाटीको यस अगाडि पनि धेरै पदाधिकारी सिकार भए ।

Saturday, March 13, 2010

Lumbini

Lumbini was a beautiful amusement grove in about 7th century B.C. This horticulture spot was recreated by Koliyas of Devdaha and Sakyas of Kapilvastu. It was a place where Bodhisatwa Siddhartha Gautam put his first step on earth. The prince of the Sakya was born in Nepal in about 563 B.C. He was probably the greatest man ever to live in the Indian sub-continent in the whole of its remarkable history. He was born in orthodox Hindu family and raised accordingly and became the founder of the great religion which has spread far beyond the border of India.
According to Buddhist literature, Lumbini was addressed as Pradimoksha Vana and compared to the Chittalate Vana of lord Indra’s paradise in Heaven. Amid the cool shadow of thick Sal trees, the touch of the flowing breeze, and the fragrance of flowers and fruits, the bees of five colors hummed and people used to live with peaceful mind. This place is 22 km. west of Siddhartha Nagar and became a holy pilgrimage site after the death of Lord Buddha. Lord Buddha at his deathbed suggested his disciple Ananda to visit four places among which the first and the foremost place is Lumbini where he was born.

The Accumulate Stupa of Ramagrama

Nawalparasi is one of the most important district of Nepal from the Archaeological point of view. Besides many archaeological ruins, this district has an ancient stupa in Ramagrama, which according to many scholars is among the oldest stupa of Nepal. It is believed that this contains the relic of Buddha inside this stupa. Rama Grama is situated 5.3 km south east from Parasi, the head quarters of Nawal Parasi, south of Deurawa village, north of Billaspur, east of Ujjaini, west of Deau village and on the bank of the stream Jharahi. Considering its historical and archaeological importance the government has announced this area as Ramagram Municipality. The site is located in 830 41′ 05″ E and 270 29′ 55″ N on the height of 107 m from MSL1 .
According to Buddhist literature Sujat was the King of Saketa. He had have four sons and five daughters from his first wife. After her death the king married for second time. When the second queen gave birth to a son, she put her desire and also insisted the king to make her son the heir of the king and he must succeed the throne after the king.. Hence, the nine children of the first queen were forced to leave Saketa Kingdom.

विशिष्ट चिनारी, गर्वको अभिव्यक्ति

By ध्रुवहरि अधिकारी
‘बुद्धको जन्म लुम्बिनी नेपालमा भएको हो ।’ यी शव्दहरुको अंग्रेजी रुपान्तरण आफ्नो चिनारी कार्ड भिजिटिङ कार्ड मा छाप्ने र आफूसित परिचयमा आउने हरेक मानिसलाई त्यो कार्ड दिने डा. गोविन्दप्रसाद थापालाई धेरै नेपालीले चिन्दछन् । कतिपयले उहाँलाई प्रहरी सेवामा बहाल छँदै विद्यावारिधि गर्ने पहिलो उच्चपदस्थ अधिकृतको रुपमा हेर्दा हुन् । मैले पनि त्यही क्रममा चिनेको हो । बुद्धसित गाँसिएको देशको विशिष्ट पहिचानप्रति गर्व गर्ने र सजग रहने डा. थापाको कार्यशैली प्रशंसनीय छ ।
‘देखेको मुलुक’ का लेखक कनकमणि दीक्षितको हेराइ अलिक बेग्लै किसिमको रहेछ । लेखकको रायमा नेपाललाई बुद्ध जन्मेको देश भनेर गर्व गर्नुको खास अर्थ छैन किनभने अढाइ हजार वर्षअघि सिद्धार्थ गौतम जन्मिँदा नेपाल भन्ने राज्य नै थिएन । झट्ट सुन्दा हो पनि इतिहासको सन्दर्भमा आजको भूगोललाई नियाल्दा लेखकको कथनलाई गलत भन्न मिल्दैन । र यो तर्कसित सहमत हुने हो भने केटाकेटीलाई पढाइने बुद्धसम्बन्धी पाठ्य सामग्री फेर्नुपर्छ भन्ने लेखकको दिशा-निर्देशलाई पनि स्वीकार गर्नुपर्ने हुन्छ । लेखको आग्रह त्यस्तै छ ।

विश्वविद्यालयका पुस्तकमा बुद्धबारे भ्रामक कुरा

-  त्रिभुवन विश्वविद्यालय केन्द्रीय अंग्रेजी विभागले दोस्रो वर्षको पाठ्यपुस्तकका रूपमा राखेको चाल्र्स भान डोरेको ँअ हिस्ट्री अफ नलेज’ मा ‘बुद्ध उत्तरभारतमा जम्मेका हुन्’ भन्ने गलत सूचना राखिएको थियो । अहिले ँसस्पेन्स्सन’मा परेको छ ।
-  त्रिविको आमसञ्चार तथा पत्रकारिता विभागले स्नातकोत्तर तह दोस्रो वर्षका विद्यार्थीलाई अनिवार्य रूपमा पढाउने ँकम्युनिकेसन फर द डेभलपमेन्ट इन द थर्ड वल्र्ड’ किताबमा पनि बुद्धका विषयमा दोहोरो अर्थ लाग्ने कुरा समेटिएका छन् । ँनेपाल’ देशको कतै उल्लेख छैन ।

यी त केही उदाहरण मात्र हुन् । नेपालका विश्वविद्यालयमा पाठ्यपुस्तकका रूपमा रहेका पुस्तकमा यस्ता भ्रामक कुरा धेरै भेट्टाउन सकिन्छ । नेपाली विद्यार्थीले नेपालमै जन्मिएका गौतम बुद्धका बारेमा भ्रामक कुरा पढ्नुपरेको छ । विश्वविद्यालयले पाठ्यपुस्तकका रूपमा राखेका विदेशी लेखकका पुस्तकमा बुद्धका बारेमा भ्रामक कुरा पाइने गरेका हुन् । तर, कसैले पनि वास्तविक कुरा लेख्न भारत सरकार र भारतका बुद्धिजीवीसँग कुनै पहलसमेत गरेको छैन ।
त्रिवि केन्द्रीय अंग्रेजी विभागले दोस्रो वर्षको पाठ्यपुस्तकका रूपमा राखेको चाल्र्स भान डोरेको ‘अ हिस्ट्री अफ नलेज’ मा ‘बुद्ध उत्तरभारतमा जम्मेका हुन्’ भन्ने गलत सूचना राखिएको थियो । गत वर्ष नयाँ पत्रिकामा समाचार प्रकाशित र विद्यार्थीको विरोध भएपछि सो पुस्तक नै पढाउन छाडिएको छ । सो पुस्तक पढाइएको पनि छैन र त्यसको ठाउँमा अर्को नयाँ विषय पनि राखिएको छैन ।
त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार विषयको पाठ्यपुस्तकमा पनि बुद्धका बारेमा विद्यार्थीलाई अलमलमा पार्ने कुरा छन् । त्रिविको आमसञ्चार तथा पत्रकारिता विभागले स्नातकोत्तर तह दोस्रो वर्षका विद्यार्थीलाई अनिवार्य रूपमा पढाउने ‘कम्युनिकेसन फर द डेभलपमेन्ट इन द थर्ड वल्र्ड’ किताबमा पनि बुद्धका विषयमा दोहोरो अर्थ लाग्ने कुरा समेटिएका छन् । पृष्ठ २८८मा रहेको ‘बुद्धिजम एन्ड लिबरेसन’ शीर्षकको पाठमा बुद्धिजमको ‘ओरिजिन’ र ‘बुद्ध लिभ्ड इन एन्सियन्ट नर्थन इन्डिया’ उल्लेख छ ।
सो पुस्तकमा बुद्धिस्ट भएका देशको सूचीमा समेत नेपालको नाम उल्लेख गरिएको छैन । सो पेजको अन्तिम अनुच्छेदमा बुद्धिजमको विभिन्न क्षेत्र समेटिएको छ । विश्वभरि तीन सय मिलियन बुद्धिस्ट बस्छन् । तीनमा पनि मुख्यगरी श्रीलंका म्यानमार, लावस, क्याम्बोडिया, थाइल्यान्ड, चीन, भुटान, मंगोलिया  र जापान उल्लेख छ । तर, नेपालको नाम भने उल्लेख  गरिएको छैन ।
विद्यार्थीले सो विषयमा अनिवार्य रूपमा अध्ययन गर्नुपर्ने सय पूणर्ांक रहेको छ । सोही विषय पढाउने प्राध्यापक लालदेउसा राईले ‘स्पि्रचुआलिजम थ्योरी’मा जोड दिने भएकाले कमी-कमजोरी थाहा नपाएको बताए ।
अघिल्लो वर्ष नयाँ पत्रिकाले समाचार प्रकाशित गरेपछि त्रिवि केन्द्रीय अंग्रेजी विभागले दोस्रो वर्षको पाठ्यसामग्रीमा भएको बुद्धसम्बन्धी भ्रामक कुरालाई हटाएको थियो । चाल्र्स भान डोरेको ‘अ हिस्ट्री अफ नलेज’मा बुद्धसम्बन्धी आपत्तिजनक कुरा भएको भन्दै पढाउन थालेको दस वर्षपछि सो कुरा हटाएको थियो । सो पुस्तकमा ‘बुद्ध उत्तरभारतमा जन्मेका हुन्’ भन्ने लेखिएको छ ।

Some Relevant Article Links

NEPAL’S LUMBINI: WHERE THE BUDDHA WAS BORN

“…. Hida  Bhagavm Jateti Lumini Game“( The Lord  Buddha was born here in Lumbini Village). The full text of the inscription in English reads: “Twenty years after the coronation, Beloved-of-the-Gods, King Piyadasi (Ashok) visited this place and worshiped because here, Lord Buddha, sage of Sakyamuni was born”.[1]
By  B. K. Rana
General Background:
Lumbini, the present southwestern Nepalese Tarai, is one of the holiest Buddhist pilgrimages on the earth. Lumbini presents herself as a land of eternal peace and serenity. In fact it is a fountain of love, compassion, nonviolence and world peace also. The importance of this holiest pilgrimage is profound because Buddha was born here some 2600 years ago.
The young pregnant princess Maya Devi was on her way from Kapilvastu to Devadaha[1], her father’s home, as the time had come to deliver[2] baby Siddhartha Gautama – the future Buddha. The ‘Pradimoksha Van’ – Lumbini Garden – as so enchanting it was, she virtually could not resist ! She thought to stroll around the garden and take a bath also in ‘Pushkarini’ pond down there since the destination was not that far away. After the bath, she felt some pain in her stomach. Lo, she went into labour before reaching Devadaha! And a baby boy was born to become – the Enlightened One – the Buddha, the prince of peace, love and compassion. It was on the full moon day, Friday, Vaisakha of 623 B.C[3] .
As soon as the baby boy had entered the world, ‘he walked seven steps northwards on lotus petals; raised right hand forefinger and spoke, “Aggohamamsi Lokassa”[4] . At least two celestial figures began pouring water in his worship. In joy lotuses were thrown down from the heaven also’. This is what the Buddhist texts read and the Buddhists also believe in.

हटेका मेरो भ्रमहरु

By चन्द्र घर्ती मगर
छिमेकीहरु,
बैगुणी रैछन्
मिलेर भएन
कुल्चने रैछन्
सहेर पनि भएन
अब त,
मलाई यसरी मिल्नु छैन
थप ज्यादती सहनु पनि छैन । कपुत नेताहरु,
असक्षम रैछन्
बुइ चढाएर भएन
पत्थर रैछन्
सत्य बुझाएर पनि भएन

Saturday, February 6, 2010

Basu’s Seriousness for the Sovereignty

Usually people ignore the mistakes encountered in books or media, however; depending upon the situation, importance of the matter and the market of the source,  ignoring them could give unexpected negative results. Due to Indian activities and its strong media impact in the world, huge fraction of the world population are misinformed about the birth place of Gautam Buddha. During Kapilvastu Day programme,  when Raho Joe Bornhost – residing in France and German – was helping the programme requesting his colleagues to participate in and help to this programme, he did mistake. (Click here to see the unknowingly done mistake). For the sovereignty of the country, our intellectuals must be careful in this sort of sensitive issue.

Newsweek Editor Fareed Zakaria Apologised Tactfully

In response to an email by rana1616@gmail.com, the author of controversial book “THE POST-AMERICAN  WORLD” and the editor of Newsweek,  Fareed Zakaria apologized, but not whole heartily, for what he mentioned in page 154 of his book.
Q: I HAVE NOT READ THE BOOK – THE POST-AMERICAN WORLD BUT HAS THE WRITER WRITTEN BUDDHA BORN IN INDIA? HE SHOULD HAVE RESEARCHED BEFORE HE HAD WRITTEN SO. HAVE YOU HEARD THE BOOK HAS BEEN BURNT DOWN IN NEPAL? Fareed’s  response:
Thank you for taking the time out of your day to write to me. I understand that you were displeased by one section, particularly with my saying that “Buddha was Indian.” You rightly point out that the Buddha was born in Lumbini, in modern-day Nepal—not in India.
Please know that I meant no disrespect to Nepal, a country that I love. The Buddha was born and lived 2,500 years ago, in an age before modern-day boundaries were drawn and before the idea of a nation-state even existed. When I referred to the Buddha as “Indian” I meant it only in the geographic sense of the word, as a person hailing from the Indian subcontinent—not as a citizen of a particular state. I apologize if I offended you.
All best
Fareed Zakaria

Interview on Kapilvastu Day Movement

Some Buddha and Buddhism Related Clips

Wednesday, February 3, 2010

कपिलवस्तुको पीडा- लुम्बिनी बिनाको कपिलवस्तु र कपिलवस्तु बिनाको लुम्बिनी

*नारायणप्रसाद पौडेल


कमजोर घरको छोराले छरछिमेकमा ज्याला-मजदुरी गरेर परिवार पाल्छ। मुग्लान, अरब या कोरियातिर गई कमाइ गरेर विदेशी मुद्रा पठाउँछ र घर चलाउँछ। नेपालका गाउँघरको चलन यस्तै छ। २ हजार ५ सय वर्षपहिले एक रात अकस्मात् घर छाडेर पर्देशिएको छोराले अहिले पनि विश्वका विभिन्न देशबाट विदेशी मुद्रा पठाउँदै छ। घर चलाउन सघाउँदै छ। त्यो छोरो हो गौतम बुद्ध। उसको घर हो कपिलवस्तु। तर दुःखका साथ भन्नुपर्छ- गौतमबुद्धले पठाइदिएको त्यो रकम बीचैमा हराउँछ, कपिलवस्तुसम्म पुग्दैन। आफ्नै सन्तानले कमाएको कमाइबाट कपिलवस्तु वञ्चित छ। त्यसैले कपिलवस्तु सधैं चिन्तित र पीडित छ। कपिलवस्तुको यो चिन्ता र पीडा कसले बुझ्ने?
गौतमबुद्ध सिंगो नेपालका सन्तति हुन्; कहिल्यै नअस्ताउने एसियाका तारा हुन्; धर्मावलम्बीहरूका भगवान् हुन्; भौतिकवादीहरूका दार्शनिक हुन्; योगीहरूका गुरु हुन्; त्याग, तपस्या र समर्पणका नायक हुन्; सामाजिक न्याय र समानताका प्रतिक हुन्; सामाजिक जागरण अभियानका अभियन्ता हुन्; विश्वशान्तिका अग्रदूत र मानअधिकारका प्रणेता हुन्; अहिंसा, दया, क्षमा र करुणाका खानी हुन्। उनलाई कुनै एउटा जिल्ला, क्षेत्र र देशको सीमामा बाँध्न सकिँदैन। तर सकिँदैन भन्दैमा उनको घरलाई उजाड बनाएर उनका नाउँमा आएको रकम अन्यत्र दुरुपयोग गर्न पनि पाइँदैन।

गौतम बुद्ध संघीय राज्य

*लक्ष्मण पुरी
संविधान सभाको अवधि समाप्त हुने क्रम नजिकिदैं जाँदा नेपालमा संघीय संविधान निर्माणका बारेमा चर्को बहस शुरु भएको छ । संघीय स्वरुपको स्पष्ट खाका नकोरिदै विभिन्न दल, गुट एवं वर्गहरुले समेत संविधान निर्माण प्रभावित हुने गरी आ–आप्mनै जाति विशेषका आधारमा स्वघोषित रुपमा राज्य घोषणा समेत शुरु भैसकेको छ । बिना आधार यसरी राज्य घोषणा गर्दै जाँदा त्यसले संविधान सभाबाट मूर्त रुप पाउला नपाउला हेर्न बाँकी नै छ । राष्ट्र एवं राष्ट्रियता कुनै वर्ग वा गुटको जाति विशेषका आधारमा हुँदैंन र हुनु पनि हुँदैंन । राष्ट्र भनेको सबै वर्ग, सम्प्रदायको साझा स्थल र राष्ट्रियता भनेको ति सम्पूर्ण वर्गको साझा पहिचान हो । यसलाई जाति, वर्ग, धर्म वा नश्लका आधारमा परिभाषित गर्नु एक्काइसौं शताब्दीमा पनि बाह्रौं शताब्दीतिर समाजलाई डो-याउनु होइन र ?
विश्वव्यापीकरण, बढ्दो सूचना सञ्जाल, आर्थिक अन्तरनिर्भरता एवं विनिमय, सामाजिक–सांस्कृतिक विनिमयका कारण क्रमशः समाजबाट विभिन्न नश्ल, गुट, जातिहरु बीचमा सह–सम्बन्ध, पारस्परिक सहयोग एवं सदभाव बढ्दै गएको र विभिन्न धार्मिक, जातिगत एवं रंगभेदबाट मुक्त हुँदै आर्थिक–सामाजिक विकास तर्फ अगाढि बढिरहेको र सारा विश्वले नै आफुलाई खुला रुपमा प्रस्तुत गर्दै सबैलाई स्वतन्त्र रुपमा उदार आवागमन र बसाईंसराईंको सुविधाका कारण पुरातन रुपमा रहेको सीमानाहरुको पाबन्द नै संकटमा पर्दै गएको वर्तमान समयमा नेपाल भने पुनः अग्रगमनका नाममा जातिवादी राज्य कायम गर्दै पश्चगामी मार्गमा अगाडि बढ्दै छ । यसले देशको ऐतिहासिक महत्व, पहिचान र गौरवलाई नै संकटमा पार्दै नेपाली वीर योद्धाहरुका कारण आजसम्म अक्षुण्ण रुपमा रहेको देशको स्वाधिनता, सार्वभौमिकता, अखण्डता र अस्तित्व नै खतरामा पर्ने खतरनाक प्रवृत्तितर्फ बढ्दैछ ।

लुम्बिनी : विकासको काममा विनास

संसारका पौने दुई अर्ब बुद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल, अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्र, ऐतिहासिक, पुरातात्त्विक एवं सांस्कृतिक विश्वसम्पदा लुम्बिनी अहिले फेरि चर्चामा छ । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा चीन सरकारले आठ अर्वको लगानीमा विभिन्न विकास निर्माणका काम गर्ने भएपछि यसरी चर्चामा आएको हो । हालसम्म लुम्बिनीको विकासका लागि अर्बाैंको लगानी पनि भित्रिएको छ । सो लगानी सत्तापक्षद्वारा विपक्षीलाई मातदिन गरिने आमसभा, तारेहोटलका सेमिनार, भत्ता र भोज-भतेरमै सकिने गरेको छ । सम्बन्धित देशले आफैँ बनाएका स्तूप, चैत्य, बिहार, गुम्बा, पुस्तकालय र मन्दिरबाहेक सबैलाई देखाउन सकिने अन्य संरचना तयार गर्न भएको छैन । २० वर्षअघि सम्पन्न हुनुपर्ने गुरुयोजनाका आधा काम पनि पूरा भएका छैनन्, जसले हाम्रो दक्षता, कार्यक्षमता र विश्वसनीयतामा शंका जन्माएको छ, दाताको मन कुँडाएको छ । एकीकृत र योजनाबद्ध विकासमा भ्रम पैदा गरेको छ । कपिलवस्तु र रामग्रामलाई ओझेलमा पारेको छ । दुःखका साथ भन्नुपर्छ- अन्तर्राष्ट्रिय तीर्थस्थलको विकासमा पनि दलीय राजनीतिको ग्रहण लाग्दा प्रगतिको उकालो चढ्नुपर्ने वेलामा पनि बर्सेनि ओरालो झरेको छ ।
सन् १९६७ मा संयुक्त राष्ट्रसंघका महासचिव ऊ थान्तको लुम्बिनी भ्रमणपछि उनकै पहलमा एसियाका १५ देश सम्मिलित लुम्बिनी विकास समिति गठन गरियो । राष्ट्रसंघ मातहतको सो समितिको आग्रहमा सन् १९७८ मा जापानी वास्तुकलाविद् प्रो. केन्जो टाँगेले लुम्बिनी विकास गुरुयोजना तयार पारे । उक्त योजना सफल पार्न ज्ञानेन्द्रको अध्यक्षतामा लुम्बिनी विकास कोषको स्थापना गरियो । कोषको स्थापनासँगै विदेशी रकमको ओइरिने र पहिरो जाने क्रम पनि दोहोरियो । कोष पञ्चायतकालमा पञ्च र बहुदलपछि सत्ताधारी दलको कार्यकर्ता भर्तीकेन्द्र बन्यो । र, विकासको काममा विनासलीला थालियो । सरकारी सुविधाविना, आप\mनै मानो खाएर लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्रामका लागि अहोरात्र खट्नेहरूलाई अवमूल्यन गरियो ।

बुद्धजन्मस्थलबारे जकरियाको भ्रामक सन्देश

फरिद जकरिया सुपरिचित अमेरिकी लेखक तथा राजनीतिक विश्लेषक हुन् । अमेरिकाबाट प्रकाशित हुने न्यूजवीक साप्ताहिकका सम्पादक, अन्तराष्ट्रिय गतिविधिका नियमित लेखक तथा अमेरिकी टेलिभिजन च्यानल सीएनएनका संचालक पनि ।
जकरियाले धेरै किताब लेखेका छन् । ती मध्ये स्वतन्त्रताको भविष्य (The Future of Freedom) सर्वाधिक बिक्री हुने किताब मध्ये एक हो । नोवल शान्ति पुरस्कार विजेता हेनरी किसिन्जर लगायतले उक्त पुस्तकको मुक्तकण्ठलेे प्रशंसा गरेपछि उनको कद ह्वात्तै बढ्यो ।
मैले केही समय पहिले उनको पछिल्लो पुस्तक अमेरिका पछिको विश्व  (The Post American World) भन्ने पुस्तक प्रकाशित हुंदैछ भन्ने विज्ञापन पढेको थिएं र त्यो किताव प्रति मेरो लगाव बढेको थियो । एक दिन एक जना कुटनीतिक नियोगमा काम गर्ने मित्रसित ठमेलको कफी हाउसमा भेट भयो । अध्यक्ष क. प्रचण्डको हालैको चीन भ्रमण बारे समीक्षा भयो ।  नेपालको भारत र चीन सितको कुटनीतिक सम्बन्ध कस्तो हुनु पर्ला भन्नेबारे पनि कुरा भयो । कुरा तन्किदै गयो । एशिया र विश्वकै आर्थिक राजनीतिक भविष्यबारे केहिबेर छलफल भयो ।

नक्कली लुम्बिनी, नक्कली कपिलवस्तु (लुम्बिनी र कपिलवस्तुमाथि भारतीय अतिक्रमण)

By राज श्रेष्ठ
कीर्तिपुर, काठमाडौ, rajshrestha2002@hotmail.com

लुम्बिनी र कपिलवस्तुको इतिहासमा १ डिसेम्बर १८९६ को दिनले विशेष महत्व राख्दछ। यो दिन डा. ए. फुहरर्ले लुम्बिनीमा अशोक स्तम्भको प्रमाणिकरण गर्नुभएको थियो। यस स्तम्भमा ब्राम्ही लिपि, पाली भाषामा कुँदिएको ‘हिद बुध जाते शाक्यमुनिति’ अर्थात ‘शाक्यमुनी बुद्धको जन्म यहाँ भएको हो’ भन्ने वाक्यांशले तथागत्को जन्म लुम्बिनीमा भएको हो भनी निर्क्यौल गरिएको थियो। अशोक स्तम्भमा कुँदिएको शिलालेखको आधारमा भगवान् बुद्धको जन्मस्थल लुम्बिनीको पहिचान गरिएको एक शताव्दीभन्दा केही वर्ष भैसकेको छ तापनि भारतीय सञ्चार माध्यम र भारत सरकारबाट बेलाबखत भगवान् बुद्ध भारतमा जन्मिएको हुन भन्ने प्रचार प्रसार रोकिएको छैन। भारतीय प्रचार अभियानको एउटा उदाहरण हेरौं।
बौद्ध धर्मावलम्बीहरूको पवित्र स्थलमध्ये एक, भगवान् बुद्धको जन्मस्थल, लुम्बिनीमा भारतको राष्ट्रिय गान बज्ने रहेछ भन्ने समाचार काठमाडौं उपत्यकामा प्रसारण हुने इमेज न्यूज एफ.एमले पुष ६ गते साँझ प्रसारण गरेको छ। उक्त रेडियो रिपोर्ट अनुसार बौद्ध धर्मावलम्बी पर्यटकहरू भारतको बाटो हुँदै लुम्बिनी भ्रमण गर्न आउँदा भारतीय पथप्रदर्शकहरूले लुम्बिनी भारतीय भूमि हो भन्दै भारतको राष्ट्रिय गान सुनाइदो रहेछ। लुम्बिनीलाई भारतीय भूमि मान्दै ती बौद्ध धर्मावलम्बी श्रद्धापूर्वक भारतको राष्ट्रिय गान गाउने गर्दा रहेछन्। अशोक स्तम्भ अगाडि सम्मानपूर्वक भारतको राष्ट्रिय गान गाइंदा पनि यो भारतीय भूमि होइन, नेपाली भूमि हो भन्ने आँट लुम्बिनी विकास कोषका पदाधिकारीहरूले गर्न सक्दा रहेनछन्।

कपिलवस्तु दिवस र मेरो अनुभव

*भानु पौड्याल*
सन २००९ संसारभरी छरिएर रहेका नेपालीहरुले मातृभूमिको सम्मान र संरक्षणमा एकिकृत रुपले कार्यक्रमहरु गर्ने थालनीका हिसावले महत्वपूर्ण रह्यो। ईतिहासमा पहिलो पल्ट बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुले दाङ जिल्ला लगायतका सीमा क्षेत्रहरुमा भारतीय सीमा शसस्त्र बलले गरेको ठाडो हस्तक्षेपको र नेपालका आन्तरिक मामलामा निरन्तर बढिरहेको बिदेशी हस्तक्षेपको बिरोधमा जुन १५ लाई बिश्व बिरोध दिवसका रुपमा मनाए। यस प्रकृयाले भूमण्डलका बिभिन्न कुनामा समाहित देशभक्त नेपालीहरुलाई एकजुट गराउने काम गर्‍यो। हामीले एउटा कार्यक्रम सफल गर्दैमा समस्याहरु सकिनेवाला थिएनन्। भारतीय शासक बर्गले लुम्बिनीको आधिकारिकतामाथि प्रश्न चिह्न उठाइरहेका घटनाहरु जिबितै थिए। भारतीय शासक बर्ग र दिग्भ्रमित पश्चिमी बिद्वानहरुले छरेको भ्रमलाई चिर्नु आवश्यक थियो। यसर्थ, हामी बीच कपिलवस्तु दिवसको रुपमा लुम्बिनी र कपिलवस्तुको प्रचार प्रसार गरिनु पर्दछ भन्ने सहमति बन्यो। त्यसैको प्रतिफलको रुपमा डिसेम्बर १ लाई कपिलवस्तु दिबस घोषणा गर्ने र बिश्वभरी प्रचारात्मक कार्यक्रमहरु गरी कपिलवस्तु दिवस मनाईयो।
कपिलवस्तु दिवस मनाउनुको पछाडि मूलत: ३ वटा कारणहरु थिए। पहिलो, नेपाली राष्ट्रियता सर्वाधिक कमजोर भएको वर्तमान परिप्रेक्षमा शाक्यमुनी बुद्धलाई नेपाली राष्ट्रिय एकताको प्रतिकको रुपमा स्थापित गर्न प्रयास गर्ने। दोश्रो, नेपाली राष्ट्रियताका अमूल्य निधि बुद्धको जन्मस्थललाई संसार भरी नै अरु बढी चिनाउने र यस स्थान माथिको नेपाली सार्वभौमिकतालाई मजबुत बनाउने। यस प्रकृयाले भारतीय शासक बर्गले छरेका भ्रमहरुलाई चिर्न सघाउ पुर्‍याउने कुरा निश्चित थियो। र तेस्रो, नेपाली जनमानसमा राष्ट्रियता र राष्ट्रिय गौरवलाई प्रतिस्थापित गर्ने। कपिलवस्तु दिवसको सफलताले हामी आफ्ना तीनवटै उद्देश्यमा केही हदसम्न सफल रह्यौं।

बुद्धको देशमा बौद्ध धर्मावलम्बीको दुर्दशा

By नेपाल बौद्ध महासंघ 
विश्वमा नेपाललाई गौतम बुद्धको देश भनेर लिए तापनि गत दुइ सय ४० वर्षता बौद्ध धर्मको उत्थान, संरक्षण र सम्बर्धनमा खासै उपलब्धि हासिल गर्न सकेन । यसमा मुख्य कारण अदूरदर्शी राजनीतिक प्रणाली रहेको देखिन्छ । साधारणतया बौद्ध धर्मलाई सधैं दमन गरिएको छ र विशेष गरी केही समय यता र्सवजन हितायको महत्त्व बोकेको महायान बौद्ध धर्मलाई सुनियोजित रूपमा ध्वस्त पार्ने योजना भएको देखिन्छ । नेपाल एक धर्म निरपेक्ष संघीय गणतन्त्र राष्ट्र घोषणा भएको दुइ वर्ष बितिसक्दा पनि राज्यको तर्फबाट आम धर्मवलम्बीहरूलाई त्यसको अनुभूति दिलाउन सकेको छैन । बौद्ध धर्मको अहिंसावादी सिद्धान्त आज विश्वमा शान्ति स्थापना गर्न र द्वन्द्व समाधानको माध्यम बनेको छ । संपूर्ण बौद्धमार्गीहरू शान्ति स्थापना, भ्रातृत्वको विकाससँगै रचनात्मक समाजको विकास गर्न सधैं लागिपरेका छन् ।
तर, केही महिना यता बुद्ध जन्मेको देशमा बौद्ध विद्यालयको रूपमा स्थापित गुम्बाहरूका विरुद्धमा केही सञ्चार माध्यमहरू लागिपरेको देखिएको छ भने अर्कोतिर बुद्धको अनुयायी भिक्षु-भिक्षुणीलाई प्रहरीले अनावश्यक दुःख पनि दिँदै आएको छ । बौद्ध धर्मसँग असम्बन्धित केही व्यक्तिहरूले बौद्ध गुम्बाहरूको विरुद्ध भ्रामक, तथ्यहीन वक्तव्य दिने र त्यसैको आसपासमा रहेर राष्ट्रिय अनुसन्धान विभागले पनि झुटो, आधारहीन रिर्पोट तयार गरी गृह मन्त्रालयलाई बुझाउने अनि त्यसलाई पत्रिका मार्फत प्रकाशित गर्ने जस्ता अति निन्दनीय कार्य गराएको छ । बौद्ध गुम्बाहरूलाई अति संवेदनशील, संवेदनशील र अनुगमन गर्नुपर्ने सूचीमा सूचीकृत गरी यी गुम्बाहरूमा हातहतियार भण्डारण गर्ने गरेको र ‘स्वतन्त्र तिब्बतको गतिविधि’ समेत सञ्चालन गरेको भन्ने मिथ्या र भ्रामक आरोप लगाइरहेका छन् । नेपालमा राजनीतिक परिवर्तनका साथसाथै बौद्ध धर्मलाई दमन गर्ने नीति पनि बदलिरहन्छ । राज्य पक्षको बौद्धहरूलाई हेर्ने दृष्टिकोणमा पटक्कै बद्लाव आएको छैन । नेपालका भिक्षु-भिक्षुणीहरूलाई आङ्खनो धार्मिक वस्त्र लगाएर हिँड्डुल गर्नमा समेत रोक लगाउने प्रयास भएको छ । यस सम्बन्धमा पहिले पनि प्रेस विज्ञप्ति र ज्ञापनपत्रमा नेपालका बौद्ध गुम्बाहरूलाई ’तिब्बत गतिविधि’सँग जोडेर बौद्ध धर्मलाई सखाप पार्ने षड्यन्त्र नगर्न अनुरोध गरिएको थियो ।

कपिलवस्तु दिवसमा मेरो दिन चर्या


१ डिसेम्बर २००९ आजको दिनलाई मैले आफ्नो नियमित कामधन्दालाई एकातिर पन्छाएर कपिलवस्तु दिवसको प्रचार प्रसारमा सरिक हुनको लागि छुट्याएको थिएँ । औपचारिक रुपमा कार्यक्रम लान नसके पनि मैले केही साथीहरुको सहयोगमा कपिलवस्तु दिवसको लागि तयार गरिएको लोगो र यो दिनको सम्झनामा वितरणको लागि तयार गरिएको लेखहरु, जुन मैले www.worldamity.wordpress.com बाट डाउनलोड गरेको थिएँ, र मैले आफैले तयार गरेको दुई लेख समेत केही प्रति फोटोकपि गरी वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी नेपालभाषा केन्द्रीय विभागका अध्यक्ष प्रेमशान्ति तुलाधर र अन्य गण्यमान्य व्यक्तित्वहरु ( उहाँहरुको नाम सम्झन सकिनं) लाई अनौपचारिक रुपमा हस्तान्तरण गरें । उहाँहरु नेपालभाषा एकेडेमी कीर्तिपुरमा पुस्तक विमोचन कार्यक्रममा पाल्नुभएको थियो र मैले यही मौकाको उपयोग गरेको थिएँ । मैले  केही साथीहरुलाई औपचारिक कार्यक्रम नै आयोजना गर्न सकिन्छ कि भनेर सहयोग पनि मागेको थिएँ केही दिन अगावै । तर साथीहरुबाट भने जस्तो सहयोग पाउन नसकेको कारणले औपचारिक कार्यक्रम गर्ने सपना अधुरै रह्यो । श्रद्धेय रामकुमार श्रेष्ठज्यूबाट पनि ईमेलमा मलाई कुनै औपचारिक कार्यक्रम छ भने कही प्रस्तावित गरिएको छ भने सूचना उपलब्ध गराउन भन्नु भएको थियो
By राज श्रेष्ठ, किर्तिपुर
आजै नेपाल टुरिज्म बोर्डमा आइटिसम्बन्धि वरिष्ठ अधिकृत श्री समिर वज्राचार्यजीलाई पुस्तिका हस्तान्तरण गरेँ । उहाँले केही दिन अगाडि नै थाहा पाउन सकेको भए केही प्रोमोशनल पनि गर्न सकिन्थ्यो कि भन्नुभयो र बोर्डको वेवसाइटमा सामाग्री राख्न कोशिस गर्नेछु भन्नु भयो । केही दिन अघि नै उहाँलाई जानकारी गराउनु पर्ने मौका गुम्न गयो भन्ने लाग्यो । त्यसपछि काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयमा पाठकहरुले पढुन भनेर केही पुस्तिका छोड्ने विचारले म भृकुटीमण्डपतिर लागेँ । आज विहानदेखि फेसबुक अपडेट गर्न नपाएको र झन आजै कपिलवस्तु दिवसमा साथीहरुलाई सामाग्री अपलोड गर्न भ्याइनभ्याइ होला भन्ने विचार लिई ठमेलमा साथी शालिकराम डंगोलकहाँ साइबरमा पसें । फेसबुकमा कपिलवस्तु दिवसलाई विशेष महत्वका साथ सार्थीहरुले पोस्टिङ् गरिरहेको देखेर मनभित्र असीम शान्तिको अनुभव भयो । महिनौं अगाडिदेखि श्रद्धेय रामकुमार सर, कविताराम सर लगायत अन्य साथीहरुबाट अथक रुपमा गरिएको प्रयासले लाग्यो कपिलवस्तु साँचिक्कै सजीव भएर उठेको छ र आफ्नो अस्तित्व यस संसारमा पुनः प्रमाणित भएको यो दिनमा सयकडौं नेपाली आत्माहरुको अभिवादन स्वीकार्दै यो हिमालय फेदीमा अजर अमर भएर स्थापित भएको छ । अपूर्व सन्तुष्टीको अनुभव गर्दै केही पोस्टिङ् मैले पनि गरेँ । समय बितेको पत्तै नपाइने २ घण्टा भन्दा बढी फेसबुक ब्लग मै हराइरहेँ ।

कपिलवस्तु: प्रकाश मुनिको अँध्यारो

(सन्दर्भःकपिलवस्तु दिवस)
By लक्ष्मण पुरी
मोतिपुर–४, कपिलवस्तु ।
नेपालको पश्चिमाञ्चल विकास क्षेत्र, लुम्बिनी अञ्चल अन्तर्गत रहेको कपिलवस्तु जिल्ला भगवान गौतम बुद्धको जन्मस्थलको रुपमा रहेको तथ्य विदितै छ । इशापूर्व ५६३ मा राजा शुद्धोधन र माता मायादेवीको कोखबाट तत्कालिन शाक्य गणराज्य (आजको कपिलवस्तु)मा सिद्दार्थ गौतमको जन्म भएको थियो । जसले गर्दा पनि यसले ठूलो ऐतिहासिक महत्व बोकेको छ ।
नेपालको कूल क्षेत्रफलको १७३८ वर्ग मि. मा फैलिएको यस जिल्लाको पूर्व तर्फ रुपन्देही, उत्तर तर्फ अर्घाखाँची, पश्चिम तर्फ दाङ र भारतको उत्तर प्रदेश तथा दक्षिण तर्फ भारतको उत्तर प्रदेश रहेको छ । सन् २००१ को जनगणना अनुसार करिब ४ लाख ८१ हजार रहेको छ । मधेसी समुदायको बाहुल्य रहेता पनि यहाँ मिश्रित बसोबास रहिआएको छ । करिब १९.४ प्रतिशत मुसलमान, १२.६ प्रतिशत थारु समुदाय, ९.२ प्रतिशत यादव समुदाय तथा करिब ८.४ प्रतिशत पहाडी ब्राम्हणहरुको मुख्य बसोबास रहेपनि अन्य विविध जातजातिको समेत बसोबास रहदैं आएको छ । अवधि, भोजपुरी, थारु एवं नेपाली मुख्य भाषा रहेको यस क्षेत्रको कृषि नै प्रमुख पेशा रहदैं आएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गसँग प्रत्यक्ष जोडिएको भएपनि मानव विकास प्रतिवेदन अनुसार यो जिल्ला जीवनस्तरका रुपमा निकै दयनीय र पिछडिएको अवस्थामा रहेको छ । विश्व सम्पदा सूचीमा समेत सूचीकृत “लुम्बिनी” अन्तर्गतको यस ऐतिहासिक जिल्लाको जीवनस्तरलाई विश्लेषण गर्दा गौतम बुद्धको प्रकाश मुनिको अँध्यारोका रुपमा चित्रित गर्न सकिन्छ ।
इस्वी सन् १८९६ डिसेम्बर १ तारिखका दिन एकजना जर्मन आर्कियोलोजिस्ट डा. एन्टोन फुहररले सर्वप्रथम अशोक स्तम्भ पत्ता लगाई बुद्धको जन्मस्थल कपिलवस्तु भएको दावी गरेको र आजसम्म पनि सोही स्तम्भ नै प्रमाणको रुपमा रहेकाले डिसेम्बर १ तारिखलाई कपिलवस्तु दिवसका रुपमा विश्वव्यापी रुपमा मनाउन थालिएको हो ।

कलमकर्मी र संचारकर्मीहरुमा बिशेष अनुरोध

(सन्दर्भ: कपिलबस्तु दिबस)
By रामकुमार श्रेष्ठ
आज समय यसो निकालेर फेसबुक सर्सर्ती यात्रा गरें कपिलबस्तु दिबसको हालखबर बुझ्न । केही साथीहरु खुब भिडेको देखें, मेरा केही बिदेशी मित्रहरु नेपाली मित्रहरुभन्दा बढी लागेको देखेर खुशी र दु:ख एकै साथ लाग्यो । खुशी यस अर्थमा कि केही बिदेशी साथीहरु हाम्रो कार्यक्रममा कसरी सहयोग गर्न सकिन्छ भनेर सोधी सोधी आ-आफ्ना साथीहरुलाई समेत यस कार्यक्रममा सहभागी बनाउन तल्लिन छन अनि दु:ख यस अर्थमा कि कतिपय नेपाली मित्रहरु यस किसिमको कार्यक्रमलाई महत्वहीन ठानी रहेछन । यत्ति गर्दैमा के लछारपाटो लगाउन सकिन्छ र भन्ने मानसिकतामा होलान शायद अथबा फेसबुकको आफ्नो दैनिक दिनचर्या जसरी चलिरहेछ त्यस्मा ब्यबधान किन ल्याउने भन्ने सोंचमा होलान । जे होस समुद्रको अस्तित्वको आधार भनेकै पानीको थोपा थोपा हो भन्ने कुरालाई राम्ररी सबैले बुझिदिए समस्या समस्याको रुपमा रहन सक्तैन थियो  ।

सन्दर्भ: कपिलवस्तु दिवस (१ डिसेम्बर २००९ )

By राज श्रेष्ठ, कीर्तिपुर
संसारभर अध्ययन र विभिन्न कामको सिलसिलामा विदेश पुगेका नेपालीहरुले आपुनो मातृभूमिलाई चिनाउन सक्दो योगदान दिने गरेकाछन् । नेपाललाई विश्व सामु परिचित गर्दा उनीहरुले मूलतः आपुनो देशलाई भगवान् गौतम वुद्ध जन्मेको देश र संसारको सबैभन्दा उच्च पर्वत सगरमाथाको देश भनेर परिचय दिने गरेकाछन् । तर उनीहरु त्यतिबेला अचम्भित र दुःखी हुन्छन् जुनबेला विदेशी साथीहरुले भगवान् वुद्ध त भारतमा जन्मेका हुन् भनेर आपुूहरुले पढने गरेको सुनाउँछन् । निश्चय पनि करीब २५५० वर्ष अगाडि यस उपमहाद्विपमा थुप्रै स्वतन्त्र गणराज्यहरुको अस्तित्व थियो । तर आधुनिक राजनीतिक सिमाङ्कनबाट भगवान् गौतम वुद्धको जन्मस्थल र प्राचीन कपिलवस्तु नेपालको सिमा भित्र रहेको पुष्टि भइसक्दा पनि अन्तरराष्ट्रिय जगतमा धेरै विदेशीहरुलाई यी पवित्रस्थलहरु भारतीय भूमि भित्र पर्छन भन्ने भ्रम रहन गएको छ । यसै भ्रमलाई निवारण गर्न विदेशमा रहेका नेपाली देशभक्तहरुको एक समूहले भगवान् वुद्धको जन्मस्थल कपिलवस्तुलाई संसारभर चिनाउन र उहाँका मानवतावादी शान्ति सन्देशलाई विश्वभर फैलाउन १ डिसेम्बर २००९ का दिनलाई अन्तरराष्ट्रिय कपिलवस्तु दिवसको रुपमा मनाउने निर्णय गरेकाछन् ।
१ डिसेम्बर १८९६ का दिन जर्मन पुरातत्वविद् डा।फुहरर्ले लुम्बिनीमा अशोक स्तम्भको प्रमाणिकरण गरेका थिए । पत्ता लगाइएको अशोक स्तम्भमा भगवान् वुद्धको जन्म यही लुम्बिनीग्राममा भएको हो भनेर उल्लेख गरिएको छ । अशोक स्तम्भ पत्ता लागेको सो दिनको सम्झनामा विदेशस्थित नेपाली राजदूतावासमा कार्यक्रम आयोजना गरिने भएको छ भने नेपालमा पनि स्थानीय स्तरमा कार्यक्रमको आयोजना गरिने भएको छ । कार्यक्रमलाई सफल बनाउन र अधिक भन्दा अधिक सहभागिता बढाउन प्रचार प्रसारमा अत्याधुनिक प्रविधि इन्टरनेटको प्रयोग व्यापक रुपमा गरिएको छ । एउटै सामाजिक साजाल फेसबुकमा आवद्ध फेसबुक प्रयोगकर्ता माझ कार्यक्रमले व्यापकता पाएको छ । भगवान् वुद्धसँग सम्बन्धित सामाग्रीहरु कपिलवस्तुसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्विक तथ्यहरु र १ डिसेम्बर २००९ का दिन मनाइने अन्तरराष्ट्रिय कपिलवस्तु दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमहरु र सो दिवसलाई सफल बनाउन भए गरेका प्रयासहरु इन्टरनेटका सामाजिक साजाल फेसबुक ट्विटर ब्लग वेवसाइटहरुमा प्रशस्तै राखिएका छन् । उदाहरणको लागि धधध।धयचमिबुष्तथ।धयचमउचभकक।अयु हेर्न हुन ।
सन् २०११ लाई नेपालले पर्यटन वर्षको रुपमा मनाउने सन्दर्भमा समेत विदेशस्थित राजदूतावास मार्पुत कपिलवस्तु दिवसको रुपमा कार्यक्रम संचालनले विदेशी पर्यटक माझ कपिलवस्तु भ्रमणलाई प्रोत्साहन गर्न योगदान दिनेछ भन्ने विश्वास गर्न सकिन्छ । यस कार्यक्रमलाई अझ प्रभावकारी बनाउन आपुनो स्तरबाट सक्दो सहयोग गर्न हुन र जुनसुकै किसिमबाट भएपनि सहभागिता जनाउन हुन सम्पूर्ण स्वदेश तथा विदेशमा रहेका देशभक्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक आव्हान गर्दछौं ।

कपिलवस्तुमाथि भारतीय दावी र नेपाली विरोध

कपिलवस्तु दिवस (१ डिसेम्बर २००९ )सन्दर्भमा
By राज श्रेष्ठ, कीर्तिपुर काठमाडौ
१ डिसेम्बर १८९६ का दिन डा। फुहररले लुम्बिनीमा अशोक स्तम्भको प्रमाणिकरण गर्नुभएको थियो । अशोकस्तम्भमा भएको शिलालेखको आधारमा भगवान् वुद्धको जन्मस्थल लुम्बिनीको पहिचान गरिएको एक शताव्दी भन्दा केही वर्ष भईसक्दा पनि भारतीय साचार माध्यम र भारत सरकारबाट बेलाबखत भगवान् वुद्ध भारतीय हुन भन्ने प्रचार रोकिएको छैन । यसै सन्दर्भमा यो ऐतिहासिक दिनको सम्झनामा अध्ययन र विभिन्न कामको सिलसिलामा विदेश पुगेका नेपालीहरुले संसारभर एकै साथ १ डिसेम्बर २००९ लाई कपिलवस्तु दिवसको रुपमा स्थानीय स्तरमा र इन्टरनेट प्रविधिका सामाजिक साजाल फेसबुक ट्विटर ब्लग र वेवसाइट मार्पुत विभिन्न कार्यक्रम गरी मनाउने निधो गरेकाछन् । सोही सन्दर्भमा भगवान वुद्धको जन्मस्थल र प्राचिन कपिलवस्तुको अवस्थितिको बारेमा भारतीय पक्षबाट गरिएको दावी र नेपालको पक्षमा रहेका ऐतिहासिक तथ्यहरुलाई केलाउने कोशिस मैले गरेको छु ।
भगवान् वुद्धको जन्मस्थल प्राचीन कपिलवस्तुको राजधानी आधुनिक नेपालको तिलौराकोट नै हो भन्ने आधारहरु प्रशस्तै छन् । चीनिया पदयात्री तथा वौद्ध भिक्ष्ाहरु फाहियान र हुयानसाङ्ग कपिलवस्तुको भ्रमणमा आउँदाको उनीहरुको यात्रा वर्णनबाट कपिलवस्तुको भौगोलिक अवस्थिति र लुम्बिनीबाट कपिलवस्तुको राजधानीको दूरीको बारेमा थाहा हुन्छ ।  उनीहरुले कपिलवस्तुबाट हिमालयको हिमश्रृंखलाहरु स्पष्ट देख्न सकिने र यो भागिरथी नदीको किनारा मै अवस्थित छ भनेर दूरी समेत किटान गरी लेखेकाछन् । आधुनिक तिलौराकोटको अवस्थिति यहाँबाट स्पष्ट देखिने हिमश्रृंखला र बाणगंगा नदीको किनारामा रहेको हुँदा चिनिया यात्रीहरुले वर्णन गरेको कपिलवस्तु सोह्रै आना यही हो भन्ने पुरातत्वविद्हरुको ठहर छ । यहाँ भएका उत्खनन कार्यहरुमा भारतीय पुरातत्वविद् पि। सि। मुखर्जीबाट उन्नाइसौं शताव्दीको अन्त्यतिर प्राप्त भएको प्रमाणहरु प्राचीन दरवारका भग्नावशेषहरु र नेपाल सरकार पुरातत्व विभाग र रिस्शो विश्वविद्यालय जापानबाट संयुक्त रुपमा गरिएको उत्खनन्बाट प्राप्त प्रमाणहरुबाट समेत निश्चित रुपमा तिलौराकोट नै प्राचीन कपिलवस्तु हो भन्ने प्रमाणित भइसकेको छ ।
तर पुरातात्विक पृष्ठभूमिमा आधारित ऐतिहासिक तथ्यलाई बँग्याई भारतीय पक्षले उत्तरप्रदेशको पिपरहवालाई प्राचीन कपिलवस्तु हो भन्ने दावी गर्दै आएको छ । भारतीय दावीमा भारतीय पुरातत्वविद् के एम श्रीवास्तवबाट उत्खनन गरिएको पिपरहवा क्षेत्रमा पाइएको भनिएको भगवान् वुद्धको अस्थिधातु रहेको स्तुप र भग्नावशेष संरचनालाई राजा सुद्धोदनको दरवारको रुपमा प्रस्तुत गरिएको छ । उत्तरप्रदेश सरकारले पिपरहवामा पाइएको भग्नावशेषलाई प्राचीन दरवारको स्वरुप दिन निर्माणकार्य समेत गरिएको छ । पिपरहवामा ुराजा सुद्धोदनको दरवारु ुभगवान वुद्धले २९ वर्ष बिताएको स्थलु भनेर ठूला ठूला बोर्ड टाँगिएको छ । उत्तरप्रदेशको नौगढ जिल्लालाई कपिलवस्तु नामाकरण गरिएको छ भने केही स्थानलाई सिद्धार्थ जनपथको नाम दिइएको छ । उत्तरप्रदेश टुरिज्म डिपार्टमेन्टले २९ डिसेम्बर देखि ३१ डिसेम्बर सम्म कपिलवस्तु वुद्ध महोत्सव भनेर मनाइरहेको छ । यसरी भारतीय पक्षले सुनियोजित रुपमा पिपरहवालाई प्राचीन कपिलवस्तु प्रमाणित गर्न खोजिरहेको छ । भगवान् वुद्धको जन्म भारतमा भएको हो र प्राचीन कपिलवस्तु आधुनिक उत्तरप्रदेशको पिपरहवा हो भनेर अन्तरराष्ट्रिय स्तरमा भारतले प्रचार प्रसार गरिरहेको छ ।
भारतीय दावी कति झुठो छ भन्ने कुरा हामी श्रीलंकाली विव्दान प्रो।पेरेराको भनाईबाट थाहा पाउँछौ । प्रो। पेरेरा भन्नुहुन्छ कि प्राचीन कपिलवस्तुको खोजीकार्य उत्तरप्रदेशको पिपरहवामा भगवान् वुद्धको अस्थिधातु रहेको स्तुप पत्ता लागेपछि तिव्र रुपमा बढेको हो । शुरुमा पिपरहवालाई नै केन्द्रमा राखेर अनुसन्धान कार्य अगाडि बढाइएको थियो । तर राजा सुद्धोदनको दरवार भनिएको भवनका भग्नावशेषहरु पछि निर्माण गरिएका नयाँ संरचना भएको पत्ता लाग्यो । त्यसपछि पुरातत्वविद्हरुले नेपालको तिलौराकोटमा उत्खनन शुरु गरे र यहाँ उनीहरुले दरवारका भग्नावशेषहरुको साथै अन्य प्रमाणहरु प्राप्त गरे र तिलौराकोट नै प्राचीन कपिलवस्तु भएको प्रमाणित भयो । पिपरहवामा पाइएको भग्नावशेष वास्तवमा एक प्राचीन वौद्ध विहार मात्रै हो भन्नेमा पुरातत्वविद्हरु सहमत भए ।
यसको साथै अन्य प्रमाणको आधारमा तिलौराकोट वरपर ६२ पुरातात्विक महत्वका स्थानहरुको पहिचान गरिएको छ । प्रमुख स्थानहरुको कुरा गर्दा कुदान तिलौराकोटबाट ४।५ कि।मी। दक्षिण जहाँ भगवान वुद्धले आपुना पिता सुद्धोदनलाई वुद्धत्व प्राप्त भएपछि प्रथम पटक भेटेका थिए क्रकुछन्द वुद्धको जन्म तथा परिनिर्वाणस्थल गोटिहवा तौलिहवाबाट ३ कि।मी। दक्षिणपश्चिम कनकमुनी वुद्धको जन्म तथा वुद्धत्व प्राप्तिस्थल निग्लिहवा तौलिहवाको ७ कि।मी। उत्तर शाक्यहरुको सामुहिक वधस्थल सगरहवा कनकमुनी वुद्धसँग सम्बन्धित औरराकोट तौलिहवाको १० कि।मी। उत्तरपूर्व भगवान वुद्धको मावलीघर देवदह लुम्बिनीको ५४ कि।मी। पूर्व र रामग्राम जहाँ भगवान वुद्धको अस्थिधातु रहेको स्तुप छ आदि स्थानहरु तिलौराकोटको आसपासकै क्षेत्रमा रहेकाछन् । भारतीयहरुले दावी गरेको पिपरहवा वरपर वौद्ध साहित्यमा वर्णन गरिएका प्राचीन कपिलवस्तु वरपर हुनुपर्ने यस्ता पुरातात्विक स्थलहरु कुनैको पनि अस्तित्व रहेका छैनन् । यसको ठिक विपरित तिलौराकोटमा उक्त स्थलहरुको किटानकासाथ पहिचान गरिएबाट तिलौराकोट नै प्राचीन कपिलवस्तुको राजधानी हो भन्ने प्रमाणित हुन्छ ।
Email: rajshrestha2002@hotmail.com
Website: http://www.rajshrestha2002.wordpress.com

वुद्द नेपालमा जन्मेका हुन भारतमा होइन, सिमा अतिक्रमण वन्द गराऔ राष्ट्रियता वचाऔ !

By सन्तोष न्यैपाने, वेल्जियम
विश्वभर शान्तिको विगुल फुक्ने शान्तिका अग्रदुत गौतम बुद्ध नेपालको कपिलवस्तुमा जन्मेको सर्वविदितै छ । गौतम बुद्ध नेपालका एक इश्वर मात्र होइनन विश्वमा बौद्ध धर्म मान्ने सबैका एक साझा इश्वर हुन ।
हाम्रो देश नेपाल शान्तिप्रिय पुन्य भूमी गौतम वुद्दको देश जसलाई सिंगो नेपालको एकिकरणकर्ता पृथ्वी नारायण शाहले चार वर्ण छत्तिस जातको साझा फुलवारीको उपमा देएका थिए । हो यही साझा फुलवारीको पूर्व, पश्चिम र दक्षिणी भागबाट भारत र उत्तरतर्फ चीन गरी दुई ठूला ठूला मुलुकहर रहेका छन् अर्थात नेपाल दुइ ढुंगाबीचको तरुलको रुपमा सदैव पिल्सिएर रहेको छ । उत्तरी मित्रराष्ट्र चीन जुन वौद्द धर्मको वाहुल्य रहेको देश मानिन्छ उसबाट नेपाललाई त्यति बाधा अथवा कुनै पनि हस्तक्षेप नगरिएको सिंगो इतिहाँस नै साँक्षी छ तर पूर्व, पश्चिम र दक्षिण तिनतिरबाट वन्दक वनाईरहेको कथित मित्रराष्ट्र भारतले आफ्नो विस्तारवादी निती अनुरुप हाम्रो देशको सम्पूर्ण क्षेत्रमा हस्तक्षेप गर्दै आइरहेको छ । पूर्व मेचिदेखि पश्चिम महाकालिसम्मका सिमानाहरुमा आक्रमण गर्दै दिन प्रतिदिन हस्तक्षेप गर्दै आएको छ । त्यसको अलावा राजनैतिक हस्तक्षेप, खुल्ला सिमाको कारण हुने अनेकौ डकैति, चोरी, पैठारीहरु त भइरहेकै र पचाइरहेकै कुराहरु थिए तर अहिले आएर धार्मिक रुपमा पनि हस्तक्षेप गर्ने दाउँ खेलिरहेको छ । अनि बुद्ध भारतमा जन्मेको भनेर दाबि गर्न थालिसकेको छ । कथित हिन्दि फिल्म चाँदनी चौक टू चाइनामा उसले सम्पूर्ण रुपमा वुद्दलाई भारतमा जन्माइरहेको दुस्साहस गरेको छ । उक्त फिल्म नेपाली सेन्सर वोर्डले व्यान्ड पनि गरेको थियो र अनेकौ विराधाभाष नाराहरु पनि लगाइएको थियो ।
त्यस्तै पछिल्लो समयमा आएर भारतले कपिलवस्तु जिल्ला नजिकै आफ्नो क्षेत्रमा कपिलवस्तु ठाउँ नामाकरण गरेर गौतम बुद्ध भारतमा जन्मेको प्रमाणित गर्नको लागि दुरुस्तै स्थानको निर्माण गर्दैछ भन्ने कुरा संचार माध्यममा आएको छ । यो सरासर नेपालको सार्वभौमसत्तामाथि विदेशी हस्तक्षेप गरेको हो । तथापि नेपालका नेताहरुलाई चासो त छदै छैन साथै हामी युवा वर्गमा पनि चासो कम हुदै गएको छ जुन एकदम दुर्भाग्यपूर्ण कुरा हो ।
यसै सन्दर्भमा हामी सम्पूर्ण प्रवासी नेपाली दाजुभाइहरुले आ-आफ्नो ठाउँबाट देशको राष्ट्रियता बचाउनको लागि यहि डिस्मेवर १ तारिख को दिन विश्वभरि कपिलवस्तु दिवस मनाउन लागिएको छ । बुद्ध नेपालमै जन्मेका हुन भनेर विदेशीहरुलाई जानकारी दिनु र प्रवासबाट भए पनि हामी वफादार नेपालीहरुले भारतमाथि खबरदारी गर्नको लागि यो कार्यक्रम गर्न लागिएको हो । भारतले गर्दै आइरहेको नेपाली भूमि अतिक्रमणबारे जानकारी र खबरदारी गर्न यो दिवसले थप सहयोग गर्ने छ ।
यसको कार्यक्रम स्वरुप अस्ट्रेलियामा पहिलो कार्यक्रम गरिएको छ । तसर्थ सम्पूर्ण प्रवासी नेपाली दाजुभाई दिदिबहिनीहरुले आफ्नो तर्फबाट समुह, संघ संगठन वा अरु विभिन्न राष्ट्र प्रेमी नेपाली हरुले यो दिवस मनाइ स्वदेशको स्वाधिनता र स्वाभिमानलाइ बचाइराख्न अग्रसर रहनुहोला ।
अन्तमा राष्ट्र हामि सबैको हो तसर्थ सबै मिलि विदेशी हस्तक्षेपबाट मातृभूमी जोगाइ राख्न अग्रसर रहौ ।
बुद्ध नेपाली हुन भारतीय होइनन विश्वभरि रहेका नागरिक लाई यो कुराको जानकारी गराऔ ।
नेपालको भूमिमाथि भइरहेको अतिक्रमण र धर्म अतिक्रमण को विरुद्ध मा प्रवासबाट भारतलाई खबरदारि गरौ
र डिसेम्बर १ तारिखको दिन कपिलवस्तु दिवस मनाऔ