Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Wednesday, February 3, 2010

वुद्द नेपालमा जन्मेका हुन भारतमा होइन, सिमा अतिक्रमण वन्द गराऔ राष्ट्रियता वचाऔ !

By सन्तोष न्यैपाने, वेल्जियम
विश्वभर शान्तिको विगुल फुक्ने शान्तिका अग्रदुत गौतम बुद्ध नेपालको कपिलवस्तुमा जन्मेको सर्वविदितै छ । गौतम बुद्ध नेपालका एक इश्वर मात्र होइनन विश्वमा बौद्ध धर्म मान्ने सबैका एक साझा इश्वर हुन ।
हाम्रो देश नेपाल शान्तिप्रिय पुन्य भूमी गौतम वुद्दको देश जसलाई सिंगो नेपालको एकिकरणकर्ता पृथ्वी नारायण शाहले चार वर्ण छत्तिस जातको साझा फुलवारीको उपमा देएका थिए । हो यही साझा फुलवारीको पूर्व, पश्चिम र दक्षिणी भागबाट भारत र उत्तरतर्फ चीन गरी दुई ठूला ठूला मुलुकहर रहेका छन् अर्थात नेपाल दुइ ढुंगाबीचको तरुलको रुपमा सदैव पिल्सिएर रहेको छ । उत्तरी मित्रराष्ट्र चीन जुन वौद्द धर्मको वाहुल्य रहेको देश मानिन्छ उसबाट नेपाललाई त्यति बाधा अथवा कुनै पनि हस्तक्षेप नगरिएको सिंगो इतिहाँस नै साँक्षी छ तर पूर्व, पश्चिम र दक्षिण तिनतिरबाट वन्दक वनाईरहेको कथित मित्रराष्ट्र भारतले आफ्नो विस्तारवादी निती अनुरुप हाम्रो देशको सम्पूर्ण क्षेत्रमा हस्तक्षेप गर्दै आइरहेको छ । पूर्व मेचिदेखि पश्चिम महाकालिसम्मका सिमानाहरुमा आक्रमण गर्दै दिन प्रतिदिन हस्तक्षेप गर्दै आएको छ । त्यसको अलावा राजनैतिक हस्तक्षेप, खुल्ला सिमाको कारण हुने अनेकौ डकैति, चोरी, पैठारीहरु त भइरहेकै र पचाइरहेकै कुराहरु थिए तर अहिले आएर धार्मिक रुपमा पनि हस्तक्षेप गर्ने दाउँ खेलिरहेको छ । अनि बुद्ध भारतमा जन्मेको भनेर दाबि गर्न थालिसकेको छ । कथित हिन्दि फिल्म चाँदनी चौक टू चाइनामा उसले सम्पूर्ण रुपमा वुद्दलाई भारतमा जन्माइरहेको दुस्साहस गरेको छ । उक्त फिल्म नेपाली सेन्सर वोर्डले व्यान्ड पनि गरेको थियो र अनेकौ विराधाभाष नाराहरु पनि लगाइएको थियो ।
त्यस्तै पछिल्लो समयमा आएर भारतले कपिलवस्तु जिल्ला नजिकै आफ्नो क्षेत्रमा कपिलवस्तु ठाउँ नामाकरण गरेर गौतम बुद्ध भारतमा जन्मेको प्रमाणित गर्नको लागि दुरुस्तै स्थानको निर्माण गर्दैछ भन्ने कुरा संचार माध्यममा आएको छ । यो सरासर नेपालको सार्वभौमसत्तामाथि विदेशी हस्तक्षेप गरेको हो । तथापि नेपालका नेताहरुलाई चासो त छदै छैन साथै हामी युवा वर्गमा पनि चासो कम हुदै गएको छ जुन एकदम दुर्भाग्यपूर्ण कुरा हो ।
यसै सन्दर्भमा हामी सम्पूर्ण प्रवासी नेपाली दाजुभाइहरुले आ-आफ्नो ठाउँबाट देशको राष्ट्रियता बचाउनको लागि यहि डिस्मेवर १ तारिख को दिन विश्वभरि कपिलवस्तु दिवस मनाउन लागिएको छ । बुद्ध नेपालमै जन्मेका हुन भनेर विदेशीहरुलाई जानकारी दिनु र प्रवासबाट भए पनि हामी वफादार नेपालीहरुले भारतमाथि खबरदारी गर्नको लागि यो कार्यक्रम गर्न लागिएको हो । भारतले गर्दै आइरहेको नेपाली भूमि अतिक्रमणबारे जानकारी र खबरदारी गर्न यो दिवसले थप सहयोग गर्ने छ ।
यसको कार्यक्रम स्वरुप अस्ट्रेलियामा पहिलो कार्यक्रम गरिएको छ । तसर्थ सम्पूर्ण प्रवासी नेपाली दाजुभाई दिदिबहिनीहरुले आफ्नो तर्फबाट समुह, संघ संगठन वा अरु विभिन्न राष्ट्र प्रेमी नेपाली हरुले यो दिवस मनाइ स्वदेशको स्वाधिनता र स्वाभिमानलाइ बचाइराख्न अग्रसर रहनुहोला ।
अन्तमा राष्ट्र हामि सबैको हो तसर्थ सबै मिलि विदेशी हस्तक्षेपबाट मातृभूमी जोगाइ राख्न अग्रसर रहौ ।
बुद्ध नेपाली हुन भारतीय होइनन विश्वभरि रहेका नागरिक लाई यो कुराको जानकारी गराऔ ।
नेपालको भूमिमाथि भइरहेको अतिक्रमण र धर्म अतिक्रमण को विरुद्ध मा प्रवासबाट भारतलाई खबरदारि गरौ
र डिसेम्बर १ तारिखको दिन कपिलवस्तु दिवस मनाऔ

No comments: