Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Sunday, September 15, 2013

वुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रम निस्तेज पार्ने काम नयाँ चरणमा

सबैभन्दा महत्वपूर्ण उपलब्धी र भावी रणनीति: बिभिन्न देशको पाठ्य पुस्तकमा नै वुद्धको जन्मस्थल भारत लेखिएकोले करोडौं मानिसले त्यही पढ्ने हुनाले उनीहरुद्धारा सिर्जित कुनै पनि गतिबिधिमा त्यस्को प्रभाव पर्नु स्वाभाबिकै हो तापनि यो कुनियत भने होइन । जाकारीयालाई धेरै दबाब दिंदा पनि आत्मालोचना नगर्नु, ब्रिटिश म्युजियममा डा सोना दत्तको काम, नक्कली लुम्बिनी निर्माण आदि भने कुनियत हुन । यसरी ठूला ठूला बिभिन्न समस्या हुँदाहुँदै पनि समस्याको जरो भनेकै बिभिन्न देशको पाठ्य पुस्तकमा भएको गलत जानकारी भएकोले अभियानको तर्फबाट तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई कुटनितिक नियोग मार्फत बिभिन्न देशको पाठ्य पुस्तकमा भएको वुद्ध जन्मस्थल बिषयमा भएको गल्ती सच्याउन पर्ने कुरामा जोड दिंदै ज्ञापन पत्र बुझाईएको थियो । त्यसैले कोरियाका लागि तात्कालिन राजदूत कमल प्रशाद कोइरालाले त्यहाँको राष्ट्रपतिलाई गर्नु भएको आग्रहपस्चात त्यहाँको सरकारले पाठ्य पुस्तकमा सच्याउने जुन निर्णय गरेको छ त्यो अभियानको लागि कोसेढुंगा हो र अब अन्य देशमा यही कार्यलाई निरन्तरता दिन सकियो भने यो विस्वब्यापी समस्या समाधान कार्य समस्या हुनेछैन ।   
प्रमाणित गर्ने नभएर सिर्जित दिग्भ्रम निस्तेज पार्ने हाम्रो दायित्व: “वुद्ध नेपालमा जन्मनु भएको प्रमाणित गर्ने काम कहाँ पुग्यो?” जस्तो प्रश्न यदाकदा आउने गर्छन् । वुद्धBuddh new logo नेपालमा जन्मनु भएको प्रमाणित भैसकेको छ । त्यसैले युनेस्कोले लुम्बिनीलाई विस्व संपदा सूचिमा पारेको र जापानले युनेस्को मार्फत पाँच बर्षे परियोजना शुरु गरेको हो भने प्रो केन्जो टांगे र प्रो क्वाकले लुम्बिनीको गुरु योजना तयार पारेका हुन वुद्ध जन्मस्थल बिकास गर्ने हेतुले र यी दुबै गुरु योजना राष्ट्र संघ आन्तर्गतकै काम हुन । हाम्रो मौनता र कम्जोरीको फायदा उठाएर शक्तिको भरमा वुद्धको बिस्वब्यापी महत्वका कारण त्यसबाट लालायितहरुले गलत कुरालाई सही जस्तो देखिने गरी वुद्ध भारतमा जन्मेको भन्ने किसिमले बिभिन्न देशको पाठ्य पुस्तक, ठूला ठूला संग्रहालयहरु, प्रभाबशाली अन्तरास्ट्रिय संस्थाहरु एबं पत्रिकाहरु, नक्कली लुम्बिनी र कपिलवस्तु आदि मार्फत दिग्भ्रमलाई विस्वब्यापी बनाउने जुन काम भएको छ यस्ले नेपालको राष्ट्रियता कम्जोर बनाउने र नतमस्तक हुनु पर्ने अवस्था मात्रै सिर्जना भएको छैन, यस्ले वुद्धप्रति आस्थाबानहरु बुद्ध जन्मस्थल जान चाहनेहरु कि त झुक्किएर कि त झुक्याइएर वर्षेनी हजारौंको संख्यामा नक्कली लुम्बिनी पुग्ने पुर्याइने कामले उनीहरुको मानबाधिकार हनन हुने र उनीहरुको आस्थामा कुठाराघात पुर्याइने काम जस्तो जघन्य आपराधिक काम बुद्धकै नाममा भैराखेकोले सिर्जित दिग्भ्रम निस्तेज पार्दै यी सबै आपराधिक काम रोकथाम गरी भैराखेको विस्व माबाधिकार हनन समाधान कार्यमा योगदान दिनु पनि हो हाम्रो अस्तित्व र प्रतिस्ठालाई धुमिल हुन नदिने काम गर्दै ।
 By रामकुमार श्रेष्ठ
बिशेष अनुरोध: ठूला ग्रुप मेलहरुका कारण यो मेल पाँच हजारभन्दा बढीमा पुग्ने भएको र यो जानकारी दिने प्रयोजनका लागि लेखिएकोले लेख्नै पर्ने नीतिगत कुरामा बाहेक “Reply all” नगरिदिनु हुन बिशेष अनुरोध । फर्किने केही मेलहरुका कारण संधै जस्तै “Reply” भन्दा पनि बरु छुट्टै मेल गर्नु भयो भने मेल प्राप्ती कार्य सहज हुनेछ । मूलत: लुम्बिनी-कपिलवस्तु दिवस अभियानको पाँचौं वार्षिकी तयारी, र अहिलेसम्मका मूलभूत उपलब्धिहरुको समिक्षात्मक बिस्लेषण र भावी दिनका प्राथमिकतामा केन्द्रित यो ईमेल केही लामो भएको र यस्मा केही महत्वपूर्ण जानकारीका लिंकहरु समेत राखिएको पूर्व जानकारी गराइन्छ । (Target groups: Political leaders, Diplomatic missions, Movement activists, NRN activists, intellectuals, journalists and public)
१ अभियानको पाँचौं वार्षिकोत्सब का कार्यक्रमहरु: वुद्धको विस्वब्यापी महत्वका कारण लालायितहरुद्धारा नेपालको कम्जोरीको फायदा उठाएर शक्तिका भरमा वुद्ध जन्मस्थल बिषयमा सिर्जना गरिएको विस्वब्यापी दिग्भ्रमलाई निस्तेज पार्ने उद्धेस्यका साथ सूत्रपात भएको लुम्बिनी-कपिलवस्तु दिवस अभियानले छोटो समयमा महत्वपूर्ण उपलब्धिहरु हासिल गर्दै पाँचौ बर्ष प्रबेषको अबसरमा आगामी डिसेम्बर १ मा बिभिन्न देशमा बिशेष रुपमा कार्यक्रम मनाउने तयारीमा छ तपसिलका कार्यक्रमहरुलाई समेटेर:

Thursday, September 5, 2013

गायक प्रमोद खरेल लुम्बिनी-कपिलवस्तु दिवस अभियानका नयाँ सांस्कृतिक दूत

Posted by Ram Kumar Shrestha on August 19, 2013
Pramod Kharel Ambassador1
१७ अगस्ट, २०१३ साइप्रस हल मेलबर्न । आज यहाँ आयोजित प्रमोद खरेल संगितिक सांझ कार्यक्रममा चर्चित युवा गायक प्रमोद खरेललाई लुम्बिनी-कपिलवस्तु दिवस अभियानको नयाँ सांस्कृतिक दूतको रुपमा नियुक्त गरिएको छ । सांस्कृतिक दूतको प्रमाण-पत्र हस्तान्तरण गर्दै लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले नेपालीको पहिचान र गौरब कायम गर्दै सत्यको प्रतिरक्षाका खातिर अभियान जुन उद्धेस्यका लागि संघर्षरत छ त्यस्को लागि हरेक ब्यक्तिले आ-आफ्नो क्षमता, स्तर, रुची अनुसार योगदान दिन सक्ने भएकोले चर्चित युवा गायक प्रमोद खरेललाई अभियानको सांस्कृतिक दूत बनाएपछि उहाँले बिभिन्न देशमा आफ्नो सांगितिक यात्राको क्रममा अभियानको उद्धेस्य प्राप्ती कार्यलाई थप जिम्मेवारीको रुपमा लिनु हुने कुरामा अभियान बिस्वस्त रहेको बताउनु भयो ।

Wednesday, September 4, 2013

Lumbini-Kapilvastu Day Movement’s 18th National Committee, Norway formed

Dr. Krishna Aryal Bergen, 2 September 2013
With the ground reality that Lumbini in Nepal is the birth place of Gautam Buddha, aiming to clarify the confusion among world community and rectify wrong information printed about the Buddha’s birthplace in many text books and religious books wherever in the world, and be supportive to the development, expansion and protection of Lumbini in Nepal, the Lumbini – Kapilvastu global movement started from 1stDecember 2009, with a purpose to spread the real message that Buddha was born in Nepal by encouraging every Nepali to publicise the reality and rise the national dignity, the 18th National Committee Norway of Lumbini – Kapilvastu Day  Global Movement has been formed with a provision to include more advisors if necessary, for now with  2 advisors  and 11 coordinators in the presence of Europe advisor Mr. Damodar Prasad Acharya.
Norway committee
Opening the possibility as necessary to expand the committee later, the 11 member National Movement Committee in Norway consists of following coordinators: