Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Monday, December 31, 2012

लुम्बिनीमा बिँड तात्यो, ताप्के तातेन


रामकुमार श्रेष्ठ
विश्वव्यापी महत्वको लुम्बिनी
विश्वमा झन्डै पचास करोड बुद्धिस्ट छन् भने बुद्धिज्मलाई धर्मभन्दा पनि बिज्ञानको रुपमा मान्नेहरु पनि लाखौं भएकाले लुम्बिनीमा पर्यटनको लागि उपयुक्त बातावरण सिर्जना गर्न सकिएको खण्डमा बर्षेनी लाखौं पर्यटक भित्र्याएर करोडौं डलर आम्दानी गर्न सकिने देखिन्छ जुन नेपालको बिकासमा कायापलट ल्याउन सहायकसिद्ध हुन सक्छ ।
लुम्बिनी शान्ति सहर बनाउने गुरुयोजना तयार गर्न लामो समयदेखि ब्यस्त थुप्रै इन्जिनियरिङ्ग परियोजना व्यवस्थापनसंग सम्बन्धित जर्नलहरुको संपादक मण्डलमा कार्यरत एबं इन्जिनियरिङ्ग परियोजना व्यवस्थापनमा अन्तराष्ट्रिय ख्याती प्राप्त प्राध्यापक क्वाक वार्षिक एक लाख पर्यटक एक दिनका लागि लुम्बिनीमा आउनेलाई बढाएर हरेक वर्ष ६ लाख पर्यटक लुम्बिनीमा ल्याउने र उनीहरूलाई १५ दिन बस्ने संरचना बनाउने लक्ष प्राप्तीका लागि कार्यरत छन ।
बुद्धको यही विश्वव्यापी महत्वबाट लालायित भएर नेपालको बिबिध कम्जोरीको फाइदा उठाउँदै शक्तिका भरमा संपूर्ण विश्व मान्यता बिपरीत करोडौं खर्च गरेर नक्कली लुम्बिनी र कपिलवस्तु नै निर्माण कार्यका जुटेर झन्डै अन्तिम चरणमा पुगेको भारत जनस्तरमा नै भए पनि आजको इन्टरनेटको जमानामा सामाजिक सन्जाल एबं बिभिन्न किसिमबाट गरिएका ब्यापक बिरोधका कारण बुद्ध भारतमा जन्मिएको भन्ने दुस्प्रयास धरायासी हुन सक्ने र नैतिकताको प्रश्नको संभावनालाई ध्यानमा राखी बुद्धले ध्यान र ज्ञान प्राप्त गरेको कुरालाई आधार मानी बुद्ध भारतमा जन्मिएको कुरालाई ब्यापक रुपमा अगाडि बढाउन अग्रसर भएको देखिन्छ ।
के गर्दैछ भारत ?
२०११ को जुनमा बौद्ध इतिहास र संस्कृतिबारे अन्तर्राष्ट्रिय अभियान सञ्चालन गर्ने क्रममा भारतीय दूतावासले भारत, चीन, जापान, मंगोलिया, म्यानमार, नेपाल, सिंगापुर, दक्षिण कोरिया र भियतनामका अध्येता सहभागी गराएर बेइजिङमा आयोजना गरेको बुद्धिज्मः म्यापिङ एसियाज हिस्ट्री एन्ड कल्चर’ विषयमा भएको कार्यक्रम मार्फत गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ओझेल पार्ने गरी भारतले बोधगयालाई बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय केन्द्र बनाउने अभियान तीब्र पार्यो । भारतलाई अन्तर्राष्ट्रिय बौद्ध केन्द्र बनाउने अभियान अन्तर्गत कजाकिस्तान, हंगेरी, इन्डोनेसिया, थाइल्यान्ड, दक्षिण कोरिया, सिंगापुर, कम्बोडिया, श्रीलंका, नेपाल, भियतनाम लगायतका देशमा यस अघि नै कार्यक्रम गरिसकेको कांग्रेस आइका विदेश विभाग प्रमुख करण सिंह निर्देशक रहेको भारतको सांस्कृतिक कुटनीति हेर्ने संस्था इन्डियन काउन्सिल फर कल्चर रिलेसन्स् (आइसिसिआर) र पेकिङ युनिभर्सिटीसँग मिलेर बेइजिङस्थित भारतीय दूतावासले एसिया क्षेत्रीय स्तरको उक्त कार्यक्रम आयोजना गरेका थिए ।

Sunday, December 23, 2012

Indian International Film Festival Misinforming Buddha Birthplace


Buddha
In an Indian International Film Festival in Florida, Tampa Bay, USA from Feb 15-17, 2013 the organizer is going to show 36 minutes video documentary about the Buddha Birth Place claiming that Buddha was born in Orrisa, India. Buddha is synonym to truthfulness. Sometimes artists, sometimes writers and even sometimes diplomats are raising unnecessary issues threatening neighbors’ sovereignty. In the 21st century we must be civilized and not like in Stone Age. We must respect others’ identity. Even to protect truthfulness we must raise our voice to stop that film show.
Unlike ·  ·  · Share · Edit

Indian International Film Festival Misinforming Buddha Birthplace


Buddha
In an Indian International Film Festival in Florida, Tampa Bay, USA from Feb 15-17, 2013 the organizer is going to show 36 minutes video documentary about the Buddha Birth Place claiming that Buddha was born in Orrisa, India. Buddha is synonym to truthfulness. Sometimes artists, sometimes writers and even sometimes diplomats are raising unnecessary issues threatening neighbors’ sovereignty. In the 21st century we must be civilized and not like in Stone Age. We must respect others’ identity. Even to protect truthfulness we must raise our voice to stop that film show.
Unlike ·  ·  · Share · Edit

Indian International Film Festival Misinforming Buddha Birthplace


Buddha
In an Indian International Film Festival in Florida, Tampa Bay, USA from Feb 15-17, 2013 the organizer is going to show 36 minutes video documentary about the Buddha Birth Place claiming that Buddha was born in Orrisa, India. Buddha is synonym to truthfulness. Sometimes artists, sometimes writers and even sometimes diplomats are raising unnecessary issues threatening neighbors’ sovereignty. In the 21st century we must be civilized and not like in Stone Age. We must respect others’ identity. Even to protect truthfulness we must raise our voice to stop that film show.
Unlike ·  ·  · Share · Edit

Buddha
In an Indian International Film Festival in Florida, Tampa Bay, USA from Feb 15-17, 2013 the organizer is going to show 36 minutes video documentary about the Buddha Birth Place claiming that Buddha was born in Orrisa, India. Buddha is synonym to truthfulness. Sometimes artists, sometimes writers and even sometimes diplomats are raising unnecessary issues threatening neighbors’ sovereignty. In the 21st century we must be civilized and not like in Stone Age. We must respect others’ identity. Even to protect truthfulness we must raise our voice to stop that film show.
Unlike ·  ·  · Share · Edit

Saturday, December 22, 2012

हरि श्रेष्ठको आहवान बिश्वशन्ति -२०१२


Hari Hongkong

२० डिसेम्बर २०१२, हङकङ : जेम्स म्युजिकग्रुप हङकङ समुहको आयोजनामा हङकङ स्थित प्रदिद्द बौद्ध गुम्बा "बिग बुद्ध" स्थित खुल्ला प्राङगणमा बिश्वशन्ति पूजाको साथमा संगित कार्यक्रम सम्पन्न गरेको छ । बुद्ध नेपालमा जन्मेका हुन् भन्ने ब्यानरको अगाडी उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा लुम्बिनि भ्रमण बर्ष २०१२को पनि ब्यापक प्रचार प्रचार गरिएको थियो । गुम्बाहरूका गुरुहरूबाट संयुक्तरूपमा बिश्वशान्ति बौद्ध पूजाको साथमा प्रसाद तथा बिबिध संगित कार्यक्रमहरू सहित सम्पन्न भएको हो ।

कार्यक्रमको दोस्रो चरणमा आयोजित साँस्कृतिक कार्यक्रमको लागि हङकङका कलाकारहरूको बेजोड प्रस्तुति तथा संगितटोली जेम्स म्युजिकग्रुप हङकङ समुहको अध्यक्ष हङकङमा रहेर नेपाली कला र संस्कृतिको जगेर्ना गर्दै आएका वरिष्ठ तवला बादक हरि श्रेष्ठले आफ्नो संगितटोली जेम्स म्युजिकग्रुप हङकङ समूहले तवलाको फ्यूजन संगित श्रोता समक्ष प्रस्तुत गरेका थिए । हरि श्रेष्ठको दोस्रो प्रस्तुती नेवारी समुदायमा प्रचिलित ‘धिमा’नेवारी बाजाको संगित उपस्थित दर्शकबृन्दमाझ पस्केका थिए । प्रख्यात गायक गणेश पराजुलीले‘बुद्ध भजन प्रस्तुत गरेका थिए ।

Friday, December 21, 2012

लुम्बिनी-कपिलवस्तु दिवस अभियानको पन्ध्रौं राष्ट्रिय समिति स्विटजरल्याण्डमा


logoमूलत: भारतले नक्कली लुम्बिनी र नक्कली कपिलवस्तु निर्माण कार्य करीब असी प्रतिशत सम्पन्न गर्दा समेत नेपालका तर्फबाट भने सोswitzerland_country_map बिषयमा कुनै पनि क्षेत्र र तहबाट आवाज नउठाइएको कारण जे जस्तो रुपमा भए पनि जनस्तरबाट आवाज उठाइनु पर्छ भन्ने मान्यता अनुरुप शुरु भएको कपिलवस्तु दिवस अभियानले स्पेन, बेल्जियम, वेलायत, क्यानडा, न्यूजिल्याण्ड, ताईवान, डेनमार्क, नेपाल र अस्ट्रेलिया गरी नौ देशमा राष्ट्रिय समिति र नेपालमा पत्रकार, पर्यटन ब्यबसायीका छुट्टा छुट्टै र लुम्बिनी क्षेत्रमा स्थानीय समितिहरु गठन गर्दै आफ्ना आवाजहरुलाई बिभिन्न रुपमा विस्वब्यापी बनाउँदै आएको छ ।

अभियानले आफ्नो तेश्रो बार्षिकी मनाउने क्रममा लुम्बिनी क्षेत्रको बिकासमा देखा परेका बिभिन्न सकारात्मक गतिबिधि र संकेतहरुले गर्दा अभियानको नाममा लुम्बिनी शब्द कुनै न कुनै किसिमले जोडनका लागि आएका धेरै शुभ चिन्तकहरुको सुझाबलाई ध्यानमा राखेर अभियानको बिस्व कार्य समितिको निर्णयानुसार अभियानको नाम “लुम्बिनी-कपिलवस्तु दिवस अभियान” मा परिवर्तन गरिएको जानकारी १ डिसेम्बर २०११ मा नेपालमा मन्त्रीहरु, पूर्व मन्त्रीहरु, सांसदहरु र थुप्रै राष्ट्रिय स्तरका ब्यक्तिहरुको उपस्थितिमा पूर्व प्रधानमंत्री एबं वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक पुष्प कमल दाहाल प्रचन्डको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले वेलायतबाटै दिनु भएको मन्तब्य मार्फत आधिकारिक घोषणा गरिएको थियो । नामका कारण यो अभियान कपिलवस्तुकै सीमाभित्रै मात्र सीमित थिएन र कपिलवस्तुलाई पनि ब्यापक रुपमा प्रचार प्रसार गरेर बुद्धले आफ्नो जीवनको २९ बर्ष ब्यतित गर्नु भएको महत्वपूर्ण ठाउँलाई पनि यूनेस्कोको विस्व संपदा सूचिमा पार्न भूमिका निर्बाह गर्न सकिन्थ्यो कि भन्ने पनि अभियानको चाहना हो । यसरी नाम परिवर्तन गरिएपस्चात मलेशिया, कम्बोडिया, भियतनाम, जर्मन र इजरायलमा राष्ट्रिय समिति र जर्मनीको म्युन्स्टर र अस्ट्रेलियाको भिक्टोरियामा क्षेत्रीय समितिहरु गठनहरु गठन गर्दै अभियानको विस्वब्यापी सन्जाल अगाडि बढाइरहेकोमा अभियानको आफ्नो पन्ध्रौं राष्ट्रिय समिति अभियानको चौथो बार्षिकीकै अबसरमा स्वीटजरल्याण्डमा गठन गरिएको छ ।

Wednesday, December 19, 2012

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा बुद्ध जन्मस्थलबारे जानकारी राखिने


TIA
१५ अक्टोबर, काठमाण्डौं: लुम्बिनी-कपिलवस्तु दिवस अभियानका गतिबिधिमा अत्यन्तै सकृय रुपमा लागिरहनु भएका बिजय कुमार ढकाल यही १५ अक्टोबर आईतवारका दिन त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल गै महाप्रबन्धक रतिश चन्द्र लाल सुमनलाई भेटनु भयो । भेटको क्रममा वुद्ध जन्मस्थल बिषय बिभिन्न कारणहरुले गर्दा बिस्वब्यापी समस्या बनिसकेको कारण बर्षेनी बुद्ध जन्मस्थल जान चाहने हजारौं बिस्व पर्यटक गलत ठाउँमा पुग्ने वा पुर्याइने काम भएकोले अभियानले बिस्वब्यापी रुपमा गतिबिधि सन्चालन गरिरहेको जानकारी गराउँदै नेपाल बाहिर मात्रै नभएर नेपाल भित्र पनि यो बिषयमा गर्नु पर्ने धेरै कुराहरु भएको र बिभिन्न ठाउँमा गरिने सानो कामको परिणाम ठूलो हुन सक्ने बताउँदै बर्षेनी लाखौं पर्यटक नेपाल प्रबेश गर्ने प्रबेश द्धारको रुपमा रहेको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा बुद्ध जन्मस्थल बिषयमा जानकारी राख्न सकिएको खण्डमा यस्ले पनि बुद्ध जन्मस्थल बिषयमा सिर्जित समस्या समाधानमा आफ्नै किसिमको भूमिका निर्बाह गर्न सक्ने जानकारी गराउनु भयो ।          

Tuesday, December 18, 2012

Promoting Nepal as birth place of Buddha and country of Mt. Everest (Sagarmatha)


PetetionWould you collect 200 signatures to PROMOTE Nepal as Birthplace of Lord Buddha & Land Of Mt. Everest (Sagaramatha) ?
~ Prem Guragain, Los Angeles, California
It might sound selfish or impractical but this is the truth: we might live without food, water for few days but can't live without self-respect. Even small children like to be appreciated, cared and loved. All grown up people have tendency to be appreciated and respected for anything they do.
We all crave for appreciation and hence do much social work, volunteering work, write, sing, speak etc. etc. How about our National PRIDE & RESPECT in the world?
We definitely would love to get RESPECT for the motherland and hence, the PETITION was started.
We started the PETITION: "Promote: Buddha was born in Nepal & Mt. Everest is in Nepal (www.nepalesepride.org)" in July, 2012 with confidence that we will collect 1,000,000 signatures from around the world and correct the fact that has been recorded wrong. Over seven billion people in
the world will know these facts about NEPAL (Never Ending Peace And Love), the country that lies between India and China as many people in the world have never heard of Nepal even though they know Lord Buddha's teachings and Mt. Everest (Sagaramatha) being the highest peak in the world.

Sunday, December 16, 2012

THE HIMALAYAN TALK : RAM KUMAR SHRESTHA SHARES HIS VIEWS


[Ram Kumar Shrestha, the Global Coordinator of 'Lumbini-Kapilvastu Day Movement', founded in 2009 for raising awareness of the Buddha birth place Lumbini and Kapilvastu also, spoke to us tonight from Melborne, Australia. He opines that every Nepalese has a sacred duty to join hands towards the movement he has started for world peace through the Buddha's teachings and messages. He strongly asserts that the Buddha was born in present day Lumbini of southern Nepal.]

LUMBINI: Mikel Dunham’s interview with Lisa Choegyal


Posted by Ram Kumar Shrestha on March 11, 2012
Lisa Choegyal is a tourism consultant who works throughout the Asia Pacific region, specializing in pro-poor sustainable tourism planning and marketing. With a background in the private sector, she was for over 20 years Director of Marketing of Tiger Mountain, Nepal’s pioneer trekking, adventure and wildlife operator. Based in Kathmandu, she has worked since 1992 as a senior associate of TRC Tourism (formerly Tourism Resource Consultants) in Wellington, New Zealand  (www.trctourism.com). Lisa was Team Leader of the ADB Ecotourism Project 2000-2001, DFID tourism monitor on TRPAP 2001-2005, tourism-marketing specialist for the ADB SASEC program 2004-2008, and prepared the UK Aid DFID Great Himalaya Trail development program for SNV Nepal 2006-2010. She serves on a number of non-profit boards related to tourism and conservation, and is New Zealand Honorary Consul to Nepal since 2010.
-LISA CHOEGYAL-sm
02-nun at Lumbini
DUNHAM: How do you assess the current framework for development in Lumbini, the framework that is already and has been in place for a long time?
CHOEGYAL: The institutional framework is interesting with so many stakeholders, different factions and historical complexities. UNESCO has a crucial role toplay to preserve its world heritage status. The Lumbini Development Trust (LDT) is the obvious main custodian although it needs to be evolved into an Authority rather than a Trust. It is typical of the current political scenario that existing institutions become politicized. . Perhaps it was felt, in this case, that it is easier to create a parallel organization and just blow LDT out of the water. Three billion dollars is a convincing figure.

Monday, March 26, 2012

राष्ट्र बैँकको सकारात्मक पहल : सय रुपैयाँको नोटमा बुद्ध चिनाउने


Posted by Ram Kumar Shrestha on March 26, 2012
१३ चैत, काठमाण्डौ । भारतले गौतम बुद्ध आफ्नो देशमा जन्मिएको हल्ला गर्न कपिलबस्तु जस्तै भूमि निर्माण गरिहेको बेला बुद्धको जन्मस्थल लुम्बिनीको प्रचार गर्न तम्सिएको नेपाल राष्ट्र वैंकले अब नेपाली एक सय रुपैयाँको नोटमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी र अशोक स्तम्भ राख्ने भएको छ ।
गौतम बुद्ध नेपालकै हुन् भन्ने गतिलो प्रचार गर्न खोजेको राष्ट्रबैँकले अब सय रुपैयाँको नोटमा लेख्नेछ – लुम्बिनीः द बर्थ प्लेस अफ लर्ड बुद्ध ।’
गौतम बुद्ध नेपालमै जन्मिएका हुन भनेर प्रचार गर्न तम्मिएको नेपाल राष्ट्र वैंकले अब छाप्ने नोटमा यस्ता तस्वीर राख्न प्रस्ताव तयार पारि अर्थ मन्त्रालय पठाएको छ । अर्थले सो प्रस्तावलाई मन्त्रिपरिषद्मा लगेर स्वीकृति दिएपछि नोट छाप्ने काम सुरु हुने छ । लुम्बिनीका तस्वीर अंकित नोट बजारमा आउन ६ महिना लाग्ने छ ।
‘रुपैयाँ एक सय तुरुन्त पाइने छ’ भन्ने वाक्यको तल र गर्भनरको हस्ताक्षरको ठिक माथि हाल खाली रहेको स्थानमा अंग्रेजीमा लुम्बिनीः द बर्थ प्लेस अफ लर्ड बुद्ध ‘ लेख्न प्रस्ताव गरिएको राष्ट्र वैंक स्रोतले जनाएको छ । हाल तारादेवीको मूर्ति रहेको स्थानामा मायादेवीको मूर्ति र मन्दिर रहेको ठाउँमा अशोक स्तम्भ राख्न लागिएको छ ।
तर नोटमा गौतम बुद्धको तस्वीर भने राखिने छैन् । गौतम बुद्धको तस्वीर बिभिन्न आकारप्रकारका भएको र त्यसमा एकरुपता नभएकाले तस्वीर राख्न समस्या भएको बताइएको छ । अबदेखि कागजी नोटमा बिक्रम सम्बत र ईस्वी सम्वतमा निष्काशन मितिसमेत राखिने भएको छ ।

Saturday, March 24, 2012

भारतबाट ठुलो रकममा किनिए कुलचन्द्र गौतम


Posted by Ram Kumar Shrestha on March 24, 2012
काठमाडौं, चैत्र ९ कुल चन्द्र गौतम९ चैत,काठमाडौ। सयुक्त राष्ट्रसंघमा आफ्नो पहुँच देखाएर राष्ट्रसंघका महासचिव वान कि मुनको भ्रमण रोकाउन सफल कुलचन्द्र गौतमको बारेमा नयाँ कुरा खूलासा हँदै आएका छन् ।
उनले राष्ट्रसंघको मुख्यालय न्युयोर्क पुगेरै महासचिव वान कि मुनको लुम्बिनी भ्रमण रोकाएका बताइएको छ।वानले आगामी वैशाखको १६ मा लुम्बिनीमा हुने सम्मेलनमा आउने जनाउ दिएपछि सरकारले गत शुक्रबार औपचारिक पत्र पठाएको थियो र सरकारले पत्र पठाएकै दिन काठमाडौंबाट अमेरिका उडेका गौतमले न्युयोर्कमा पनि आफ्नो पुरानो हैसियत दुरुपयोग गरेर वानको भ्रमण रोकाए लगतै उनका बारेमा खोज तलाश बढेको थियो।
लुम्बिनी विकासको जस प्रचण्डलाई जान्छ भन्ने बहानामा गौतमको र उनको केही सहयोगी टोलीले वानको भ्रमणविरोधी अभियान चलाएको भनेर आफै प्रोपोगण्डा गर्दै आइरहेका छन्। तर एउटा विश्वस्त स्रोतले भने यसको कारण अर्कै रहेको दावी गरेको छ।
उक्त स्रोतका अनुसार बुद्धको जन्मस्थल लाई भारतले आफ्नो देशमा पर्छ भनेर प्रचार गर्दै आइरहेको छ। राष्ट्रसंघकै महासचिव लु्म्विनी आएपछि बुद्धको जन्मस्थल नेपालनै हो भनेर विश्वभर सन्देश जाने र भारतको प्रचार ओझेलमा पर्ने निश्चित थियो। यसबाट कसैलाई फाइदा थियो भने त्यो नेपाल र कसैलाई घाटा थियो भने त्यो भारतलाई हुने थियो। यस्तो अवस्थमा कुलचन्द्र गौतमलाई भारतले ठुलो रकम र केही अन्य केही प्रलोभनमा पारेको स्रोतले दावी गरेको छ।
कुलचन्द्र गौतम सयुक्त राष्ट्रसंघको उप महासचिव भइसकेकाले उनको त्यहाँ केहि न केहि पुहँच छ भन्ने आधारमा भारतले उनलाई प्रयोग गर्ने चाहेको पनि दावी गरिएको छ। प्रचण्डसंग दुश्मनी भएकै आधारमा रातारात अमेरिका उडेर उनले भ्रमण रोकाए भन्ने कुरामा दम नभएको राजनैतिक विश्लेषकहरु पनि बताउँछन।

Friday, March 23, 2012

लुम्बिनीमा राष्ट्रसंघीय चासो


Posted by Ram Kumar Shrestha on March 23, 2012
By टीकाराम राई
संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनको प्रस्तावित नेपाल भ्रमण रोकिएपछि विभिन्न प्रश्नहरू उठेका छन् । बृहत्तर राष्ट्रिय लुम्बिनी विकास निर्देशकसमितिले फागुन ३० गते महासचिव बान गौतमबुद्धको जन्मस्थल लुम्बिनी अवलोकन गर्न आउने बताएपछि यसबारे बहस चर्किएको थियो । एकथरीले पूर्वविद्रोही माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व गरेको निर्देशक समितिको निम्तोमा बानले लुम्बिनी भ्रमण गर्न नहुने तर्क गरेका थिए । अर्काथरीले बानले लुम्बिनी अवलोकन गर्दा लुम्बिनीको मात्र होइन, राष्ट्रलाई नै फाइदा हुने तर्क गरेका थिए । बानको भ्रमणका पक्षमा जनमत निर्माण भइरहेको अवस्थामा उनको भ्रमण स्थगित भएको छ । यसबाट लुम्बिनीको हित चाहनेहरू दुःखी भएका छन् ।
विश्वको जनसंख्या करिब ७ अर्बमध्ये करिब १.५ अर्ब इसाईहरूको छ । इसाई धर्मका संस्थापक जिसस क्राइस्टले ज्ञान प्राप्त गरेको स्थान भेटिकन सिटीलाई उनीहरू तीर्थस्थल मान्छन् र जीवनमा एकपल्ट त्यहाँं पुग्न मरिहत्ते गर्छन् । विश्वमा १.६ अर्ब जनसंख्या भएका मुस्लिमहरू साउदीको मक्कालाई पवित्र तीर्थस्थल मान्छन्, जहाँ इस्लाम धर्मका संस्थापक मोहम्मदको जन्म २६ अपि्रल ५७० मा भएको थियो । इसाईहरूको भेटिकन सिटी र मुस्लिमहरूको मक्का-मदिनाजस्तै ५० करोड बौद्ध धर्मावलम्बीहरूका लागि लुम्बिनी तीर्थस्थल हो, जहाँ बौद्धधर्मका संस्थापक बुद्धको जन्म ईसापूर्व ६२३ मा भएको थियो । त्यसैगरी ९० करोड हिन्दुहरूको एउटा प्रमुख तीर्थस्थल पशुपतिनाथ हो । यी माथिका तथ्यहरूबाट स्पष्ट हुन्छ, विश्वका कुल जनसंख्यामध्ये १ अर्ब ४० करोड जनसंख्या हिन्दु र बौद्धमार्गीहरूको छ । उनीहरूको तीर्थस्थल नेपालमा पर्छ । तर माल पाएर पनि चाल नपाउने हामी नेपालीले प्रचुर सम्भावना भएका यी दुई सम्पदास्थलको उपयोग गर्नसकेका छैनौं ।

Monday, March 19, 2012

कान्तिपुर संपादकीय: बान भ्रमणको महत्त्व


Posted by Ram Kumar Shrestha on March 19, 2012
[ठूला मेडियाहरुको एक किसिमले नक्कली लुम्बिनीको सम्बन्धमा आबस्यक्तभन्दा बढी मौनताको बिषयमा बेला बखत सुनिने गरेको टिप्पणी र असन्तुस्टी अस्वाभाबिक होइन, तर चैत्र ५ को कान्तिपुरको सम्पादकीय अत्यन्तै प्रसंशनीय छ यो दृष्‍टिकोणले र यहाँ जानकारीको लागि पुन: प्रकाशित गरिएको छ ।]
संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनलाई सरकारले नेपाल भ्रमणको औपचारिक निम्तो पठाएको छ । बानको भ्रमण राष्ट्रसंघको नेपालसँग बृहत्तर सम्बन्ध विस्तारसँग सम्बन्धित छ र त्यही उद्देश्यअनुरूप उनी आउन लागेका हुन् । गौतम बुद्धको जन्मथलो लुम्बिनी जाने योजना उनको भ्रमणको एउटा पाटो मात्र हो । नेपालमा राष्ट्रसंघको मुख्य चासो जारी शान्ति प्रक्रियालाई लिएर रहिआएको छ, जसको जग बसाउनमा उसको महत्त्वपूर्ण संलग्नता थियो । द्वन्द्वरत माओवादी र संसदीय पार्टीहरूबीच १२ बुँदेबाट शान्ति-समझदारी भएपछि त्यसको अनुगमन र लडाकुहरूको व्यवस्थापनका निम्ति राष्ट्रसंघले राजनीतिक मिसन -अनमिन) नै पठाएको थियो । अनमिनको बहिर्गमनपछि पनि नेपाली शान्ति प्रक्रिया राष्ट्रसंघीय ँराडार’ बाहिर नरहेको हामीले बिर्सनु हुन्न । शान्ति प्रक्रिया समापनको अन्तिम चरणमा पुगेको यसबेला हुन लागेको बानको भ्रमण यस अर्थमा महत्त्वपूर्ण छ । उनको भ्रमणले शान्ति प्रक्रिया टुंग्याउन पूर्वविद्रोही माओवादीमाथि निणर्ायक दबाब सिर्जना गर्नेछ ।
महासचिव बानको भ्रमणको अर्को पाटो लुम्बिनीको विकास हो । आफैं पनि बौद्धमार्गी भएकाले हुन सक्छ, बुद्धको जन्मथलोको विकासमा उनको अभिरुचि देखिन्छ । यसअघि नेपाल आउँदा उनी लुम्बिनी जान पाएका थिएनन्, यसपालि आफैं जाने आशयको पत्र पठाएपछि सरकारले अग्रसरता देखाएको हो । नेपालमा पर्यटन आकर्षण/विस्तारका दुइटा सम्भावनामध्ये सगरमाथा हिमाल एउटा हो भने लुम्बिनी अर्को । हिमालय आरोहण र त्यस क्षेत्रको पदयात्राले खासगरी पश्चिमा मुलुकका पर्यटकहरूलाई तान्छ भने लुम्बिनी चीन, दक्षिण एसियाली मुलुकलगायत विश्वभरका बौद्धमार्गीहरूको आकर्षणको केन्द्र हो । तर त्यसलाई हामीले जुन रूपमा विकसित गर्नुपर्ने हो, न त्यो हुन सकेको छ न त अपेक्षित अन्तर्राष्ट्रिय प्रचार गर्न सकिएको छ ।
सँगैमा छिमेकी भारतले गौतम बुद्ध र बौद्ध धर्मको ँसर्वाधिकार’ लिने गरी विश्वव्यापी अभियान चलाइरहेको र त्यसै सन्दर्भमा बुद्ध भारतीय भूमिमा जन्मेको प्रचारसमेत हुने गरेको पृष्ठभूमिमा नेपालले आफैंसँग रहेको बुद्धको जन्मथलोसमेत राम्रोसँग चिनाउन सकेको छैन । यस्तो अवस्थामा राष्ट्रसंघीय सहयोग वा संलग्नता बढाएर लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक/शान्ति केन्द्र बनाउन सक्ने हो भने त्यसले नेपालको महत्त्व बढाउने, पूर्वाधार विकास गर्ने र आर्थिक गतिविधि तीव्र पार्ने सम्भावना छ । यसका निम्ति राष्ट्रसंघका महासचिव बानको आगमन महत्त्वपूर्ण अवसर बन्न सक्छ । यसअघि सन् ६० को दशकमा राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्त आएपछि लुम्बिनी विकासको गुरुयोजना बनेको थियो, जो हालसम्म पूरा भएको छैन । त्यसलाई पूर्णता दिंदै यसको अन्तर्राष्ट्रिय महत्त्व स्थापित गर्ने अवसर हो अहिले ।

Wednesday, March 14, 2012

बुद्ध जन्मथलो र लुम्बिनी भ्रमण वर्ष

Posted by Ram Kumar Shrestha on January 31, 2012
सन् २०१० को मध्यतिर दक्षिणपूर्वी एशियाली राष्ट्र लाओस पुगेको थिएँ । बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको लाओसको राजधानी भियन्टाइन शहर सुनौला बुद्ध मूर्ति तथा मन्दिरहरुले झकिझकाउ थियो । २५ सय वर्ष अघि आफ्नो देशमा जन्मेका बुद्धको ज्ञानको ज्योति लाओसमा प्रज्वलित भैरहेको देख्दा म कम्ता फुरुङ्ग भइनँ । ती सबै दृश्य देख्दा लाओसी जनता बुद्ध जन्मथलोबारे राम्रै जानकार होलान् भन्ने लागेको थियो । यसैबीच मैले त्यहाँका केही साथीहरुलाई आफू बुद्धको जन्मेको देशबाट आएको भन्दा उनीहरुले बुद्ध त भारतमा जन्मेका होइनन् र भने । बुद्धको जन्मस्थल नेपालको लुम्बिनी हो कसरी भारत हुन्छ भन्दा उनीहरुले भारतीय दूतावासले हरेक वर्ष आयोजना गर्ने साँस्कृतिक कार्यक्रममा बुद्ध भारतमा जन्मेको जानकारी दिइने गरेको बताए । यो सुनेर म चेत खाए । यो त एउटा सानो घटनामात्र हो । भारतले नेपालको दूतावास तथा कुटनीतिक नियोग नरहेका लाओसजस्ता अरु देशहरुमा यस्ता कुप्रचार कति विस्तार गरेको होला भन्ने कुरा यसैबाट अनुमान गर्न सकिन्छ । 
By रतन भण्डारी
नेपाल भ्रमण वर्ष २०११ पछि २०१२ लाई नेपाल सरकारले लुम्बिनी भ्रमण घोषणा गरेको छ । बुद्ध जन्मस्थल लुम्बिनी प्रचारप्रसार तथा विकास निर्माणमा भ्रमण वर्षले योगदान पुर्याउनुको साथै पयर्टन प्रवद्र्धनमा समेत टेवा पुग्ने आशा लिइएको छ । भारतले संसारभर बुद्ध भारतमा जन्मेको कुप्रचारलाई चिर्न समेत भ्रमण वर्ष सहायकसिद्ध हुने कुरामा विश्वास गर्न सकिन्छ । तर चीन, कोरियाजस्ता छिमेकी तथा मित्र राष्ट्रहरुले लुम्बिनी विकासमा सहयोग उपलब्ध गराउन खोज्दा भारतले अनेकन बहानामा बखेडा झिक्दै आएको सत्य पनि कहीँबाट छुपेको छैन । यसका बाबजुद नेपाल सरकारले घोषणा गरेको लुम्बिनीलाई भ्रमण वर्षलाई सफल पार्नु आम नेपालीको कर्तव्य हो ।
सन् २०१० को मध्यतिर दक्षिणपूर्वी एशियाली राष्ट्र लाओस पुगेको थिएँ । बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको लाओसको राजधानी भियन्टाइन शहर सुनौला बुद्ध मूर्ति तथा मन्दिरहरुले झकिझकाउ थियो । २५ सय वर्ष अघि आफ्नो देशमा जन्मेका बुद्धको ज्ञानको ज्योति लाओसमा प्रज्वलित भैरहेको देख्दा म कम्ता फुरुङ्ग भइनँ । ती सबै दृश्य देख्दा लाओसी जनता बुद्ध जन्मथलोबारे राम्रै जानकार होलान् भन्ने लागेको थियो । यसैबीच मैले त्यहाँका केही साथीहरुलाई आफू बुद्धको जन्मेको देशबाट आएको भन्दा उनीहरुले बुद्ध त भारतमा जन्मेका होइनन् र भने । बुद्धको जन्मस्थल नेपालको लुम्बिनी हो कसरी भारत हुन्छ भन्दा उनीहरुले भारतीय दूतावासले हरेक वर्ष आयोजना गर्ने साँस्कृतिक कार्यक्रममा बुद्ध भारतमा जन्मेको जानकारी दिइने गरेको बताए । यो सुनेर म चेत खाए । यो त एउटा सानो घटनामात्र हो । भारतले नेपालको दूतावास तथा कुटनीतिक नियोग नरहेका लाओसजस्ता अरु देशहरुमा यस्ता कुप्रचार कति विस्तार गरेको होला भन्ने कुरा यसैबाट अनुमान गर्न सकिन्छ ।
यसरी भारतले बुद्ध भारतमै जन्मेको कुप्रचार रोकेको छैन । सन् २००९ को शुरुतिर “चाँदनी चोक टु चाइना” नामक हिन्दी चलचित्रमा समेत बुद्ध भारतमा जन्मिएको विवादास्पद सम्वाद भारतीय सेन्सर बोर्डबाटै स्वीकृत भएको थियो । बोधगयालाई “अन्तर्राष्ट्रिय बुद्ध केन्द्र” बनाउने नाममा केही महिना अघि चीनको राजधानी बेइजिङमा भारतीय दूतावासले आयोजना गरेको कार्यक्रममा बुद्ध भारतमा जन्मेको खुलेयाम कुप्रचार गरिएको थियो । खासगरी नेपालले लुम्बिनी विकासमा देखाएको तत्परताबाट अतालिएको भारतले हतारहतार बेइजिङमा सो कार्यक्रम गरेको थियो । बेइजिङमा कार्यक्रम अघि भारतले काठमाडौँमै त्यसको पूर्वतयारी गरेको र केही नेपाली सहभागीहरुलाई पनि उक्त कार्यक्रममा सहभागी गराइएको पनि सुनिन्छ । यसरी विगतदेखि नै भारत बुद्ध भारतमा जन्मेको झुठलाई पुष्टि गर्न अनेकौँ हतकण्डा अपनाउँदैआएको छ । यसका लागि उसले सबै अश्त्र प्रयोगमा ल्याएको छ । एकताका भारत नेपालको लुम्बिनी पारी ईटा थुपारेर नक्कली कपिलवस्तुसम्म खडा गर्ने अभियानमा जुटेको थियो । शुद्धोदनको दरवार पिपरहवामा अनि बुद्धको मावली रामग्राम-देवदह नभइ भारतको महाराजगाज भन्ने हौवा मचाएको थियो । तर ऐतिहासिक-पुरातात्विक प्रमाण विनाको नक्कली भारतीय कपिलवस्तुलाई हावा खान धेरै दिन लागेन । केही नलागे पछि अजितकुमार त्रिपाठी तथा चन्द्रमान पटेलजस्ता तथाकथित भारतीय इतिहासकारहरुलाई अघि सार्दै भारतले बुद्धको जन्मथलो उडिसाको भुवनेश्वरनजिक कपिलेश्वरतिर भएको कुतर्क पेस गर् यो । उडन्ते कथाझै रचिएको उडिसाको ुतथाकथित कपिलवस्तु को पनि धेरै दिन टिकेन । भारत सरकारमात्र नभई भारतीय साधुसन्त समेत बेलाबखत बुद्ध भारतमा जन्मेको अभिव्यक्ति दिँने गरेका छन् । गत जेठ महिनामा भारतीय योगगुरु भनिने रामदेवले समेत उनको भ्रष्टाचार विरोधी आन्दोलनका बेला बुद्ध भारतमा जन्मेको भनेर खुला अभिव्यक्ति दिए । तर उनको भनाइको कतैबाट खण्डन भएन । 

कोरिया सरकारले बुद्ध सम्बन्धी भ्रम सच्याउने

Posted by Ram Kumar Shrestha on January 30, 2012
By देवेन्द्र सम्बाहाम्फे
सोल , माघ १६ – दक्षिण कोरियाली सरकारले आफ्नो शैक्षिक पाठ्यपुस्तकमा विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल सम्बन्धी भ्रमलाई २०१३ बाट सच्याउने भएको छ ।
कोरियाली परराष्ट्र मन्त्रालयका एक अधिकारीले सोलस्थित नेपाली राजदूतावासलाई सोमबार भ्रम सच्याउने जानकारी गराए । ‘सन् २०१२ का लागि  पाठ्य पुस्तक मुद्रण भइसकेकाले आउँदो संस्करणबाट सुधार गरिने जानकारी प्राप्त भएको छ,’ ती अधिकारीको भनाइ उद्यृत गर्दै कार्यवाहक नेपाली  राजदूत राजाराम बर्तौलाले ईकान्तिपुरसित भने ।
कोरियाको पाठ्य पुस्तकमा बुद्धको जन्मस्थानबारे उल्लेख गरिएको छ । ती मध्ये एउटा पाठ्यपुस्तकमा बुद्धको जन्मस्थल भारत भनि उल्लेख छ भने अर्को पाठ्यपुस्तकमा  बुद्धको जन्म  देखाइएको नक्सामा भारत देखाइएको छ । भ्रम सच्याउन कोरियाली सरकारले गरेको निर्णयप्रति दूतावासले स्वागत गरेको छ ।
गत अक्टोबर २४ को कान्तिपुर दैनिकमा ‘बुद्धबारे भ्रम’ सम्बन्धी समाचार पढेपछि गत डिसेम्बर १९मा कोरियाका लागि तत्कालीन नेपाली राजदूत कमलप्रसाद कोइरालाले यहाँका राष्ट्रपति ली म्यङ बाकलाई बुद्ध सम्बन्धी भ्रमहरु पाठ्यपुस्तकहरुमा सच्याई दिन आग्रह गर्दै चार पृष्ठ लामो पत्र लेखेका थिए ।
बुद्धबारे भ्रमलाई सच्याईदिन राष्ट्रपति ली म्यङ बाकलाई लेखिएको पत्रबारे डिसेम्बर २७ मा कोरियाली पत्रकार पार्क सी सोले कोरिया टाइम्सको अनलाइन संसकरणमा ‘सोल मुभ्स टु कन्र्फम बुद्धज बर्थ प्लेस’ शीर्षकमा लामो समाचार लेख्दै यसबारे कोरियन सरकार गम्भीर भएको उल्लेख गरेका थिए भने केहि दिन अघिमात्र कोरियाली पत्रकारहरको प्रश्नको जवाफ दिदै काबा राजदूत बर्तौलाले भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनी नै भएको बताउँदै लुम्बीनी भ्रमण बर्ष २०१२ को अवसरमा भ्रमण गर्न अनुरोध गरेका थिए ।

ब्रिटिश म्यूजियममा वुद्ध जन्मस्थलबारे भ्रामक सन्देशलाई कसरी सच्याइएको छ त ?

Posted by Ram Kumar Shrestha on January 27, 2012
The panel now reads:  ”The Buddha was born in 563 BC and named Siddhartha Gautama. He was a prince from the Shakya royal family, who ruled a region corresponding to the modern borderlands between Nepal and northern India. When the Buddha’s mother was expecting, her family sent her to the foothills of the Himalayas. She gave birth while travelling north, at a place called Lumbini in Nepal.”

कान्तिपुरमा कार्तिक १६ मा नविन पोखरेलद्धारा तयार पारिएको सामग्री “ब्रिटिश म्यूजियममा वुद्ध भारतमा जन्मिएको भ्रामक सन्देश“, नेपालीपत्रको बर्ष ६ अंक १८ मा प्रकाशित नबिन पोखरेलकै “….बुद्धबारे जताततै भ्रम” र नेपालीपत्रकै सोही अंकमा नै प्रकाशित रामकुमार श्रेष्ठद्धारा लिखित “नक्कली लुम्बिनीले उब्जाएका जटील प्रश्न” पस्चात म्युजियमले आफ्नो फेसबुक पेजमा कुटनीतिक भाषा प्रयोग गरी म्यूजियमले बुद्ध भारतमा जन्मिएको भनी उल्लेख नगरेको भन्ने जानकारी सहितको सूचना जारी गरेको थियो नोभेम्बर ४ तारिखका दिन ।

सोही सूचनालाई आधार बनाएर लुम्बिनी-कपिलवस्तु दिवस अभियानले नोभेम्बर ६ तारिखका दिन समाचार बनाएर ब्रिटिश म्यूजियमलाई दबाब दिन बिभिन्न ईमेल मार्फत एक्कै दिनमा करीब ३००० लाई इमेल मार्फत र फेसबुकका ठूला ठूला ग्रुप मार्फत अनुरोध गर्‍यो । नोभेम्बर ७ तारिखका दिन ११३० कमेण्टहरु परेपछि बिहानको ११:०५ बजे म्यूजियमले बुद्धसम्बन्धी राखिएको जानकारी सच्याउने जानकारी सहितको सूचना जारी गर्‍यो । त्यसैलाई आधार बनाएर अभियानले त्यस्को दुई घण्टामा नै ब्रेकिङ न्यूज बनायो 

सो निर्णय गरेको करीब तीन हप्तापस्चात अमेरिकाको हार्बर्ड बिस्वबिद्यालयका जर्मन र चीनका केही बिद्यार्थीहरुले म्यूजियमले अझै पनि जानकारी सच्याउने काम नगरेको प्रश्न उठाएको कुरा Himalayan Voice ले जानकारी दिएर यथार्थता बुझ्न खोजेको र अन्य धेरैबाट यस किसिमको जिज्ञासा राखिएकोले अभियानको तर्फबाट धेरैतिरबाट आएका जिज्ञासाबारे जानकारी दिंदै म्यूजियमले कामको जिम्मा क्युरेटरलाई दिएकोमा सो काम सम्पन्न गर्न के कति समय लाग्ने हो सोको जानकारी दिन अनुरोध गर्दै पत्र लेखियो ५ डिसेम्बरमा । लामो समयमा पनि प्रत्युत्तर नआएकोले सोही चिट्ठी पुन: २९ डिसेम्बरमा पठाइयो । क्रिसमस र नयाँ बर्षको कारण जबाफ ढिलो आउनु स्वाभाबिकै थियो त्यसमाथि म्यूजियमले  पठाएको एउटा पत्र नपाईएको कुरा त्यसभन्दा पछाडिको पत्रबाट थाहा भयो र प्राप्त हुन नसकेको पत्र पुन: पठाउन अनुरोध गरियो । 

प्राप्त पत्रानुसार ब्रिटिश म्यूजियममा हाल बुद्धसम्बन्धी जानकारी यसरी राखिएको छ: “The Buddha was born in 563 BC and named Siddhartha Gautama. He was a prince from the Shakya royal family, who ruled a region corresponding to the modern borderlands between Nepal and northern India. When the Buddha’s mother was expecting, her family sent her to the foothills of the Himalayas. She gave birth while travelling north, at a place called Lumbini in Nepal.”
अभियानको ब्लगको ब्रेकिङ न्यूज नै अन्तरराष्ट्रिय सामाजिक सन्जालहरुमा झन्डै ३०० जति शेयर गरिनुबाटै अनुमान गर्न सकिन्छ यो समाचारका कारण नेपालीहरुको खुशी तर पूर्ण रुपले चित्त बुझ्दो नभए पनि केही हदसम्म बुद्ध जन्मस्थलबारे जानकारी सच्याउन भूमिका निर्बाह गर्ने श्रेय भने जान्छ खोजी पत्रकारितामा महत्वपूर्ण भूमिका निर्बाह गर्ने, दबाबको लागि धेरैको सहभागिता जुटाउन अभियानको समाचार र म्यूजियमको सूचना प्रचार प्रसार गर्ने र दबाब दिन कमेण्टहरु छाडने संपूर्ण देशप्रेमी नेपालीहरुमा ।
चिट्ठीको पूर्ण विवरण:

Attention:
Mr Ram Kumar Shreshtha
Global Coordinator
Lumbini-Kapilvastu Day Movement
44 Foxglove Green
Willesborough
Ashford
Kent TN24 0RJ
Dear Mr Shreshtha,
Thank you for your letter 12 January. Please forgive the confusion! More importantly, however, you will be pleased to know that your concerns have now been addressed. Details are given below.

The information panel that you question on the Life of the Buddha and that was previously on display in our Gallery 33, which houses our main displays of the cultures of South Asia, refers to the Buddha’s birthplace at Lumbini. It does not, however, state that Lumbini is in Nepal.  Our wording was unintentionally ambiguous, which we regret.  We have created new signage that has been on view as of 11 December, 2011.