Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Saturday, June 19, 2010

सिड्नीमा बुद्ध जयन्ती – नक्कली कपिलबस्तुको ब्यापक बिरोध

सानु घिमिरे, सिड्नी । २५५४ औं बुद्धजयन्ती सिड्नीमा भब्यताका साथ मनाइयो । गत शनिबार बुद्ध तदर्थ समिती सिड्नी आयोजनामा संपन्न भएको कार्यक्रममा गौतम बुद्धको उपदेश, प्रेम, अंहिसा, करुणा र शांतीको बारेमा ब्यापक चर्चा भयो ।
बिपस्यना ध्यानबाट शुभारम्भ गरिएको कार्यक्रममा डा. नाबांग साम्प्तेन र हिसी न्याम्न्गेलले पबित्र बुद्ध मंत्रोच्चारण गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि न्यू साउथ वेल्स, ऑस्ट्रेलियाका लागी नेपाली महाबाणिज्यदूत महामहिम दीपक खड्काले आजको अशांत समयमा बुद्धको सन्देशलाई ब्यबहारमा लागू गर्न सके मात्र शांतीको अपेक्षा गर्न सकिने बताउनु भयो । उहाँले बुद्ध  जन्मेको देशमा जन्मेको नागरिक भनेर मात्र होइन बुद्धको सन्देशहरु ब्यबहारमा उतार्ने नागरिक भएर बिश्व समुदाय माझ चिनिनका लागि सबैलाई आव्हान गर्नु भयो । साथै उहाँले भारतले दक्षिण भारतमा बनाउदै गरेको नक्कली कपिलबस्तुलाई बुद्धको नाममा भारतले गरेको ब्यापारको संज्ञा दिदै त्यसलाई रोक्नको लागि अनुरोध गर्नु भयो ।

कार्यक्रमका अर्का बक्ता अरुण बरालले बौद्ध शिक्षाको शुरुवात, बिस्तार र महत्वको बारेमा प्रकाश पार्दै निर्वाणसम्म पुग्ने एउटै मात्र बाटो ध्यान भएको बताउनु भयो ।
कार्यक्रममा पत्रकार राजन शर्माले सारा बिश्व ब्रम्हाण्ड, चराचर जगत सबैलाई शान्ती चाहिने हुदा बुद्धले देखाउनु भएको अस्टान्गीक मार्ग र पंचशीलको अनुशरण गर्न आजैदेखि सबैले प्रयास गर्नु पर्ने कुरामा जोड़ दिनु भयो
जनजाती महासंघ  सिड्नीका अध्य्क्ष गणेश तामांग तथा पारू पांडे तिवारीले नेपाली जनताले चाहेको एक मात्र कुरा शान्ती भएको बताउदै देशमा दीर्घ शान्तीको कामना गर्नु भयो ।
सिड्नीको म्यारिकभीलको टाउन हलमा संपन्न भएको कार्यक्रममा बुद्धको प्रतिमालाई अनाबरण साथै दीप प्रज्वलन गरिएको थियो ।
नक्कली कपिलबस्तुको भंडाफोर गरौ, कपिलबस्तु दिवस अभियानलाई सार्थक बनाऔं
कपिलबस्तु दिवस बिश्व कार्य समिति ऑस्ट्रेलियाका संयोजक सुजन न्यौपानेले भारत सरकारले अबैधानिक तरिकाले कपिलबस्तुका पुरातात्विक महत्वका चीजहरुको चोरी गरेर र नक्कल गरेर बिश्व समुदायलाई भ्रमित बनाउदै बुद्ध भारतमा जन्मिएको प्रचार प्रसार गरि रहेकोमा घोर भर्त्सना गर्नु भयो । उहाँले अन्तररास्ट्रिय जगतमा धेरै समयदेखि आफ्नो पहुँचको दुरुपयोग गर्दै भारतले फैलाएको झूटको बिरुद्ध डटेर प्रतिकारमा उत्रिन आम युबा तथा बुद्धिजीवीहरुलाई आग्रह गर्नु भयो । बर्तमान सरकार मौन रहेको अबस्थामा हाम्रो रास्ट्रिय बिभूति गौतम बुद्धको जन्मस्थलको जगेर्ना गर्न र संसारभरि चिनाउन अब आमजनताले नै पहल गर्नु पर्ने र त्यसको एउटा सुरुवात कपिलबस्तु दिवस अभियान भएको उल्लेख गर्नुभयो । बिश्वभरि छरिएर रहेका नेपाली समुदायको प्रतिनिधित्व गर्ने गरी गठन भएको यो कार्य समितीले अन्तरास्ट्रिय जगतमा बुद्धको जन्मस्थलप्रति भएको गलत सुचनालाई सच्याउन सहयोग गर्ने विश्वाश आफ्नो भनाइको क्रममा उहाँले ब्यक्त गर्नु भयो ।
बुद्ध तदर्थ समिती सिडनीका संयोजक नीमा शेर्पाले भारतीय कदमको बिरोध गर्दै सो संस्थाले निकट भबिश्यमै ऑस्ट्रेलिया राजदूताबास र संयुक्त राष्ट्रसंघलाई नक्कली कपिलबस्तुको बिरोध गर्दै एक ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको जानकारी दिनु भयो ।
कपिलबस्तु दिवस अभियानले शान्तीका अग्रदूत गौतम बुद्ध जन्मनु भएको पुण्यभूमि कपिलबस्तुलाई ब्यापक रुपमा बिश्व समुदाय माझ चिनाएर यसको संरक्षण गर्न, सरकार, आम बुद्धिजीवी लगायत सबै श्रद्धालुहरुलाई समेटन प्रयास गरिरहेको छ । स्मरण रहोस, कपिलबस्तु दिवस अभियान इन्टरनेटको माध्यमबाट स्वतस्फूर्त रुपमा शुरु भएको बिस्वब्यापी अभियान हो र हालै यसले संगठनात्मक स्वरुप लिसकेको छ जसमा बिश्व संयोजकको रूपमा बेलायतमा बसोबास गरिरहनु भएका राम कुमार श्रेष्ठ हुनुहुन्छ भने महाबाणिज्यदूत महामहिम दीपक खड्का सल्लाहकार मण्डलका सदस्य हुनुहुन्छ भने अस्ट्रेलियाको संयोजकको रूप मा सुजन नेउपाने र सानु घिमिरे रहनु भएको छ ।

No comments: