Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Wednesday, February 3, 2010

बुद्धको देशमा बौद्ध धर्मावलम्बीको दुर्दशा

By नेपाल बौद्ध महासंघ 
विश्वमा नेपाललाई गौतम बुद्धको देश भनेर लिए तापनि गत दुइ सय ४० वर्षता बौद्ध धर्मको उत्थान, संरक्षण र सम्बर्धनमा खासै उपलब्धि हासिल गर्न सकेन । यसमा मुख्य कारण अदूरदर्शी राजनीतिक प्रणाली रहेको देखिन्छ । साधारणतया बौद्ध धर्मलाई सधैं दमन गरिएको छ र विशेष गरी केही समय यता र्सवजन हितायको महत्त्व बोकेको महायान बौद्ध धर्मलाई सुनियोजित रूपमा ध्वस्त पार्ने योजना भएको देखिन्छ । नेपाल एक धर्म निरपेक्ष संघीय गणतन्त्र राष्ट्र घोषणा भएको दुइ वर्ष बितिसक्दा पनि राज्यको तर्फबाट आम धर्मवलम्बीहरूलाई त्यसको अनुभूति दिलाउन सकेको छैन । बौद्ध धर्मको अहिंसावादी सिद्धान्त आज विश्वमा शान्ति स्थापना गर्न र द्वन्द्व समाधानको माध्यम बनेको छ । संपूर्ण बौद्धमार्गीहरू शान्ति स्थापना, भ्रातृत्वको विकाससँगै रचनात्मक समाजको विकास गर्न सधैं लागिपरेका छन् ।
तर, केही महिना यता बुद्ध जन्मेको देशमा बौद्ध विद्यालयको रूपमा स्थापित गुम्बाहरूका विरुद्धमा केही सञ्चार माध्यमहरू लागिपरेको देखिएको छ भने अर्कोतिर बुद्धको अनुयायी भिक्षु-भिक्षुणीलाई प्रहरीले अनावश्यक दुःख पनि दिँदै आएको छ । बौद्ध धर्मसँग असम्बन्धित केही व्यक्तिहरूले बौद्ध गुम्बाहरूको विरुद्ध भ्रामक, तथ्यहीन वक्तव्य दिने र त्यसैको आसपासमा रहेर राष्ट्रिय अनुसन्धान विभागले पनि झुटो, आधारहीन रिर्पोट तयार गरी गृह मन्त्रालयलाई बुझाउने अनि त्यसलाई पत्रिका मार्फत प्रकाशित गर्ने जस्ता अति निन्दनीय कार्य गराएको छ । बौद्ध गुम्बाहरूलाई अति संवेदनशील, संवेदनशील र अनुगमन गर्नुपर्ने सूचीमा सूचीकृत गरी यी गुम्बाहरूमा हातहतियार भण्डारण गर्ने गरेको र ‘स्वतन्त्र तिब्बतको गतिविधि’ समेत सञ्चालन गरेको भन्ने मिथ्या र भ्रामक आरोप लगाइरहेका छन् । नेपालमा राजनीतिक परिवर्तनका साथसाथै बौद्ध धर्मलाई दमन गर्ने नीति पनि बदलिरहन्छ । राज्य पक्षको बौद्धहरूलाई हेर्ने दृष्टिकोणमा पटक्कै बद्लाव आएको छैन । नेपालका भिक्षु-भिक्षुणीहरूलाई आङ्खनो धार्मिक वस्त्र लगाएर हिँड्डुल गर्नमा समेत रोक लगाउने प्रयास भएको छ । यस सम्बन्धमा पहिले पनि प्रेस विज्ञप्ति र ज्ञापनपत्रमा नेपालका बौद्ध गुम्बाहरूलाई ’तिब्बत गतिविधि’सँग जोडेर बौद्ध धर्मलाई सखाप पार्ने षड्यन्त्र नगर्न अनुरोध गरिएको थियो ।

हिंसाविरुद्ध बौद्धहरूको आचरण :
अहिंसाको बाटोमा प्रवेश गर्नेहरू नै बौद्ध हुन् । पहिलो शिक्षा वा नियम भनेको हिंसा नगर्नु नै संपूर्ण बौद्धहरूको मूल कर्म हो । यसै अवधारणाको विस्तृत रूप अहिंसा हो । भगवान् बुद्धले हिंसाप्रतिको वैराग्यमा यसरी आज्ञा गर्नुभएको छ, ‘विजयले द्वेष र हारले दुःख जन्माउँछ । रिसले रिसलाई जन्माउँछ । जसले मार्छ ऊ आफैं मारिनेछ । त्यो व्यक्ति जसले जित्छ ऊ पनि हार्ने छ । बदलालाई पराजित गर्न बदलाको भावनालाई त्याग्न सक्नु पर्छ । किनकि, ज्ञानीले न विजय खोज्छ न त पराजय नै । बौद्ध भिक्षु-भिक्षुणीहरूलाई संघको रूपमा चिनिन्छ जो विनयको नियमहरूमा अनुबन्धित हुन्छन् ।
गुम्बाहरूमा हातहतियार :
र्सवप्रथम त गुम्बाजस्तो पवित्र स्थलमा हतियारको भण्डारण छ भन्ने अनुमानित प्रतिवेदन स्वयं हास्यास्पद छ । हामीले बारम्बार त्यस्तो आरोप लगाउने व्यक्तिहरूलाई आफैं आएर हतियारको पुष्टि गर्न चुनौति दिइसकेका छौं । यदि त्यस्ता हतियार हुँदो हो त किन कारबाही भएन । झन् कुनै सञ्चार माध्यमले यस्ता तथ्यहीन कथालाई बुट्टा भरी र्सवसाधारणलाई गलत सन्देश दिने र मानवता विरोधी समूहलाई खुसी पार्न गरेको देखिन्छ । दुर्भाग्यबश केही सरकारी निकायहरू पनि यस्ता काल्पनिक कुरालाई विश्वास गरी सम्बन्धित गुम्बाका प्रतिनिधिसँगको छलफल बिना नै पवित्र स्थल गुम्बाहरूलाई अति संवेदनशील भनी घोषणा गर्छन् । गुम्बाहरूमा हातहतियारको भण्डारण गरिएको हुन सक्छ भन्ने झुटा अभियोग ज्यादै निन्दनीय र विरोधाभासपूर्ण  भएकाले मानवअधिकारवादीहरूको रोहवरमा छुट्टै छानबिन आयोग यथाशीघ्र गठन गर्नुपर्ने देखिन्छ ।
धर्मगुरुहरूसँगको सम्बन्ध :
आज नेपालमा भएका हजारौं गुम्बाहरू तिब्बती बौद्ध परम्परालाई परापूर्व कालदेखि अनुसरण गर्दै आइरहेका छन् । जस्तै  भारतीय महन्त गुरु पद्मसंभव जो तिब्बती बौद्ध धर्मको संस्थापक हुनुहुन्छ । संघमा प्रवेश गर्दा मूल गुरुको शरणमा जानुलाई उहाँले ज्यादै महत्त्वपूर्ण कदम मान्नु भएको छ । आठौं शताब्दीदेखि सन् १९५० सम्म नेपाली बौद्धमार्गीहरू तिब्बतमा बौद्ध दर्शन अध्ययन गर्न जाने गर्थे । त्यसपछि तिब्बती गुरुहरूले नेपाल, भुटान र भारतका विभिन्न स्थानहरूमा आफ्नो बौद्ध धार्मिक परम्परालाई निरन्तरता दिँदै आइरहेका छन् । धर्ममा कुनै प्रकारको राजनीतिक सीमांकन हुँदैन र बौद्ध संघमा जातीय भेद हुँदैन । उनीहरू सबै एक-आपसमा दाजुभाइ, दिदीबहिनीको अध्यात्मिक सम्बन्ध कायम राख्छन् । हजारौं नेपाली भिक्षु-भिक्षुणीहरू विभिन्न तिब्बती गुरुहरूबाट निरन्तर रूपमा बौद्ध दर्शनको अध्ययन गर्दै आइरहेका छन् । धार्मिक गुरुहरू राजनीतिक चिन्तन र भौगोलिक सीमारेखाभन्दा उच्च हुनुहुन्छ । जस्तै  विगतमा तिब्बतका बौद्ध शिष्यहरूले गुरु पद्मसंभव र अतिशा दीपङ्करको राष्ट्रियताको बारेमा प्रश्न गरेन । नेपालका हिन्दूहरूले आङ्खनो गुरु शंकराचार्य र नेपालका इसाइहरूले आङ्खनो गुरु पप जोनको राष्ट्रियताको प्रश्न गर्दैनन् । त्यसैगरी, नेपालका बौद्धहरूले पनि आङ्खना गुरुहरूको राष्ट्रियता र जाति खोज्ने पनि कुरै उठेन । यो एक विश्वभर धार्मिक आस्थामा प्रचलित मान्यता हो ।
यसरी तथ्यहीन अनर्गल प्रचार गरेर धार्मिक सद्भाव खलल हुने भएकाले पत्रकार जगतले वस्तुनिष्ठ भई लेख्न अनुरोध गर्दै बाँच र बाँच्न देऊ भन्ने सन्देश आत्मासात् गर्न अनुरोध गर्र्छौं



No comments: