Lebels

Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com
Showing posts with label गीत/ कबिता/ गजल. Show all posts
Showing posts with label गीत/ कबिता/ गजल. Show all posts

Tuesday, May 17, 2011

बुद्ध जयन्ति

डा. हरिकुमार श्रेष्ठ, ताइपेई ताइवान
आज २५५५ औं बुद्ध जयन्ति
परम्परागत चल्दै आछ  
दिनहुं बुद्ध र उनका उपदेशहरु 
विश्वभर लोकपि्रय हुंदै आछ 
तर उनको जन्मभूमीबारे 
मौनता र ओझेलमा राखियाछ 
त्यसैले यस सवालमा निकै नै
प्रचार प्रसार गर्नै पर्ने भाछ । 

किनकि  
आज यी विश्व धरोहरको जन्मस्थानबारे 
विश्व जनमा भ्रम छरि धावा बोिलंदै छ 
भारतबाट नक्कली कपिलबस्तु निर्माण गरी 
पर्यटकहरुलाई स्वागत कक्ष खोलिंदै छ  
के यो मानव अधिकारको ठाडै हनन् हैन त  
के यो बुद्धको जन्मस्थान कपिलबस्तु नेपाल र 
बुद्धका उपदेशहरुको खिल्ली उडाइएको हैन त?
के अब त साँच्चै नै 
विश्वभरका बुद्ध धर्मालम्बीहरु र अनुयायीहरु 
एकै स्वरमा बोल्नु पर्ने बेला हैन र  
के सारा नेपालीहरु पनि 
रास्ट्रियताको सवालमा एकजुट हुनु पर्ने बेला हैन र    
कहिले कांही आवाज नगुन्जने पनि हैनन् 
तर सुन्ने र गर्ने धेरै भएनन् 
किनकि हाम्रा केही राष्ट्र्घातिहरु
आफ्नो स्वाभिमान उँचो राख्न तयार थिएनन् ।

Thursday, April 7, 2011

देशको पुनर्घोषणा !

Posted by Ram Kumar Shrestha on August 25, 2010
क्वान्टम-कविता शृंखला
By – मधु माधुर्य, मस्को
“मोराले मन्दिरै भत्काउने पो हो कि”
भगवान थरर काम्दै हिंडीरहेछ मेरो सामु
पशुपतिनाथको देशमा
उसको छाडा बसाहाभन्दा पनि उद्दण्ड भैरहेछु
मृत्यु नै मेरो देह-रक्षक भई सकेपछि
मैले कुन मूल्यमा अब कोसंग डराउनु पर्यो ?
प्राकृतिक रेफ्रिजेरेटर खोलेर
लेकको पहरामा फलेको ताजा भीर-मह खान्छु;
कृष्ण-सागर तर्दा चकमक हराएछ
जुनकिरी अटेरी भएकी बेला-
एक झिल्को आगो खोज्न
अरिंगालको गोलामा हात पसार्छु
मनोरंजन बिनाको जीवन पनि जीवन ?
गोमनको टाउकामा चढेर
बिच्छीहरुको रेस्लिंग हेर्छु
गैंडा चढेर गोहि र घोरलहरुको जल-क्रिडा हेर्छु
बिरेनून भनेर नाईट्रिकसाइनाइड खाएछु
कति नमीठो छ्या – तीतो/ दुर्गन्धित !
मह र विष जुधेर “हेंगओभर” भएछ क्यार
मातेर सुनखानीको भीरबाट “डाइभिंग” गर्दा
तामाकोशीको पिंध स्पर्श भएछ -
त्यहाँ सालिग्राममाथि शार्क पो निदाई रहेछ
माछा निदाउंदा आँखा किन हो खुला छ ?

गौतम बुद्दको देशमा

By साबित्रा काफ्ले
जामुने – तनहु, हाल: अस्ट्रलिया
म सानो छँदा
आमा भन्नुहुन्थ्यो
नानी,
यो शान्ति भूमि हो।
तिमीले शान्तीको गीत गाउनुपर्छ
र ब्युझाउनु पर्छ
गाउबेशीहरुलाई।।
आमा भन्नुहुन्थ्यो,
नानी,
आजकल मान्छेहरु
सम्हारमा रमाउछन्
रुन जान्दैनन् अरुको पिडामा
र सधै
खेलिरहन्छन होली
आफ्नै रगतको।।

Saturday, March 13, 2010

हटेका मेरो भ्रमहरु

By चन्द्र घर्ती मगर
छिमेकीहरु,
बैगुणी रैछन्
मिलेर भएन
कुल्चने रैछन्
सहेर पनि भएन
अब त,
मलाई यसरी मिल्नु छैन
थप ज्यादती सहनु पनि छैन । कपुत नेताहरु,
असक्षम रैछन्
बुइ चढाएर भएन
पत्थर रैछन्
सत्य बुझाएर पनि भएन

Wednesday, February 3, 2010

गजल

By बसन्त मोहन अधिकारी चितवन हाल यूएइ
विर गोरखाली नेपाली यो बस्दैन हारी
हामी बुद्धका सन्तान शान्तिका पुजारी २

हामी प्रेम र विश्वास बाड्न चाहन्छौ
बदनाम नगराउँ जुधाएर मारी
हामी बुद्धका सन्तान शान्तिका पुजारी २

सगरमाथा र बुद्ध नेपाली चिनो
बुद्ध जन्मेको यो देश शान्तिको छहारी
हामी बुद्धका सन्तान शान्तिका पुजारी २

विश्व भरका मानव आऊ नेपाल तिमी
यो बुद्धको देश हो सुखशान्ति धारी
हामी बुद्धका सन्तान शान्तिका पुजारी २

हत्याहिंसा अशान्ति फैलदैछ विश्वमा
आऊ शान्ति फैलाउँ प्रेम विश्वास नारी
हामी बुद्धका सन्तान शान्तिका पुजारी २
विर गोरखाली नेपाली यो बस्दैन हारी
हामी बुद्धका सन्तान शान्तिका पुजारी २

गित

बसन्त मोहन अधिकारी चितवन हाल यूएइ
(सन्दर्भ – कपिलवस्तु दिवस)
गर्नु छ मैले शान्ति वहाली
बुद्धको छोरो म हुँ नेपाली , म हुँ नेपाली
अर्काको सिमा मिचेर खान्न
विश्वमा झुट म बोल्न जान्न
म विर गोरखाली होइन जाली २
बुद्धको छोरो म हुँ नेपाली , म हुँ नेपाली
अर्काको घर जलाउन जान्न
अत्याचार गरि हिड्न चाहन्न
म विर गोरखाली होइन जाली २
बुद्धको छोरो म हुँ नेपाली, म हुँ नेपाली
धम्कि दिएर लुटेर खान्न
हत्या र हिंसा सक्दिन मान्न
म विर गोरखाली, होइन जाली २
बुद्धको छोरो म हुँ नेपाली २
गर्नु छ मैले शान्ति वहाली
बुद्धको छोरो म हुँ नेपाली , म हुँ नेपाली ......

निर्णायक विलयको दोधारमा

(सन्दर्भ: कपिलबस्तु दिबस)
By साबित्रा काफ्ले, अस्ट्रेलिया
दुस्त्यज्य नदारतको सृंगार
धुरीन सत्यताबीच बिलाउदा
काँचका आँखाहरु संग
प्राचिन बौद्धहरु निर्णायक विलयको दोधारमा छन!
पाखरीका बगानहरु तिर
ओइलाउदा चाँपका हाँगाहरु हेर्दै
तपस्वीका पगरीहरु
मौनतामा आँशु संगाल्दै छन,
बायुपंखी दुष्टतासंगै
उदाउदो सुर्य सल्बलाएपछी
प्राचिन बौद्धहरु निर्णायक विलयको दोधारमा छन!
बिर्तावल सन्त्राशका मैदानहरु
मनोबिनोदको परिकल्पनामा
मानवताको संघारमा पैंठेजोरी खेल्छन ,
वित्तवान शकुनीहरु संगै
अस्ताउँदो सुर्य पोइलिएपछी
प्राचिन बौद्धहरु निर्णायक विलयको दोधारमा छन!
ब्रिक्षायुर्बेदका ज्ञानहरु
हाम्रा धरातलमा जीवन्त खोज्दै
लेखाइका किनारहरु बिगत नियाल्छ्न,
विलयको दोधार बाट मार्ग निर्देश गर्न
उत्तरआधुनिक शुश्रुशक प्राचिन बुद्धहरु का
सम्बिदा-पत्रहरु मा नया हस्ताक्षर कोर्दैछन !!

अप्प: दिपो भब: ( आफ्नो दियो आफै बनौ )

By सानु घिमिरे, अस्ट्रेलिया

युद्धले  ग्रस्त संसारमा
शांतिको  दियो  उचालेर
तिमीले  सिकाएको  अंहिसाको पाठ
तिमीले  देखाएको  प्रेमको  मार्ग
र  ब्यूझाउन  खोजेको
मान्छे  भित्रको  बुद्दत्व
तिम्रो  शालीन  मुद्राको  परम  सन्देश
अप्प:  दिपो  भब:
भौतिक  उन्नतिले  उन्मत्त  मान्छे
बिलाशिताले  रंगिएको   मान्छे
बेचैन  मनसंग  टुक्रिरहन्छ
तिमीले गरेको   प्रार्थना
आऊ  एकैछिन   आफैलाई  खोजौ
मनको  बिज्ञानमा  आफूलाई  प्रयोग  गरौ
अप्प:  दिपो  भब:
मोक्षको लागि  छटपटिएको  आत्मा
प्रेमको लागि  तडपिएको  मन
नि:शर्त  प्रेमको  सरिता  बगाऊ
आफू  भिजौ  अरुलाई   भिजाऔं
दुखका  कारणहरुको  फेहरिस्तमा
असीमित  चाहनाको  गुलाम  नबन
ज्ञान  मुद्रामा  शान्त  तिमी
तिम्रा  स्थिर  चक्षुहरुको  मौन  भाका
अप्प:  दिपो  भब:
मूर्ति  पूजाका  बिरोधी  तिमी
आफै  भित्रको  भगवान  पूज   भन्छौ
धार्मिकताको  सन्देश  दिदै
तिमी अनन्त मुक्तिको  बाटो  देखाउँछौ
म  सारा  पाखण्डको  बिरोध  गर्दै
तिम्रो  शुद्धताको  वकालत  गर्छु
तिम्रो पदचाप  पहिल्याउन  खोज्छु
शान्तिका दूत ए गौतम  बुद्ध !
मनका बैज्ञानिक ए महा आत्मा !
तिमीले  दिएको  स्वर्णिम सूत्र
तिमीले दिएको अंतिम  मन्त्र
म दोहोर्याई रहन्छु
अप्प:  दिपो  भब:
अप्प:  दिपो  भब:

गौतम बुद्दको देशमा

By साबित्रा काफ्ले
जामुने – तनहु, हाल: अस्ट्रलिया
म सानो छँदा
आमा भन्नुहुन्थ्यो
नानी,
यो शान्ति भूमि हो।
तिमीले शान्तीको गीत गाउनुपर्छ
र ब्युझाउनु पर्छ
गाउबेशीहरुलाई।।
आमा भन्नुहुन्थ्यो,
नानी,
आजकल मान्छेहरु
सम्हारमा रमाउछन्
रुन जान्दैनन् अरुको पिडामा
र सधै
खेलिरहन्छन होली
आफ्नै रगतको।।
हो आज पनि,
म देख्दैछु मान्छेहरु
मान्छेको शिकार गरिरहेका।
अबोध अनि नाबालिकाहरुको
अस्मितामा खेलिरहेका
यी मानब नभएर,
दानब बनिरहेछन्।।
बुद्धको देशमा,
शान्ती हराएको छ।
म ब्यग्र छु
र फेरि आतुर छु
मेरी आमालाई सोध्न
साच्ची यो शान्तीभूमि हो र?

“गिती कविता”

गीता थापा (दोषी)
हाल ईजरायल
आऊ न आऊ मिलेर हामी नेपाल हाम्रो सुन्दर बनाऔं
पुर्खाको इज्जतलाई सम्मान गरी संसारमा चम्काऔं
नेपाली हौ हामी जहाँ गए पनि शिर हाम्रो झुक्दैन
श्रद्धा र भक्ति ती साथै छ,हाम्रो कहिँ गएँ पनि लुक्दैन
सन्तान हौ हामी बीर नेपालीका नेपाल रुंदा रुन्छौ
शिर हाम्रो नेपाल लाजले झुके कहिंले पो खुशी हुन्छौ
नेपाली हौ हामी अरुको हाँसो खोसेर हाँस्दनौं
नेपाल हाम्रो अशान्ति रहे शिर उठाइ बाँच्दैनौं
पौंरखी हात छन् गरेर खाने मरेर जाँदा के छ र लाने
साहसी छात्ति दरो छ,हाम्रो जहाँ गएँ पनि सँगै जाने
(बोल्ने ओठभन्दा सेवा गर्ने हात महान र पवित्र हुन्छन)

हटेका मेरा भ्रमहरु

By Chandra Gharti Magar
छिमेकीहरु,
बैगुणी रैछन्
मिलेर भएन
कुल्चने रैछन्
सहेर पनि भएन
अब त,
मलाई यसरी मिल्नु छैन
थप ज्यादती सहनु पनि छैन ।
कपुत नेताहरु,
असक्षम रैछन्
बुइ चदाएर भएन
पत्थर रैछन्
सत्य बुझाएर पनि भएन
अब त,
फेरि काँधमा बोक्नु छैन
भन्नु पनि केही बाँकी रहेन ।
छिमेकीसँग झुकेर पनि भएन
नेताहरुलाई भुकेर पनि भएन
उनीहरु ठान्दा रैछन्,
हामीलाई अझै गिराउनु पर्छ
हामीलाई सधैं पिराउनु पर्छ ।
अब त मौनता तोड्नु पर्छ
धैर्यताको बाँध फोड्नु पर्छ
झुकाउनेलाई जित्नै पर्छ
भुकाउनेलाई थुक्नै पर्छ ।
नत्र पटक पटक,
बुद्ध भारतीय भनेर
लेखिरहनेछन जकारीयाहरु
लुम्बिनी उतैको भनेर
धावा बोलिरहनेछन छिमेकीहरु
र,
चुपचाप समर्थन गरिरहनेछन
हाम्रै रगत मिसिएका पाखण्डी भरौटेहरु ।