Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Saturday, June 19, 2010

चीनमा भेटियो शाक्यमुनि बुद्धको हड्डी

ekantipur
ध्रुव पौडेल
चीन, अषाढ ४ –  चिनियाँ पुरातत्वविद् र बौद्धधर्म गुरुले शाक्यमुनि बुद्धको तालुको हड्डीको उत्खनन गरेका छन् ।
राजधानी बेइजिङबाट झण्डै एक हजार ५ सय किलोमिटर दक्षिणमा पर्ने च्याङ्सु प्रान्तको सदरमुकाम नानचिङमा अवस्थित छिस्या मन्दिरबाट उक्त हड्डी उत्खनन गरिएको चिनियाँ सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।
चाँदीको कफिन-प्रतिकृतिभित्र रहेको सुनको
कफिन-प्रतिकृतिमा राखिएको उक्त वस्तु शाक्यमुनि बुद्धको तालुको हड्डीको एक भाग भएको चिनियाँ बुद्धिस्ट एसोसियनका अध्यक्ष मास्टर छुवान यिनले बताए । उत्खखनअगाडि परम्परागत रुपमा पूजा समारोह आयोजना गरिएको थियो ।
सानो चट्टानजस्तो देखिने उक्त हड्डी हल्का खैरो रङको छ । नानचिङ नगर सङ्ग्रहालयका उपप्रमुख हुवा को रुङलेे “मसिना कोषजस्ता छिद्रले भरिएको उक्त हड्डी मौरीको चाकासँग मिल्दोजुल्दो छ ” भने ।
‘शाक्यमुनिको तालुको हड्डीका बारेमा वर्णन गरिएको ऐतिहासिक रेकर्डसँग हाम्रो उत्खननको नजिता मिल्छ’, एसोसियसनका उपाध्यक्ष सुए छङ्गले भने, ‘उक्त हड्डी बुद्ध धर्मावलम्बीको सबैभन्दा पवित्र वस्तु हो ।’ उत्खननका क्रममा  शाक्यमुनि बुद्धका बाहेक अन्य बुद्धका दश पवित्र अस्तु पनि ससाना सुन र चाँदीका कफिनमा भेटिएका छन् । भेटिएका सबै बहुमुल्य वस्तु एक महिनाका लागि प्रदर्शनीमा राखिएको छ ।
शाक्यमुनिको अस्तुधातुबाट निकालिएको विश्वास गरिएको उक्त हड्डीको टुक्रा सम्राट् अशोकको प्यागोडा नामको सानो चैत्यमा भण्डार गरेर राखिएको अवस्थामा फेला पारिएको थियो । नानचिम्ास्थित छाम्कान मन्दिरमुनि सन् १०११ मा निर्मित भूमिगत दरबार दुई वर्षअगाडि उत्खनन गर्दा उक्त अशोक प्यागोडा फेला पारिएको थियो ।
सन् २००८ को जुलाईमा पुरातत्वविद्द्वारा भेट्टाइएको शिलालेखमा भू्मिगत दरबारभित्र शाक्यमुनिको तालुको हड्डी र अन्य बुद्धका अस्तुधातु रहेको सम्राट् अशोकका बहुमूल्य सात धातु भएको चैत्य संरक्षित गरिएको उल्लेख छ । त्यसको एक महिनापछि प्यागोडा भएको एउटा फलामको बाकस फेला पारिएको थियो । सन् २००८ को नोभेम्बरमा बाकसबाट प्यागोडा निकालेपछि दुईवटा कफिन फेला पारिएको थियो ।
चिनियाँ बुद्धिष्ट एसोसियसनका अधिकारीका अनुसार शाक्मुनिको देहवसानपछि उनको अस्तुबाट तालुको एउटा हड्डी, चारवटा दाँत, काँधका दुइटा हड्डी र ८४ हजार अस्तुधातु सङ्कलन गरिएको थियो । भारतीय सम्राट् अशोक-इशापूर्व २७३-२३२)ले शाक्यमुनिका बाँकी रहेका सबै अवशेषलाई प्यागोडाजस्तो समाधिमा राखेर पछि विश्वका विभिन्न भागमा पठाएका थिए । शाक्यमुनि बुद्धको अस्तु राखिएको सम्राट् अशोकका दसौं हजार प्यागोडामध्येको नानचिम्ामा रहेको प्यागोडा एउटा भएको विश्वास गरिन्छ ।
नानचिम्ामा भेटिएको चार तहको एक दशमलब २१ मिटर अग्लो र ४२ सेन्टिमिटर अग्लो प्यागोडा चीनमा हालसम्म उत्खनन गरिएको प्यागोडामध्ये सबैभन्दा ठूलो मानिन्छ ।
चीनको थाङ राज्यवंश -६१८-९०७)को बौद्धधर्मसम्बन्धी रैकर्डअनुसार चीनमा शाक्यमुनि बुद्धको अस्तु रहेको १९ वटा सम्राट् अशोकनिर्मित प्यागोडा रहेका छन् । हालसम्म चीनमा सातवटा प्यागोडा पत्ता लागिसकेको समाचारमा जनाइएको छ ।

No comments: