Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Monday, June 21, 2010

'चीनमा बुद्धको जन्मथलोबारे यथार्थ प्रष्ट्याइने'

ekantipur
निर्मल श्रेष्ठ
चीन, गोञ्जाउ, अषाढ ७ - गैरआवासीय नेपाली संघ चीनको दोस्रो बार्षीक कार्यक्रम नौ बुदे घोषणापत्रका साथ आइतबार सम्पन्न भएको छ । चीनको दक्षिणी व्यापारिक सहर गोञ्जाउमा आयोजित उक्त समारोहमा चीनमा बुद्धको जन्मथलोबारे यथार्थ प्रष्ट्याउन आवश्यक कार्य गर्ने, गोञ्जाउमा यथाशीघ्र नेपाली वाणिज्यदूतावास खोल्न आग्रह गर्ने, हङकङ र मकाउ एनआरएनबीच कार्यगत एकता विकसित गर्ने लगायतका छन् ।
घोषणपत्रमा नेपाल पर्यटन वर्ष २०११ लाई सफल बनाउन यथाशक्य पहल गर्ने, निर्धारित समयमा संविधान जारी गर्न दबाब दिने पनि उल्लेख छ । लु जिङलुस्थित विशाल पाचतारे होटल एसिया इन्टरनेशनलमा आयोजित भव्य समारोहमा संघले कल्याणकारी कोषको समेत स्थापना गरेको छ । चीनको गोञ्जाउ नेपाली व्यावसायीहरुको सबैभन्दा बढी बसोबास रहेको स्थल हो ।

कार्यक्रममा सहभागी गैरआवासीय नेपाली संघका अध्यक्ष देबमान हिराचनले प्रत्येक नेपालीको प्रतिष्ठा नेपाल सँग गासिएको हुँदा मुलुकलाइ समृद्ध बनाउन प्रवासमा रहेका सबै एकजुट हुनुपर्ने बताए । दश करोड अमेरिकन डलरको नेपाल लगानी कोष, ओपन युनिभर्सिटी, हेटौडा-काठमाण्डौ फाष्ट ट्रयाक लगायतका ठूला योजना कार्यान्वयनका लागि एनआरएन तदारुकता साथ लागेको पनि उनले कान्तिपुरलाई जानकारी गराए ।
भर्खरै जारी एनआरएन परिचय पत्रका सम्बन्धमा भने उनले सहमति अनुसारका केही बुदा हटाइएकामा नेपाल सरकार माथि असन्तुष्टि जाहेर गरे । 'परिचय पत्र सम्बन्धी नियमावलीको ड्राफ्टमा  एनआरएनको सिफारिसपत्र अनिवार्य गरिनुपर्छ भन्ने लेखिएको थियो,' अध्यक्ष हिराचनले भने, 'सरकारले हामीलाई जानकारी नै नगराइ उक्त बुदा हटाएकाले पुनः संसोधन गरिनुपर्ने हाम्रो माग छ ।' एनआरएन व्यक्तिमुखी नभई संस्थामुखी बनाउनु पर्ने कुरामा जोड दिदै उनले अहिलेसम्म गरिदै आएका विभिन्न विकासमुलक र सामाजिक कार्यहरुलाई निरन्तरता दिइने बताए । समयमा संविधान जारी हुन नसकेकामा परदेशमा रहेका नेपाली अत्यन्तै दुःखित रहेको भावना समेत उनले पोखे ।
समारोहमा राजदूत टंक कार्कीले विश्वभरि छरिएर रहेका २८ लाख नेपाली सद्भावना राजदूत भएको बताउदै परदेशमा रहनेहरुले स्वतःमुलुकको कूटनीतिक अभिभारा पनि बोकेको बताए । राजदूत कार्कीले अधिकांश चिनियँाहरुमा शाक्यमुनि बुद्धको जन्मथलोबारे भ्रम रहेको बताउदै सो बारे प्रष्ट्याउन थोरै मात्र मेहनत गरे पर्यटन बर्षमा चीनबाट एकलाख पर्यटक भित्रयाउने लक्ष्य सामान्य रहेको खुलाए । नेपाल ऐतिहासिक संक्रमण कालमा रहेको बताउदै उनले एनआरएनका सदस्यहरुलाई यस अवस्थामा मुलुकको आर्थिक सामाजिक विकासमा अझ बढी जिम्मेवार हुन अनुरोध समेत गरे ।
एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्का हङकङ प्रतिनिधि कृष्ण पाण्डेले संसारभर छरिएका नेपाली अब आर्थिक उन्नतितर्फ अग्रसर हुनुपर्ने विचार राखे । आर्थिकरुपमा सबल भए परदेशमै रही मुलुकको आर्थिक सामाजिक रुपान्तरणमा समेत योगदान गर्न सकिने उनको बुझाई थियो ।
कार्यक्रममा एनआरएन एसिया प्रशान्त क्षेत्रका सह-संयोजक रुद्रप्रसाद शर्मा, कोरिया अन्तराष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि गंगाराज राई, हङकङका जगन्नाथ ज्ञवाली, मकाउ एनआरएनका अध्यक्ष सुर्दशन थापा मगर लगायतको उपस्थिति थियो । एनआरएन चीनका अध्यक्ष डिल्ली प्रसाद पराजुलीले चीनमा एनआरएनका १ सय ५० क्रियाशिल सदस्य रहेको जानकारी गराए । सोही समारोहमा अध्यक्ष देबमान हिराचन र राजदूत टंक कार्कीले एनआरएन चीनको आधिकारिक वेभसाइट एनआरएनचाइना डट कमको पनि सुभारम्भ गरे ।

No comments: