Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Monday, January 16, 2012

कपिलवस्तु दिवस अभियान नेपाल समितिमा सल्लाहकार थप

Posted by Ram Kumar Shrestha on November 20, 2011
३० कार्तिक पिमबहाल, ललितपुर: आज भएको एक कार्यक्रममा कपिलवस्तु दिवस अभियान नेपाल राष्ट्रिय समितिका लागि एक जना सल्लाहकारको रुपमा धर्म बहादुर शाक्यलाई थप गर्ने निर्णय गरिएको छ । स्मरण रहोस माघ ८ २०६७ का दिन काठमाण्डौंमा अभियानको नेपाल रास्ट्रिय समिति गठन गर्दा निम्न ब्यक्तिहरुलाई सल्लाहकारमा राखिएको थियो:
१. बेखारत्न शाक्य पूर्वमेयर (ललितपुर)
२. घनश्याम राजकर्णिकार बौद्ध विद्धान तथा साहित्यकार
३. डा. कुसुम शाक्य सहप्राध्यापक त्रिवि
४. मनोरमा शेरचन अध्यक्ष लुम्बिनी समाज
५. रामचन्द्र पाण्डे अध्यक्ष देवदह संरक्षण प्रतिष्ठान
६. गुह्यरत्न शाक्य समाजसेवी

तेश्रो लुम्बिनी-कपिलवस्तु दिवसको अबसरमा जीवा लामिछानेको शुभ-कामना

Posted by Ram Kumar Shrestha on November 30, 2011

तेश्रो लुम्बिनी-कपिलवस्तु दिवसको अबसरमा पुष्पकमल दाहाल प्रचन्डको शुभ-कामना

Posted by Ram Kumar Shrestha on November 30, 2011

कपिलवस्तु दिवस अभियानको नाम परिवर्तन

Posted by Ram Kumar Shrestha on November 30, 2011
२००९ को सेप्टेम्बरको शुरुतिर अनलाइन खबर पत्रिकामा “भारतद्धारा नक्कली ‘कपिलबस्तु’ निर्माण” शिर्षकमा सो निर्माण कार्य सन २०१२ मा सम्पन्न गर्ने गरी करीब अन्तिम अबस्थामा पुगेको समाचार प्रकाशित हुँदासम्म बुद्ध जन्मनु भएको देशका तर्फबाट भने कुनै पनि किसिमको  आवाज नउठेकोले बिभिन्न देशमा छरिएर रहेका नेपाली बीच यसरी मौन बस्न नहुने ठहर गरी “कपिलवस्तु दिवस विस्व दिवस” को रुपमा जे जसरी हुन्छ मनाएर आवाज उठाइनु पर्ने सहमति भए अनुरुप उपयुक्त दिन खोज्ने क्रममा अशोक स्तम्भ खडग सम्शेरले पत्ता लगाएको भए तापनि अन्तरराष्ट्रिय जगत सामू ल्याउने महत्वपूर्ण काम भने १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद Anton Führer ले गरेको दिनलाई ऐतिहासिक महत्व दिइनु धेरै अर्थमा महत्व राख्ने देखिएको कारण यस दिनलाई कपिलबस्तु दिबसको रुपमा मनाइने निर्णय गरिएको हो । गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण नै अशोक स्तम्भ हो । नेपाललाई संसारमा चिनाउने एउटा बलियो आधार शान्तिका प्रतिमूर्ति गौतम बुद्ध जन्मनु भएको प्रमाण विस्व सामू सार्वजनिक गरिएको सो दिनलाई एउटा ऐतिहासिक महत्व दिनु आबस्यक देखिएको र त्यस्तो निर्णयका कारण यस क्षेत्रको बिकासको लागि उपयुक्त बातावरण सिर्जना गर्न सकिएको खण्डमा नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याइ अन्तत्वगत्वा नेपालको बिकासमा नै सहयोग पुर्याउने मात्र नभएर राष्ट्रिय अन्तरराष्ट्रिय शान्ति प्रकृयामा समर्थन, ऐक्यबद्धता र टेवा समेत दिन सक्ने भएकोले १ डिसेम्बरलाई कपिलबस्तु दिबसको रुपमा मनाउने निर्णय गरिएको हो ।

THIRD LUMBINI-KAPILVASTU DAY NEPAL PROGRAM BY SCHOOLS

Posted by Ram Kumar Shrestha on December 1, 2011

लुम्बिनी-कपिलवस्तु दिवस अभियानको अभिनन्दनले प्रचन्डलाई जिम्मेवारी थपिएको महसूस

Posted by Ram Kumar Shrestha on December 2, 2011
काठमाडौं, मङ्सिर १५- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको शान्ति प्रकृया मौलिक ढङ्गले अगाडि बढेको चर्चा गर्दै २१औं शताब्दीमा संविधान सभाबाटै संविधान बनाउने पहिलो देश नेपाल हुने बताएका छन्। लुम्बिनी-कपिलवस्तु दिवस अभियानद्वारा आयोजित बिहीबार तेश्रो लुम्बिनी-कपिलवस्तु दिवस कार्यक्रममा प्रमुख अतिथिको आसनबाट उनले सबै विचार, राजनीतिक दल, सम्पूर्ण धर्मावलम्बी, बुद्धिजीवीलाई एकताको सन्देशसहित शान्ति र समृद्धिको मार्गमा अगाडि बढ्न आह्‍वान गरे।
बृहत्तर लुम्बिनी क्षेत्र विकास निर्देशक समितिका अध्यक्षसमेत रहनुभएका अध्यक्ष दाहालले लुम्बिनी विकासको गुरुयोजनाको जुन प्रयत्न भएको छ, त्यो आफैंमा नेपाल र नेपालीका निम्ति केही गर्ने उद्धेस्यसंग जोडिएको छ भने।
लुम्बिनी क्षेत्रको बृहत्तर विकासका लागि संयुक्त राष्ट्र सङ्घका महासचिव वानकी मुनलाई भेटेर विश्वव्यापीरुपमा सो अभियानलाई अगाडि लैजान सकारात्मक र उत्साहप्रद ढङ्गले कुराकानी भएको उल्लेख गर्दै अध्यक्ष दाहालले उहाँ छिट्टै नेपाल आउने कार्यक्रम रहेकाले पनि यसको महत्व विश्वव्यापीरुपमा स्थापित भएको बताए। शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्‍याउन शान्ति प्रक्रियाकै प्रमुख पक्ष भएको नाताले आफ्नो पार्टी हदैसम्मको त्याग गर्न तयार रहेको उनले बताए।

लुम्बिनी-कपिलवस्तु दिवस अभियानको तर्फबाट गरिएको अभिन्दनको सन्दर्भमा अध्यक्ष दाहालले सम्मान आफूलाई गरिएको सम्मानभन्दा पनि नेपाली जनताको शान्तिको चाहना, गौतम बुद्धको शान्तिको सन्देश बिस्वभरि छर्ने र आँफैलाई भन्दा एउटा नयाँ भारी बोकाएको सन्देशको रुपमा बुझेको बताउनु भयो । 
कार्यक्रममा रक्षा राज्यमन्त्री रामवच्चन यादवले लुम्बिनीको विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताए।

लुम्बिनी-कपिलवस्तु दिवस अभियानका केन्द्रिय सल्लाहकार एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता पूर्व मन्त्री राजेन्द्र श्रेष्ठले विभिन्न देशहरुमा

तेश्रो लुम्बिनी–कपिलवस्तु दिवसका अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी

Posted by Ram Kumar Shrestha on December 2, 2011
काठमाण्डौं, मंसिर १५ : तेश्रो लुम्बिनी–कपिलवस्तु दिवस (डिसेम्बर १) का अवसरमा लुम्बिनी–कपिलवस्तु अभियानका तर्फबाट काठमाण्डौमा आयोजना गरिएको बिशेष कार्यक्रमको दोश्रो सत्रको रुपमा एउटा अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठीको आयोजना गरियो । कार्यक्रमको पहिलो सत्र पूर्व प्रधानमन्त्री, लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका अध्यक्ष एवं एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा मन्त्रीहरु, पूर्व मन्त्रीहरु, सांसदहरु, बुद्धिजिबी, अभियानका बिभिन्न देशका प्रतिनिधिहरु, पर्यटन ब्यबसायीहरु, बिभिन्न स्कूलका बिद्यार्थीहरु र शिक्षाकहरुको उपस्थिति थियो ।
उक्त गोस्ठीमा कपिलवस्तु क्षेत्र नं. १ का सभासद् एवं पूर्व पर्यटन तथा संस्कृति मन्त्री दीपकुमार उपाध्याय, क्षेत्र नं. ५ का सभासद् अभिषेक प्रताप शाह, पूर्व मन्त्री एवं नेकपा एमालेका नेता हिरण्यलाल श्रेष्ठ, नेपाल पर्यटन बोर्डका पदाधिकारीहरु, स्कुल÷कलेजका विद्यार्थी शिक्षक प्रतिनिधि, बुद्धिजीबि, अभियानका बिभिन्न देशका प्रतिनिधिहरु, नेपाल प्रतिनिधिहरु र पर्यवेक्षक रहनु भएको थियो । उक्त अवसरमा इतिहास तथा सम्पदा विषयमा गोरखापत्रका पूर्व सम्पादक एवं बौद्ध संस्कृतिविद् केदार शाक्य, मिडिया तथा प्रचार प्रसार सम्बन्धमा वरिष्ठ पत्रकार एवं एक्यवद्धता मासिकका सम्पादक नीलकण्ठ तिवारी, अन्तर्राष्ट्रिय अवस्थाका सम्बन्धमा विदेश प्रतिनिधिहरुका तर्फबाट डा. हरि कुमार श्रेष्ठ, सांस्कृतिक अवस्थाका बारेमा हास्य कलाकार मनोज गजुरेल एवं स्थानीयवासीका तर्फबाट दुर्गा अर्यालले तयार पार्नुभएको कार्यपत्रलाई निलेश अधिकारीले प्रस्तुत गर्नुभएको थियो । उक्त अवसरमा श्री दीपकुमार उपाध्यायले अति महत्वपूर्ण सुझावहरु प्रस्तुत गर्नुभएको थियो ।

क्यानाडामा तेस्रो लुम्बिनी-कपिलबस्तु दिवस कार्यक्रम सम्पन्न

Posted by Ram Kumar Shrestha on December 3, 2011
अशोक खड्का, टोरोन्टो, क्यानाडा २८ नोभेम्बर – क्यानडाको मिसासागा, टोरोन्टोमा लुम्बिनी-कपिलबस्तु दिवस अभियान क्यानडा राष्ट्रिय समितिको आयोजनामा तेश्रो लुम्बिनी – कपिलवस्तु दिवस कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ। अपरान्ह २ बजे केन्द्रीय पुस्तकालयको हलमा शुरु भएको कार्यक्रम पाँच बजेसम्म चलेको थियो। कार्यक्रमको संचालन लुम्बिनी-कपिलबस्तु दिवस अभियान राष्ट्रिय समिति सदस्य गोबिन्द सिवाकोटीले गर्नु भएको थियो भने अर्का सदस्य आङवरु शेर्पाले कार्यक्रमका सहभागीहरुलाई स्वागत गर्नुभएको थियो।
अभियानका विश्व समिति सदस्य तथा क्यानाडा संयोजक चन्द्र राइले कार्यक्रमको औचित्व र अभियानबारे प्रकाश पार्दै, “हामी देश विदेशमा रहेका नेपालीहरु विभिन्न समुदाय, सामुदायिक संजाल बनाएर सामुदायिक सेवा र गतिबिधीमा मात्र लागेका हुन्छौं, तर हाम्रो सिंगै देश, राष्ट्रियता, पहिचान, इज्जत र राष्ट्रिय समृद्धिको महत्वपूर्ण कर्तब्य भुलिरहेका हुन्छौं। यसो भनिरहदा गैह्र आबासीय नेपालीहरुको सबैभन्दा ठुलो सञ्जाल (एन.आर.एन) मा राष्ट्रियता, राष्ट्रिय सार्बभौमसत्ताको सबालमा थोरै पनि एजेन्डा नआउँदा हामी हाम्रा आफ्नै बाध्यता र ब्यस्तताको बाबजुद पनि माटोको ऋणको निम्ति यस पबित्र अभियानमा छौ” भन्दै सबैलाई एकजुट हन आब्हान गर्नु भयो।

“लुम्बिनीको प्रबर्द्धनमा हाम्रो सहभागिता” बिषयक अन्तर्कृयाका साथ सिडनीमा तेश्रो लुम्बिनी – कपिलवस्तु दिवस सम्पन्न

Posted by Ram Kumar Shrestha on December 13, 2011
सानु घिमिरे, ११ डिसेम्बर, सिडनी, अस्ट्रेलिया: गौतम बुद्धको जन्मस्थल लुम्बिनी – कपिलबस्तुको प्रचार र प्रबर्द्धनको लागि लुम्बिनि-कपिलवस्तु दिवस अभियान अस्ट्रेलिया राष्ट्रिय समितिको आयोजनामा तेश्रो लुम्बिनी-कपिलवस्तु दिवस “लुम्बिनीको प्रबर्द्धनमा हाम्रो सहभागिता” बिषयक अन्तरक्रिया कार्यक्रम गरी मानाइएको छ । कार्यक्रममा गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रचार र प्रबर्द्धनको लागि एनआरएनको सहभागीताको सम्बन्धमा ब्यापक छलफल भयो ।
लुम्बिनी – कपिलबस्तु दिवस अभियान अस्ट्रेलिया राष्ट्रिय समितिले सिड्नीको क्यान्टेबरिमा आयोजना गरेको “लुम्बिनीको प्रबर्द्धनमा हाम्रो सहभागिता” बिषयक अन्तरक्रिया कार्यक्रममा बिदेशमा रहेका कुटनैतिक नियोगहरु र नेपाली ब्यबसायीहरुले आफ्नो कार्यालयमा लुम्बिनीको प्रबर्द्धन गर्ने खालको पोस्टर , बिलबोर्ड तथा सोवेनियर राख्नु पर्ने सुझाब दिईएकोछ ।
त्यस्तै व्यक्तिगत संचारमा पनि आफ्नो देशको पहिचान बोकेको कपिलबस्तु लुम्बिनीको बारेमा चर्चा गर्ने, बिदेशमा तथा नेपालमै पनि बिद्यालयहरुको पाठ्यपुस्तक निर्माण गर्ने निकायहरुमा गौतम बुद्धको जन्म स्थलबारे भएका गलत जानकारी सच्याउन पैरबी गर्ने , अस्ट्रेलियामा २०१२ मा हुन गइरहेको एनआरएन अस्ट्रेलियाको क्षेत्रीय सम्मेलनमा लुम्बिनी, कपिलबस्तुको प्रबर्द्धनको बारेमा एउटा सेसन आयोजना गर्न आग्रह गर्ने, बिभिन्न चाड पर्बको अबसरहरुमा यो अभियानको तर्फबाट बिभिन्न कुटनीतिक निकायहरुमा लुम्बिनीको प्रबर्ध्दन गर्ने वाक्य तथा तस्विरहरु राखेर शुभकामना आदान प्रदान गर्न आग्रह गर्ने जस्ता सुझाबहरु कार्यक्रममा सहभागीहरुबाट आएका थिए । यसै गरि अस्ट्रेलियामा बिभिन्न समयमा शहरमा हुने गरेका वृत्तचित्र प्रदर्शनका स्थलहरुमा लुम्बिनीको वृत्तचित्र प्रस्तुत गर्ने, लुम्बिनी प्रबर्द्धनको बारेमा रेडियो जिंगल तयार गरि स्थानीय रेडियोहरुमा प्रसारण गर्न अनुरोध गर्ने, समाजिक संजालहरूमा “लुम्बिनी ,नेपाल, बुद्धको जन्मस्थल हो” भन्ने भन्ने आशय झल्कने किसिमका बिभिन्न पोस्टहरु राख्ने, नेपाल सरकारलाई लुम्बिनीलाई नेपालको प्रमुख पर्यटकीय बिन्दुको रुपमा राख्न आग्रह गर्ने, नेपाली संघसंस्थाले आयोजना गर्ने कार्यक्रमहरुमा कम्तिमा सन् २०१२ भरि हरेक ब्यानरको छेउमा “बुद्ध वाज बोर्न इन नेपाल” भनेर लेख्न आग्रह गर्ने,बुद्धको सानो मुर्तिमा “भिजिट नेपाल, बर्थ प्लेस अफ बुद्ध ” भनिएको अथवा त्यस्तै आशय झल्कने सामग्री लेखी बिदेशी कुतैनिक नियोगहरुमा उपहार दिने, अंग्रेजी र नेपाली मिडियाहरुमा लुम्बिनी -कपिलबस्तु सम्बन्धि एउटा कोलम छुट्याएर हरेक प्रकाशनमा यससम्बन्धि सामाग्री राख्न आग्रह गर्ने लगायतका सुझाबहरु सहभागीहरुबाट प्राप्त भएका छन ।
सोही कार्यक्रममा लुम्बिनी कपिलबस्तु प्रबर्द्धन गर्ने स्टिकरहरु आ- आफ्ना गाडीहरुमा राखेर यसको प्रचार -प्रसार गर्ने अभियानलाई तिब्रता दिनु पर्ने पनि बताइएको छ ।

अभियानका अस्ट्रेलियाका रास्ट्रीय संयोजक निमा शेर्पाले अध्यक्षयता गर्नु भएको सो कार्यक्रममा एनआरएन आइसीसीका सल्लाहकार समाजसेवी इन्द्रा बनले लुम्बिनी – कपिलबस्तु दिवस अभियानको बिशुद्ध भावनाको प्रशंशा गर्दै यसलाई एनआरएन अन्तरास्ट्रिय समन्वय समिति तथा अस्ट्रेलियाको मुख्य मुद्धामा पार्न पहल गर्ने प्रतिबद्धता प्रकट गर्नु भयो ।

बुद्ध भारतमा जन्मिएको जानकारी सहितको पुस्तक त्रिविविको पाठ्यक्रमबाट हटाउन ज्ञापन पत्र

Posted by Ram Kumar Shrestha on December 16, 2011
१९ मार्ग, २०६८ काठमान्डौं । भारतमा सन २०१२ मा संपन्न गर्ने किसिमले जोडतोडका साथ नक्कली लुम्बिनी/ कपिलवस्तु निर्माण कार्य करीब अन्तिम अबस्थामा पुग्दासम्म पनि एक किसिमले सर्ब पक्षीय मौनता देखिएको कारण सत्यको प्रतिरक्षा गर्न सत्यका पर्यायबाची बुद्धको नाममाथि असत्यको खेती गरेर भयंकर अन्याय, अनास्था र अपराध कार्यलाई निरुत्साहित गर्दै सिर्जित दिग्भ्रमका कारण झुक्याएर बर्षेनी हजारौं बिस्व पर्यटकहरुलाई बुद्ध जन्मस्थल भन्दै नक्कली लुम्बिनी लगेर गरिने गरिएको मानबाधिकार हनन हुनबाट उनीहरुलाई जोगाउने जस्ता उद्धेस्यका साथ लुम्बिनी-कपिलवस्तु दिवस (पहिला कपिलवस्तु दिवस) अभियान शुरु गरिएको थियो । अभियान शुरु गरिएपस्चात बिभिन्न देशको पाठ्य पुस्तकमा नै बुद्धको जन्मस्थान भारत भनी उल्लेख गरिएका जानकारीहरु प्राप्त हुन थालेको कारण माधव कुमार नेपाल प्रधानमन्त्री भएको बेलामा अभियानका बिस्व कार्य समितिका सल्लाहकारहरु पूर्व मन्त्री राजेन्द्र श्रेष्ठ, डा आरजु देउवा राणा, डा कबिताराम श्रेष्ठ र अभियानका बिस्व कार्य समितिका जापान, बेल्जियम र नेपालका प्रतिनिधिहरुको एक टोलीले कुटनितिक नियोगहरु मार्फत यो समस्या समाधान गरिनु पर्ने र नक्कली लुम्बिनीको सम्बन्धमा दुई सरकारका बीच कुराकानी हुनु पर्ने कुरामा जोड दिंदै ज्ञापन पत्र बुझाईएको थियो ।
तर बुद्ध जन्मिनु भएकै देशको त्रिभुवन विश्वविद्यालयको अंग्रेजी दोस्रो वर्षको पाठ्यक्रममा भएको एउटा पुस्तकमा “बुद्ध उत्तरी भारतामा जन्मिएको एउटा राजकुमार थिए” भनिएको छ Text : “Sidhartha Gautam, the Buddha {“Enlightened One”") had been born about 563 BC to a princely of Northern India.” {(Page 21) Book Title: A History of Knowledge , Published by Ballantine Books, New York, 1992 Author: Doren, Charles Van. । त्यस पुस्तक ११ वर्षसम्म (१९९९-२०१०) यस विश्वविद्यालयमा पढाइयो र गत वर्ष आएर विद्यार्थीहरुले आन्दोलन गरेर यो किताबलाई प्रतिबन्धित गर्न माग गरे । त्यसलाई अहिले पढ़ाइन्न भन्ने भनाई छ, तर परीक्षामा त्यसै किताबका अन्य च्याप्टरबाट अझै प्रश्नहरू सोधिने गरिन्छ । तेस्रो लुम्बिनी – कपिलवस्तु दिवस नेपालमा मनाउने क्रममा अभियानका स्थानीय अभियन्ताहरूबाट यो किताब अझै पाठ्यक्रमको सूचीबाट हटाइएको छैन भन्ने जानकारी आएकोले आज यस अभियानका विश्व कार्य समिति सल्लाहकार डा कविताराम श्रेष्ठ, बेलायत प्रतिनिधि श्रीमती प्रभा श्रेष्ठ, कतार प्रतिनिधि

ताइवानमा तेस्रो लुम्बिनी कपिलबस्तु दिवस कार्यक्रम सम्पन्न

Posted by Ram Kumar Shrestha on December 20, 2011

डिसेम्बर १८ २०११, डा. हरिकुमार श्रेष्ठ ताइपेई ताइवान । लुम्बिनी कपिलबस्तु दिवस ताईवान राष्ट्रिय समिति र गैर आवासीय नेपाली संघ ताइवानको संयुक्त तत्वावधानमा ताइपेईस्थित सनयात्सेन मेमोरियल हलको बाहिर प्रांगणमा नेपाली र बिदेशीहरुको सहभागितामा तेश्रो लुम्बिनी कपिलवस्तु दिवस मनाइयो । कार्यक्रममा उपस्थित सहभागीहरुलाई डा श्रेष्ठले १ डिसेम्बरमा नेपालमा तेश्रो लुम्बिनी कपिलवस्तु दिवस मनाउने क्रममा कार्यक्रममा बिभिन्न देशबाट अभियानका प्रतिनिधिको रुपमा सहभागी हुनेहरुलाई नेपाल पर्यटन बोर्डले आ-आफू बसेको देशमा प्रचार प्रसारको लागि उपहार स्वरुप प्रदान गरिएका प्रचार प्रसार सामग्रीहरु र ताइवानमा “Visit Lumbini Tourism Year 2012” लाई सफल पार्न तयार गरिएका प्रचार सामग्रीहरु र निमन्त्रणा कार्ड वितरण गर्नु भयो । प्रचार सामग्री वितरण गर्ने क्रममा डा श्रेष्ठ र आयोजकका अन्य सहयोगीहरुले बुद्धको जन्म र जन्मस्थान नेपालको लुम्बिनी भएको बारेमा पनि एकैसाथ जानकारी दिएका थिए । यस कार्यले गर्दा बुद्धको जन्मस्थानको बारेमा भ्रममा परेका व्यक्तिहरुलाई भ्रम निवारण गर्न केही हदसम्म सहयोग पुगेको दावी कार्यक्रममा संलग्न व्यक्तिहरुको छ ।

Korean prez asked to correct Buddha’s birthplace

Posted by Ram Kumar Shrestha on December 21, 2011
SEOUL, DEC 21 -
Nepal’s Ambassador to South Korea Kamal Prasad Koirala has written a letter to the South Korean President Lee Myung-bak requesting him to change the erroneous information in the South Korean textbooks regarding the birth of Lord Buddha.
The four-page-long letter states that Lord Buddha was born in Lumbini and that Lumbini is a part of Nepal. The letter further states that when India was under the British rule, some British writers had written that Buddha was born in India and this is still believed true in many parts of the world.
Koirala also said that the General Secretary of United Nations, Ban Ki-moon, has shown keen interest in development of Lumbini, as it is the birthplace of Lord Buddha. He also stated that even the British Museum has changed the birthplace of Lord Buddha as Nepal on Nov 7.
Koirala has put for`th his belief that Lee would heed to the plea.

पढ्नै पर्ने विषयवस्तु

Posted by Ram Kumar Shrestha on January 15, 2012
 
 
 
 
 
 
Rate This
आदरणीय ताइवानवासी राष्ट्र्प्रेमी साथीहरु
नमस्कार ।
विशेष त आज मैले ताइवानबाट एउटा मेल पाएकि हाम्रा कुनै मित्रले ताइवानको इमिग्रेशन अफिसमा डा. हरिकुमार श्रेष्ठ एउटा कामले ताइवान बस्छ तर काम भने अर्कै गर्छ भनेर उजुरी दिएछन् । यसैबारे मेरा केही साथीहरुलाई पनि मेरो बारेमा सोध पुछ गरिएछ । कुरा अरु कैही नभएर हालै ताइवानमा मनाएको लुम्बिनी कपिलवस्तु दिवसलाई इष्यु बनाएका रहेछन् । धन्य रहेछ मानिसकौ मानसिकता पनि । हामीलै बुद्ध नेपालमा जन्मेका हुन् भनेर हिड्न पनि नहुने भयो । त्यसमा मैले के नै पो गरेको थिएं र केवल हामीले बुद्धको जन्मस्थानको बारेमा भएको भ्रमलाई निवारण गर्नको लागि बुद्धको जन्मस्थान नेपालको लुम्बिनी हो भनेर जानकारी दिएका थियौं । नेपाल पर्यटन विकास वोर्डबाट ताइवानको लागि मसंग पठाइएको कोसेली हामीहरुले ताइपेई, ताइवानमा बांडेका थियौं । अनि हामीले भेटेका केही व्यक्तिलाई नेपाल भ्रमणमा आउन आग्रह गरी निम्तो पनि गरेका थियौं । यस्ता काम त जुनसुकै देशका व्यक्तिले आप्mनो देशको पहिचान दिने काममा जहां पनि गर्न सक्छन् । के नेपालमा बस्ने विदेशिले आप्mनो देशको बारेमा जानकारी दिंदैनन् र ? खै मैले पनि नेपालमा कति ताइवानीहरुलाई सहयोग गरेको थिएं । म त स्वयंसेवा गर्न रुचाउने व्यक्ति, यस्तै काममा रमाउंछु र निरन्तर जो कोहीलाई पनि सकेको सहयोग गर्ने नै छु । त्यसैले, जसले त्यहां उजुरी दिनु भएको छ, नेपालमा आएर पनि उजुरी दिनुहोला साथी । मेरो विनम्र अनुरोध छ ।
यसबाट मलाई केही दुख छैन । राष्ट्र्प्रेमी मेरा साथीहरुले पनि दुख मान्नु पर्ने छैन । जेहोस्, जो जसले त्यसो गर्नु भएको छ धन्यवाद पनि दिन चाहन्छु र भविष्यमा पनि मैले गरेको यस्ता कार्यमा अझै उजुरी दिंदै जानुहोला । जे होस् राष्ट्र्को लागि हामीले केही त गरेका रहेछौं भनेर मलाई त निकै नै गर्व नै लागेको छ ।
त्यसैले साथीहरु तपाईहरुलै पनि यस्ता मान्छे चिन्ने काम गर्नुहोला । भोली जो कोहीलाई पनि यस्ता व्यक्तिले बेकारको दुख दिने काम गरी साथीहरुलाई भड्काउने काम गर्नेछन् । नेपालीहरुको एकजुट नै आजको अपरिहार्यता हो । सकिन्छ राष्ट्र्को लागि केही गरौं, सकिन्न भने गर्ने मानिसको खुट्टा नतानौं ।
धन्यवाद ।
भवदीय,
डा. हरिकुमार श्रेष्ठ
हालः काठमाडौ, नेपाल

लुम्बिनी-कपिलवस्तु दिवस अभियानको दशौं राष्ट्रिय समिति गठन मलेशियामा

Posted by Ram Kumar Shrestha on January 16, 2012
 
 
 
 
 
 
Rate This
सीमित स्वार्थका कारण बुद्धको बिस्वब्यापी महत्वबाट लालायितहरुले बुद्ध जन्मस्थलबारे सिर्जना गरेका दिग्भ्रमहरुलाई निस्तेज पार्ने अभिप्रायले शुरु गरिएको कपिलवस्तु दिवस अभियान पछिल्लो समयमा लुम्बिनी क्षेत्रको बिकासमा देखा परेका बिभिन्न सकारात्मक संकेतहरुले गर्दा अभियानको नाममा लुम्बिनी शब्द कुनै न कुनै किसिमले जोडनका लागि आएका धेरै शुभ चिन्तकहरुको सुझाबलाई ध्यानमा राखेर अभियानको बिस्व कार्य समितिले अभियानको नाम लुम्बिनी-कपिलवस्तु दिवस अभियान राख्ने गरी गरिएको निर्णयलाई तेश्रो कपिलवस्तु दिवस मनाउने क्रममा यही डिसेम्बर १ तारिख २०११ का दिन वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशकका संयोजक एबं पूर्व प्रधानमन्त्रीको प्रमुख आतिथ्य र मन्त्रीहरु, पूर्व मन्त्रीहरु, सांसदहरु एबं राष्ट्रिय स्तरका थुप्रै ब्यक्तिहरुको उपस्थितिमा भएको नेपालमा आयोजना गरिएको कार्यक्रममा अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले इण्टरनेटको माध्यमबाट वेलायतबाट मन्तब्य दिने क्रममा आधिकारिक रुपमा अभियानको नाम परिवर्तन गरिएको घोषणा गर्नु भएको थियो । यसरी सो दिनदेखि सो अभियानको तेश्रो वार्षिकोत्सब लुम्बिनी- कपिलवस्तु दिवसको रुपमा मनाइन थालिएको छ ।
अभियानको नाम यसरी परिवर्तन गरेपस्चात अभियानको संगठन बिस्तार गर्ने क्रममा राष्ट्रिय समिति गठन गर्नेमा मलेशिया पहिलो मुलुक बन्न पुगेको छ भने अभियानको राष्ट्रिय समिति गठन गर्नेमा भने दशौं । मलेशियाका लागि नेपाली राजदूत एबं अभियानका विस्व कार्य समितिका सल्लाहकार महामहिम डा ऋषि अधिकारीको समुस्थितिमा गठन गरिएको लुम्बिनी-कपिलवस्तु दिवस अभियान मलेशिया राष्ट्रिय समितिका राष्ट्रिय संयोजकमा मलेशियास्थित नेपालीहरुका अध्यक्ष एबं एनआरएन मलेशियाका अध्यक्ष संगकर पौडेल हुनुहुन्छ भने अन्य संयोजकहरुमा एनआरएन