Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Saturday, June 19, 2010

श्रोत र शक्तिको आडमा सिङ्गो विश्वलाई नै अन्धो वनाउने भारतको प्रयास

एन आइ न्यूज डेनमार्क विष्णु पौडेल
शान्तिका अग्रदुत भगवान गौतम वुद्धको २५५४ औ जन्मजयन्तीको अवसर पारेर कपिलवस्तु दिवस अभियान समिति डेनमार्कले ३० भन्दा
बढी  सहभागीको उपस्थितिमा आज डेनमार्कको कोपनहेगनमा भेला सपन्न ग-यो ।

भेलाले खासगरी शान्तिका अग्रदुत भगवान गौतम वुद्धको जन्मस्थल र तात्कालीन राजधानीको विषयमा छिमेकी राष्ट्र भारतले गर्दै आएको भ्रामक प्रचारको निन्दा ग-यो । छिमेकी राष्ट्र भारतले नेपालको सामाजिक, आर्थिक, राजनितिक एवं भौगोलिक क्षेत्रमा पटक पटक धावा बोल्दै आइरहेको छ । यी दुवै राज्यबीच सामाजिक तथा सांस्कृतिक सवालमा प्रसस्त मेल खाने भएकाले पनि कतिपय सवालहरुलाई नजरअन्दाज गरिएको कमजोरीको लाभ भारत राज्यले सदैव उठाउदै आएको छ । तर विश्व इतिहासले प्रमाणित गरेको तथा विश्व सम्पदा सूचीमा सूचिकृत कटुसत्यमाथि नीजि स्वार्थका लागि अन्तरराष्ट्रिय कानुन विरीत गरीएको दण्डनीय कार्यको घोर भत्र्सना गर्दै अन्तरराष्ट्रिय जगतलाई ध्यानाकर्षण गर्नु नै भेलाको मुल उद्देश्य रहेको थियो ।


उक्त भेलाले श्रोत र शक्तिको आडमा सिङ्गो विश्वलाई नै अन्धो वनाई घाम जस्तै छर्लङ्ग जिवित इतिहासलाइ वङ्गयाउने जस्तो नीच कार्य कुनै पनि राज्यले नर्गन समेत अनुरोध ग-यो । इतिहासका दस्तावेजमा समेत उल्लेख भएको अर्थात वुद्ध सम्वन्धि सामान्य जानकारी राख्ने जो कोहीलाई थाहा भएको कुरा हो कि भगवान गौतम वुद्धको जन्म स्थल नेपालको रुपन्देही जिल्लाको लुम्विनी हो र उनको तात्कालीन राज्य हालको कपिलवस्तु जिल्लाको तिलौराकोट थियो भनेर । यस्तो सम्वेदनशील विषयमा एउटा राज्यले गर्ने नाङ्गो प्रदर्शनले विश्वलाई नै गुमराहमा पार्ने प्रयास गर्नु कहासम्मको न्याय हो भन्ने प्र्रश्न विश्व सामु उभिएको छ । यदि यस्तै खालको दादागिरी हावी हुदै जाने हो भने भोली जिशस क्राईष्ट अनी इश्लामी धर्म गुरु मोहम्मदको जन्म स्थल पनि परीवर्तन हुन सक्ने विषयका भेलाले चिन्ता व्यक्त गर्‍यो
भेलाले यो विषय अन्तरराष्ट्रिय प्रकृती भएकोले सवै राष्ट्रवाट न्यायको पक्षमा लडन साथ मिल्ने समेत विश्वास लिएको छ ।
दीपक सापकोटाको संचालन, प्रकाश श्रेष्ठ एवं सन्तोष वस्नेतको व्यवस्थापन सहयोग र विष्णु प्रसाद पौडेलको संयोजकत्वमा सम्पन्न उक्त भेलाले तपसिल वमोजिमका निष्कर्ष एवं निर्णय पारित गर्‍यो
१) भगवान गौतम वुद्धको जन्मस्थल र राजधानी जस्तै नक्कली लुम्विनी र कपिलवस्तु निर्माण गरी भारतले गरेको गलत प्रचार प्रति भारतलाई यसो नगर्न अनुरोध गर्दै विश्व जगतलाई स
ग रहन आग्रह ग-यो ।
२)यस्ता भ्रमपूर्ण प्रचारलाई निस्तेज पार्न आगामी दिनमा विदेशी मूलका वुद्धिजिवीहरु वीच अन्तरकृयाको आयोजना गर्ने साथै देशी तथा विदेशी संचार माध्यमहरुलाई सत्यका पक्षमा वकालत गर्न सहकार्यका लागि आग्रह गर्ने ।
३) गत वैशाख ३० मा गठित कपिलवस्तु दिवस अभियान समिति डेनमार्कलाई आधिकारीकता दिदै १७ सदस्सीय वाट १९ सदस्यमा विस्तार गरीयो । साथै समिति संयोजक विष्णु प्रसाद पौडेल, सदस्य सचिव नरेन्द्र वस्नेत, सदस्यहरु क्रमश:  दीपक सापकोटा, सरस्वती
कार्की वस्नेत, हरी न्यौपाने, मोहन के.सी .र प्रमिला अधिकारी समेतको ७ सदस्यीय सचिवालय समिति चयन ग-यो । उक्त समितिलाई आगामी कार्यक्रम तयारी गर्ने तथा आवश्यक निर्णय लि कार्यसंचालन गर्न समेत अधिकार प्रत्यायोजन ग-यो
४) सचिवालय समितिको आगामी आ
तवार  वस्ने वैठकले पहिलो कार्यको रुपमा डेनमार्क स्थीत नेपाली राजदुतावास ज्ञापन पत्र तयार गरी वुझाउने प्रतिवद्धता समेत भयो ।


No comments: