Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Saturday, June 19, 2010

ताइवानमा पहिलोपटक २५५४औं बुद्ध जयन्ति भब्यताका साथ सम्पन्न

यसवर्ष ताइवानमा बस्ने नेपालीहरुले ‘कपिलबस्तु दिवस विश्व कार्य समिति र गैरआवासीय नेपाली संघ ताइवान’ को संयुक्त तत्वावधानमा पहिलो पटक बुद्ध जयन्ति धुमधाम मनाएका छन् ।
उक्त कार्यक्रमको लागि एनआरएनए ताइवानका साथीहरुको एक आयोजक तयारी समिति बनेको थियो । जसका संयोजकमा सोनाम शेर्पा र सदस्यहरुमा कपिल अधिकारी, कर्साङ लामा, विनोद डि.सी., देव गुरुंग, नरेश गुरुंग, नोनो फुर्बासोनाम शेर्पा, राजु गुरुंग र हरिकुमार श्रेष्ठ संलग्न थिए । यसको अलावा एनआरएनए ताइवानका कोषाध्यक्ष मिङमा शेर्पाको सहयोग पनि विशेष उल्लेखनीय रह्यो । कार्यक्रम २ चरणमा सम्पन्न भएको थियो ।

पहिलो दिन: मे २७, २०१०
विश्व शान्तिका अग्रदूत बुद्धको जन्म दिनमा ताइपेई ताइवानको इङकमा भेन खेम्पो रिम्पोचे साड्गे राड्चुङ मुख्य गुरुबाट संचालित नेपाली बुद्ध मन्दिर निग्मा पालयुल डी. एन. बज्र धर्मचक्र सेन्टर  इङक ताइपेई ताइवानमा गै विधिपूर्वक पूजापाठ सम्पन्न भयो । पूजामा संयोजक सोनाम शेर्पासहित १४ जनाको उपस्थिति थियो । पूजाको कार्यक्रमपछि प्रसाद पनि वितरण गरिएको थियोभने केही सामग्रीहरु भने दोस्रो चरणको कार्यक्रमलाई राखिएको थियो । त्यसपछि अन्तमा विशेष समय लिई हरिकुमार श्रेष्ठ र कर्साङ लामाबाट उक्त मन्दिरको गुरु फुर्वा रिम्पोचेसंग ताइवानमा नेपालीहरुको लागि एनआरएनए स्थापना भैसकेको र दर्ताको लागि पहल भैराखेको जानकारी गराउनुको साथै बुद्धको जन्मस्थल कपिलबस्तु नेपाल हो भनेर प्रचार प्रसार तथा बुद्धको शान्तिको सन्देश विश्व जगतमा व्यापकरुपमा फैलाउन र नेपालमा पर्यटन विकासमा सहित सहयोग पुर्याउने उद्देश्यले कपिलबस्तु दिवस विश्व कार्य समिति गठन भै कपिलबस्तुबारेमा गत वर्षदेखि व्यापक प्रचार प्रसार कार्य गर्दै आएको कुरा पनि छलफल भयो । यसै सिलसिलामा ताइवानमा धेरैजसो ब्यक्तिहरुलाई बुद्धको जन्मस्थलको बारेमा थाहा नभएकोले यसबारेमा सहयोगको लागि अनुरोध गरिएकोमा उहांले भन्नु भयो कि त्यहा पूजापाठ गर्न जाने प्रत्येक ब्यक्तिलाई यससम्बन्धी जानकारी भैसकेको कुरा सुनाउनु हुदै हौसला प्रदान गर्नुभयो । उहांको यस कदम प्रति आयोजक समिति हार्दिक धन्यवाद प्रदान गर्दछ ।
दोस्रो दिन: मे 30, २०१०
पहिलो चरणको कार्यक्रम बिदाको दिन नपरेकोले बिदा मिलाउन सक्ने ब्यक्तिहरुमात्र पूजाको लागि सहभागी भएभने यो दिनभने करिव ३५ जनाको उपस्थिति रह्यो । दोस्रो चरणको कार्यक्रम सान्सियाको सानिसया डाडामा गै लुङ्दा चढाउनुको साथै त्यहां नजिकैको घण्टा मन्दिर अगाडि अन्य कार्यक्रहरु संचालन भएको थियो । यस कार्यक्रममा अध्यक्षताको चयन एनआरएनए ताइवानका उपाध्यक्ष तथा यस तयारी समितिका सदस्य कपिल अधिकारीबाट गरिएको थियोभने एनआरएनए ताइवानका महासचिव तथा विश्व कार्य समितिका सदस्य हरिकुमार श्रेष्ठबाट कार्यक्रको उद्घोषण गरिएको थियो । कार्यक्रमको शुरुमा सहभागीहरुको परिचय गरिएको थियो । त्यसपछि उक्त समारोहमा एनआरएनए ताइवानका सहसचिव मुन्ना गुरुंगबाट सम्पूर्ण सहभागीलाई बुद्ध जयन्तिको उपलक्षमा शुभकामनासहित स्वागत मन्तव्य राख्नु भएको थियो । त्यस्तैगरेर एनआरएनए ताइवानका सदस्य डा. लेखनाथ काफ्लेले एनआरएनए ताइवानको बारेमा प्रकाश पार्नु भएको थियोभने हरिकुमार श्रेष्ठले कपिलबस्तु दिवस अभियान विश्वकार्य समितिको स्थापना लगायत यसको उद्देश्य तथा यसले हालसम्म गरेका मुख्यमुख्य उपलब्धिहरुको जानकारी दिनुको साथै यस अभियानमा सहयोगको लागि पनि अनुरोध पनि गर्नुभयो । सबै क्षेत्रबाट आफूले सकेको सहयोग गरेमा भारत तथा अन्य क्षेत्रबाट विश्वव्यापीरुपमा बुद्धको जन्मस्थानको बारेमा जुन भ्रम फैलाइएको छ अवस्य पनि निस्तेज पार्न सहयोग पुग्नेछ भन्नुभयो ।
यसै सिलसिलामा एनआरएनए ताइवानका सल्लाहकार तथा आयोजक समितिका सदस्य कर्सांङ लामाले बुद्ध जयन्ति कार्यक्रममा हामीले गरेका गतिविधिबारेमा प्रकाश पार्नु भएको थियो । यसको अलावा यसपटक थालनी भएको बुद्ध जयन्तिलाई सालबसालि निरन्तरता दिन आवस्यक छ र यसको लागि एक समिति निर्माण गर्न जरुरी छ भन्नुभयो । यस कार्यक्रमका संयोजक तथा एनआरएनए सदस्य सोनाम शेर्पाबाट कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा आफ्नो टिमबाट भएको सहयोगको प्रसंशा गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा सभाका सभापतिद्धारा विश्वमा नै बुद्धको महत्व बढ्दै गैराखेको अबस्थामा बुद्धको उपदेशहरु तथा जन्मस्थान कपिलबस्तूलाई व्यापकरुपमा विश्वसामु फैलाउन हामीले हाम्रो प्रयासहरु पनि जारी राख्न जरुरी छ भन्नुभयो । यसको साथै कार्यक्रममा सहभागी सम्पूर्ण नेपाली तथा विदेशी साथीहरुलाई धन्यवाद ज्ञापन गर्नु हुदै सभा विसर्जन गर्नुभएको थियो ।
कार्यक्रम संगसंगै प्रसाद ग्रहण गर्नुको साथै खानपीन पनि गरिएको थियो । पहिलो दिनको
कार्यक्रम सकिएपछि सहभागीहरुलाई नेपाली महिला नाङछन छिरिङले थाउयानमा सन्चालन गर्नु भएको आफ्नो रेष्टूरांमा आमन्त्रण गरी नेपाली भोजनको ब्यवस्था गर्नुभयो भने ताइपेई फर्कनको एनरएनए, ताइबानका सदस्य सुरेन्द्रबाट गाडीको सहयोग भएको थियो ।
। दोस्रो दिनको कार्यक्रममा खानाको लागि मुख्यरुपमा कर्साङ् लामा मिङमा शेर्पा र केही अन्य साथीहरुबाट पनि व्यवस्था भएको थियो । दुइ चरणको कार्यक्रममा भएको खर्च ताइवान डलर ९३६७.०० मध्ये ७७२७.०० शेर्पा ह्योल्मो समाज ताइपेई ताइवानस ९००.०० नरेश गुरुड० र ७४०.०० हरिकुमार श्रेष्ठबाट ब्यहोरिएको थियो । आयोजक समिति सम्पूर्ण सहयोगीहरुको लागि धन्यवाद ज्ञापन गर्दछ ।
समयसमयमा यस्ता कार्यक्रमहरु संचालन हुंदै जांदा एकआपसमा चिनजान हुनुको साथै नजिकिन निकै सजिलो हुन्छ र भविष्यमा नेपालीहरुको कुनै पनि कार्यक्रम संचालनको लागि थप हौसला र बल पुग्न जाने देखिन्छ ।
कार्यक्रममा सहभागी भक्तहरुले विश्व शान्तिका प्रतिक बुद्ध जन्मिएको देश नेपालमा भएको अशान्ति र द्धन्द प्रति गहिरो चिन्ता ब्यक्त गर्दै बुद्धको शान्ति सन्देश नेपाली नेताहरुमा पनि जतिसक्दो चाँडो पुगि देशमा शान्ति सुव्यवस्था कायम होस् भनि कामना गरे । त्यस्तैगरेर बुद्धको जन्मस्थानको बारेमा विश्वव्यापीरुपमा भारतबाट जुन भ्रम फैलाइएको छ यसको भ्रम निवारणको लागि नेपाल सरकार राजनैतिक दलहरु नेपालीहरु र विश्वभरमा बुद्धसम्बन्धी विभिन्न कार्यको सहयोगको लागि स्थापित । कार्यरत संघ संस्था समुह तथा ब्यक्तिहरुमा हार्दिक अपिल पनि गरेका छन् ।

No comments: