Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Saturday, June 19, 2010

पेरिसमा बुद्ध जयन्ती

२५५४ औं बुद्ध जयन्तीका दिन फ्रान्सको राजधानी पेरिसमा रहेको आइफल टावर अगाडिबाट नेपालीहरुले शान्ति र्‍याली गरे। हात हातमा बुद्धका  वाणी र सन्देश अंकित प्लेकार्ड र बुद्धका  फोटाहरु लिएर र्‍याली गरियो । नेपाली दुतावास पेरिसको सहयोग र समर्थनमा नेपाली एकता समाज, फ्रान्सले यो र्‍याली आयोजना गरेको हो । विश्वभरिका पर्यटकहरुको आइफल टावर हेर्न भिड लाग्ने हुनाले यहाँबाट बुद्धका अहिंसाका सन्देशहरु एकै पटक विश्वभरि फैलाउनका लागि यो ठाउँ रोजिएको आयोजकहरुको भनाई थियो ।
फ्रान्सेली पत्रकार पियरले कर्यक्रमबारे चासो राखेपछि आयोजकका सहभागीहरुले नेपाल र फ्रान्सको सद्भावकालागि नेपालीले फ्रान्सेली झण्डा बोक्छन्, तिमीले पनि बोक नेपाली झण्डा भन्नासाथ नेपाली झण्डा बोक्न कस्सिए । बिदेशमा नेपाली झण्डाको झन मान र शान अनि पहिचान बिछट्टै हुने गर्छ ।
बुद्धका अहिंसाका सन्देश र वाणीहरु आकर्षक तरिकाले तयार पारेका थिए कार्यवाहक राजदूत जिवनप्रकाश श्रेष्ठले । कार्यक्रममा दूतावासका सबै कर्मचारी खटिएका थिए ।
पेरिसको भूमिगत रेलवे सेवाका ढोकामा बसेर एकता समाजले बुद्ध जयन्तीबारे जानकारी भएका पम्प्लेटहरु बाँडेको थियो ।

No comments: