Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Saturday, June 19, 2010

संयुक्त राष्ट्र संघको कार्यालयमा अन्तरराष्ट्रिय भेसक दिवस (बुद्द जयन्ती)

न्यूयोर्क, मे २१ २०१०, अन्तरराष्ट्रिय भेसक दिवस (बुद्द जयन्ती) मे २१ तरीकका दिन न्यू योर्कको संयुक्त राष्ट्र संघको कार्यालयमा फिलिपिन्सको संयोजक्त्वमा भब्य रुपमा सम्पन्न भएको छ। उक्त कार्यक्रमको सुरुवत बिभिन्न देशका लामा गुरुहरुद्वारा सामुहिक रुप बुद्ध प्रथना र सबै राष्ट्रका राजदुतहरुद्वरा बुद्द भगवानको प्रतिमुर्तिमा केन्डल प्रज्वलन गरी सुरु गरेका थिए । शेर्पा किदुग अमेरिका र नेपालको प्रतिनिधित्व गर्दै लामा गुरुद्वय ङवाङ योन्देन शेर्पा र दोर्जी फुर्ब शेर्पाले उक्त सामुहिक प्रथानामा समेल हुनु भएको थियो।

उक्त कार्यक्रममा आयोजक राष्ट्र फिलिपिन्सका राजदुत तथा संयुक्त राष्ट्रसंघका लागि फिलिपिन्सका स्थायी प्रतिनिधी महमहिम लिब्रन केबक्तुलनले स्वागत मन्तब्य ब्यक्त गर्नुको साथै फिलिपिन्समा पनि बुद्दधर्मवलम्बी भएको जानकारी गराउनु भएको थियो। बंगलदेशका राजदुत तथा सयुक्त राष्ट्र सँघका लागि बंगलदेशका स्थायी प्रतिनिधी महमहिम अबुल्खन अब्दुल मोमेनले बुद्धले प्रतिपदन गरेका पञ्चशिलका सिद्धन्ताको बारेमा जानकारी दिनु भएको थियो भने पाकिस्तानका राजदुत तथा स्थायी प्रतिनिधीले भगवान बुद्द र मिलारेपाको बारेमा व्याख्या गर्नु भएको थियो। जापानका लागि सयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधी महमहिम शिगकी सुमिले जापानमा बुद्द धर्मको साथै अन्य धर्महरु पनि रहेको र सबै धर्ममा बुद्ध धर्मको प्रभाब रहेको कुरा जानकारी गराउनु भयो। भुटान लागि लागि सयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधी महमहिम लाटु वङ्चुकले आफ्नो मन्त्ब्यमा शान्ती र सदभब आजको विश्वा आवश्यकता भएको कुरा उल्लेख गर्नु भएको थियो। कोरिया लागि लागि सयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधी महमहिम राजदुत पार्क इन कूकले विश्व जलबायु र बातावरणीय परिवर्तनको समस्य र विश्व शान्तिको लागि बुद्दको सिद्दान्त अपरिहर्य भएको स्पस्ट पर्नु भयो। साथै कम्बोडियका लागि सयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधी महमहिम कोसै सि, भारतका लागि सयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधी महमहिम राजदुत हारी दिप सिंग पुरी, लावोसका लागि सयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधी महमहिम श्रीमती कनिका फोम्माचन, म्यान्मर लागि सयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधी महमहिम थान स्वी,थैल्यान्ड लागि सयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधी महमहिम नोरोचित सिन्हसेनी, भियतनमा लागि सयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधी महमहिम राजदुत लि लुङ मिन्ह ले पनि बुद्द र बुद्ध धर्मको बारेमा आ- आफ्नो बिचार राख्नु भएको थियो।
उक्त कार्यक्रममा नेपालका लागि सयुक्त राष्ट्रसंघका नायब स्थायी प्रतिनिधी संखर बैरागीले बुद्द धर्म संसारकै सबै भन्दा पुरानो धर्म भएको कुरा उल्लेख गर्नु साथै विश्व शान्ति, मानबता, र सास्कृतिक बिबिधता बारेमा उल्लेख गर्नु भएको थियो। उहाले बुद्द विश्व शान्तिको अग्रदुत दुत र एसियाकै तारा भएको र लुम्बिनिको बिकासको लागि अन्तरराष्ट्रिय जगतले गरेको सहयोगको प्रसंसा गर्नु भएको थियो।
दोस्रो चरान कार्यक्रममा भिबिन्न देशका संस्क्रिती झल्किने सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए र उक्त कार्य कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै शेर्पा किदुगद्वारा बाल कलाकारहरु सुश्री ल्हामु शेर्पा, सुश्री सोनिया शेर्पा, फुर्ब डोल्मा शेर्पा, सुश्री एलिन शेर्पा र शेर्पा गीतकार देन्डी शेर्पालाई समेल गराइ गीतकार देन्डी शेर्पाद्वरानै रचित विश्व शान्तिका गीत प्रस्तुत गरेका थिए। विश्व शान्ति , गुरु रिन्पोचे, र भगवान बुद्द प्रती समर्पित उक्त गीत कार्यक्रमकै उत्कृष्ट प्रस्तुती भएको जानकारी त्यहा उपस्थित बिभिन्न देशका प्रतिनिधिहरुले ब्यक्त गरेका थिए। नेपालको तर्फबाट तामाङ् सोसैटी अफ अमेरिकाले सेलो नाच प्रस्तुत गरेका थिए। शेर्पा किदुग अमेरिका र नेपालको प्रतिनिधित्व गर्दै लामा गुरुद्वय ङवाङ योन्देन शेर्पा र दोर्जी फुर्ब शेर्पाले प्रतिनिधित्व गरेका थिए।
कार्यक्रमको अन्त्यमा आयोजक राष्ट्र फिलिपिन्सले सबै कार्यक्रमका सबै सहभगिहरुलाई धन्यबाद प्रकट गर्नु साथै बिभिन्न राष्ट्रको खानाको परिकार पनि पर्द्शन गरेको थियो।

No comments: