Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Friday, April 29, 2011

कपिलबस्तु: प्राचिन र बर्तमान

Posted by Ram Kumar Shrestha on April 28, 2011
 
Rate This
सन् १८१६ को सुघौली सन्धीपछि नेपाल र भारत  ईस्ट इण्डिया कम्पनीका वीचमा सीमाड्ढन हुँदा प्राचीन कपिलवस्तुको दक्षिणतिरको करिब आधा जस्तो भू-भाग भारतमा पर्यो । त्यसैले मगध नरेश अशोकले पुनर्निर्माण गरेका पुराना गुम्बा र बौद्ध बिहारहरु, भिक्षु आवास गृह, प्रार्थना प्रवचन तथा सभास्थलहरुका भग्नावशेषहरु, बस्ति, नौगढ महाराजगंज जिल्लामा भेटिन्छन् । श्रावस्ती, कुशीनगर, बैशाली राजगृह, पाटलीपुत्र, सारनाथ, बोधगया यात्राका क्रममा गौतम बुद्ध बाटोमा बिश्राम गर्ने ठाँउहरुमा निर्मित कतिपय स्तूपहरु भविष्यमा अरु पनि भेटिन सक्ने संभावनालाई इन्कार गर्न सकिन्न । तिनैलाई लिएर भारतले कथित कपिलवस्तु र कपिलवस्तुको राजधानी भन्नु पुच्छरले सिंगो शरिरको दम्भगर्नु जस्तै हो ।

कवि माधव घिमिरेद्धारा रचित “गाँउछ गीत नेपाली ज्योतिको पंख उचाली” भन्ने लोकप्रिय राष्ट्रिय गीतबाट “बुद्धले यही ल्याएथे शान्तिको पहिलो बिहान” जस्ता नेपालको बुद्ध भन्ने महत्वपूर्ण वाक्यांश हटाई ने.टि.भी. र रेडियो नेपालबाट प्रसारण गराउन थालियो ।

बिपक्षीमा मन्त्री परिषद्को सचिवालय, प्रधान मन्त्रीको कार्यालय, शिक्षा मन्त्रालय संस्क्रिति मन्त्रालय, त्रिभूवल बिश्व बिद्यालय-अंग्रेजी बिषय समिति, संस्क्रिति  बिषय समिति र इतिहास बिषय समितिलाई राख्न बाध्य हुन पर् यो । उत्प्रेषण रिट दिएको एक महिनापछि पाठ्यक्रमबाट उक्त अंश हटाएर पढाउने निर्णय त्रि.बि.बि. ले गर् यो ।  

-नारायणप्रसाद पौडेल (लेखक लुम्बिनि कपिलवस्तु बचाऔ अभियानका अध्यक्ष हुनुहुन्छ र यो लेख धेरै पहिला लेखिएको कारण नेपालको परिबर्तित सन्दर्भमा कतिपय कुरा असान्दर्भिक देखिए तापनि सामग्रीको एतिहासिकता कायम गर्न परिवर्तन नगरी यथाबत राखिएको छ । )     
कपिलवस्तु शांख्य दर्शनका प्रणेता कपिलमूनिको तपोवन । कपिलवस्तु शाक्यबंशीय राजा शुद्धोधनको राजधानी । कपिलवस्तु सिद्धार्थ गौतम बुद्धले २९ बर्षसम्म जीवनयापन गरेको ठाउँ । कपिलवस्तु लुम्बिनी अन्चलको एउटा जिल्ला । यसको इतिहास नेपालभन्दा पुरानो छ । बुद्धभन्दा जेठो छ । कपिलवस्तु नेपाल नजानेकोले पनि जानेको छ । नेपाल नसुनेकोले पनि सुनेको छ । बरु नेपाल भित्रैका कपिलवस्तु जिल्ला भित्रैका बासिन्दाका लागि कपिलवस्तु अपरिचित होला, हुन पनि सक्छ, तर पुरातत्वबिद्, इतिहासकार, सांस्क्रितिक अन्वेषणकर्ता, बुद्ध धर्मावलम्बी, भौतिकवादी, मानव अधिकारवादी, बिश्व शान्ति र समानताका पक्षपाति अहिंसा र असांप्रदायिक बिचारका अनुयायिका लागि कपिलवस्तु  प्रेरणाको श्रोत हो । कपिलवस्तु प्राचीन सभ्यता र संस्क्रितिको अमूल्य नीधि हो । नेपाल र नेपालीको गौरव हो  कपिलवस्तु । समग्रमा भन्नु पर्दा संसारलाई दुई-दुईवटा दार्शनिक दिने ठाउँको नाउँ हो  कपिलवस्तु । संसारलाई हेर्ने दुईवटा आँखा दिने यस्तो ठाउँ शायदै अन्त कतै भेटिएला । पुरातात्विक संग्रहालय हो  कपिलवस्तु । डेढ अरब बुद्ध धर्मावलम्बीहरुको पवित्र आस्थाको केन्द्र हो  कपिलवस्तु । धार्मिक तीर्थस्थल हो कपिलवस्तु ।

Tuesday, April 26, 2011

पेरिसमा कपिलबस्तु दिवस अभियानको राष्ट्रिय समिति गठनबारे छलफल

Posted by Ram Kumar Shrestha on October 27, 2010
कपिलबस्तु दिवस अभियानका सल्लाहकार प्रो डा कबिताराम श्रेष्ठ स्पेनमा अभियानको राष्ट्रिय समिति गठन र उहाँद्धारा नै लिखित “महाभिनिष्क्रमणका अस्वीकृत पाइला” नामक बुद्धको जीवनीमा आधारित अनुसन्धानात्मक उपन्यासको बिमोचन गरी यही २५ तारिख पेरिस पुग्नु भएको अबसरमा राजेन्द्र कार्की, अनुराधा पौडेल र ददिराज सापकोटाको सहयोगमा पेरिसस्थित नेपाली दूताबासको कन्सुलरको प्रमुख आतिथ्य र एनआरएनका अध्यक्षको बिशेष उपस्थितिमा बुद्धिजिबी, पत्रकारहरु र सर्ब साधारणको भेला भएको थियो जस्मा कपिलबस्तु दिवस अभियान र यस्को फ्रान्सको राष्ट्रिय समिति गठनबारे छलफल गरिएको थियो । सोही अबसरमा “महाभिनिष्क्रमणका अस्वीकृत पाइला” नामक बुद्धको जीवनीमा आधारित अनुसन्धानात्मक उपन्यासको बिमोचन समेत गरिएको थियो । प्रो डा कबिताराम श्रेष्ठ आज बिहान बेल्जियम पुगिसक्नु भएको छ जहाँ कपिलबस्तु दिवस अभियानको बेल्जियम राष्ट्रिय समिति गठन गर्ने र उहाँद्धारा लिखित “महाभिनिष्क्रमणका अस्वीकृत पाइला” उपन्यासको बिमोचन गरिने कार्यक्रम छ ।
Some more photos:

लुम्बिनी किन लुटिदैछ त ?

Posted by Ram Kumar Shrestha on February 7, 2011
संरक्षणका नाममा बिदेशीलाई गुहारेर मौलिक अस्तित्वलाई नै सखाप पारिंदै छ ।
प्राप्त स्वाभिमानलाई जोगाउन सकेनौं ।
एउटा स्वाभिमानी नेपालीलाई लाग्छ यी निशानाहरुलाई जोगाउँ कसरी?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

नक्कली लुम्बिनी: फेसबुक चर्चा परिचर्चा

Posted by Ram Kumar Shrestha on February 5, 2011

Kedar सङ्केत

बुद्ध भारतमा जन्मिएको देखाउन उत्तर प्रदेशको अलिगढवामा नक्कली लुम्बिनी बनाइरहेको भारतको प्रयास ‘वालुवामा पानी’ सावित हुने भएको छ ।

19 hours ago · 

  • You, Basanta ShresthaKamred HulakiJb Rai and 15 others like this.

    •  
      Emlly Lekali arey!! tsto ni bha thyo!!??..thnks 4 info.. 
      19 hours ago · 

    •  
      Kedar सङ्केत 
      हालै एक बेलायती बिश्वबिद्यालयले गरेको अनुसन्धानमा कपिलवस्तुको तिलौराकोटमा बुद्धकालीन सहर नै रहेको पत्ता लागेपछि बुद्धलाई आफ्नै पेवा बनाउने भारतीय प्रयास ब्रेक लागेको हो । हजारौँ वर्ष पुराना पुरातात्विक महत्वका संरचना पत्ता लगाउन सक्ने अत्या…See More
      19 hours ago ·  ·  8 people

    •  
      Emlly Lekali ooo good newz..ramro bho 
      19 hours ago · 

    •  
      Emlly Lekali oho ysto ta thanai thyena.. 
      19 hours ago · 

    •  
      Kedar सङ्केत 
      एक महिनाअघि गरिएको अनुसन्धानबाट अहिलेसम्म पनि उपर्युक्त संरचना तिलौराकोटमा विद्यमान रहेको वेलायती टोलीले पत्ता लगाएको हो । उत्खनन नगरी बाहिरबाट हेर्दा नै यति धेरै संरचना पत्ता लागेकाले उत्खनन गर्दा अरू प्रशस्तै ऐतिहासिक सामग्री पाइने आशा गर…See More
      19 hours ago ·  ·  4 people

नक्कली लुम्बिनी बनाउने भारतीय प्रयासमा तुषारापात

Posted by Ram Kumar Shrestha on January 31, 2011

तिलौराकोटमुनी शहरको अबशेष भेटियो

१७ माघ, काठमाडौं । बुद्ध भारतमा जन्मिएको देखाउन उत्तर प्रदेशको अलिगढवामा नक्कली लुम्बिनी बनाइरहेको भारतको प्रयास ‘वालुवामा पानी’ सावित हुने भएको छ ।
हालै एक बेलायती बिश्वबिद्यालयले गरेको अनुसन्धानमा कपिलवस्तुको तिलौराकोटमा बुद्धकालीन सहर नै रहेको पत्ता लागेपछि बुद्धलाई आफ्नै पेवा बनाउने भारतीय प्रयास ब्रेक लागेको हो । हजारौँ वर्ष पुराना पुरातात्विक महत्वका संरचना पत्ता लगाउन सक्ने अत्याधुनिक प्रबिधि प्रयोग गरी जहाजबाट गरिएको एक्स-रेले तिलौराकोटमुनि सहर नै रहेको पत्ता लागेको हो । बेलायती विश्वविद्यालय डरहामका विशेषज्ञले हवाईजहाजबाट गरेको अनुसन्धानले तिलौराकोटको भूगर्भमा दरबार, ४ लेनको सडक, दुईतिर घर, सहर र उद्यानसमेत आधा किमि लम्बाइको व्यवस्थित बस्ती रहेको पुष्टि गरेको छ ।
एक महिनाअघि गरिएको अनुसन्धानबाट अहिलेसम्म पनि उपर्युक्त संरचना तिलौराकोटमा विद्यमान रहेको वेलायती टोलीले पत्ता लगाएको हो । उत्खनन नगरी बाहिरबाट हेर्दा नै यति धेरै संरचना पत्ता लागेकाले उत्खनन गर्दा अरू प्रशस्तै ऐतिहासिक सामग्री पाइने आशा गरिएको छ ।
त्यहाँ पाइने इँटालगायतका अन्य सामग्रीबाट पनि तिनीहरू कति सय वर्ष पुराना हुन् भनी पत्ता लगाउन सकिन्छ । बुद्धकालीन वा सोभन्दा पुरानो सहर, दरबार र अन्य संरचना जस्ताको तस्तै उत्खनन गरी प्रदर्शनयोग्य बनाउन ५ वर्ष लाग्ने अनुसन्धानमा संलग्नहरुले जनाएका छन् । यसअनुसार, ३ वर्ष उत्खनन, एक वर्ष संग्रहालयका रूपमा व्यवस्थापन र अर्को एक वर्षमा विश्वसामु यसको सार्वजनिकीकरण गरिने कार्यक्रम छ ।
के गर्दै छ भारतले ?

कपिलवस्तु दिवस अभियान नेपाल समिति गठन

Posted by Ram Kumar Shrestha on January 24, 2011
काठमाडौं माघ ८ २०६७ । भगवान् बुद्धको जन्मस्थल लुम्बिनी र कपिलवस्तुलाई विश्व सामु परिचित गराउने उद्देश्यका साथ डिसेम्बर १ २००९ का दिन शुरु भएको कपिलवस्तु दिवस विश्व अभियानको विश्व कार्य समितिले पूर्णता पाएपस्चात यस्को विश्व सन्जाल बिस्तार गर्ने क्रममा बिभिन्न देशहरुमा राष्ट्रिय समितिहरु गठन कार्य तिब्र गतिमा अगाढि बढिरहेको छ । यसै सिलसिलामा यस अभियानको नेपाल समिति गठन गरिएको छ । नेपाल पर्यटन वर्ष २०११ को सन्दर्भमा लुम्बिनी र कपिलवस्तुलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा मात्रै प्रचारप्रसार नगरी विश्वभर छरिएर रहेका बौद्ध धर्मावलम्बीहरुको पवित्र तीर्थस्थलको रुपमा समेत प्रचारप्रसार गर्न योगदान दिने प्रमुख उद्देश्यका साथ कपिलवस्तु दिवस अभियान नेपाल समिति गठन गरिएको हो । सो अवसरमा अभियानले गर्नु पर्ने आगामी कार्यक्रम बारेमा पनि सल्लाहकार र सदस्य बीच अन्तरकि्रया भयो ।
कपिलवस्तु दिवस अभियान विश्व समितिका सल्लाहकार डा. कविताराम श्रेष्ठ, सार्क सल्लाहकार केदार शाक्य र अमेरिका संयोजक लक्ष्मी सिंखडा  तथा वरिष्ठ व्यक्तित्व बेखारत्न शाक्यज्यूका प्रमुख आतिथ्यमा राज श्रेष्ठ (सार्क संयोजक), नेपाल संयोजक द्धय लक्ष्मण पुरी र निलकण्ठ तिवारी नेपाल संयोजक को संयोजकत्वमा निम्नलिखित पदाधिकारी रहने गरी नेपाल समिति गठन गरिएको छ ।
सल्लाहकारहरु:
१. बेखारत्न शाक्य पूर्वमेयर (ललितपुर)
२. घनश्याम राजकर्णिकार बौद्ध विद्धान तथा साहित्यका
३. डा. कुसुम शाक्य सहप्राध्यापक त्रिवि
४. मनोरमा शेरचन अध्यक्ष लुम्बिनी समाज
५. रामचन्द्र पाण्डे अध्यक्ष देवदह संरक्षण प्रतिष्ठान
६. गुह्यरत्न शाक्य समाजसेवी

कपिलवस्तु महोत्सब: कपिलबस्तु दिवस ब्यानर

Posted by Ram Kumar Shrestha on January 16, 2011

कपिलबस्तु दिवस अभियानकी सल्लाहकार आनी पर्यटन सद्‌भावना राजदूत

Posted by Ram Kumar Shrestha on January 9, 2011
कपिलबस्तु दिवस अभियानकी सल्लाहकार गायिका आनी छोयिङ डोल्मालाई नेपाल पर्यटन बर्ष–२०११ का लागि सद्‌भावना राजदूत घोषणा गरिएको छ । नेपाल पर्यटन बोर्डको गत आइतवार बसेको कार्यकारी समितिको बैठकले उनलाई सद्‌भावना राजदूत चयन गर्ने निर्णय गरेको हो । उनलाई बिभिन्न अन्तरराष्ट्रिय कार्यक्रमहरुमा आफ्नो गीतहरु प्रस्तुत गर्दा नेपाल घुम्न श्रोताहरुलाई व्यक्तिगत रुपमा निमण्त्रणा दिने हुनले पनि पर्यटन बर्ष २०११ का लागि सद्‌भावना राजदूत चयन गरिएको बताइएको छ ।
सो निर्णयपस्चात निर्णयबारे प्रतिकृया दिंदै गायिका डोल्माले भनिन्: “मलाई खुशी लागेको छ, मेरो तर्फबाट सक्ने जति सहयो गर्नेछु” ।
फुलको आँखामा फुलै संसार…….लगायतका चर्चित गीतहरु गाएकी डोल्मा अन्तरराष्ट्रिय रुपमा पनि बिभिन्न कार्यक्रमहरुमा सहभागी हुने गर्छिन् । उनले त्यस्ता कार्यक्रमहरु मार्फत मुलुकको बारेमा प्रचार प्रसार पनि गर्दै आएकी छन् । कपिलबस्तु दिवस अभियानले पनि नेपाल पर्यटन बर्ष २०११ लाई क्षमताले भ्याएसम्म प्रचार प्रसार गर्ने नीति लिएको छ र यस्को बिस्व कार्य समितिले पूर्णता पाएपस्चात बिस्वब्यापी सन्जाल बिस्तार गर्ने नीति अनुरुप कपिलबस्तु दिवस अभियानको सातौं राष्ट्रिय समितिको रुपमा गठित डेनमार्कले यही जनबरी ७ मा कोपेनहेगनमा नेपाली दूताबाससंग मिलेर कार्यक्रम पनि गरेको थियो । अत: अभियानकी सल्लाहकार आनी यसरी नेपाल पर्यटन बर्ष -२०११ का सदभावना राजदूत चयन हुनु भएकोमा हार्दिक बधाइ ज्ञापन गर्दै उद्धेस्य प्राप्तीको लागि अभियान हार्दिक शुभेच्छा प्रकट गर्दछ ।

कपिलबस्तु दिवस अभियान डेनमार्क राष्ट्रिय समिति गठन

Posted by Ram Kumar Shrestha on January 9, 2011
विष्णु प्रसाद पौडेल, कोपनहेगन, डेनमार्क: कपिलवस्तु भारतमा पर्छ र शान्तिका अग्रदुत गौतम वुद्ध भारतमै जन्मेका हुन भनेर विश्व समाजलाई भ्रममा पार्ने खेतीलाई जरैदेखि समाप्त पार्न सम्पूर्ण नेपाली एवं यस झूठप्रति सचेत सम्पूर्ण जनलाई संगठित गर्ने उद्देश्यले मिति २०६७ वैसाख ३० तदनुसार १३ मई २०१० का दिन डेनमार्कमा रहनु भएका नेपालीहरु वीच एउटा भेला आयोजना गरी १७ सदस्सीय कपिलवस्तु दिवस अभियान डेनमार्क राष्ट्रिय समिति (तदर्थ) गठन गरिएकोमा त्यस्मा दुई जना थपी विष्णु प्रसाद पौडेल (कपिलबस्तु)को राष्ट्रिय संयोजकत्वमा  १९ जनाको कपिलबस्तु दिवस अभियान डेनमार्क राष्ट्रिय समिति गठन गरिएको छ । समितिका अन्य संयोजकहरुमा दीपक सापकोटा (झापा), रवी क्षेत्री (काठमाण्डौ), सुभाष घिमिरे (कपिलवस्तु), सन्तोष वस्नेत (झापा), हरी न्योपाने (चितवन), प्रकाश श्रेष्ठ (नुवाकोट), भोपाल वानिया (रुपन्देही), संजीव गिरी (काठमाण्डौ), सालिकराम शर्मा (वाग्लुङ्ग), नरेन्द्र वस्नेत (झापा), सिद्धार्थभक्त भण्डारी (स्याङ्गजा), वेविता ढकाल (इटहरी), भानेश्वर पोख्रेल (चितवन), प्रमिला अधिकारी (विराटनगर), सरस्वती भुषाल (अर्धाखाँची) र युबराज घिमिरे हुनुहुन्छ ।

भेलाले छिमेकी देश भारतले नेपालको ऐतिहासिक पहिचान, राष्ट्रिय स्वाभिमानप्रति धावा वोलि रहेको तथा विश्व शान्तिका अग्रदुत एबं सत्यका पर्यायबाची भगवान गौतम वुद्धको घोर अपमान गरिरहेको प्रसंगप्रति निकै सम्वेदनशील एंव स्तब्ध हुँदै यस किसिमका नाजायज  गतिबिधिहरुलाई निस्तेज पार्ने प्रतिबद्धता जाहेर गरेको छ ।  आजको युगमा कटु सत्यमाथि भएको खुल्ला एवं नाङ्गो हस्तक्षेप सहन गर्न वाध्य हामी नेपाली वास्तविकतालाई वुझी सत्य पक्षलाई साथ दिन सरकार तथा जिम्मेवार निकायप्रति आग्रह समेत गरेको छ उक्त भेलाले ।

कपिलबस्तु दिवस अभियानबारे बिएफबिएससंग भएको कुराकानीको क्लिप

Posted by Ram Kumar Shrestha on December 22, 2010

कपिलवस्तु महोत्सव-२०६७ लाई कपिलबस्तु दिवस अभियानको शुभ-कामना

Posted by Ram Kumar Shrestha on December 21, 2010
मिति: २०६७।०९।०६
कपिलवस्तु महोत्सव-२०६७
मूल आयोजक समिति,
कपिलवस्तु नेपाल ।
विषय: हार्दिक शुभकामना 
शान्तिका अग्रदुत भगवान बुद्धको पावन जन्मभूमि कपिलवस्तुमा २०६७ पौष ३ देखि १० गतेसम्म आयोजना भैरहेको कपिलवस्तु महोत्सवले सम्पूर्ण नेपालीलाई गौरव एवं खुशी प्रदान गरेको छ । ऐतिहासिक सांस्कृतिक धार्मिक एवं सामरिक रुपमा विश्व माचमा अत्यन्तै महत्व राखेको कपिलवस्तु जिल्लाको विकास प्रवर्धन र संवर्द्धनमा  यस महोत्सवको आयोजना कोशेढुंगा बन्दै जाने विश्वास हामीले लिएका छौं ।
विश्वकै शान्ति क्षेत्र एवं गौरवको रुपमा विकास भैरहेको एवं बौद्ध धर्मावलम्बीहरुको पवित्र स्थल समग्र लुम्बिनी क्षेत्रले कपिलवस्तुवासी मात्र नभई सम्पूर्ण नेपालीहरुलाई नै अन्तर्राष्ट्रिय जगतमा मूल्य एवं पहिचान दिइरहेको विदितै छ । तथापि उचित पूर्वाधार विकास एवं अन्तर्राष्ट्रिय प्रवद्र्धनको अभावका कारण यसमाथि अतिक्रमण हस्तक्षेप एवं कुदृष्टि राख्ने कृयाकलाप समेत भैरहेको छ । लुम्बिनी क्षेत्र नेपाली पर्यटन एवं अर्थतन्त्रको मेरुदण्ड हो । यसको अन्तर्राष्ट्रिय महत्वकै कारण यसमाथि कुदृष्टि पर्नु स्वभाविक हो । जसले अन्तर्राष्ट्रिय क्षेत्रमा ठूलो भ्रम सिर्जना गरेको छ । यसमा आम नेपाली जनता समय मै सचेत नहुने हो भने कालान्तरमा यसको अस्तित्वमाथि धावा बोलिने र प्रश्न उठ्ने स्वभाविक छ । जुन कुराको पुष्टि कपिलवस्तुकै सिमाना भारतको उत्तर प्रदेशमा नक्कली कपिलवस्तु नामाकरण गरी निर्माण एवं विस्तार भैरहेको कथित लुम्बिनी क्षेत्र साक्षी छ । 

ताइवानमा कपिलबस्तु दिवस अभियान राष्ट्रिय समिति गठन तथा दोस्रो कपिलबस्तु दिवस कार्यक्रम सम्पन्न

Posted by Ram Kumar Shrestha on December 15, 2010
डा. हरिकुमार श्रेष्ठ ताइपेई ताइवानः  भगवान गौतम बुद्धको जन्म कपिलबस्तु नेपालमा भए तापनि उहां विश्वव्यापी हुनुभयो । उहांको जन्मथलोको बारेमा भने भारतले निकै भ्रम फैलाउदै आएको छ । यही भ्रम निवारण गरी बुद्धको वास्तविक जन्मस्थान कपिलबस्तु नेपाललाई विश्वव्यापीरुपमा प्रचार प्रसार गरी सत्यतथ्य जानकारी दिने बौद्ध धर्माबलम्बीहरुको पवित्र तीर्थस्थल कपिलबस्तुको संरक्षण तथा सम्बद्र्धन गर्ने,  नेपालमा पर्यटन विकासमा सहयोग गर्ने जस्ता उद्देश्यले कपिलबस्तु दिवस अभियान विश्व कार्य समितिको स्थापना पनि भैसकेको छ । प्रत्येक वर्ष डिसेम्बर १ को दिन कपिलबस्तु दिवस मनाउने प्रचलनको शुभारम्भ गत बर्ष प्रथम कपिलबस्तु दिवस मनाएर भएको छ ।
यसै सिलसिलामा पोतला ताइपेई ताइवानमा मिति नोभेम्बर २८ २०१० मा १३ सदस्सीय कपिलबस्तु दिवस राष्ट्रिय कार्य समितिको गठन पनि भएको छ । हाल राष्ट्रिय कार्य समितिमा राष्ट्रिय संयोजक  डा.  हरिकुमार श्रेष्ठ ( ताइवान संयोजक कपिलबस्तु दिवस अभियान विश्व कार्य समिति) हुनुहुन्छ भने अन्य संयोजकहरुमा सोनाम शेर्पा,  कपिल अधिकारी, कसा्रङ्ग लामा, विनोद डी. सी. , मिङ्गमा शेर्पा,  फूर्बासोनाम शेर्पा,  नरेश गुरुङ्ग, राजु गुरुङ्ग, नोनो श्री देव गुरुङ्ग,  नबिन अधिकारी र डा. लेखनाथ कापुले हुनुहुन्छ । त्यस्तै गरेर सल्लाहकारमा एनआरएनए ताइवानका अध्यक्षलाई पदेन सल्लाहकारमा राखिने ब्यवस्था गरिएअनुसार हाल श्री बीरेन्द्रबहादुर ताम्राकार हुनुहुन्छ । त्यस्तैगरेर विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने गरी इच्छुक तथा महत्वपूर्ण ब्यक्तिहरुबाट थप सल्लाहकार तथा संयोजक सदस्य चयन गरिनेछ ।
संस्था स्थापना भएकै दिन सो संस्थालले दोस्रो कपिलबस्तु दिवस डिसेम्बर ५ २०१० का दिन मनाउने निर्णय गरे अनुसार पोष्टर पम्प्लेट वितरण र नेपाली फूटबल टीमबीच फुटबल खेल प्रतियोगिता सफलतापूर्वक गरेर सम्पन्न भएको छ । यस कार्यक्रमको उद्देश्यमा खास गरेर ताइवानबासीहरुलाई बुद्धको जन्मस्थान कपिलबस्तु लुम्बिनी नेपाल हो भन्नेबारेमा जानकारी दिनु, बुद्धको जन्मस्थानमा पर्यटन प्रबद्र्धनमा सहयोग पुर्याउनु तथा बुद्धको शान्ति सन्देश प्रचार प्रसार गर्नु हो । यसको अलाबा ताइवानबासी सम्पूर्ण नेपालीहरुबाट आफू बसेको वा कार्यरत क्षेत्रमा प्रचारप्रसार अभियानलाई तीब्र पार्नु रहेको थियो । पम्प्लेट प्रचार प्रसारमा खासगरेर विभिन्न स्थानका बौद्ध मन्दिरहरु, रेष्टुरेन्टहरु र व्यक्ति वा समूहमा पनि गरिएको थियो । यो कार्यको लागि सोनाम शेर्पाको महत्वपूर्ण भूमिका रह्यो ।  फूटबल प्रतियोगिता उत्साहबर्धक र मनोरन्जनात्मक किसिमले हिमालयन टीम रातो र नीलो टीमका बीच सान्सियाको फुटबल मैदानमा भएको थियो । उक्त खेलमा रातो टीमले नीलो टीमलाई ४ का बिरुद्ध ५ गोलले पराजित गरी प्रथम स्थान हासिल गर्‍यो । उक्त कार्यक्रममा लगभग ६० जना नेपालीहरुको जमघट थियो । फुटबल कार्यक्रमपछि समापन र पुरस्कारस्वरुप प्रमाणपत्र वितरण गरिएको थियो ।

कपिलबस्तु दिवस: स्वर्ण शिक्षा स्कूलका बिद्यार्थीहरुले तयार गरेका केही सामग्रीहरु2

Posted by Ram Kumar Shrestha on December 14, 2010

Wednesday, April 20, 2011

पत्रकार सन्तोष न्यौपाने सम्मानित

नेपाली ब्याबसायी संघ बेल्जियमले पत्रकार सन्तोष न्यौपानेलाई सम्मान गरेको छ । आफनो तेस्रो अधिवेशनको अवसर पारेर  संघले पत्रकार न्यौपानेलाईसम्मान गरेको हो । बेल्जियममा बसेर नेपाली भाषा कक्षा संचालन गरेर नेपाली बालबालिकाहरुको लागि भाषा सिकाइ भाषा संरक्षण र नेपाली समुदायमा सामाजिक क्रियाकलापमा विषेश योगदान दिएको भन्दै उनलाई सम्मान गरेको हो । पत्रकार न्यौपाने उज्यालो ९० नेटवर्क र न्युज २४ का बेल्जियमस्थित संवाददाता हुन भने कपिलबस्तु दिवस अभियान बिस्व कार्य समिति तथा कपिलबस्तु दिवस अभियान बेल्जियम समितिमा रहेर कार्य गर्दै आउनु हुने सर्जक पनि हुनुहुन्छ । पत्रकार न्यौपानेसंगै नेपाली भाषा संरक्षणमा सहयोग गरेबापत सोफिया महर्जन र सच्चा कार्कीलाई पनि सम्मान गरेको छ । 

Sunday, April 17, 2011

INVITATION - 2555TH BUDDHA JAYANTI

The committee members of The Buddhist Community Centre UK (BCCUK) are organising the Lord Buddha’s Birthday(2555th Buddha Jyanti ) celebration between 10:00 to 18:00 hours on Tuesday 17th May 2011 at Bisley Pavilion, National Shooting Centre, Bisley Camp, Surrey, GU24 0NY.
 The committee members would like to invite you and all those who are interested in Buddhism.
 A free transport will be available between Brookwood Train Station and the Pavilion.
 Free entry, free refreshment and food will be provided.
 For further information please contact the following people:
 Kaji Sherpa  – 07883260721
Damar Ghale – 0776543928
Narayan Gurung  - 07723557629
Naresh Gurung - 07809678177
Pemba Lama – 07857104327
Deb Gurung - 07917464258
Gyanu Gurung - 07868983730
Or email bccuk07@googlemail.com

2600 Sambuddha Jayanti

This is for your kind information that 2600 Sambuddha Jayanthi is going to be organized on Sunday, 29th May 2011PM at Hammersmith Town Hall. This celebration is to mark 2600th years of Buddha's enlightenment. This celebration is being organised by UK buddhist organisations under the leadership of Sri Lankan Sangha Sabbha (UK). If you need tickets please write to Dr. Arosha Bandara, Secretary, Organising committee.

Wednesday, April 13, 2011

बुद्ध, लुम्बिनी र नक्कली लुम्बिनीले उब्जाएका केही जटील प्रश्नहरु

Posted by Ram Kumar Shrestha on March 2, 2011
 
4 Votes
बुद्ध बिस्वकै साझा संपत्ति भएको कारण आस्थाका आधारमा कसैले पनि मेरो अथवा हाम्रो भन्छन भने त्यस्मा कसैले प्रश्न उठाइराख्नु पर्ने देखिन्न, तर उनको महानता र प्रसिद्धीका कारण क्षेत्रका आधारमा नाजायज तवरले गलत ढंगले आफ्नो भनी प्रमाणित गर्ने दुस्प्रयास गर्दै नाजायज फायदा लिनका लागि बिस्व जनमतलाई दिग्भ्रमित तुल्याउन गरिने कार्यमा भने मौन बस्नुले अरु थप नाजायज दुस्प्रयासलाई प्रोत्साहित गर्दछ । यो अभियानको यो नै अत्यन्तै महत्वपूर्ण पक्ष हो र बुद्ध सबैको साझा भएको कारण यो बिबाद निरर्थक भनेर भन्नेहरु यहींनेर चुकेको देखिन्छ । प्रश्न यहाँ बुद्धको नभएर बुद्ध जन्मिनु भएको ठाउँको हो, सवाल यहाँ काम नपाउनेको नभएर बुद्धप्रति नतमस्तक भएर उन्को जन्मस्थलको दर्शनार्थ जान चाहनेहरुलाई सीमित स्वार्थका कारण झुक्याइएर गलत ठाउँमा पुर्याइएर उनीहरुको आस्थामा कुठाराघात गरिंदै मानब अधिकारबाट बन्चित गरिएकाहरुको अधिकार सुनिस्चित गर्ने कि नगर्ने भन्नेको हो, मुद्धा यहाँ बुद्धको नभएर विस्वब्यापी महत्व भएका कारण उनको जन्मस्थलमा आँखा लगाउने निकृस्ट प्रबित्तिलाई परास्त गर्ने कि स्वीकार्ने भन्नेको हो ।
By रामकुमार श्रेष्ठ, कपिलबस्तु दिवस अभियान बिस्व संयोजक
समाज जहाँ छ त्यसैमा चित्त बुझाई रहने, समाजले जे मान्ने र स्वीकार्ने गरेको छ त्यही नै संधै मान्न र स्वीकार्न खोज्ने, समाजले जुन कुराहरुलाई जसरी बुझिरहेको छ त्यस्लाई त्यसरी नै मात्र बुझ्न खोज्ने जस्ता प्रबृत्तिले न त मानिस महान बन्न सक्छ न त समाज अगाडि बढन नै । यसरी समाजमा विद्यमान अप्रगतिशील मान्यताहरुलाई तात्कालिन अवस्थामा सामना गर्नु पर्ने अनेकन जटीलता, कठीनता र ब्यबधानका बाबजुद पनि अस्वीकृत गर्दै अगाडि बढ्ने क्रममा प्राप्त प्रतिफलहरुलाई के कस्तो तबरले के कति हदसम्म स्वीकार्य बनाउँदै अगाडि बढन र बढाउन सक्षम भइन्छ तदनुरुप नै महानताको स्वरुप पनि निर्धारित हुन सक्छ ।  । युवराज सिद्धार्थ मूलत: धार्मिक तथा दार्शनिक चिन्तनका दृष्टिले बौद्धिक जगतमा आमूल परिवर्तनकारी सिद्धान्तका प्रतिपादक, शान्तिका अग्रदूत एवं सर्वमान्य महामानव गौतम बुद्धका रुपमा रुपान्तरण हुनुको कसी र आधार यही नै हो । र जीवनको अर्थ बुझ्ने क्रममा उहाँद्धारा गरिएका त्याग र ततपस्चात प्राप्त संपूर्ण सफलताका कारण सिंहासनभन्दा जनताको दिलको आशन महत्वपूर्ण भन्ने भनाइलाई चरितार्थ बनाउने सबभन्दा राम्रो उदाहरण संपूर्ण मानब इतिहासमा बुद्ध नै हुनुहुन्छ भन्ने कुरामा बिबाद गरिराख्नु पर्ने देखिन्न । त्यसैले बुद्धको बिस्वब्यापी महत्व हुनु स्वाभाबिक देखिन्छ र छ पनि । बुद्ध ब्यक्तिगत खुशी र सुखीदेखि बिस्व शान्तिसम्मका लागि उत्प्रेरक, प्रेरणादायी र आस्थाका पुन्ज हुनुहुन्छ र त  करीब २६०० बर्ष अघि जन्मेर पनि यो बैज्ञानिक युगमा पनि झन झन महत्व बढदै जाने सदाबहार सर्ब स्वीकार्य महामानबका रुपमा स्थापित  उहाँप्रति संपूर्ण जाती, धर्म, सम्प्रदाय नमस्तक भएका छन । यो नै हो मैले बुझेको र परिभाषित गरिने श्रद्धेय बुद्ध ।
ब्यक्तिको महानतासंगसंगै निजसंग सम्बन्धित हरेक कुराको महत्व पनि बढन थाल्छ । बुद्धद्धारा प्रतिपादित सुख र शान्ति प्राप्तीका लागि अबलम्बन गरिनु पर्ने सिद्धान्त र बिधिहरु बुद्धिज्मको रुपमा बिस्व प्रसिद्ध भएका कारण बुद्ध जन्मनु भएको स्थानको बिस्वब्यापी महत्व छ आध्यात्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको दृष्‍टिकोणले । त्यसैले युनेस्कोले यस्लाई बिस्व संपदा सूचिमा  समाबेश गरेको हो १९९७ मा ।
संयुक्त राष्ट्र संघका तात्कालिन महासचिब ऊ थान्त १९६७ मा लुम्बिनी भ्रमणमा जानु अघिसम्म त्यहाँ नगण्य काम मात्र भएकोले गौतम बुद्धको जन्मभूमिलाई उच्च प्राथमिकता दिइ त्यहाँ ठोस काम गर्नका लागि १९७० मा संयुक्त राष्ट्र संघले एउटा अन्तरराष्ट्रिय समिति गठन गर्‍यो र संयुक्त राष्ट्र बिकास कार्यक्रम (UNDP) ले जापानी आर्किटेक्ट प्रो. केन्जो टाङेलाई लुम्बिनीको बिकासको विस्तृत कार्य योजना (Master Plan) ६.५ मिलियन डलरको लागतमा बनाउन लगायो जुन १९७८ मा तयार भएको थियो । लुम्बिनी बिकास गुरु योजनाको कार्यन्वयनले ७ बर्षभित्रमा पूर्णता पाउनु पर्ने लक्ष राखिएको थियो तापनि तीन दशकभन्दा बढी समय ब्यतित भैसक्ता पनि यसरी बिस्वब्यापी महत्व भएका महामानबको जन्मस्थललाई बिस्वब्यापी महत्व दिएर तयार पारिएको गुरु योजना समबन्धित देशबाटै भने कुनै चासो नै  नदिएर कार्यन्वयनले पूर्णता पाउन नसक्नुभन्दा लज्जास्पद र नामर्दिपन अरु केही हुन सक्ला र ?

Google Corrected its Mistake (Breaking News)

Posted by Ram Kumar Shrestha on March 22, 2010

It is our Great pleasure to inform you all that the news Buddha’s Birthplace error in Google Maps is  already history. It is just couple of hours I received message from friends of mine: “It seems to me your blog is very closely watched by Google people.” I rechecked the Google Map and found there that Buddha’s Birthplace now not in India, but in Nepal. This is due to our voice, this is due to our effort.  Lots of groups created in Facebook ( Hey Google! Buddha was born in Nepal not in India!!!Google Fix the Buddha’s Birthplace error in Google Mapgoogle maps I Hate U:  birthplace of Buddha is, “Lumbini, NEPAL”, not UP, India ) as well to raise voice against Google’s wrong information.

कपिलबस्तु दिवस अभियानबारे बिएफबिएससंग भएको कुराकानीको क्लिप

Posted by Ram Kumar Shrestha on April 11, 2011

बुद्ध जन्मस्थललाई बिस्व जनता बीच लैजान सकिने संभाबित उपायहरुबारे छलफल

Posted by Ram Kumar Shrestha on December 10, 2010
राजदूत डा चालिसे महारानी समक्ष ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा । उहाँले महारानीलाई प्रदान गर्नु भएको बुद्धको मूर्ति देख्न सकिन्छ ।
९ डिसेम्बर, लण्डन: वेलायतमा दोस्रो कपिलबस्तु दिवस मनाउने क्रममा दोस्रो कपिलबस्तु दिवसको अबसरमा प्रकाशित कपिलबस्तु दिवस अभियान बिद्युतीय स्मारिका २०१० मा बिज्ञापन दिने बिज्ञापनदाताहरुलाई अभियानका तर्फबाट कार्यक्रमका प्रमुख अतिथि महामहिम राजदूत डा सुरेश चन्द्र चालिसेद्धारा उपहार दिने कार्यक्रम रहेकोमा उपहार दिनु पर्ने सामग्री हङ्कङबाट आइपुग्नु पर्नेमा समयमा नआइपुगेका कारण आज लण्डनस्थित नेपाली दूताबासमा आयोजित एक कार्यक्रममा महामहिम राजदूतद्धारा बिज्ञापनदाताहरुलाई उपहार प्रदान गर्नु भयो । स्मारिकालाई North West College, London र Asia Express Indian and Oriental Buffet Restaurant Romford, Essex प्रत्येकबाट ३००-३०० पाउण्ड, So Asia, Slough र Oriental Buffet, Folkestone प्रत्येकबाट १००-१०० पाउण्ड र Gorkha Security Services Ltd Farnborough बाट ५० पाउण्डको बिज्ञापन प्राप्त भएको थियो । महामहिम राजदूतले बिज्ञापनदाताहरुलाई अभियानका तर्फबाट उपहार प्रदान गरिनु अघि अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले महामहिम राजदूत डा सुरेशचन्द्र चालिसे र अभियानका बिस्व सल्लाहकार प्रो डा कबिताराम श्रेष्ठलाई अभियानका तर्फबाट उपहार प्रदान गर्नु भयो । दूताबासमा आयोजित कार्यक्रममा अभियानका बिस्व सल्लाहकार प्रो डा कबिताराम श्रेष्ठ, बिस्व संयोजक रामकुमार श्रेष्ठ, कपिलबस्तु दिवस अभियान यूके राष्ट्रिय संयोजक सुरेन्द्र श्रेष्ठ, कपिलबस्तु दिवस अभियान यूके संयोजक बिकल आचार्य र अमर गुरुङको उपस्थिति थियो ।

कपिलवस्तु दिवस: कतारमा भब्यताका साथ दोस्रो कपिलवस्तु दिवस सम्पन्न

Posted by Ram Kumar Shrestha on December 6, 2010
बिबश यात्री, कतार ३ डिसेम्बर : सन् १९९७ मा युनेस्कोले विश्वसम्पदा सूचीमा राखेको लुम्बिनी कपिलबस्तुलाई समेत ओझेलमा पार्ने कुत्सित मनसायका साथ भारतको अलिगढमा निर्माण गरिरहेको नक्कली कपिलबस्तुमा वास्तविक कपिलबस्तुको भ्रमणमा आउने विदेशी पर्यटकहरुलाई समेत सीमा नाकामा रोक्दै भ्रमण गराएर भारतले फर्काइरहेको सन्दर्भमा गौतम बुद्धको जन्मस्थल नेपालको कपिलबस्तु नै हो भन्ने यथार्थलाई दह्रोसंग आत्मसात गर्दै भारतीय विस्तारवादका दुस्प्रचार र दुस्प्रयासहरुलाई लोप्पा खुवाउने खाडी राष्ट्रहरुबाट शुरु भएको अभियानको प्रारम्भमा  कपिलवस्तु दिवस अभियान कतार र कतारमा कार्यरत विभिन्न ५४ वटा संघसंस्थाहरुको संयुक्त आयोजनामा यही डिसेम्बर ३ का दिन दोहो सिटी प्लाजा होटलमा दोस्रो कपिलबस्तु दिवस भव्यताकासाथ सम्पन्न भएको छ ।
कतारका लागि नेपाली राजदूत महामहिम डा. सूर्यनाथ मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कपिलबस्तु दिवस अभियान विश्व कार्यसमितिका मध्यपूर्व संयोजक हरि नेपालको विशेष आतिथ्यता रहेको थियो भने अन्य अतिथिहरुमा नेपाली दुतावासका श्रम सहचारी ध्रुव कोइराला, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष सागर नेपाल, अन्तराष्ट्रिय एकता समाजका महासचिव राजेन्द्र श्रेष्ठ, नेपाली जनप्रगतिशील माचका कार्यबाहक अध्यक्ष सुशील खड्का, नेपाली जनसम्पर्क समितिका महासचिव विमल सुवेदी, नेपाली लोकतान्त्रिक माचका अध्यक्ष रामहरि गैरे, टीबी कार्की, राधाकृष्ण देव, करिम मियाँ, मकसुद आलम र तारा मंगोल रहेका थिए। कपिलबस्तु दिवस आयोजक समितिका संयोजक विनेश तामाङ्गको सभापतित्वमा भएको कार्यक्रमलाई कपिलबस्तु दिवस अभियान राष्ट्रिय समिति कतारका संयोजक श्रीकृष्ण भट्टराईले संचालन गर्नुभएको थियो । ब्यानर अनाबरण सहित दुइवटा मैनबत्ती बालेर प्रमुख अतिथिबाट उदघाटन गरिएको सो कार्यक्रमलाई मनकामना नेपाली साँस्कृतिक परिवारका कलाकारहरुले राष्ट्रिय गान प्रस्तुत गरेका थिए । राष्ट्रिय समितिका सदस्य कमल रेग्मीको शब्द स्वागतलाई शब्द चिन्तन संघको राष्ट्रिय भावनाले ओतप्रोत स्वागत गीतले सवै उपस्थितहरु जुर्मुराउन पुगेका थिए ।

कपिलबस्तु दिवस: कतारमा दोस्रो कपिलबस्तु दिवस भब्य रुपमा सम्पन्न

Posted by Ram Kumar Shrestha on December 5, 2010
३ डिसेम्बर, दोहा, कतार (हरी नेपाली): कपिलबस्तु दिवस अभियान कतार र कतारमा कार्यरत ५४ नेपाली संघसंस्थाहरुको संयुक्त आयोजनामा कतारमा आयोजित दोस्रो कपिलबस्तु दिवस-२०१० कार्यक्रम भब्य रुपमा संपन्न भएको छ । कार्यक्रमको बिस्तृत समाचार छिट्टै उपलब्ध गराइने छ । उक्त कार्यक्रममा राष्ट्रियताको भावनाले ओतप्रोत प्रस्तुत स्वागत गीत जानकारीको लागि प्रेषित ।
कपिलबस्तु दिवस अभियान कतार र कतारमा कार्यरत ५४ नेपाली संघसंस्थाहरुको संयुक्त आयोजनामा कतारमा  आयोजित दोस्रो कपिलबस्तु दिवस-२०१० कार्यक्रममा शब्द चिन्तन संघद्धारा प्रस्तुत स्वागत गीत
स्वागतम् ! स्वागतम् ! स्वागतम् ! स्वागतम् ! 
स्वागतम् ! स्वागतम् ! स्वागतम् ! स्वागतम् !
उपस्थित सवैलाई स्वागतम्…………………
गोलबन्द हुदै जाऔ छरिएका नेपाली हो
छिमेकरुपी शत्रुबाट पिल्सिएको धेरै भयो
कहिले मेची मेरो भन्छ कहिले महाकाली
कपिलबस्तु गौतमबुद्ध आफ्नै भन्छ यसपाली
जहाँ जहाँबाट सक्छौ  त्यही त्यहीबाट उठ
धरोहर बचाउनलाई हुनै पर्छ एकजुट
स्वागतम् ! …………………………
सवैलाई थाहा छ गौतमबुद्ध नेपाली हुन् हैनन् अरु
सत्यमाथि पर्दा लगाउन खोज्दैछन् है बैरीहरु
सबैको आवाज मिल्यो भने असत्यलाई चिर्न सक्छौ
आफ्नै धर्ती लुटिएको कुन आँखाले हेर्न सक्छौ
जाग जाग नेपाली हो अस्तित्वको लागि लडौ
काँधमा काँध मिलाएर एकैसाथ अघि बढौ
स्वागतम् !…………………………

नक्कली कपिलवस्तु देखाएर फर्काइए पर्यटक

Posted by Ram Kumar Shrestha on December 2, 2010
अलिगढवा (भारत), १७ पुस : बुद्धभूमि अवलोकनका लागि नेपाल हिँडेका थाई पर्यटकलाई भारतमा नक्कली कपिलवस्तु देखाएर फर्काइएको छ । भारतीय नागरिकले बिहीबार ४० पर्यटकलाई रोकेर नक्कली बुद्धभूमिको दर्शन गराए ।
थाइल्यान्डका स्ट्याच्ड माइवार्डको नेतृत्वमा आएका दुई बस पर्यटक बिहीबार दिउँसो अलिगढमा रोकिएका थिए । भारतको आन्द्राप्रदेशका टुरिस्ट गाइड अम्मे चौबेले बुद्धभूमि यहीँ हो भन्दै नेपाल-भारत सीमामा खटिएका भारतीय एसएसबी फोर्सको सहयोगमा नक्कली कपिलवस्तु देखाएर त्यहीँबाट फर्काइदिए । भारतीय नागरिकले उनीहरूलाई नेपाल आउन नदिई आफूद्वारा निर्मित नक्कली बुद्धभूमिमा दुई घन्टा घुमाएका थिए ।
थाई पर्यटकको टोली तिलौराकोट, कुदान, अशोकस्तम्भलगायतका बुद्धस्थल अवलोकनका लागि दुईवटा भारतीय मिनीबसमा भारतीय मार्ग भएर आउँदै थिए । थाइल्यान्डबाट भ्रमणका लागि आएका नागरिक भारतीय मिनीबसबाट नेपालको कपिलवस्तुमा रहेका बुद्धसँग सम्बन्धित तीर्थस्थलको अवलोकनका लागि आएका थिए । उनीहरू बिहीबार कपिलवस्तुमा रहेका कुदान, गोटिहवाको अशोकस्तम्भ, सगरहवा तथा तौलिहवाको तौैलेश्वर मन्दिर अवलोकन गरी शुक्रबार बिहान लुम्बिनी जाने कार्यक्रम तय भएको थियो ।

कपिलबस्तु दिवस: क्यानडामा सामुदायिक अन्तरकृया कार्यक्रम

Posted by Ram Kumar Shrestha on December 2, 2010
चन्द्र राइ, क्यानडा: जहाँ रहे पनि नेपाल र नेपालीको सम्मान,उत्थान र गौरबको निमित एक जुट हुने हामी स्वाभिमान र कर्तब्यपरायण नेपाली रनेपाली मुलका हुनुमा गौरब गर्छौ । यसको ताजा उदाहरण कपिलवस्तु दिवश विश्व अभियानको क्रममा नोवेम्बर २८ मा ग्रेटर टोरोन्टोको स्कारबोरोमा सम्पन्न भएको समुदायिक अन्तर्कृया कार्यक्रम हो ।
यस कार्यक्रममा सकृय सहभागी भइ कार्यक्रमलाई सफल बनाइदिनु भएकोमा आदरणिय सम्पूर्ण सहभागीहरु र बिभिन्न कठिनाईका कारण शरीरिक रुपमा उपस्थित हुन नसक्नु भए पनि टेलिफोन र ईमेल मार्फत सफलताको कामना गर्नु हुने सबैमा कपिलबस्तु दिवस अभियान क्यानडा राष्ट्रिय समिति हार्दिक धन्यवाद ज्ञापन गर्दछ । त्यसरी नै बिशेष गरेर कार्यक्रम स्थलको सहयोग गरी दिनु भएकोमा एभरेस्ट कम्युनिटी सेन्टरका अध्यक्ष श्री अनिल थापाज्यु,पदाधिकारीहरु र सम्पूर्ण कम्युनिटिप्रति अभियान आभार प्रकट गर्दछ ।
त्यसै गरी खानपीन र जलपानको स्पोन्सर गरी दिनु हुने श्रीमती सुनिता पाठक र गोविन्द सिवाकोटी, श्री कृष्ण तिम्सिना, श्री अङ्बरु शेर्पा,श्री दुर्गा अधिकारी, श्रीमती तुलसी राइ र चन्द्र राइ र श्री सुबास बिक धेरै धेरै धन्यवादका पात्र हुनुहुन्छ ।