Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Wednesday, February 3, 2010

कपिलवस्तुमाथि भारतीय दावी र नेपाली विरोध

कपिलवस्तु दिवस (१ डिसेम्बर २००९ )सन्दर्भमा
By राज श्रेष्ठ, कीर्तिपुर काठमाडौ
१ डिसेम्बर १८९६ का दिन डा। फुहररले लुम्बिनीमा अशोक स्तम्भको प्रमाणिकरण गर्नुभएको थियो । अशोकस्तम्भमा भएको शिलालेखको आधारमा भगवान् वुद्धको जन्मस्थल लुम्बिनीको पहिचान गरिएको एक शताव्दी भन्दा केही वर्ष भईसक्दा पनि भारतीय साचार माध्यम र भारत सरकारबाट बेलाबखत भगवान् वुद्ध भारतीय हुन भन्ने प्रचार रोकिएको छैन । यसै सन्दर्भमा यो ऐतिहासिक दिनको सम्झनामा अध्ययन र विभिन्न कामको सिलसिलामा विदेश पुगेका नेपालीहरुले संसारभर एकै साथ १ डिसेम्बर २००९ लाई कपिलवस्तु दिवसको रुपमा स्थानीय स्तरमा र इन्टरनेट प्रविधिका सामाजिक साजाल फेसबुक ट्विटर ब्लग र वेवसाइट मार्पुत विभिन्न कार्यक्रम गरी मनाउने निधो गरेकाछन् । सोही सन्दर्भमा भगवान वुद्धको जन्मस्थल र प्राचिन कपिलवस्तुको अवस्थितिको बारेमा भारतीय पक्षबाट गरिएको दावी र नेपालको पक्षमा रहेका ऐतिहासिक तथ्यहरुलाई केलाउने कोशिस मैले गरेको छु ।
भगवान् वुद्धको जन्मस्थल प्राचीन कपिलवस्तुको राजधानी आधुनिक नेपालको तिलौराकोट नै हो भन्ने आधारहरु प्रशस्तै छन् । चीनिया पदयात्री तथा वौद्ध भिक्ष्ाहरु फाहियान र हुयानसाङ्ग कपिलवस्तुको भ्रमणमा आउँदाको उनीहरुको यात्रा वर्णनबाट कपिलवस्तुको भौगोलिक अवस्थिति र लुम्बिनीबाट कपिलवस्तुको राजधानीको दूरीको बारेमा थाहा हुन्छ ।  उनीहरुले कपिलवस्तुबाट हिमालयको हिमश्रृंखलाहरु स्पष्ट देख्न सकिने र यो भागिरथी नदीको किनारा मै अवस्थित छ भनेर दूरी समेत किटान गरी लेखेकाछन् । आधुनिक तिलौराकोटको अवस्थिति यहाँबाट स्पष्ट देखिने हिमश्रृंखला र बाणगंगा नदीको किनारामा रहेको हुँदा चिनिया यात्रीहरुले वर्णन गरेको कपिलवस्तु सोह्रै आना यही हो भन्ने पुरातत्वविद्हरुको ठहर छ । यहाँ भएका उत्खनन कार्यहरुमा भारतीय पुरातत्वविद् पि। सि। मुखर्जीबाट उन्नाइसौं शताव्दीको अन्त्यतिर प्राप्त भएको प्रमाणहरु प्राचीन दरवारका भग्नावशेषहरु र नेपाल सरकार पुरातत्व विभाग र रिस्शो विश्वविद्यालय जापानबाट संयुक्त रुपमा गरिएको उत्खनन्बाट प्राप्त प्रमाणहरुबाट समेत निश्चित रुपमा तिलौराकोट नै प्राचीन कपिलवस्तु हो भन्ने प्रमाणित भइसकेको छ ।
तर पुरातात्विक पृष्ठभूमिमा आधारित ऐतिहासिक तथ्यलाई बँग्याई भारतीय पक्षले उत्तरप्रदेशको पिपरहवालाई प्राचीन कपिलवस्तु हो भन्ने दावी गर्दै आएको छ । भारतीय दावीमा भारतीय पुरातत्वविद् के एम श्रीवास्तवबाट उत्खनन गरिएको पिपरहवा क्षेत्रमा पाइएको भनिएको भगवान् वुद्धको अस्थिधातु रहेको स्तुप र भग्नावशेष संरचनालाई राजा सुद्धोदनको दरवारको रुपमा प्रस्तुत गरिएको छ । उत्तरप्रदेश सरकारले पिपरहवामा पाइएको भग्नावशेषलाई प्राचीन दरवारको स्वरुप दिन निर्माणकार्य समेत गरिएको छ । पिपरहवामा ुराजा सुद्धोदनको दरवारु ुभगवान वुद्धले २९ वर्ष बिताएको स्थलु भनेर ठूला ठूला बोर्ड टाँगिएको छ । उत्तरप्रदेशको नौगढ जिल्लालाई कपिलवस्तु नामाकरण गरिएको छ भने केही स्थानलाई सिद्धार्थ जनपथको नाम दिइएको छ । उत्तरप्रदेश टुरिज्म डिपार्टमेन्टले २९ डिसेम्बर देखि ३१ डिसेम्बर सम्म कपिलवस्तु वुद्ध महोत्सव भनेर मनाइरहेको छ । यसरी भारतीय पक्षले सुनियोजित रुपमा पिपरहवालाई प्राचीन कपिलवस्तु प्रमाणित गर्न खोजिरहेको छ । भगवान् वुद्धको जन्म भारतमा भएको हो र प्राचीन कपिलवस्तु आधुनिक उत्तरप्रदेशको पिपरहवा हो भनेर अन्तरराष्ट्रिय स्तरमा भारतले प्रचार प्रसार गरिरहेको छ ।
भारतीय दावी कति झुठो छ भन्ने कुरा हामी श्रीलंकाली विव्दान प्रो।पेरेराको भनाईबाट थाहा पाउँछौ । प्रो। पेरेरा भन्नुहुन्छ कि प्राचीन कपिलवस्तुको खोजीकार्य उत्तरप्रदेशको पिपरहवामा भगवान् वुद्धको अस्थिधातु रहेको स्तुप पत्ता लागेपछि तिव्र रुपमा बढेको हो । शुरुमा पिपरहवालाई नै केन्द्रमा राखेर अनुसन्धान कार्य अगाडि बढाइएको थियो । तर राजा सुद्धोदनको दरवार भनिएको भवनका भग्नावशेषहरु पछि निर्माण गरिएका नयाँ संरचना भएको पत्ता लाग्यो । त्यसपछि पुरातत्वविद्हरुले नेपालको तिलौराकोटमा उत्खनन शुरु गरे र यहाँ उनीहरुले दरवारका भग्नावशेषहरुको साथै अन्य प्रमाणहरु प्राप्त गरे र तिलौराकोट नै प्राचीन कपिलवस्तु भएको प्रमाणित भयो । पिपरहवामा पाइएको भग्नावशेष वास्तवमा एक प्राचीन वौद्ध विहार मात्रै हो भन्नेमा पुरातत्वविद्हरु सहमत भए ।
यसको साथै अन्य प्रमाणको आधारमा तिलौराकोट वरपर ६२ पुरातात्विक महत्वका स्थानहरुको पहिचान गरिएको छ । प्रमुख स्थानहरुको कुरा गर्दा कुदान तिलौराकोटबाट ४।५ कि।मी। दक्षिण जहाँ भगवान वुद्धले आपुना पिता सुद्धोदनलाई वुद्धत्व प्राप्त भएपछि प्रथम पटक भेटेका थिए क्रकुछन्द वुद्धको जन्म तथा परिनिर्वाणस्थल गोटिहवा तौलिहवाबाट ३ कि।मी। दक्षिणपश्चिम कनकमुनी वुद्धको जन्म तथा वुद्धत्व प्राप्तिस्थल निग्लिहवा तौलिहवाको ७ कि।मी। उत्तर शाक्यहरुको सामुहिक वधस्थल सगरहवा कनकमुनी वुद्धसँग सम्बन्धित औरराकोट तौलिहवाको १० कि।मी। उत्तरपूर्व भगवान वुद्धको मावलीघर देवदह लुम्बिनीको ५४ कि।मी। पूर्व र रामग्राम जहाँ भगवान वुद्धको अस्थिधातु रहेको स्तुप छ आदि स्थानहरु तिलौराकोटको आसपासकै क्षेत्रमा रहेकाछन् । भारतीयहरुले दावी गरेको पिपरहवा वरपर वौद्ध साहित्यमा वर्णन गरिएका प्राचीन कपिलवस्तु वरपर हुनुपर्ने यस्ता पुरातात्विक स्थलहरु कुनैको पनि अस्तित्व रहेका छैनन् । यसको ठिक विपरित तिलौराकोटमा उक्त स्थलहरुको किटानकासाथ पहिचान गरिएबाट तिलौराकोट नै प्राचीन कपिलवस्तुको राजधानी हो भन्ने प्रमाणित हुन्छ ।
Email: rajshrestha2002@hotmail.com
Website: http://www.rajshrestha2002.wordpress.com

No comments: