Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Saturday, June 19, 2010

मलेशियामा बुद्ध जयन्ती भब्य रुपमा संपन्न

क्वालालम्पुर – यहाँस्थित बौद्ध धर्मावलम्बीहरुको संस्थाको आयोजनामा २५५४ औं बुद्ध जयन्ती भव्य रुपमा सम्पन्न भयो । शुक्रबार बिहान क्वालालम्पुर ब्रेकफिल्डस्थित बुद्ध मन्दिरमा एक बृहत समारोहबीच मलेसियाका प्रधान मन्त्री दातो महमद नाजीव विन तुन अबदुल राजक र श्रमिती दातीन रोशमा मनसोरको उपस्थितीमा समुदघाटित सो समारोहमा नेपाल लगायत दर्जनौं देशले सहभागिता जनाएका थिए । मलेसियाका तेस्रो प्रधानमन्त्री नाजिव तुन राजाकले एक मलेसियाको नारामा सबै बाँधिन र विभिन्न धर्म र जातिहरु एक्यवद्ध भएर अगाडि बढ्न आग्रह गर्नुभयो । सो समारोहलाई सम्बोधन गर्दै उहाँले सम्पूर्ण धर्मवालम्वी जातजाति र संघ-संस्थाको सहयोग पाएर नै यस्तो समारोहमा उपस्थिती हुन पाएको कुरामा खुशी व्याक्त गर्नुभयो । उहाँको उपस्थितीलाई प्रवेशद्धारबाट विभिन्न देशका झ्याकी र पुष्प गुच्छाले स्वागत गरिएको थियो ।

सोही कार्यक्रम अन्तर्गत साँझ ७ बजेबाट विभिन्न शान्ति र्याली तथा रथ यात्रा गरिएको थियो । पहिलो दिन ब्रेकफिल्डबाट बुकिट बिन्ताङ परिक्रमा गर्दै पुनः सोही ठाउँ पुर्याइयो भने शनिबार आइतबार र सोमबार क्रमशः पुचोङ सेरडाङ सेन्तुल पिजे देशा पेतालीङ लगायतका ठाउँहरुमा शान्ति र् याली तथा रथ परिक्रममा गरिने कार्यक्रम रहेको छ । एनआरएन मलेसियाको संयोजकत्वमा मलेसियामास्थित नेपाल राजदूतावास र यहाँ स्थापित  विभिन्न नेपाली संघ-संस्थाहरुले सहभागीता जनाएको हो । नेपालीहरुको लागि पन्ध्र हजार रिङगेट भन्दा ज्यादा लगानिमा बनाइएको रथ बुद्धको मुर्ती लगायत विभिन्न सजावट सामग्रीहरुको रकम भने स्वेच्छापूर्बक बिभिन्न ब्यक्तिहरुले दिनु भएको थियो । ‘बुद्ध नेपालमा जन्मेको हो’ भन्ने मुल नारा लिएर कार्यक्रममा सहभागिता जनाएको एनआरएन लगायतका संस्थाहरुले पर्यटन बर्ष २०११ र नेपालको विभिन्न पर्यटन क्षेत्रहरुको पनि प्रचार प्रसार गरेको छ ।
बेलुकी ७ बजेबाट शुरु गरिएको रथ यात्रा तथा शान्ति र्यालीमा यहाँस्थित महामहिम राजदूत डा ऋषिराज अधिकारी, सह राजदूत लेखनाथ भट्टराई, श्रमसहचारी सूर्य भण्डारी, शिवजी गुप्ता, कृष्ण विष्ट लगायत सम्पूर्ण परिवार, एनआरएन मलेसियाका अध्यक्ष शंकरबहादुर पौडेल, एनआरएन केन्द्रिय सदस्य भिम शेरचन, नेपाल पत्रकार महासंघ मलेसिया शाखाका उपाध्यक्ष विनो लामा, नेपाल व्यवसायी संघका अध्यक्ष कर्मा गुरुङ, उपाध्यक्ष भवानी शंकर तिवारी, कोषाध्यक्ष दिपक बोगटी लगायत व्यवसायीहरु विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

No comments: