Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Wednesday, April 13, 2011

संचारकर्मी र कलमकर्मीहरुद्धारा प्रसंशनीय कार्यको शुरुवात

Posted by Ram Kumar Shrestha on November 30, 2010
(अप्रिल २०१० मा पोस्टिङ् गरिएको यो सामग्री केही अपडेटका साथ दोश्रो कपिलबस्तु दिवसको अबसरमा पुन: पोस्टिङ् गरिएको छ – यस्ले केही थप  पत्रकारहरुलाई पनि यसो गर्न अभिप्रेरित गर्न सक्छ कि भन्ने बिस्वासका साथ । यो अभियानमा हातेमालो गर्दा कसैले पनि गुमाउनुभन्दा पाउनेछन, हीनताबोधभन्दा गौरब गर्न सक्नेछन, जिब्रो चपाउनुभन्दा खुलस्त बोल्न सक्ने छन ।)
हामी नेपाली भनेर त्यस बेलासम्म भन्न पाउनेछौं जुन बेलासम्म नेपाल एउटा स्वाभिमान देशको रुपमा रहिरहन्छ । नेपालको अस्तित्व समाप्त भएको खण्डमा हामी नेपाली भन्ने अबसरबाट बन्चित हुनेछौं । कुनै पनि देशको सरकारको एउटा प्रमुख कार्य भनेकै राष्ट्रियताको संरक्षण गर्नु र देशभित्र शान्ति अमन चयन कायम गर्नु हो । संक्रमण काल भएको कारण शान्ति सुरक्षाको सवालमा लचकता देखाउन सकिन्छ सरकारद्धारा  उद्धेस्य प्राप्त गर्न नसकेको खण्डमा, तर राष्ट्रियताको सवालमा सबैभन्दा पहिला सरकार बोल्नै पर्ने हुन्छ । यो सर्ब मान्य कुरा हो जुनसुकै देशको लागि पनि, तर वारंवार सीमा अतिक्रमणका घटनाहरु भएका छन; सीमा क्षेत्रमा वलात्कार लगायतका अनगिन्ति आमानवीय घटनाहरु भएका छन; वारंवार हतियार सहित भारतीय प्रहरीहरु नेपाल छिरेका छन; बिना अनुमति भारतीय लडाकु विमान नेपाली भूभागमा उडेका छन; भारतीय सेनापतिले नेपाली शान्ति प्रकृयामा अवरोध पुग्ने किसिमका गंभीर आपत्तिजनक कुरा उठाएका छन; अमेरिकाबाट प्रकाशित हुने न्यूजवीक साप्ताहिकका सम्पादक, अन्तराष्ट्रिय गतिविधिका नियमित लेखक तथा अमेरिकी टेलिभिजन च्यानल सीएनएनका संचालक फरिद जकरियाले आफ्नो पछिल्लो पुस्तक अमेरिका पछिको विश्व  (The Post American World) को १५४ पृष्ठको अन्तिम प्याराग्राफमा “बुद्ध भारतीय थिए र बुद्धिज्म भारतमा पत्ता लगाइएको थियो” भनी उल्लेख गरेका छन(यसबारेको समाचार हेर्न यहाँ क्लिक गर्नुहोस) र हालसालै भारतले सगरमाथा पनि भारतमा नै पर्छ भन्ने अभियान शुरु गरेको छ, भारतले  करोडौं रुपयाँ खर्च गरेरनक्कली कपिलबस्तु २०१२ मा सकाउने गरी अधिकांश कार्य सकाउन लागिसक्यो, गुगलमा बुद्धको जन्मस्थल खोज्दा भारत देखाउँथ्यो, PBS जस्तो ठूलो कंपनीले “The Buddha” भिडिओ सार्वजनिक गर्‍यो हाम्रो थुप्रै बिरोधका बाबजुद बुद्धलाई उही भारतीय परिचय दिंदै, तर सरकार आँफै यस्ता संबेदनशील बिषयहरुमा बोल्न पर्नेमा जन दबाब, संचारकर्मी र कलमकर्मीहरुको दबाबका बाबजूद पनि सुने नसुने झैं, थाहै नपाए झै गरी बसेको देखिनु आस्चर्यको कुरा हो । यस्ता कुरामा सरकार आँफै अग्रसर हुँदा समस्या समाधानका संभाबना जति सहज हुन्छ त्यत्ति सहज अरुले गर्दा हुन सक्तैन । र पनि नेपाली जनता आ-आफ्नै किसिमले आफ्नो राष्ट्रियताको संरक्षणको लागि जतिसुकै समस्या सामना गर्न परे पनि संघर्षरत देखिन्छन ।

हालै आएर संचारकर्मी र कलमकर्मीहरुले अनौठो किसिमको नयाँ अभियान शुरु गरेको देखिन्छ । उनीहरुले आफ्नो अन लाइन पत्रिका तथा ब्लगको हेडरमा नै हालै राष्ट्रियताको सवालमा जे जस्ता ठाउँहरुमा आक्रमण भैरहेको छ त्यस्को प्रतिरक्षालाई सहयोग पुग्ने सामग्रीहरु राख्न शुरु गरेका छन । जस्तै Nepstime ले Buddha Born in Nepal – Let’s Join Kapilvastu Day आफ्नो हेडरमा नै लेखेको छ (यस्लाई परिवर्तन गर्न हाल हटाएको छ )  भने Greaternepal र Ramkshrestha ले Nepal – The Country of the Mt. Everest and the Buddha लेखेका छन भने Kapilvastu Blog ले Buddha was Born in Lumbini, Nepal लेखेको छ भने Cosmicenergy ले Lumbini, Nepal – The Birthplace of Buddha लेखेको पाईन्छ ।यसरी नै Dautari ले यस्तो निर्णय गरेको छ: “यसरी नै आफ्नो राष्ट्रलाई केही गर्न नसके पनि आफ्नो राष्ट्रको गर्व गर्नु पनि एउटा ठूलो कार्य हो, तर राष्ट्रको बारेमा ढोंग ठोकेर आफ्नो खल्ती भर्ने या राष्ट्रको नाममा चरम उच्छ्रिंखलताद्वारा देशकै नाममा कलंक लगाउनेदेखि भने सतर्क रहनु पर्छ।
हामी सबै मिलेर सही तरिकाले नेपालको नाम संधै उचो राखिराख्नुपर्दछ। देश हाम्रो हो, हामीले मात्र होइन हाम्रा सन्ततीहरु पनि स्वतन्त्रतापूर्बक नेपालमैबाँचिरहन सकुन।
दौंतरीको ब्यानरमा हरेक शुक्रबार नेपाली राष्ट्रिय झण्डा फहरिने गर्छ। हुन त यो एउटा सानो काम होला, तर यस्ले हामी नेपाली हुनुमा गर्भित  हुन पक्कै पनि प्रेरणा दिनेछ। तपाईहरुको नेपालप्रति मायाको सागर उर्लाउने पाइलामा दौंतरीले सहयोग गर्दै यो हप्ता भरी नै दौंतरीको ब्यानरमा राष्ट्रियता झल्किने शब्दहरुराख्नेछौं।
धन्यबाद
Nepalean
www.dautari.org
(दौतरी ब्लगले “सच्चा नेपालीको रगत उमाल्ने खालका अत्यन्तै संबेदनशील क्लिपहरु” हजारौं नेपालीहरु बीच ईमेल मार्फत जानकारी गराउने क्रममा उक्त ईमेल प्राप्त भएपछि यो निर्णय गरेको हो । – ले)
यसरी नै अन्य केही संन्चारकर्मी मित्रहरु र ब्लगरहरुले पनि यस कार्यमा ऐक्यबद्धता जनाउनु हुने कुरा बताउनु भएको छ । प्रत्येक अन लाइन पत्रिका तथा ब्लगहरुमा यस्ता सामग्रीहरु राख्नु कतिपयको दृष्‍टिकोणमा त्यत्ति ठूलो नदेखिए तापनि यस किसिमको भावना र कार्यले अहिले हाम्रो रास्ट्रियतामाथि चुनौति दिने किसिमले जे जस्ता दुस्कार्यहरु भैराखेका छन त्यस्लाई निस्तेज पार्नमा महत्वपूर्ण भूमिका निर्बाह गर्न सक्ने कुरामा संदेह छैन ।
अपडेट:
अप्रिल ५ :
http://merolimbuwan.wordpress.com/ ले आफ्नो ब्लगको हेडरमा “Lord Buddha was Born in Lumbini, Nepal” लेखेको जानकारी प्राप्त भएको छ ।
अप्रिल ८:
सुजन न्यौपानेले आफ्नो ब्लग को हेडरमा “sujanneupane is proud to say ‘The Buddha was Born in Nepal, the home of Mt. Everest.’ A step to spread the information of The Buddha, who was born in Nepal and Mt. Everest which is an icon of Nepal.” लेख्नु भएको जानकारी प्राप्त भएको छ ।
अप्रिल 20:
जर्मन निवासी योगेन्द्रमिलन छन्त्याल आफ्नो ब्लग http://chhantyal.blogspot.com/ मा  ”आमा र जन्मभूमि स्वर्गभन्दा प्यारा हुन्छन । त्यसैले देशका लागि जे गर्न सकिन्छ संधै कोशीस गरिरहन जरुरी छ ।” लेख्नु भएको छ ।
नोभेम्बर ३०:
Mulbato ले “Nepal – the country of the Mt Everest and the Buddha, Buddha was born In Nepal – Let’s join Kapilvastu Day”
त्यसरी नै मुक्तिमार्गले “Buddha born in Nepal – Let’s join Kapilvastu Day” लेखेको छ भने Nepalisrael ले “Lord Buddha was born in Nepal” लेखेको छ ।

No comments: