Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Wednesday, March 14, 2012

बुद्ध जन्मथलो र लुम्बिनी भ्रमण वर्ष

Posted by Ram Kumar Shrestha on January 31, 2012
सन् २०१० को मध्यतिर दक्षिणपूर्वी एशियाली राष्ट्र लाओस पुगेको थिएँ । बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको लाओसको राजधानी भियन्टाइन शहर सुनौला बुद्ध मूर्ति तथा मन्दिरहरुले झकिझकाउ थियो । २५ सय वर्ष अघि आफ्नो देशमा जन्मेका बुद्धको ज्ञानको ज्योति लाओसमा प्रज्वलित भैरहेको देख्दा म कम्ता फुरुङ्ग भइनँ । ती सबै दृश्य देख्दा लाओसी जनता बुद्ध जन्मथलोबारे राम्रै जानकार होलान् भन्ने लागेको थियो । यसैबीच मैले त्यहाँका केही साथीहरुलाई आफू बुद्धको जन्मेको देशबाट आएको भन्दा उनीहरुले बुद्ध त भारतमा जन्मेका होइनन् र भने । बुद्धको जन्मस्थल नेपालको लुम्बिनी हो कसरी भारत हुन्छ भन्दा उनीहरुले भारतीय दूतावासले हरेक वर्ष आयोजना गर्ने साँस्कृतिक कार्यक्रममा बुद्ध भारतमा जन्मेको जानकारी दिइने गरेको बताए । यो सुनेर म चेत खाए । यो त एउटा सानो घटनामात्र हो । भारतले नेपालको दूतावास तथा कुटनीतिक नियोग नरहेका लाओसजस्ता अरु देशहरुमा यस्ता कुप्रचार कति विस्तार गरेको होला भन्ने कुरा यसैबाट अनुमान गर्न सकिन्छ । 
By रतन भण्डारी
नेपाल भ्रमण वर्ष २०११ पछि २०१२ लाई नेपाल सरकारले लुम्बिनी भ्रमण घोषणा गरेको छ । बुद्ध जन्मस्थल लुम्बिनी प्रचारप्रसार तथा विकास निर्माणमा भ्रमण वर्षले योगदान पुर्याउनुको साथै पयर्टन प्रवद्र्धनमा समेत टेवा पुग्ने आशा लिइएको छ । भारतले संसारभर बुद्ध भारतमा जन्मेको कुप्रचारलाई चिर्न समेत भ्रमण वर्ष सहायकसिद्ध हुने कुरामा विश्वास गर्न सकिन्छ । तर चीन, कोरियाजस्ता छिमेकी तथा मित्र राष्ट्रहरुले लुम्बिनी विकासमा सहयोग उपलब्ध गराउन खोज्दा भारतले अनेकन बहानामा बखेडा झिक्दै आएको सत्य पनि कहीँबाट छुपेको छैन । यसका बाबजुद नेपाल सरकारले घोषणा गरेको लुम्बिनीलाई भ्रमण वर्षलाई सफल पार्नु आम नेपालीको कर्तव्य हो ।
सन् २०१० को मध्यतिर दक्षिणपूर्वी एशियाली राष्ट्र लाओस पुगेको थिएँ । बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको लाओसको राजधानी भियन्टाइन शहर सुनौला बुद्ध मूर्ति तथा मन्दिरहरुले झकिझकाउ थियो । २५ सय वर्ष अघि आफ्नो देशमा जन्मेका बुद्धको ज्ञानको ज्योति लाओसमा प्रज्वलित भैरहेको देख्दा म कम्ता फुरुङ्ग भइनँ । ती सबै दृश्य देख्दा लाओसी जनता बुद्ध जन्मथलोबारे राम्रै जानकार होलान् भन्ने लागेको थियो । यसैबीच मैले त्यहाँका केही साथीहरुलाई आफू बुद्धको जन्मेको देशबाट आएको भन्दा उनीहरुले बुद्ध त भारतमा जन्मेका होइनन् र भने । बुद्धको जन्मस्थल नेपालको लुम्बिनी हो कसरी भारत हुन्छ भन्दा उनीहरुले भारतीय दूतावासले हरेक वर्ष आयोजना गर्ने साँस्कृतिक कार्यक्रममा बुद्ध भारतमा जन्मेको जानकारी दिइने गरेको बताए । यो सुनेर म चेत खाए । यो त एउटा सानो घटनामात्र हो । भारतले नेपालको दूतावास तथा कुटनीतिक नियोग नरहेका लाओसजस्ता अरु देशहरुमा यस्ता कुप्रचार कति विस्तार गरेको होला भन्ने कुरा यसैबाट अनुमान गर्न सकिन्छ ।
यसरी भारतले बुद्ध भारतमै जन्मेको कुप्रचार रोकेको छैन । सन् २००९ को शुरुतिर “चाँदनी चोक टु चाइना” नामक हिन्दी चलचित्रमा समेत बुद्ध भारतमा जन्मिएको विवादास्पद सम्वाद भारतीय सेन्सर बोर्डबाटै स्वीकृत भएको थियो । बोधगयालाई “अन्तर्राष्ट्रिय बुद्ध केन्द्र” बनाउने नाममा केही महिना अघि चीनको राजधानी बेइजिङमा भारतीय दूतावासले आयोजना गरेको कार्यक्रममा बुद्ध भारतमा जन्मेको खुलेयाम कुप्रचार गरिएको थियो । खासगरी नेपालले लुम्बिनी विकासमा देखाएको तत्परताबाट अतालिएको भारतले हतारहतार बेइजिङमा सो कार्यक्रम गरेको थियो । बेइजिङमा कार्यक्रम अघि भारतले काठमाडौँमै त्यसको पूर्वतयारी गरेको र केही नेपाली सहभागीहरुलाई पनि उक्त कार्यक्रममा सहभागी गराइएको पनि सुनिन्छ । यसरी विगतदेखि नै भारत बुद्ध भारतमा जन्मेको झुठलाई पुष्टि गर्न अनेकौँ हतकण्डा अपनाउँदैआएको छ । यसका लागि उसले सबै अश्त्र प्रयोगमा ल्याएको छ । एकताका भारत नेपालको लुम्बिनी पारी ईटा थुपारेर नक्कली कपिलवस्तुसम्म खडा गर्ने अभियानमा जुटेको थियो । शुद्धोदनको दरवार पिपरहवामा अनि बुद्धको मावली रामग्राम-देवदह नभइ भारतको महाराजगाज भन्ने हौवा मचाएको थियो । तर ऐतिहासिक-पुरातात्विक प्रमाण विनाको नक्कली भारतीय कपिलवस्तुलाई हावा खान धेरै दिन लागेन । केही नलागे पछि अजितकुमार त्रिपाठी तथा चन्द्रमान पटेलजस्ता तथाकथित भारतीय इतिहासकारहरुलाई अघि सार्दै भारतले बुद्धको जन्मथलो उडिसाको भुवनेश्वरनजिक कपिलेश्वरतिर भएको कुतर्क पेस गर् यो । उडन्ते कथाझै रचिएको उडिसाको ुतथाकथित कपिलवस्तु को पनि धेरै दिन टिकेन । भारत सरकारमात्र नभई भारतीय साधुसन्त समेत बेलाबखत बुद्ध भारतमा जन्मेको अभिव्यक्ति दिँने गरेका छन् । गत जेठ महिनामा भारतीय योगगुरु भनिने रामदेवले समेत उनको भ्रष्टाचार विरोधी आन्दोलनका बेला बुद्ध भारतमा जन्मेको भनेर खुला अभिव्यक्ति दिए । तर उनको भनाइको कतैबाट खण्डन भएन । 

छिमेकी राष्ट्रहरुको सहअस्थित्वको विश्वास गर्न नसक्नु र अरुको प्रगति नदेख्नु भारतीय चरित्र नै हो । त्यसैले भारत नेपालको ऐतिहासिक पुरातात्विक तथा भौगोलिक पहिचान मेटाउन हरतरहले प्रयत्नरत छ । बुद्ध जन्मथलो विवाद त्यस्को एउटा पाटोमात्र हो । तर यस मामिलामा भारतले भ्रम सिर्जना गर् यो भनेर आफू जिम्मेवारीबाट पन्छिने अधिकार नेपाल सरकारलाई छैन । हाम्रो सरकार आफ्नो स्रोतसम्पदा रक्षार्थ जति जिम्मेवार हुनु पर्ने हो त्यो हुन नसक्दाको नाजायज फाइदा भारतले उठाइरहेको अवस्था हो । बुद्ध जन्मथलोबारे भ्रम छर्नमा भारतजति दोषी छ नेपाल सरकार पनि त्यत्तिकै जिम्मेवार छ । यतिसम्मकी त्रिभुवन विश्वविद्यालयको एमएको अङ्ग्रेजीको पाठ्यक्रममै दुईवर्ष अघिसम्म बुद्धको जन्मथलो भारतमा हो भनेर पठनपाठन भइरहेको अवस्थामा भारतलाई मात्र दोष दिने कुरा आउँदैन । बुद्धबारे भारतले बेलाबेला फैलाउने यस्ता कुप्रचारका विरुद्ध सरकारले अन्तर्राष्ट्रिय जगतमै सन्देश जाने गरी कडा प्रतिवाद नगर्नुले पनि भारतले यो धृष्टता गरेको हो ।
गौतम बुद्धको जन्मथलो नेपालको लुम्बिनीको कपिलवस्तुमा भएकोमा कुनै शङ्का छैन । थुप्रै ऐतिहासिक पुरातात्विक प्रमाणहरुले बुद्धजन्मथलो लुम्बिनीको कपिलवस्तुमा भएको कुरा निसन्देह मात्र छैन उहिल्यै पुष्टि भइसकेको छ । बुद्ध जन्मथलो बारे थुप्रै तथ्यहरु बुद्धले आफ्नो जीवनको पूवाद्र्धका २९ वर्ष बिताएको तिलौराकोट दरवारको भग्नावशेषको गर्भमा अझै छन् । भारतीय मौर्य सम्राट अशोकले ई.पू. २४९ मा लुम्बिनी यात्राको क्रममा स्थापना गरेको ‘स्तम्भ’ र ‘मार्कट स्टोन’ अझै जस्ताको त्यस्तै छन् । सन् १८९६ मा पुरातत्वविद खड्गशम्शेर राणाको अनुसन्धान टोलीले अशोक स्तम्भ पत्ता लगाएको थियो । राणाको उक्त टोलीमा बेलायतका प्रशिद्ध पुरातत्वविद डा. फुहरर समेत संलग्न थिए । ऐतिहासिक एवं पुरातात्विक महत्वलाई दृष्टिगत गर्दै यूनेस्कोले समेत सन् १९९७ मा लुम्बिनी बुद्ध जन्मभूमिका रुपमा विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ । सन् १९६७ मा तत्कालीन संयुक्त राष्ट्रसङ्घीय महासचिव ऊथान्त हुँदै पछिल्लोपटक वर्तमान राष्ट्रसङ्घीय महासचिव वान्की मुनदेखि लिएर भुटानी रानी तथा श्रीलङ्काली राष्ट्रपति महिन्द्रा राजापाक्षसम्मले बुद्ध जन्मभूमि लुम्बिनीको भ्रमण गरेका छन् ।
सबै कुरा हुँदा पनि पछि पर्नु नेपाली जनताको नियति बनेको छ । सर्वोच्च शिखर सगरमाथा बुद्धको जन्मथलो लुम्बिनी नदीनाला विशाल हिमालय पर्वत के छैन हामीसँग बुद्ध हाम्रो देशमा जन्मेका छन् तर बुद्धको नाममा भारतले व्यापार गरिरहेको छ । हामी भने शान्तिका अग्रदूत बुद्धको देशका नागरिक भएर पनि आफ्नो परिचय बेलायत तथा भारतको बन्दूक बोक्ने ुकथित बहादुरु का रुपमा दिइरहेका छौँ । अरु देशहरुले कूटनीति बौद्धिकता विद्वता तथा ज्ञानलाई आफ्नो चिनारी बनाइरहेको परिवेशमा हाम्रो चिनारी पाखुरा सुर्कने बहादुर मै सीमित छ । कवि भूपि शेरचनको “बुद्धु छौँ र न बहादुर छौँ” भनेर उहिल्यै व्यंग्य कस्दासमेत हाम्रो घैटोमा अझै घाम लागेको छैन । अझै हामी बुद्ध होइन खुकुरीको प्रचारमा छौँ । ज्ञानको होइन पाखुरा सुर्कन्छौँ ।
बुद्धको जन्मथलो बारे भारतले फैलाउँदै गएको भ्रमलाई चिर्न तत्काल अन्तर्राष्ट्रिय जगतमै त्यसको कडारुपमा प्रतिवाद हुनु जरुरी छ । भारतमा बुद्ध नजन्मकै भएपनि भारतीय दूतावासले संसारभर भारतमा बुद्ध जन्मेको कुप्रचारलाई काउण्टर गर्न विदेशस्थित नेपाली दूतावास तथा कुटनीतिक नियोगमार्फत लुम्बिनीको प्रचार-प्रसार व्यापक तथा नियमित गरिनुपर्दछ । लुम्बिनीलाई धार्मिक पर्यटकीय नगरीका रुपमा विकास गरिनुपर्दछ । लुम्बिनीमा भइरहेको मानवीय अतिक्रमण रोक्दै त्यहाँ सुविधासम्पन्न पाँचतारे होटेल अन्तर्राष्ट्रिय विमानस्थललगायतका पूर्वाधार निर्माणको खाँचो छ । धार्मिक पयर्टन विस्तारका लागि सरकारले बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेका चीन मङ्गोलिया जापान कोरिया लाओस भियतनाम काम्बोडिया थाइल्याण्ड बर्मा भुटान श्रीलङ्काजस्ता मुलुकहरुमा प्रचार-प्रसार तीब्र पारिनुपर्दछ । भारतको गयामा थाइल्याण्डको थाइ एयर तथा भुटानको ड्रुक एयरले सेवा संचालनमा ल्याइ त्यहाँ धार्मिक पर्यटकहरुको ओइरो लागिरहेको परिवेशमा ती धार्मिक पर्यटकलाई लुम्बिनी भित्र्याउन हामीले पनि सोहीअनुसारको तयारी गर्नु जरुरी छ । हामीले लुम्बिनी विकासमा साँच्चिकै अग्रसरता देखाउन सके त्यसले एकातिर हाम्रो पर्यटन विकासमा सहयोग पुग्न गइ रोजगारीका साथै राष्ट्रिय अन्र्थतन्त्रमा टेवा पुग्नेछ भने अर्कोतिर बुद्धको देशका रुपमा नेपालको चिनारी अन्तर्राष्ट्रिय जगतमा फैलने छ ।
साभारः मानवअधिकार सन्देश २०६८ पुस-माघ
ratanji@gmail.com

No comments: