Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Friday, March 9, 2012

लुम्बिनी भ्रमण वर्ष घोषणा

Posted by Ram Kumar Shrestha on December 2, 2011
माधव ढुंगाना
भैरहवा, मंसिर १६ – ‘क्रान्तिबाट शान्ति आउँछ,’ भन्ने उद्घोष सहित कुनै बेला हतियार समाएका प्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकलाई शान्ति क्षेत्रतर्फ डोर्‍याउने वाचासहति बिहीबार ‘लुम्बिनी भ्रमण वर्ष-२०१२’ को घोषणा गरेका छन् ।बुद्धको जन्मस्थल पुगेका भट्टराईले सिद्धार्थ गौतमले विद्रोह भोक, रोग, गरिबी, असमानता, उत्पीडन र शोषण विरुद्ध क्रान्ति गरेको स्मण गर्दै ‘विगतका सम्पूर्ण द्वन्द्व र त्यसका असर अन्त्य गरी मुलुकमा चिरस्थायी शान्ति स्थापना गर्ने प्रयासमा सरकार लागेको’ उद्घोष् ासमेत गरे ।
‘हाम्रो देश शान्ति दूत बुद्धको जन्मस्थल भएकाले यो मुलुकमा चिरशान्ति स्थापना गरिछाड्ने वाचा सहित सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्षका रूपमा मनाइने घोषणा गर्छु,’ यहाँ आयोजित एक कार्यक्रममा प्रधानमन्त्री भट्टराईले भने । ‘हतियारको होडबाजीलाई अन्त्य गरी शान्तिपूर्ण समाजको निर्माण गरेर बस्न र संसारलाई शान्तिको सन्देश फैलाउन’ आफ्नो सरकार प्रतिबद्ध रहेको समेत उनले उद्घोष गरे ।

बुद्ध धर्मको प्रभाव बढ्दो भएकाले धर्मलाई पनि विकास र समृद्धिसँग जोडेर हेरिनुपर्नेमा उनको जोड
थियो । आगामी दिनमा लुम्बिनीलाई केन्दि्रत गरेर विकासको कार्यक्रम ल्याइने प्रतिबद्धता जनाउँदै उनले सुरुमा गुरुयोजना, त्यसपछि बुद्धसँग सम्बिन्धत स्थलको अलग्गै सर्किट बनाएर विकास गरिने बताए ।
आफूभन्दा पहिला मञ्चबाट लुम्बिनी विकास कोषले स्थानीयवासीलाई उपेक्षित गरेको भन्दै आक्रोशित मुद्रामा भाषण गरेर उपस्थित स्थानीयवासीको ताली खाएका वनमन्त्री मोहम्मद ओकिल मुसलवानको भनाइप्रति केन्दि्रत हुँदै भट्टराईले लुम्बिनी क्षेत्रको विकास गरिँदा गरिब र निमुखा स्थानीयवासीको आय स्तर वृद्धि हुने खालका कार्यक्रम पनि सञ्चालन गरिने बताए ।
वनमन्त्रीले लुम्बिनी विकास कोषले २५ गाउँलाई विस्थापित गरी जमिन अधिग्रहण गर्दा एक घर एक रोजगार भनेकामा त्यसलाई बेवास्ता गर्दै अहिले स्थानीयवासीलाई समावेश नगरी कोषमा राजनीतिक ढंगले अन्यत्रका व्यक्तिलाई राखेको आरोप लगाएका थिए । ‘लुम्बिनीको विकास भनेको ३ वर्ग माइलमा विस्तारित पर्खालले ढाकेको क्षेत्र मात्रै होइन,’ उनले भनेका थिए, ‘स्थानीयलाई उपेक्षित गर्ने हो भने त्यो पर्खाल पनि भत्किने छ ।’
लुम्बिनीको विकास स्थानीय क्षेत्रमा पनि समावेशी ढंगले गर्ने र गरिब निमुखाको पक्षमा पनि केन्दि्रत रहने प्रधानमन्त्रीले प्रतिबद्धता जनाए । हिसिला यमी सहित हेलिकप्टरबाट लुम्बिनी अवतरण गरेका प्रधानमन्त्रीले तीन दशकअघि तयार भएको लुम्बिनी गुरुयोजनाबारे निकै चासो देखाएका थिए ।
‘गुरुयोजना कति प्रतिशत पूरा भयो ? कहिलेसम्म पूरा गर्ने लक्ष्य छ ? पूरा गर्न धेरै ढिलाइ भइसकेछ, अब सबै मिलेर चाँडो सक्नुपर्छ भन्दै प्रधानमन्त्रीले निकै चासो देखाएको पाएँ,’ कोषका सूचना अधिकृत हरिध्वज राईले कान्तिपुरसँग भने, ‘मैले प्रधानमन्त्रीलाई संविधानसभाले पनि तीन वर्षमा गुरुयोजना सक्ने र अन्तर्राष्ट्रिय शान्ति सहर बनाउन पारित गरेको संकल्प प्रस्ताव अनुरूप बजेट पारित गर्नुपर्‍यो भन्दा  उहाँले हुन्छ, यसलाई म गम्भीर रूपमा लिन्छु भन्नुभयो ।’
 @Ekantipur

No comments: