Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Saturday, March 3, 2012

लुम्बिनी-कपिलवस्तु दिवस अभियानमा बिभिन्न राजदूतहरुको नियुक्ति


Posted by Ram Kumar Shrestha on March 4, 2012
भारतले करीब असी प्रतिशत नक्कली लुम्बिनी र कपिलवस्तु बनाउने काम सकाएर २०१२ सम्ममा पुरा गर्ने किसिमले जोडतोडका साथ काम हुँदा पनि सक्कली लुम्बिनी र कपिलवस्तु भएको देशको तर्फबाट भने झन्डै सर्बपक्षीय मौनता दर्शाइएको कारण बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुले डिसेम्बर १, २००९ लाई “कपिलवस्तु दिवस विस्व दिवस” को रुपमा बिभिन्न देशमा बिभिन्न कार्यक्रम सहित मनाएका थिए । त्यस्लाई निरन्तरता दिने अभिप्रायले मै ११, २०१० मा वेलायत निबासी रामकुमार श्रेष्ठको विस्व संयोजकत्वमा १९ सदस्यीय कपिलवस्तु दिवस अभियान  विस्व कार्य समिति गठन गरेर सेप्टेम्बर १६, २०१० मा दुई जना थपी २१ सदस्यीय बनाएर पूर्णता दिइएको थियो । तीन ठूला पार्टीहरुका प्रतिष्ठित ब्यक्तित्वहरुको समेत प्रतिनिधित्व गराएर बिभिन्न क्षेत्रका ब्यक्तिहरु र दुई जना बिदेशीहरुलाई समेत समाबेश गरी आठ जनाको सल्लाहकार मण्डल पनि बनाइएको छ । सार्कको सल्लाहकारमा गोरखापत्रका पूर्व सम्पादक एबं लुम्बिनी-बुद्ध विस्वबिद्यालयका पूर्व रजिस्टार केदार शाक्य हुनुहुन्छ ।
बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण अशोक स्तम्भ खडग सम्शेरले पत्ता लगाएको भए तापनि अन्तराष्ट्रिय जगत सामू ल्याउने महत्वपूर्ण काम भने १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद Anton Führer ले गरेको दिनलाई ऐतिहासिक महत्व दिइनु धेरै अर्थमा महत्व राख्ने देखिएको र त्यस्तो निर्णयका कारण यस क्षेत्रको बिकासको लागि उपयुक्त बातावरण सिर्जना गर्न सकिएको खण्डमा नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याइ अन्तत्वगत्वा नेपालको बिकासमा नै सहयोग पुर्याउने मात्र नभएर राष्ट्रिय अन्तराष्ट्रिय शान्ति प्रकृयामा समर्थन, ऐक्यबद्धता र टेवा समेत दिन सक्ने भएकोले १ डिसेम्बरलाई कपिलबस्तु दिबसको रुपमा मनाउने निर्णय गरिएको हो ।
सीमित स्वार्थका कारण बुद्धको बिस्वब्यापी महत्वबाट लालायितहरुले बुद्ध जन्मस्थलबारे सिर्जना गरेका दिग्भ्रमहरुलाई निस्तेज पार्ने अभिप्रायले शुरु गरिएको कपिलवस्तु दिवस अभियान पछिल्लो समयमा लुम्बिनी क्षेत्रको बिकासमा देखा परेका बिभिन्न सकारात्मक संकेतहरुले गर्दा अभियानको नाममा लुम्बिनी शब्द जोडनका लागि आएका धेरै सुझाबहरुलाई ध्यानमा राखेर अभियानले अभियानको नाम लुम्बिनी-कपिलवस्तु दिवस अभियान राख्ने गरी गरिएको निर्णयलाई तेश्रो कपिलवस्तु दिवस मनाउने क्रममा यही डिसेम्बर १ तारिख २०११ का दिन वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशकका संयोजक एबं पूर्व प्रधानमन्त्रीको प्रचन्ड प्रमुख आतिथ्य र मन्त्रीहरु, पूर्व मन्त्रीहरु, सांसदहरु एबं राष्ट्रिय स्तरका थुप्रै ब्यक्तिहरुको उपस्थितिमा भएको नेपालमा आयोजना गरिएको कार्यक्रममा अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले इण्टरनेटको माध्यमबाट वेलायतबाट मन्तब्य दिने क्रममा आधिकारिक रुपमा अभियानको नाम परिवर्तन गरिएको घोषणापस्चात सो दिनदेखि सो अभियानको तेश्रो वार्षिकोत्सब लुम्बिनी- कपिलवस्तु दिवसको रुपमा मनाइन थालिएको छ ।

अभियानको नाम कपिलवस्तु दिवस रहेकै बेलामा स्पेन, बेल्जियम, यूके, क्यानडा, न्यूजिल्याण्ड, डेनमार्क, ताईवान, नेपाल र अस्ट्रेलिया गरी नौ देशमा राष्ट्रिय समिति गठन गरिएको छ । १ डिसेम्बर २०११ का दिनदेखि अभियानको नाम लुम्बिनी-कपिलवस्तु दिवस अभियानमा परिवर्तन गरेपछि मलेशिया, भियतनाम, कम्बोडिया, र जर्मनमा राष्ट्रिय समिति गठन गरी अभियानको राष्ट्रिय समिति गठन गर्ने मुलुकको संख्या तेर्ह पुगेको छ ।
ब्यापक जन दबाबका कारण केही समय अघिमात्रै जानकारी सच्याए पनि गुगल र वर्षेनी विश्वभरका करिव ६० लाख पर्यटकले अवलोकन गर्ने लन्डनस्थित ब्रिटिश संग्रहालयले पनि वुद्धलाई भारतीय परिचय दिएको, लाखौं बुद्धिस्टहरुमा समेत बुद्ध नेपालमा जन्मिएको भन्ने जानकारी नहुने मात्रै नभएर बौद्धमार्गीहरुका बीच अत्यन्तै सम्मानित मानिने रिङपोछेद्धारा समेत विस्वमा नै सबैभन्दा बढी पाठक भएको पत्रिकामध्येको अनलाइन पत्रिका हफिङ्टन पोस्टमा बुद्धबारे भ्रामक जानकारी सहित लेखहरु प्रकाशित गरिएको, मासिक संसारभरिका ११५ मिलियनभन्दा बढी जनताका बीच आफ्ना सामग्री लिएर पुग्ने ३५० भन्दा बढी टिभी स्टेशनहरुको सन्जाल पिबिएसले “द बुद्ध” फिल्ममा उहाँलाई भारती परिचय दिएको, थुप्रै देशको पाठ्य सामग्रीहरुमा बुद्ध नेपालमा नभएर भारतमा जन्मिएको उल्लेख गरिएको, न्यूजवीकका संपादक एबं सिएनएनका कार्यक्रम प्रस्तोता जाकारीया जस्ता ब्यक्तिले आफ्नो पुस्तकमा बुद्धलाई भारती भनिएको जस्ता यथार्तताले बुद्ध जन्मस्थलबारे सिर्जित दिग्भ्रम विस्वब्यापी समस्या बनिसकेको प्रमाणित हुन्छ । यसरी अभियान शुरु गरेपस्चात बुद्ध जन्मस्थलबारेको दिग्भ्रमले लिएको यस किसिमका विस्वब्यापी समस्याबारे जानकारी गराइंदा समेत राज्यका महत्वपूर्ण अंगहरुबाट समेत यस्तो संबेदनशील बिषय प्राथमिकतामा नपर्नाले कैयौं नेपाली युनेस्कोले समेत लुम्बिनीलाई विस्व संपदा सूचिमा पारेकोले बुद्ध नेपालमा जन्मिनु भएको कुरा संसारलाई थाहा छ भन्ने भ्रममा छन । यसरी यथार्थताबोधको अभावमा यो अभियानको औचित्य नै नभएको भ्रममा अझै पनि धेरै नेपाली रहनु पनि अभियानको उद्धेस्य प्राप्तीमा कठीनाइ भएको महसूस गरिएको छ ।

सीमित साधन र श्रोतका बाबजूद अभियानले छोटो समयमा नै गुगल र वर्षेनी विश्वभरका करिव ६० लाख पर्यटकले अवलोकन गर्ने लन्डनस्थित ब्रिटिश संग्रहालयमा बुद्ध जन्मस्थलबारे राखिएको, पिबिएसले “द बुद्ध” फिल्ममा उहाँलाई भारती परिचय दिएको र जाकारीयाद्धारा आफ्नो पुस्तकमा बुद्धलाई भारती भनिएको जस्ता गलत जानकारी सच्याउन जन परिचालन गर्ने, प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने लगायतका थुप्रै काम गरेको छ ।
समस्याको स्वरुपलाई ध्यानमा राखेर अभियानको गतिबिधिलाई अझ सशक्त रुपमा अगाडि बढाउन रुपक राज आचार्यको मूल संयोजकत्वमा नौ सदस्यीय लुम्बिनी पर्यटन प्रबर्द्धन समूह (Lumbini Tourism Promotion Forum) र ऐक्यबद्धताका अध्यक्ष निलकण्ठ तिवारीको मूल संयोककतमा चौध सदस्यीय  संचार समूह (Media Forum of the Campaign) गठन गरिएको छ ।

नेपाल सरकारको लुम्बिनी भ्रमण वर्ष २०१२ लाई सघाउन १५ जनाको टोली लिएर फागुन ११ गते लुम्बिनी, कपिलवस्तु, देवदह र राम ग्राम गएर प्रवर्द्धन कार्य गर्न गएको लुम्बिनी-कपिलवस्तु दिवस अभियानको भ्रमण दलले  देवदहमा रामचन्द्र पौड्यालको संयोजकत्वमा देवदह स्थानीय समिति गठन, यस अभियानका गतिविधि समेतको प्रवर्द्धनात्मक कार्यक्रमको एउटा र अर्को यहाँका समस्याहरुको गरी दुइवटा डकुमेन्ट्रीहरु तयार हुने किसिमले डकुमेन्ट्रीको छायाकंन, पत्रकार सम्मेलन, लुम्बिनी-कपिलवस्तु र नवल परासी समेतलाई समावेस गरी बुद्ध सर्किट समन्वय समिती गठन गर्ने जस्ता काम भएका छन ।
हालसम्म पनि सरकारले लुम्बिनी क्षेत्र नेपालको भूभागमा पर्छ भन्ने अनुभूति दिने सूचना पाटीसम्म टाँग्न नसकिरहेको अवस्थामा लुम्बिनीको बुद्ध आदर्श उच्च माविमा आयोजित कार्यक्रममा अभियानका स्काउट दूत किशोर कुइकेलद्वारा राखिएको विद्यार्थीहरुबाट सरकारलाई सहयोग पुर्याउन खाजाको रकमबाट जनही १ रु. को चन्दा संकलनको प्रस्ताब अनुमोदन भै तत्कालै करीब रु १०० चन्दा संकलन गरी फाल्गुण १८ काठमाण्डौको गोकर्ण स्थित स्वर्ण शिक्षा इंगलिस स्कुल, गोकर्णेश्वर मा.वि., युथ भिजन सेकेण्डरी स्कुल सहयोगी उच्च मा.वि.मा खाजाको रकमबाट जनही १ रु को चन्दा संकलन कार्यक्रम सम्पन्न गरिएको छ। लुम्बिनीबाट शुरु गरिएको यस अभियानलाई राजधानीका अन्य विद्यालयमा समेत निरन्तरता दिइनेछ। अभियानको तर्फबाट जन परिचालन गरी तयार गरिएको १६ फिट लामो सूचना फ्लेक्समा अभियानको नयाँ नारा अंग्रेजीमा Welcome to Nepal, the birthplace of Lord Buddha सिरानमै अंकित गरी र्यालीका साथ त्यसलाई गाउँ र बजारमा प्रदर्शन गर्दै लुम्बिनी प्रवेशद्वार नं ६ मा सार्वजनिक रुपमा टाँग्ने कार्यक्रम भयो । हालसम्म पनि सरकारले लुम्बिनी क्षेत्र नेपालको भूभागमा पर्छ भन्ने अनुभूति दिने सूचना पाटीसम्म टाँग्न नसकिरहेको अवस्थामा अभियानले  जनस्तरबाट सूचना फ्लेक्स टाँगेर त्यो राष्ट्रिय गर्वको महान् कार्य शुरु गरेको छ र विद्यार्थीहरुले पनि सरकारको असक्षमतालाई बुझी अगम्य राष्ट्रियताको अनुभूतिसाथ सीमानामा नेपाल प्रवेशको स्वागतद्वार बनाउन विद्यार्थी सहयोगको सूत्रपात गरेका छन् ।

अभियानका गतिबिधिलाई बिभिन्न किसिमबाट सहयोग गर्दै आउनु भएका र बिभिन्न किसिमबाट अन्तरराष्ट्रिय गतिबिधिमा सरीक हुँदै आउनु भएका बिभिन्न ब्यक्तिहरुलाई अभियानका गतिबिधिमा थप उर्जा प्रदान गर्ने अभिप्रायले अभियानले हाल केही दूतहरु नियुक्त गरेको छ् जस अनुसार Smaller Earth नामक संस्थाद्धारा सञ्चालित Your Big Year को बिश्वब्यापी प्रतियोगितामा सहभागी विश्वका २१२ देशका ६० हजार युवा-युवतीबाट पहिलो चरणमा छानिएका १११ जनाबाट बिजयी १२ जनामध्येमा परेर Smaller Earth Ambassador भएर ग्लोबल एम्बेसडर बन्ने तयारीमा रहनु भएकी सुनिता बस्नेत ग्लोबल एम्बेसडर, निलेश अधिकारी (पर्यटन दूत), श्रीकुमार श्रेष्ठ (शिक्षक दूत), किशोर कुइंकेल (स्काउट विद्यार्थी दूत), अल्फा श्रेष्ठ (पर्यावरण विद्यार्थी दूत), सविता भट्ट (कलेज स्टुडेन्ट दूत) हुनुहुन्छ । यस अघि बरिस्ठ कलाकारद्धय महामहिम प्रेम राजा महत र मनोज गजुरेललाई सांस्कृतिक दूतको रुपमा नियुक्त गरिएको थियो । स्मरण रहोस अल्फा श्रेष्ठ नेपालकै पनि ग्रीन एम्बेसडर हुनुहुन्छ र उहाँले रास्ट्रपति भेटने तथा नेपालको प्रतिनिधित्व गरी बिभिन्न देश भ्रमण गरिसक्नु भएको छ ।
Published links:

No comments: