Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Saturday, March 24, 2012

भारतबाट ठुलो रकममा किनिए कुलचन्द्र गौतम


Posted by Ram Kumar Shrestha on March 24, 2012
काठमाडौं, चैत्र ९ कुल चन्द्र गौतम९ चैत,काठमाडौ। सयुक्त राष्ट्रसंघमा आफ्नो पहुँच देखाएर राष्ट्रसंघका महासचिव वान कि मुनको भ्रमण रोकाउन सफल कुलचन्द्र गौतमको बारेमा नयाँ कुरा खूलासा हँदै आएका छन् ।
उनले राष्ट्रसंघको मुख्यालय न्युयोर्क पुगेरै महासचिव वान कि मुनको लुम्बिनी भ्रमण रोकाएका बताइएको छ।वानले आगामी वैशाखको १६ मा लुम्बिनीमा हुने सम्मेलनमा आउने जनाउ दिएपछि सरकारले गत शुक्रबार औपचारिक पत्र पठाएको थियो र सरकारले पत्र पठाएकै दिन काठमाडौंबाट अमेरिका उडेका गौतमले न्युयोर्कमा पनि आफ्नो पुरानो हैसियत दुरुपयोग गरेर वानको भ्रमण रोकाए लगतै उनका बारेमा खोज तलाश बढेको थियो।
लुम्बिनी विकासको जस प्रचण्डलाई जान्छ भन्ने बहानामा गौतमको र उनको केही सहयोगी टोलीले वानको भ्रमणविरोधी अभियान चलाएको भनेर आफै प्रोपोगण्डा गर्दै आइरहेका छन्। तर एउटा विश्वस्त स्रोतले भने यसको कारण अर्कै रहेको दावी गरेको छ।
उक्त स्रोतका अनुसार बुद्धको जन्मस्थल लाई भारतले आफ्नो देशमा पर्छ भनेर प्रचार गर्दै आइरहेको छ। राष्ट्रसंघकै महासचिव लु्म्विनी आएपछि बुद्धको जन्मस्थल नेपालनै हो भनेर विश्वभर सन्देश जाने र भारतको प्रचार ओझेलमा पर्ने निश्चित थियो। यसबाट कसैलाई फाइदा थियो भने त्यो नेपाल र कसैलाई घाटा थियो भने त्यो भारतलाई हुने थियो। यस्तो अवस्थमा कुलचन्द्र गौतमलाई भारतले ठुलो रकम र केही अन्य केही प्रलोभनमा पारेको स्रोतले दावी गरेको छ।
कुलचन्द्र गौतम सयुक्त राष्ट्रसंघको उप महासचिव भइसकेकाले उनको त्यहाँ केहि न केहि पुहँच छ भन्ने आधारमा भारतले उनलाई प्रयोग गर्ने चाहेको पनि दावी गरिएको छ। प्रचण्डसंग दुश्मनी भएकै आधारमा रातारात अमेरिका उडेर उनले भ्रमण रोकाए भन्ने कुरामा दम नभएको राजनैतिक विश्लेषकहरु पनि बताउँछन।

कुलचन्द्र गौतम अत्यन्त महत्वकांक्षी मानिन्छन र उनको सयुक्त राष्ट्रसंघको महासचिव हुने इच्छा पनि थियो। उनी आफनो सानो फाइदाको लागी जे पनि गर्ने मान्छैको रुपमा समेत चित्रित गरिन्छन। प्रचण्ड जसलाई आज उनी सबैभन्दा ठुलो दुश्मन मान्दछन, केही वर्ष अगाडी उनले अमेरिकाकको एउटा कार्यक्रममा प्रचण्डको चाकरी गर्दै मुक्तकण्ठले प्रशंसा गरेका थिए। तर प्रचण्डबाट सहयोग नपाएपछि उनमा ३६० डिग्रीको परिवर्तन आएको बताइन्छ। उनको यस योजनमा साथ रहेका कनकमणि दिक्षित पनि विवादित व्यक्ति हुन्।
@Nepalhorizons

No comments: