Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Friday, March 9, 2012

ताइवानमा तेस्रो लुम्बिनी कपिलबस्तु दिवस कार्यक्रम सम्पन्न

Posted by Ram Kumar Shrestha on December 20, 2011

डिसेम्बर १८ २०११, डा. हरिकुमार श्रेष्ठ ताइपेई ताइवान । लुम्बिनी कपिलबस्तु दिवस ताईवान राष्ट्रिय समिति र गैर आवासीय नेपाली संघ ताइवानको संयुक्त तत्वावधानमा ताइपेईस्थित सनयात्सेन मेमोरियल हलको बाहिर प्रांगणमा नेपाली र बिदेशीहरुको सहभागितामा तेश्रो लुम्बिनी कपिलवस्तु दिवस मनाइयो । कार्यक्रममा उपस्थित सहभागीहरुलाई डा श्रेष्ठले १ डिसेम्बरमा नेपालमा तेश्रो लुम्बिनी कपिलवस्तु दिवस मनाउने क्रममा कार्यक्रममा बिभिन्न देशबाट अभियानका प्रतिनिधिको रुपमा सहभागी हुनेहरुलाई नेपाल पर्यटन बोर्डले आ-आफू बसेको देशमा प्रचार प्रसारको लागि उपहार स्वरुप प्रदान गरिएका प्रचार प्रसार सामग्रीहरु र ताइवानमा “Visit Lumbini Tourism Year 2012” लाई सफल पार्न तयार गरिएका प्रचार सामग्रीहरु र निमन्त्रणा कार्ड वितरण गर्नु भयो । प्रचार सामग्री वितरण गर्ने क्रममा डा श्रेष्ठ र आयोजकका अन्य सहयोगीहरुले बुद्धको जन्म र जन्मस्थान नेपालको लुम्बिनी भएको बारेमा पनि एकैसाथ जानकारी दिएका थिए । यस कार्यले गर्दा बुद्धको जन्मस्थानको बारेमा भ्रममा परेका व्यक्तिहरुलाई भ्रम निवारण गर्न केही हदसम्म सहयोग पुगेको दावी कार्यक्रममा संलग्न व्यक्तिहरुको छ ।

कार्यक्रममा आयोजक संस्थाहरुका धेरै व्यक्तिहरुको सकृय उपस्थिति रह्यो । उपस्थित हुनेहरुमा बीरेन्दबहादुर ताम्राकार, सूर्य गुरुङ्ग रवि, डा. हरिकुमार श्रेष्ठ, ज्ञानबहादुर गुरुङ्ग मुन्ना, फूरासोना शेर्पा, देवेन गुरुंग, शंकर महर्जन, विनोदबहादुर डी.सी., छेतेनदोर्जे, देव गुरुंग, रिचु रजक, मोहन लिम्बु र अन्य केही नेपाली तथा ताइवानी पनि हुनुहुन्थ्यो । समयाभावको कारणले उपस्थित हुन नसके तापनि धेरैले पछि स्वत: स्फूर्त रुपमा यस कार्यलाई आगामी वर्षमा निरन्तरता दिने जनाएका छन् । ताइवानको इतिहासमा नेपालीहरुले गरेको यस प्रकारको अभियान निकै नै प्रभावकारी भएको प्रत्यक्ष सहभागीहरुको अनुभवबाट जानकारी पाइएको छ । केहीले अरु विज्ञापनका लागि वितरण गरेका सामग्री पढेपछि फाल्ने चलन गरिए तापनि हाम्रो सामग्रीलाई उनीहरुले जतनसाथ पट्याएर राखेको पनि पाइएकोले यस किसिमका कार्यलाई अझ बढी निरन्तरता दिन सकेमा बुद्धको जन्मस्थान प्रचार प्रसार बढी भइ पर्यटन क्षेत्रको विकास तथा विस्तारमा अझ बढी प्रभावकारी हुने पनि देखिएकोले नियमित रुपमा समय समयमा यस्ता सामग्रीहरु वितरण गर्ने निक्र्यौल आयोजकहरुको छ । रास्ट्रियताको सवालमा सम्पूर्ण नेपाली एक ढिक्का भएको र अझै पनि एक ढिक्का भएर हिड्नु पर्ने महसुश सहभागी टोलीले गरेका छन । गत डिसेम्बर ४ २०११ का दिन सान्सियाका हिमालयन फुटवल टीमले पनि फुटवल खेलेर तेस्रो लुम्बिनी – कपिलवस्तु दिवस मनाएका थिए ।

No comments: