Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Friday, March 9, 2012

अन्तर्राष्ट्रिय मञ्चमा गौतम बुद्धको कथा

Posted by Ram Kumar Shrestha on November 25, 2011
शंकर खरेल
बनारस (भारत), मंसिर ७ – संसारको विकास शान्तिबाट मात्र सम्भवछ । जहाँ शान्ति छैन त्यहाँ विकास छैन अनि चैन पनि छैन । यो संसारलाई उजाड बनाउने हो भने हिंसा काफी छ । अब मान्छेले शान्ति रोज्ने हो की हिंसा पछि दगुर्ने ?
दरवारीया शौखमा हुर्किएका सिद्धार्थ गौतम कसरी सांसारिक सुख छाडेर विश्वलाई शान्तिको सन्देश दिन सफल भए ? उनैलाई पात्र बनाएर देखाइएको नाटक ‘बुद्धम शरण्म गच्छामी’ ले दिएको सन्देश यहि हो । सम्राट अशोकलाई हिंसाबाट शान्तिको बाटोमा ल्याउँदा होस या भृकुटीले चीनमा गएर बुद्धको यहि सन्देश प्रचार गरेका दृश्य हुन, सटीक प्रस्तुतीलाई दर्शकले खुबै सराहना गरे ।
भारत दिल्लीबाट सहभागि ‘दिल्लीका किस्सा’ नाटकका निर्देशक इरसद अलाम खुबीले भने-’शान्तिबाहेक अर्को विकल्प छैन, विषयलाई गहिराईमा पुर्‍याएर नयाँ कलाकारद्धारा अभिनय गराइएको नाटकले मन छोयो ।’

नेपालबाट सहभागि नाटकका प्रायः सबै विद्यार्थी पहिलोपटक अभिनय गर्न मञ्चमा उत्रिएका थिए । कक्षा ६ देखि १० का विद्यार्थीको अभिनय हेर्दा पहिलो अभिनय गरिरहेका छन, पटक्कै लाग्दैनथ्यो । आयोजक नीपा दिल्लीका महासचिव बी एमडी अग्रवालले भने-’छोटो समयमै नेपाली टोलीले हृदय छुने नाटक प्रस्तुत गर्‍यो ।’
    यस अधिकारी, पारस गोल्छा, यस धाडेवा, अंकित, सफलता, ज्ञान्दा गोल्छालगायतका विद्यार्थी कलाकारको अभिनय भइरहदा दर्शक दीर्घामा बसेका प्रतिष्ठित व्यक्ति, बौद्ध भिक्षुलगायतले सीटबाट उठेर ताली बजाए । बनारसमा रहेका नेपाली भाषीहरु पनि मनग्गे थिए ।
‘घण्टौको बस र ट्रेन यात्रा क्रममा थलिएपनि’ कक्षा-८ मा अध्ययनरत यस अधिकारीले भने-’दर्शकको ताली पाउँदा थकान सवै गायव भए, स्फुर्ती एकाएक आयो ।’
बस र ट्रेनको लामो यात्रा क्रममा थकित भएपनि नेपाली कलाकार टोलीले बनारस र दिल्लीमा सन्देशमूलक प्रस्तुती दिन सफल भयो । उनीहरुले बुद्धवारे भारतका तर्फबाट गरिएका भ्रममात्र होइन नेपालको सुन्दरतालाई पनि बखान गर्न सफल भए ।
‘दिल्लीमात्र होइन बुद्धले पहिलोपटक ५ जनालाई ज्ञान सुनाएको सारनाथ आसपास नाटक देखाउँदै खुबै आनन्द महसुस भयो’ यूरो स्कूलकी पि्रन्सिपल राज्यलक्ष्मी गोल्छाले भनिन-’२ महिनाकेा तयारीमा भएको नाटकलाई भारतीय दर्शकले रुचाए ।’ नाटक नेपाली भाषामा देखाइएको थियो ।
बुद्ध नेपालमा जन्मेका हुन । उनले भारतमा ज्ञान प्राप्त गरे । भृकुटीले चीनमा पुगेर कसरी बुद्धको प्रचार गरिन ? युद्धमा होमिएका सम्राट अशोकको हृदय कसरी परिवर्तन भयो ? आघा घण्टाको समयमा नेपाली नाटक ‘बुद्धम शरण्म गच्छामी’ ले सटीक टिप्पणी गरिदियो । यहाँको नागरी थियेटरस्थित भरीभराउँ दर्शकमाँझ यूरो स्कूल विराटनगरका विद्यार्थीले वाहवाही पाए ।
‘नेपाली नाटकले सबैलाई आकषिर्त गर्‍यो’ भारतीय नाट्य क्षेत्रका चर्चित निर्देशक सुवाश प्रधानले भने-’बुद्धवारे जुन भ्रम थियो त्यो तोड्न काम गर्‍यो, बुद्ध नेपालमा जन्मेका हुन र भारतमा ज्ञान प्राप्त गरेका थिए ।’
    प्रधानको निर्देशनमा बाँधवारे नाटक प्रस्तुत भएको थियो । दिल्लीका विभिन्न खाले किस्सालाई कथा बनाएर नाटक देखाइएको थियो । स्लोभानियाको नाटक पनि मञ्चन भयो ।
क्यावि्रज विश्वविद्याल बेलायतसित आवद्धता लिएको कृतिका एजुकेशन एण्ड हेल्थ फाउण्डेसनअन्तर्गतको यूरो इन्टरनेशनल स्कूलले नेपालको प्रतिनिधित्व गरेको थियो ।
    ‘यो नेपालका लागि गौरवको कुरा हो’ मण्डला थिएटरका राजन खतिवडाले भने-’बुद्धले ज्ञान प्राप्त गरेको बनारसको सारनाथ आसपास हाम्रा पूर्वेली विद्यार्थीले नाटक देखाएर वाहवाही पाए ।’
    कात्तिक २९ देखि भएको महोत्सवमा एक दर्जनभन्दा बढी नाटक प्रस्तुत गरिए । नाट्य समूह थियेटर मण्डलाका कलाकारको सहयोगमा सुनसरी, मोरङ् घर भएका स्कूलकै विद्यार्थीलाई अभिनय गराइएको थियो । ‘शान्तिको सन्देश छर्न सहयोग गर्ने भृकुटीलगायतको कथालाई रुचाइयो’ स्ूकलका शिक्षक अर्जुन मुखर्जीले भने-’कलात्मकता दिन नाटकमा नौलो प्रयोग गरिएकोछ ।’
    कार्यक्रममा आयोजक समितिका महासचिव अग्रवालले यूरो स्कूलकी पि्रन्सिपल राज्यलक्ष्मी गोल्छालाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

No comments: