Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Friday, March 9, 2012

बुद्ध भारतमा जन्मिएको जानकारी सहितको पुस्तक त्रिविविको पाठ्यक्रमबाट हटाउन ज्ञापन पत्र

Posted by Ram Kumar Shrestha on December 16, 2011
१९ मार्ग, २०६८ काठमान्डौं । भारतमा सन २०१२ मा संपन्न गर्ने किसिमले जोडतोडका साथ नक्कली लुम्बिनी/ कपिलवस्तु निर्माण कार्य करीब अन्तिम अबस्थामा पुग्दासम्म पनि एक किसिमले सर्ब पक्षीय मौनता देखिएको कारण सत्यको प्रतिरक्षा गर्न सत्यका पर्यायबाची बुद्धको नाममाथि असत्यको खेती गरेर भयंकर अन्याय, अनास्था र अपराध कार्यलाई निरुत्साहित गर्दै सिर्जित दिग्भ्रमका कारण झुक्याएर बर्षेनी हजारौं बिस्व पर्यटकहरुलाई बुद्ध जन्मस्थल भन्दै नक्कली लुम्बिनी लगेर गरिने गरिएको मानबाधिकार हनन हुनबाट उनीहरुलाई जोगाउने जस्ता उद्धेस्यका साथ लुम्बिनी-कपिलवस्तु दिवस (पहिला कपिलवस्तु दिवस) अभियान शुरु गरिएको थियो । अभियान शुरु गरिएपस्चात बिभिन्न देशको पाठ्य पुस्तकमा नै बुद्धको जन्मस्थान भारत भनी उल्लेख गरिएका जानकारीहरु प्राप्त हुन थालेको कारण माधव कुमार नेपाल प्रधानमन्त्री भएको बेलामा अभियानका बिस्व कार्य समितिका सल्लाहकारहरु पूर्व मन्त्री राजेन्द्र श्रेष्ठ, डा आरजु देउवा राणा, डा कबिताराम श्रेष्ठ र अभियानका बिस्व कार्य समितिका जापान, बेल्जियम र नेपालका प्रतिनिधिहरुको एक टोलीले कुटनितिक नियोगहरु मार्फत यो समस्या समाधान गरिनु पर्ने र नक्कली लुम्बिनीको सम्बन्धमा दुई सरकारका बीच कुराकानी हुनु पर्ने कुरामा जोड दिंदै ज्ञापन पत्र बुझाईएको थियो ।
तर बुद्ध जन्मिनु भएकै देशको त्रिभुवन विश्वविद्यालयको अंग्रेजी दोस्रो वर्षको पाठ्यक्रममा भएको एउटा पुस्तकमा “बुद्ध उत्तरी भारतामा जन्मिएको एउटा राजकुमार थिए” भनिएको छ Text : “Sidhartha Gautam, the Buddha {“Enlightened One”") had been born about 563 BC to a princely of Northern India.” {(Page 21) Book Title: A History of Knowledge , Published by Ballantine Books, New York, 1992 Author: Doren, Charles Van. । त्यस पुस्तक ११ वर्षसम्म (१९९९-२०१०) यस विश्वविद्यालयमा पढाइयो र गत वर्ष आएर विद्यार्थीहरुले आन्दोलन गरेर यो किताबलाई प्रतिबन्धित गर्न माग गरे । त्यसलाई अहिले पढ़ाइन्न भन्ने भनाई छ, तर परीक्षामा त्यसै किताबका अन्य च्याप्टरबाट अझै प्रश्नहरू सोधिने गरिन्छ । तेस्रो
लुम्बिनी – कपिलवस्तु दिवस नेपालमा मनाउने क्रममा अभियानका स्थानीय अभियन्ताहरूबाट यो किताब अझै पाठ्यक्रमको सूचीबाट हटाइएको छैन भन्ने जानकारी आएकोले आज यस अभियानका विश्व कार्य समिति सल्लाहकार डा कविताराम श्रेष्ठ, बेलायत प्रतिनिधि श्रीमती प्रभा श्रेष्ठ, कतार प्रतिनिधि शिवराज गौतम, नेपाल संयोजक लक्ष्मण पूरी र सार्क सल्लाहकार केदार शाक्य अंग्रेजी विभाग र भिसि कार्यालयमा गइ विश्वविद्यालयका पाठ्यक्रम चेक गर्दा यो अझै पाठ्यक्रमको सूचीमा यथावत रहेको पाइएकोले यो पुस्तक पाठ्यक्रमबाट तत्काल हटाउने माग गर्दै अभियानको तर्फबाट ज्ञापनपत्र पेश गरिएको छ ।
Published links:

No comments: