Posted by Ram Kumar Shrestha on December 8, 2011
परासी, मङ्सिर २२- नवलपरासी रामनगर गाउँ विकास समितिमा पर्ने पानवार खोलानजिकै इनारमा पुराना ऐतिहासिक बुद्धकालीन सामग्री
फेला परेको छ। स्थानीयवासीका अनुसार इनारमा पासा र औँठीलगायतका बुद्धकालीन सामग्री फेला परेको हो।
फेला परेको छ। स्थानीयवासीका अनुसार इनारमा पासा र औँठीलगायतका बुद्धकालीन सामग्री फेला परेको हो।फेला परेका सामग्री हेर्दा कपिलवस्तुको तिरैराकोटको सङ्ग्रहालयमा रहेका सामग्रीसँग मिल्दोजुला रहेको स्थानीयवासीले बताएका छन्।
स्थानीयवासीका अनुसार सो क्षेत्रमा पछिल्लो पटक पुरातात्विक इनारसहित ऐतिहासिक विभिन्न बुद्धकालीन सामग्री फेलापरेको हो।
खोलामा बालुवा गिट्टी लिन गएका ट्र्याक्टरका मजदुरहरूले इनार देखेपछि स्थानीयवासीले बालुवा गिट्टी निकाल्न रोक लगाएका छन्। रासस
No comments:
Post a Comment