Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Friday, March 9, 2012

तेश्रो लुम्बिनी–कपिलवस्तु दिवसका अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी

Posted by Ram Kumar Shrestha on December 2, 2011
काठमाण्डौं, मंसिर १५ : तेश्रो लुम्बिनी–कपिलवस्तु दिवस (डिसेम्बर १) का अवसरमा लुम्बिनी–कपिलवस्तु अभियानका तर्फबाट काठमाण्डौमा आयोजना गरिएको बिशेष कार्यक्रमको दोश्रो सत्रको रुपमा एउटा अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठीको आयोजना गरियो । कार्यक्रमको पहिलो सत्र पूर्व प्रधानमन्त्री, लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका अध्यक्ष एवं एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा मन्त्रीहरु, पूर्व मन्त्रीहरु, सांसदहरु, बुद्धिजिबी, अभियानका बिभिन्न देशका प्रतिनिधिहरु, पर्यटन ब्यबसायीहरु, बिभिन्न स्कूलका बिद्यार्थीहरु र शिक्षाकहरुको उपस्थिति थियो ।
उक्त गोस्ठीमा कपिलवस्तु क्षेत्र नं. १ का सभासद् एवं पूर्व पर्यटन तथा संस्कृति मन्त्री दीपकुमार उपाध्याय, क्षेत्र नं. ५ का सभासद् अभिषेक प्रताप शाह, पूर्व मन्त्री एवं नेकपा एमालेका नेता हिरण्यलाल श्रेष्ठ, नेपाल पर्यटन बोर्डका पदाधिकारीहरु, स्कुल÷कलेजका विद्यार्थी शिक्षक प्रतिनिधि, बुद्धिजीबि, अभियानका बिभिन्न देशका प्रतिनिधिहरु, नेपाल प्रतिनिधिहरु र पर्यवेक्षक रहनु भएको थियो । उक्त अवसरमा इतिहास तथा सम्पदा विषयमा गोरखापत्रका पूर्व सम्पादक एवं बौद्ध संस्कृतिविद् केदार शाक्य, मिडिया तथा प्रचार प्रसार सम्बन्धमा वरिष्ठ पत्रकार एवं एक्यवद्धता मासिकका सम्पादक नीलकण्ठ तिवारी, अन्तर्राष्ट्रिय अवस्थाका सम्बन्धमा विदेश प्रतिनिधिहरुका तर्फबाट डा. हरि कुमार श्रेष्ठ, सांस्कृतिक अवस्थाका बारेमा हास्य कलाकार मनोज गजुरेल एवं स्थानीयवासीका तर्फबाट दुर्गा अर्यालले तयार पार्नुभएको कार्यपत्रलाई निलेश अधिकारीले प्रस्तुत गर्नुभएको थियो । उक्त अवसरमा श्री दीपकुमार उपाध्यायले अति महत्वपूर्ण सुझावहरु प्रस्तुत गर्नुभएको थियो ।
यस सत्रको सभापतित्व श्री हिरण्यलाल श्रेष्ठ एवं कार्यक्रम संचालन लक्ष्मण पुरीले गर्नुभएको थियो । उक्त गोष्ठीको विस्तृत दस्तावेज पछि सार्वजनिक गरिनेछ । संयोगवश डिसेम्बर १ मा नै नेपाल सरकारले “लुम्बिनी भ्रमण वर्ष–२०१२”को घोषणा गरेको छ । उक्त भ्रमण वर्ष सफल पार्न अभियानले समेत सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जाहेर गरेको छ ।

No comments: