Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Monday, March 26, 2012

राष्ट्र बैँकको सकारात्मक पहल : सय रुपैयाँको नोटमा बुद्ध चिनाउने


Posted by Ram Kumar Shrestha on March 26, 2012
१३ चैत, काठमाण्डौ । भारतले गौतम बुद्ध आफ्नो देशमा जन्मिएको हल्ला गर्न कपिलबस्तु जस्तै भूमि निर्माण गरिहेको बेला बुद्धको जन्मस्थल लुम्बिनीको प्रचार गर्न तम्सिएको नेपाल राष्ट्र वैंकले अब नेपाली एक सय रुपैयाँको नोटमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी र अशोक स्तम्भ राख्ने भएको छ ।
गौतम बुद्ध नेपालकै हुन् भन्ने गतिलो प्रचार गर्न खोजेको राष्ट्रबैँकले अब सय रुपैयाँको नोटमा लेख्नेछ – लुम्बिनीः द बर्थ प्लेस अफ लर्ड बुद्ध ।’
गौतम बुद्ध नेपालमै जन्मिएका हुन भनेर प्रचार गर्न तम्मिएको नेपाल राष्ट्र वैंकले अब छाप्ने नोटमा यस्ता तस्वीर राख्न प्रस्ताव तयार पारि अर्थ मन्त्रालय पठाएको छ । अर्थले सो प्रस्तावलाई मन्त्रिपरिषद्मा लगेर स्वीकृति दिएपछि नोट छाप्ने काम सुरु हुने छ । लुम्बिनीका तस्वीर अंकित नोट बजारमा आउन ६ महिना लाग्ने छ ।
‘रुपैयाँ एक सय तुरुन्त पाइने छ’ भन्ने वाक्यको तल र गर्भनरको हस्ताक्षरको ठिक माथि हाल खाली रहेको स्थानमा अंग्रेजीमा लुम्बिनीः द बर्थ प्लेस अफ लर्ड बुद्ध ‘ लेख्न प्रस्ताव गरिएको राष्ट्र वैंक स्रोतले जनाएको छ । हाल तारादेवीको मूर्ति रहेको स्थानामा मायादेवीको मूर्ति र मन्दिर रहेको ठाउँमा अशोक स्तम्भ राख्न लागिएको छ ।
तर नोटमा गौतम बुद्धको तस्वीर भने राखिने छैन् । गौतम बुद्धको तस्वीर बिभिन्न आकारप्रकारका भएको र त्यसमा एकरुपता नभएकाले तस्वीर राख्न समस्या भएको बताइएको छ । अबदेखि कागजी नोटमा बिक्रम सम्बत र ईस्वी सम्वतमा निष्काशन मितिसमेत राखिने भएको छ ।

No comments: