Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Tuesday, March 13, 2012

उत्खनन्मा बुद्धसँग सम्बन्धित मूर्ति फेला

Posted by Ram Kumar Shrestha on January 2, 2012
१८ पुस, बुटवल । भगवान् गौतम बुद्धको मावली देवदहको कन्यामाईमा गरिएका उत्खनन्मा प्राचीन लिपि, इनार तथा बुद्धसँग सम्बन्धित ताराको मूर्ति फेला परेको छ ।
प्राप्त लिपि नेवारी लिपिसँग मिल्दोजुल्दो रहेको भए पनि कहिलेको र केसँग सम्बन्धित रहेको भन्ने कुराको अध्ययनपछि मात्र यथार्थ जानकारी हुने पुरातत्व विभागका पुरातत्वविद् प्रकाश दर्नालले बताउनुभएको छ । दुई हजार पाँच सय वर्ष पहिले राजा अशोकले र एक हजार दुई सय वर्ष पहिले रिपुमल्लले कुँदाएको शिलामात्र यस क्षेत्रमा भेटिएकाले अहिलेको लिपि तिनै दुईमध्ये एक हुन सक्ने पुरातत्वविद् दर्नालको भनाइ छ । उत्खनन् गर्दा प्राप्त भएको इनार हालसम्मकै ठूलो भएको र इनारको भित्ता झन्डै डेढ मिटर रहेको उहाँले बताउनुभयो । हालसम्मको उत्खनन्बाट बौद्ध धर्मसँग सम्बन्धित वस्तुहरु मात्र भेटिएकाले बुद्धको मावली देवदह क्षेत्र नै रहेको हुनसक्ने धारणा उहाँको छ ।
उत्खनन् क्षेत्र केसँग सम्बन्धित छ भनेर प्रतिवेदन तयार गर्न लामो समय लागे पनि विश्वलाई मान्य हुने प्रतिवेदन दिने दर्नालले बताउनुभयो । एक सय वर्षभन्दा पहिले नै भगवान् गौतम बुद्ध जन्मेको लुम्बिनी र शाक्य वंशको राजधानी कपिलवस्तु पत्ता लगाई महत्वपूर्ण कामहरु भए पनि गौतम बुद्धकी आमा, पालनपोषण गर्ने गौतमी र धर्मपत्नी यशोधरा जन्मेको देवदह भने ओझेलमा पर्दै आएको छ । सो क्षेत्रमा जिओ फिजिकल सर्भे -जमिनको एक्सरे) गर्ने यन्त्र प्रयोग गरेर जमिनमुनि भएको पुरातात्विक वस्तु पत्ता लगाई उत्खनन् कार्य अघि बढाउँदा काम छिटो सकिने विज्ञहरुको भनाइ छ । उत्खनन् गर्दा प्राप्त भएका वस्तुहरु अध्ययनका लागि पुरातत्वविद्हरुसँग रहने र अध्ययन गरी प्रतिवेदन तयार भएपछि फिर्ता गर्ने लुम्बिनीका पुरातत्ववि्द हिमाल उप्रेतीले बताउनुभयो ।
कन्यामाई बैरीमाई संरक्षण समितिले उत्खनन् क्षेत्रमा गरेको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव हिराबहादुर खत्री, नेकपा एमालेका जिल्ला सदस्य धुव्र खरेल र एनेकपा -माओवादी) देवदह इन्चार्ज कृष्ण ढकालले उत्खनन्मा प्राप्त वस्तुहरुको संरक्षण गर्न स्थानीय स्तरमा नै सङ्ग्रहालय निर्माण गर्नुपर्ने र देवदहलाई पर्यटकीय क्षेत्र बनाउनु पर्ने बताउनु भएको थियो । रासस

No comments: