Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Wednesday, February 3, 2010

स्वर्ण शिक्षा इ. मा. विद्यालयमा कपिलवस्तु विश्वदिवस

डिसेम्बर १, ००९, काठमांडू ।  कपिलवस्तु विश्वदिवस मनाउने क्रममा स्वर्ण शिक्षा इ. मा.  विद्यालय, गोकर्ण र अन्तर्राष्ट्रिय नेपाली बालसाहित्य प्रवर्द्धन  समाज नेपाल च्याप्टरले डा. कविताराम श्रेष्ठको संयोजनमा स्वर्ण शिक्षा इ. मा.  विद्यालय, गोकर्णमा एउटा एक दिवशिय कार्यक्रमको आयोजना गरयो । यस समारोहमा ५०० जनाभन्दा बढी छात्रछात्राका साथै ३०  जना  शिक्षक  तथा बद्धिजीवीले भाग लिएका थिए । विद्यालय प्रांगनमा अयोजित यस समारोहलाई प्री. श्री गोविन्दबहादुर श्रेष्ठले उद्घाटन संबोधन गर्नुभएको थियो भने कार्यक्रम संयोजक डा. कविताराम श्रेष्ठले  ’कपिलवस्तु दिवशको महत्ता’बारे प्रकाश पार्नुभएको थियो । उक्त समारोहमा राष्ट्रपतिद्वारा ‘ग्रीन एम्बेसडर’को उपाधी प्राप्त यसै विद्यालायकी छात्रा सुश्री अल्फा श्रेष्ठले ‘बुद्ध र पर्यावरण’बारे प्रवचन दिनुभएको थियो र स्काउट छात्र श्री किशोर कुईंकेलले ‘बुद्ध र विद्या’बारे प्रवचन दिनुभुभएको थियो । यसको लगत्तै ५०० जनाभन्दा बढी छात्र छात्रा उपस्थित भएको यस जमघटले मार्चपास गरी कार्यक्रमको महत्तालाई अरु  गरिमामय बनायो । दोस्रो चरणमा यसै विद्यालयका ४१ जना छात्र छात्राहरु समावेश भएको एउटा कार्यशाला गोष्ठी अयोजित  थियो । यस कार्याशालामा सहभागी छात्रछात्रालाई बुद्ध र कपिलवस्तुवारे ज्ञान तथा साहित्य लेखन विधिबारे प्रशिक्षण दिने काम भएको थियो ।  त्यसपछि सहभागी छात्रछात्राले बुद्ध  र कपिलवस्तुबारे साहित्य रचना गर्नुका साथै  चित्रहरु पनि बनाएका थिए । सोही दिन सबै छात्रछात्राहरुका रचनालाई फेसबुक तथा अन्य माध्यममा प्रकाशन गर्ने कार्यक्रम रहेका थियो ।  तर बिजुलीको समस्या पर्न गएको हुँदा केही फोटोहरु र नौवटासम्म कृतिहरु मात्र फेसबुकमा प्रकाशित हुन  सक्यो । छिट्टै अस्वीकृत डटकममा अरु फोटो तथा बाँकी रचनाहरु प्रकाशित   हुने कार्यक्रम रहेको  छ ।
Program in detail:
अस्वीकृत विचारसहित्य आन्दोलनको “कपिलवस्तु दिवश कार्यक्रम” । सिद्धान्तः आजका बालबालिका नै भोलीका नेपालका कर्णाधार हुन् । कार्यक्रम शीर्षकः “हाम्रो गौरव कपिलवस्तु र बुद्ध”। उद्देश्यः वैचारिक कार्याशाला गोष्ठी संचालन र कपिलवस्तु र बुद्धबारे साहित्यिक रचना सृजना । सहभागी: ५०० + बालवालिका र नवयुवा । स्थान : स्वर्ण शिक्षा इ. माध्यमिक विद्यालय गोकर्ण काठमाडौँ ।
कार्यक्रम :
०९:३० = एसेम्ब्लीमा उद्घाटन । डा. कविताराम श्रेष्ठ, प्रि. गोविन्द श्रेष्ठ र
राष्ट्रपतिद्वारा ‘ग्रीन अम्बेसडर’को उपाधीबाट सम्मानित यसै स्कुलका छात्रा अल्फा श्रेष्ठद्वारा “बुद्ध र पर्यावरण” विषयक प्रवचन ।
१०:३०-०११:३० = ५०० छात्रछात्राबाट मार्च पास ।
११:३०-०१:०० = प्रि. गोविन्द श्रेष्ठद्वारा कपिलवस्तु र बुद्धबारे प्रवचन, तथा डा. कविताराम श्रेष्ठद्वारा साहित्यिक रचना-सृजना-प्रविधिबारे प्रशिक्षण ।
०१:००-०२:०० = विद्यार्थीहरुद्वारा कार्याशालामा कपिलवस्तु र बुद्धबारे साहित्यिक रचना सृजना
०२:००-३:०० = रचना वाचन
०३:०० = उत्कृष्ट पाँच रचनाको फेसबुक इमेल र अस्वीकृत डट कमबाट विश्वव्यपि प्रसारण
For more photos and update: http://aswikrit.com/index.php?linkId=354 and this link 









No comments: