Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Wednesday, February 3, 2010

निर्णायक विलयको दोधारमा

(सन्दर्भ: कपिलबस्तु दिबस)
By साबित्रा काफ्ले, अस्ट्रेलिया
दुस्त्यज्य नदारतको सृंगार
धुरीन सत्यताबीच बिलाउदा
काँचका आँखाहरु संग
प्राचिन बौद्धहरु निर्णायक विलयको दोधारमा छन!
पाखरीका बगानहरु तिर
ओइलाउदा चाँपका हाँगाहरु हेर्दै
तपस्वीका पगरीहरु
मौनतामा आँशु संगाल्दै छन,
बायुपंखी दुष्टतासंगै
उदाउदो सुर्य सल्बलाएपछी
प्राचिन बौद्धहरु निर्णायक विलयको दोधारमा छन!
बिर्तावल सन्त्राशका मैदानहरु
मनोबिनोदको परिकल्पनामा
मानवताको संघारमा पैंठेजोरी खेल्छन ,
वित्तवान शकुनीहरु संगै
अस्ताउँदो सुर्य पोइलिएपछी
प्राचिन बौद्धहरु निर्णायक विलयको दोधारमा छन!
ब्रिक्षायुर्बेदका ज्ञानहरु
हाम्रा धरातलमा जीवन्त खोज्दै
लेखाइका किनारहरु बिगत नियाल्छ्न,
विलयको दोधार बाट मार्ग निर्देश गर्न
उत्तरआधुनिक शुश्रुशक प्राचिन बुद्धहरु का
सम्बिदा-पत्रहरु मा नया हस्ताक्षर कोर्दैछन !!

No comments: